[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भयंकर आगलागीबाट बाँचेको खुसियालीमा मनाइएको थियो म्हः पूजा-साफल्य अमात्य
[VIEWED 7150 TIMES]
SAVE! for ease of future access.
Posted on 11-08-18 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयंकर आगलागीबाट बाँचेको खुसियालीमा मनाइएको थियो म्हः पूजा
साफल्य अमात्यकाठमाडौं, कात्तिक २२

म्ह: पूजा कसरी मनाउन थालियो भन्नेबारे संस्कृतिविद् साफल्य अमात्यको 'काठमाडौं नगरायण: काठमाडौं नगरको उद्भव, नगरायण र संस्कृतिको इतिहास' किताबमा उल्लेख छ। आज नेपाल सम्बत् ११३९ र म्ह: पूजाको अवसरमा हामीले किताबको उक्त अंश साभार गरेका छौं:

प्रचलित वंशावलीअनुसार कान्तिपुर निर्माणको श्रेय राजा गुणकामदेवलाई दिइएको छ।

गुणकामदेव प्रथम इस्वी ९८७ देखि ९९० ताका नेपाल उपत्यकाका राजा थिए। उनी राजा नरेन्द्रदेवका भाइ थिए। उनलाई सपनामा महालक्ष्मीले आज्ञा गरिन्, ‘हे राजा, तिमी बागमती र विष्णुमतीको संगमनिर, जहाँ कान्तिश्वर महादेवले बास गरेका छन्, त्यहाँ एउटा पुरी बनाऊ। त्यस पुरीलाई खड्गाकार बनाई कान्तिपुरी भनी नाम देऊ।’

देवीको आज्ञाअनुसार राजाले पनि कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा १८ हजार घर भएको कान्तिपुर सहर बसाले। वंशावलीको यो विश्लेषण हेर्ने हो भने कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा नेपाल उपत्यकाका राजा जयदेव द्वितीय थिए।

कान्तिपुरको निर्माण अर्थात्, कोलिग्राम र दक्षिण कोलिग्राम संयुक्त भई एउटै सहरको रूपमा विकसित हुने क्रमको सुरुआत भने दसौं शताब्दीमा राजा गुणकामदेवको समयदेखि मात्र भएको हुने सम्भावना धेरै छ।

लिच्छविकालमा टुकुचा र धोबीखोलाको बीच ठूलो बस्ती थियो। त्यो लिच्छविहरूको राजधानी सहर पनि थियो। यसका सीमाना थःबही (ठमेल), लाजिम्पाटदेखि उत्तरमा धुम्बाराही, पूर्वमा ग्वल (देवपाटन), दक्षिणमा कोरीगां (दक्षिण कोलिग्राम), बागमतीको किनारसम्म फैलिएको थियो। आजभोलिको नक्साल, नारायणहिटी, बानेश्वर, ज्ञानेश्वर सबै यसैभित्र पर्थे।

यो सहर निकै ठूलो हुनाले वंशावलीहरूमा यसलाई ‘विशालनगर’ भनी नामाकरण गरिएको छ।

अन्तरिम कालको आखिरी र मल्लकालको सुरुताका नै यो सहर विस्तारै स–साना टुक्रामा विभक्त भई टाढाटाढा छुट्टिन लागेको देखिन्छ। मल्लकालको उत्तरार्द्धमा यहाँ धेरै स–साना बस्ती तथा गाउँहरू विकसित हुन थाले। जस्तै– हाँडीगाउँ, नरा (टुँडालदेवी), मघा (मैतीदेवी द्यःछे), नङ्सां (नक्साल), टंगाल, ज्ञानेश्वर आदि। तर, यति ठूलो विशालनगर सहर कसरी टुक्राटुक्री भई स–साना गाउँबस्तीमा परिणत भयो भन्नेबारे कतै उल्लेख पाइँदैन। धेरैजसो वंशावलीहरूमा ठूलो आगलागीद्वारा विशालनगर ध्वस्त भएको कुरा भने रोमाञ्चक किसिमले दन्त्यकथाका रूपमा उल्लेख गरिएको छ।

वास्तवमा राघवदेवको समय (इस्वी ८७९) तिर प्राचीन विशालनगरमा भएको भयंकर आगलागीले उपत्यकावासीहरूको जीवन नै तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। सबैको धनसम्पत्ति हानी भयो। यो यति ठूलो दुर्घटना थियो, उपत्यकावासीहरू आजभन्दा एघार सय वर्षअघि भएको यो दुर्घटनालाई आज पनि सम्झन्छन्।

यो दुर्घटनामा लिच्छविहरूका प्राचीन राजधानी र दरबारहरू मानगृह र कैलाशकुट भवन पनि ध्वस्त भए।

यति ठूलो दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका उपत्यकावासीहरूले खुसियाली मनाउन थाले। कात्तिक शुल्क परेवाका दिन नयाँ सम्बत् चलाए। सोही दिन म्हः पूजा (आत्मपूजा) गरी रक्सी, फुल, माछा, मासु र मासको बारा राखेर सगुन खाने चलन चलाए।

यो चलन नेवार समुदायमा जीवितै छ।

आगलागीपछि धेरै देशवासी यत्रतत्र छरिएर बसोबास गर्न थाले। धेरै मान्छे बन्दबेपारले धनी हुँदै गएको नजिकैको दक्षिण कोलिग्राम (अहिलेको वसन्तपुर, असन, इन्द्रचोक लगायत मध्य काठमाडौं सहर) मा आएर बसोबास गर्न थाले। कोही भने ललितपुरतिर बस्न गए।

प्राचीन विशालनगर क्षेत्र हाँडीगाउँ, मालिगाउँ, टंगाल इलाकामा धेरै कम मात्र मान्छे बस्न थाले। यसको पुष्टिस्वरुप विजयादशमीको साँझ निस्कने खड्ग यात्रा (पायः) हो।

असनटोलबाट निस्कने खड्गयात्रामा सहभागीहरू प्राचीन विशालनगर क्षेत्रबाटै आएका हुन् भन्ने चलन छ। केही मानन्धर, मल्ल र ललितपुरका केही भद्र परिवारका मान्छेको कुलदेवी पनि अझै श्रीमन्मानेश्वरी देवी नै छन्। यसरी मन्मानेश्वरी देवीलाई कुलदेवी मानेर पूजा गर्ने सम्पूर्ण मान्छेका पुस्ता प्राचीन विशालनगरवासी नै थिए भन्न सकिन्छ।

त्यसैले, राघवदेवले नेपाल सम्बत् सुरु गरेको धेरै वर्षपछि मात्र गुणकामदेवलाई कान्तिपुर निर्माण गर्नु आवश्यक भएको पनि यहाँ पुष्टि हुन्छ। प्राचीन राजधानी ध्वस्त नभएको भए नयाँ सहर तथा राजधानी कान्तिपुर निर्माण गर्नुपर्ने आवश्यकतै थिएन।

प्रकाशित मिति: बिहिबार, कात्तिक २२, २०७५,

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters