[Show all top banners]

taraniraula

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Movies / Entertainment Refresh page to view new replies
 एनआरएन उपाध्यक्ष भबन भट्टलाई ऋषि धमलाले भन्दिए
[VIEWED 2913 TIMES]
SAVE! for ease of future access.
Posted on 12-29-15 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(अध्यक्ष घलेको बोली एक, मनमा अनेक र मस्तिष्कमा अर्कै ब्यबहारले आजित तर अर्को कार्यकाल अध्यक्षमा सघाउने आश्वासनले मौन बसेका संघका उपाध्यक्ष भबन भट्ट घलेले अर्को कार्यकाल अध्यक्षमा सघाउछु भनेर कुमार पन्तलाई पटक पटक टेलिफोन गरेको खबरले तिन चित खाएर यसै साता काठमाडौँ हानिए ऋषि धमलासंग आफ्नो घाटाको ब्यापार कारोबारमा कारोबार गर्न)

(अन्नपुर्ण कफिसपमा भबन भट्ट ऋषि धमलालाई कुर्ने क्रममा मन-मनै भन्दै थिए, 'यो संजय म भन्दा काग रेछ, कारोबार उस्कोपो कारोबार भयो, हेर बाबु अब म ऋषि धमलालाई सम्पादक बनाएर दुताबास र सत्तासंग कसरी गर्छु कारोबार हेर्दै जा)

ऋषि धमला: किन झोक्राको भट्टजी, तपाइंको अध्यक्ष घलेले पनि मैले रिपोर्टस क्लब चलाको जस्तै मेरो आर्टिकल र अन्तर्वार्ता छाप्नु परेको दिन लेख्न आउने पत्रकारलाई क्लबको कोषाध्यक्ष र सदश्य मेरो काम सकिएको भोलिपल्ट नमस्ते, होइन एनआरएन अध्यक्ष घलेले लाइफ टाइम प्रेसिडेन्ट हुने चाँजो पाँजो मिलाएकी के हो ?

भबन भट्ट: छोड्नुहोस एनआरएनको कुरो, ए साँची मेरो कारोबारको सम्पादक बन्नु पर्यो तपाई, त्यसै भएर बोलाको तपाइलाई । अँ साँची, तपाइंले पत्रकारिता कता पढ़ेकोरे ऋषि जी ?

(घलेलाई भनेर भबनले यसो सल्लाहकार मिलाई दिने हुनकी भनेर भट्ट खोज्दै टुप्लुक्क अन्नपुर्ण आइपुगेका टीबी कार्की देखेर दुवै मौन)

टीबी कार्की: हेर भबन, मैले अस्ति सुनेको ऋषिजीले नन्दी रात्रिमा पढ़ेकोरे !

ऋषि धमला: ह्या टीबी जी, तपाईं पनि खाली म्यानपावरको मात्रै कुरा बुझ्ने, पढ्ने लेख्ने कुरै नबुझ्ने, मैले अंग्रेजीपो नन्दी रात्रिमा पढ़ेको'त, पत्रकारिता'त पब्लिक युथमा पढ़ेको होनी ।

(पुनश्च: गैर आवासिय नेपाली संघ प्रति डाएस्पोरामा बस्ने नेपालीहरुको अघाद आस्था संघको सार्वजनिक भएको आन्तरिक बिबादले विस्तारै धुमिल बन्दै गएको छ र संघले जोडेको नेपालीहरुको विश्वव्यापी एकता टुट्दै छ । फुट, विवाद र कलह नेपाली जातिको पहिचान बन्दै गएको अवस्थामा डाएस्पोरामा बस्ने नेपालीहरुको आस्था बनेको एनआरएन जोक बन्नु नहुने हो । तर यो जोक हो र यो प्रस्तुतिमा कसैको नाम, चरित्र, घटना र पात्र मिल्न गएमा मात्र संयोग हुनेछ । यसबाट कसैलाई चोट पुगे क्षमा प्रार्थी छु ।)


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
legal Query for married nepali girl now have taken US citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters