[Show all top banners]

GURASH
Replies to this thread:

More by GURASH
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकासँग नजिकिने माओवादी प्रयास
[VIEWED 6019 TIMES]
SAVE! for ease of future access.
Posted on 11-28-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

source: NEPAL

कमरेडहरुसँग कार्टर

कार्टरमार्फत अमेरिकी नीति नरम बनाउने माओवादी प्रयास

दीपक अधिकारी

विविश्वमै कम्युनिस्टविरोधी राष्ट्रका रूपमा चिनिएको संयुक्त राज्य अमेरकिाका पूर्वराष्ट्रपति जेम्स अर्ल -जिम्मी) कार्टरले मङ्सिर ७ गते नेपाली सांसदहरूबाट एउटा अनपेक्षित प्रश्नको सामना गर्नुपर्‍यो  । नेपालको संसद्मा बहुमतमा रहेका कम्युनिस्ट दलहरूप्रति अमेरकिी रवैया कस्तो रहन्छ ? अमेरकिाको जर्जिया राज्यस्थित एटलान्टामा मुख्यालय रहेको कार्टर सेन्टरका सह-संस्थापकका हैसियतमा नेपाल भ्रमणमा आएका कार्टरले अमेरकिाको पहिलो सरोकार प्रजातन्त्र भएको बताउँदै सबै राजनीतिक शक्ति मिलेर जानुपर्ने विचार व्यक्त गरे  ।

पाँच महिनापछि नै दोस्रो नेपाल भ्रमणमा आएका कार्टरले सांसदहरूलाई सम्बोधन गर्दै भने, "तपाईंहरूले महत्त्वपूर्ण निर्णयहरू गरसिक्नुभएको छ । शान्ति र प्रजातन्त्रका लागि प्रस्ट बाटो तय भइसकेको छ । नेपाल गणतन्त्र हुने आमसहमति देखिइसकेको छ । तर, यो घोषणालाई कानुनी रूपमा अपरविर्तनीय बनाउनु जरुरी छ ।" उनले प्रस्ट सङ्केत दिए, राजतन्त्रको छिनोफानो संविधानसभाको चुनावले गरेमा मात्र त्यो अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेछ  । अर्थात्, माओवादीले भनेजस्तै तत्काल संसद्बाटै गणतन्त्रको घोषणा कार्टरहरूलाई स्वीकार्य छैन । यस्ता कतिपय विषयमा गहिरो मतभेद रहे तापनि कार्टरसँग बढ्दो सम्पर्क/सम्बन्धले निकै ऊर्जा दिएको छ माओवादीहरूलाई ।

ँआतङ्ककारी’ सँग भेटघाट

कार्टरले नेपालमा रहँदा प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म र भारतीय राजदूतदेखि प्रमुख निर्वाचन आयुक्तसम्म धेरैलाई भेटे  । तर, अर्थपूर्ण भेटघाट थियो नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग  । पाँच महिनापहिलेझैँ यसपटक पनि प्रचण्ड र उनका सहकर्मी नेता डा बाबुराम भट्टराई मङ्सिर ६ गते बेलुकी सोल्टी होटल गई कार्टरसँग एक घन्टा भलाकुसारी गरेका थिए । आफ्नो देशले जसलाई आतङ्ककारी घोषित गरेको छ, तिनैसँग दोस्रोचोटि खुला भेटघाट गरेर कार्टरले उनीहरूलाई एक किसिमको 'वैधता' दिएका छन् ।

नयाँ सम्बन्धबाट माओवादीहरू पनि प्रसन्न छन् । कार्टरलाई भेटेपछि माओवादी अध्यक्ष प्रचण्डले भने, "पाँच महिनाअघि -कार्टरसँग भेट्दा) र अहिलेको स्थिति फरक छ । औपचारकि रूपमा त -सम्बन्ध) सुध्रेको भन्न मिल्दैन तर अनौपचारकि रूपमा पहिलेको जस्तो कटुता अहिले छैन ।"

गत जेठको पहिलो भेटमा कार्टरले 'अमेरकिी सरकारसँग कुरा गरेर माओवादीसँगको सम्बन्ध सुधार्न कोसिस गर्ने' वचन दिएका थिए । कार्टर सेन्टर स्रोतका अनुसार, कार्टरले नेपाल भ्रमणपश्चात् ह्वाइट हाउसलाई बुझाएको प्रतिवेदनमा पनि माओवादीलाई 'इन्गेज' गर्नु जरुरी भएको उल्लेख गरेका थिए । यसबीच विभिन्न माध्यमबाट अमेरकिी संस्थापनसँग अनौपचारकि सम्पर्क स्थापित भइसकेको प्रचण्डले खुलासा गरेका छन् । त्यसैको परण्िााम हुनसक्छ, यसअघि माओवादी नेताहरूलाई आफ्नो देशमा प्रवेशाज्ञा नदिएको अमेरकिाले संयुक्त राष्ट्रसङ्घको ६२ औँ साधारणसभामा भाग लिन माओवादी सांसद जनार्दन शर्मा -प्रभाकर) र सुरेश आलेमगरलाई पहिलोपटक प्रवेशाज्ञा दिएको छ, भलै आधिकारकि सूचीमा उनीहरू आतङ्ककारी नै कहलिएका हुन् ।

माओवादी जनसेनाका एक डेपुटी कमान्डर प्रभाकर अमेरकिी भूमिमा पुगेकै बेला यता नेपालमा रहेका बाँकी तीन डेपुटी कमान्डरहरू वर्षमान पुन -अनन्त), नन्दकिशोर पुन -पासाङ) र चन्द्र खनाल -बलदेव) सँग पनि कार्टरले छुट्टै कुराकानी गरेका छन् । प्रचण्ड-बाबुरामलाई भेटेलगत्तै कार्टरले उनीहरूसँग सोल्टी होटलमै एक घन्टा वार्तालाप गरेका थिए । त्यस क्रममा उनले जनसेनाको अवस्था, यसको प्रमाणीकरण, नेपाली सेनामा यसको प्रस्तावित समायोजनलगायतका विषयमा जिज्ञासा राखेका थिए । वाईसीएलको पृष्ठभूमि र वर्तमान क्रियाकलापबारे पनि उनले प्रश्नहरू गरेका थिए ।

"स्थायी शान्ति स्थापना हुनुपर्छ र लोकतन्त्र संस्थागत गरनिुपर्छ, त्यसका निम्ति हामी सहयोग गर्न तयार छौँ," कार्टरको भनाइ उद्धृत गर्दै माओवादी नेता अनन्तले बताए, "हामीले समग्र राज्यको पुनःसंरचना हुनुपर्ने र जनमुक्ति सेना तथा नेपाली सेनाबीच समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाइनुपर्ने आफ्नो धारणाबारे पनि अवगत गराएका थियौँ ।"

कार्टर-कार्ड

अमेरकिी नेतासँग माओवादीहरूले 'कूटनीतिक पहलकदमी' बढाउने नीति अन्तर्गत सम्पर्क राखेका हुन् । नत्र त नेपाली सेनालाई आफूविरुद्ध लड्न यथेष्ट सैन्य सहयोग दिएपछि अमेरकिालाई उनीहरूले नम्बर एक शत्रुमध्येमै राखेका थिए । र, उसबेला नेपालमा 'साम्राज्यवादी' अमेरकिाको प्रभाव रोक्न 'विस्तारवादी' भारततिर हात फैलाएका थिए  । त्यही सम्बन्धको उत्कर्षका रूपमा भारतको सहजीकरणमा सात दल र माओवादीबीच १२ बुँदे समझदारी सम्भव भएको थियो । तर, केही समययता माओवादीको भारत-सम्बन्ध उतारचढावबाट गुजि्ररहेको छ र समग्रमा यो चिसिँदै गएको छ । यस्तो अवस्थामा कतै भारतलाई सन्तुलनमा राख्न माओवादीहरू कार्टरमार्फत अमेरकिासँग नजिकिन खोजेका त होइनन् ?

कार्टरसँगको भेटपछि प्रचण्डले भारतसँग बढ्दै गएको दूरीबारे त प्रस्ट उल्लेख गरेनन् तर त्यसको सङ्केतचाहिँ गरे । "हाम्रो समस्याको समाधान वासिङ्टन, दिल्ली कहीँ छैन, नेपालमै छ," कार्टरमार्फत आफ्नो दलको अन्तर्राष्ट्रिय छवि सुधि्रएको बताउँदै उनले भने, "उहाँको प्रयत्न -अमेरकिासँग) सम्बन्ध सुधि्रयोस् भन्ने छ ।"

माओवादीलाई मूलधारमा ल्याउन सघाउनुपर्छ भन्ने धारको प्रतिनिधित्व गर्छन् कार्टरले अमेरकिी संस्थापनमा । उनको 'लबिङ्' को प्रभाव केही हदसम्म देखिन थालिसकेको छ । कार्टरसँगको भेटलाई माओवादीले आफूबारे अन्तर्राष्ट्रिय समुदायमा रहेको 'भ्रम' निवारण गर्नसमेत प्रयोग गरेका छन् । कार्टर-भेटपछि प्रचण्डले भने, "हाम्राबारेमा अन्तर्राष्ट्रिय समुदाय र देशभित्रै पनि शान्ति प्रक्रिया छाडेर जाने हो कि भन्ने भ्रम पार्न खोजिएको छ, त्यसलाई साफ गर्न हामी संसद्भित्र गएको उहाँलाई जानकारी गरायौँ  ।"

प्रचण्डले अगाडि बताए, "व्यवहारबाट -हामीले) के बुझेका छौँ भने -अमेरकिासँग) कूटनीतिक सम्बन्ध विकास/विस्तार गर्ने क्षेत्रमा प्रगति भएको छ ।" माओवादीको तत्कालको सरोकारचाहिँ आफ्नो पार्टीलाई अमेरकिाको विदेश मन्त्रालयको आतङ्ककारीको सूचीबाट हटाउनु रहेको छ । त्यसका निम्ति पनि कार्टर-कार्ड उपयोगी बन्न सक्ने उनीहरूको आकलन हुनसक्छ ।

अमेरिकी नीतिमा बदलाव ?

प्रचण्डले कार्टरलाई दोस्रोचोटि भेटेपछि भनेका थिए, "-जेम्स एफ) मोरयिार्टी राजदूत हुने बेलाको स्थिति र अहिलेको स्थितिमा धेरै फरक छ ।" तर, प्रचण्डले यसो भनिरहेकै बखत अमेरकिी सरकारचाहिँ मोरयिार्टीलाई नेपाललगायत केही दक्षिण एसियाली मुलुक हेर्ने गरी उप-सहायक मन्त्रीमा नियुक्त गर्ने तरखरमा थियो । नेपालमा राजदूत छँदा माओवादीविरोधी छवि बनाएका मोरयिार्टीलाई यसअघि बङ्गलादेशको राजदूत नियुक्त गरएिको थियो । त्यो रद्द गरी उनलाई नेपालमा समेत प्रभाव राख्ने उपल्लो जिम्मेवारी दिइनुले माओवादीसम्बन्धी अमेरकिी नीतिमा आधारभूत परविर्तन नआएको कतिपय विश्लेषकहरूको दाबी छ ।

एक जानकारका शब्दमा, "अचेल माओवादीप्रति अमेरकिा केही लचिलोजस्तो देखिएको छ । तर, उसले अपरेसनल र ट्याक्टिकल रूपमा त्यसो गरेको हुनसक्छ । उसको मूलभूत नीति त पहिले जे थियो, अहिले पनि त्यही नै छ ।" नेपालमा भारतको प्रभाव बढ्दै जाँदा अमेरकिाले पछाडिको ढोकाबाट भूमिका बढाउन खोजेको चाहिँ हुनसक्ने ती विश्लेषकको अनुमान छ ।

'पछाडिको ढोका' बाट माओवादी वृत्तमा पस्ने अमेरकिी व्यक्तित्व राष्ट्रपति कार्टर बन्न पुगेका छन् । पाँच महिनाअघि नेपाल भ्रमणबाट र्फकने क्रममा कार्टरले आफू संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न आउने बताएका थिए । त्यो निर्वाचन त भएन तर संयोगवश उनी त्यही तिथिमा फेर िनेपाल आइहाले । सरकारले कार्टर सेन्टरलाई निर्वाचन पर्यवेक्षणका लागि स्वीकृति दिएको थियो । तर, चुनाव अनिश्चित भएको अवस्थामा पनि सेन्टरको सक्रियता यथावत् छ । कतिपयले यसलाई अमेरकिी संस्थापनको दीर्घकालीन नेपाल-रुचिसँग पनि गाँसेर हेर्न थालेका छन् ।

'शान्ति राजदूत' का रूपमा कम्युनिस्ट मुलुक उत्तर कोरयिादेखि निकारागुवा र क्युबामा समेत सक्रिय रहेका कार्टरका निम्ति नेपाल व्यक्तिगत रुचिको क्षेत्र पनि हो, जहाँ उनी सन् १९८४ मै निजी पदयात्रामा आएका थिए । उनले नेपालको द्वन्द्व समाधानमा मध्यस्थको भूमिका खेल्न सक्ने आशयको पत्र ०५६ सालमै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पठाएका थिए । भलै, उनले चाहेजस्तो मध्यस्थको भूमिका त पाएनन् तर जनआन्दोलन-२ पश्चात् उनको 'नेपाल प्रोजेक्ट' औपचारकि रूपमै प्रारम्भ भयो ।

नेपाली जनताले नै माओवादीलाई सकारसिकेपछि उनीहरूसँग सम्पर्क बढाउनुपर्छ भन्ने कार्टरको मान्यता रहेको समाचार स्रोत बताउँछ । डेमोक्रेटिक दलबाट ३९ औँ राष्ट्रपति -सन् १९७७-१९८१) चुनिएका कार्टर राष्ट्रपति जर्ज बुसका कट्टर विरोधी मानिन्छन्  । एक वर्षपछि हुने चुनावमा कार्टरको डेमोक्रेटिक पार्टीकी सम्भावित उम्मेदवार हिलारी क्लिन्टन राष्ट्रपति चुनिएको खण्डमा त्यसले अमेरकिामा पहिलो महिला राष्ट्रपतिको रेकर्ड मात्र राख्ने छैन, वासिङ्टनको नेपाल नीतिमा पनि धेरथोर बदलाव आउन सक्छ ।

पाँच वर्षअघिको कुरा हो । आफ्ना नागरकिलाई क्युबाको भ्रमण नगर्न अमेरकिी सरकारले 'ट्राभल एड्भाइजरी' जारी गरेको थियो । तर, त्यसको उल्लङ्घन गर्दै हवाना पुगेर त्यहाँका राष्ट्रपति फिडेल क्यास्ट्रोलाई भेटेका थिए उसबेला जिम्मी कार्टरले, जसरी अहिले काठमाडौँ आएर अमेरकिी नजरका 'आतङ्ककारी' प्रचण्डसँग भलाकुसारी गरेका छन् । एउटा तथ्य के भने अमेरकिी सरकार आफैँ पनि विभिन्न तरकिाले आफ्ना शत्रु पक्षसँग समेत सम्पर्कमा रहिरहेको हुन्छ । कार्टरले ठ्याक्कै अमेरकिी रुचिको प्रतिनिधित्व नगरे तापनि उनको माध्यमबाट माओवादी र अमेरकिा दुवैलाई एकअर्कासँग सामीप्य बढाउन सहज भएको छ ।

Last edited: 28-Nov-07 10:55 PM
Last edited: 28-Nov-07 10:56 PM

 
Posted on 12-01-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i guess maoists do not know noone in the US esp. US government gives a damn about where carter ( idiot) goes and meets around the world.
 
Posted on 12-01-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"If not US government, Carter is Ok, after all he was the President of USA". Kam se kam Bhu.Pu. US President sanga ta Hand Shake gariyo no hou, and President Bush will also become Bhu. Pu. by Jan 20, 2009., then Bush - Carter = 0. I remember the ad of the famous Indian Drink after Coke was banned in 1977, and before Pepsi got entrance in 1990s, "There is no Coke, so what? There is Thumbs-Up".

Did you ever check: Nepalese Without Borders, if not give a try at http://www.NWOB.org/ 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters