[Show all top banners]

mero_nam

More by mero_nam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 what's going on?
[VIEWED 4082 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-06 3:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Who is INCHARGE of NEPAL? How can SPA Govt look on helplessly to this? What is use of House of Representative? What the ... is Home Minister and Defence Minister doing? If they can't control this country why don't they hand over to MBs (anyway they are taking forcefully and this stupid govt is just watching???)

माओवादीद्वारा सुदूरपश्चिमका सरकारी कर संकलन ठेक्का बदर भएको घोषणा

९ वटै जिल्लामा माओवादीले आफै कर संकलन गर्ने
सोमबार, ०४ सेप्टेम्बर २००६ ११:४२

नेकपा माओवादीको सेती महाकाली स्वायत्त गणतन्त्रले जिविस र नगरपालिकाले गरेका ठेक्का पट्टाहरु खारेज गरेको घोषणा गर्दै अबदेखि माओवादी सत्ताले कर उठाउने बताएको छ।
माओवादीले सो घोषणासँगै ठेकेदारहरुलाई नयाँ ठेक्का पट्टाहरुमा सम्झौता गर्न समेत आव्हान गरेको बताएको छ। निकासी तथा पैठारी गरिने ५३ वटा बस्तुहरुमा कर लगाउने निर्णय गर्दै माओवादीले महेन्द्रराजमार्गको चिसापानीमा मुख्य व्यारियल समेत स्थापना गरेको छ।

माओवादीको क्षेत्रीय व्यूरो कार्यालय अत्तरियाले शुक्रबार सुदूरपश्चिमका नौ वटै जिल्लाहरुलाई निर्देशन दिँदै स्थानीयरुपमा लिइँदै आएको सम्पूर्ण शुल्क पार्टी सत्तालाई उठाउन भनेको छ।

यसैगरी माओवादीले जिविस, नगरपालिका र गाविसले गर्दै आईरहेको विकास निर्माणका कामहरु रोक्न पनि आफ्ना मातहतका कमिटीलाई निर्देशन दिएको छ। राजनैतिक निकास नभएसम्म विकास निर्माण गर्न नदिईने माओवादीले बताएको छ। सरकारले दिनप्रतिदिन बद्मासी गर्दै आईरहेकाले आफूहरु कडा कदम चाल्न बाध्य भएको माओवादी नेताहरुले बताएका छन्।

यसैबीच नेकपा माओवादीले शुक्रबार बिहान कञ्चनपुरको गड्डाचौकी भन्सार पूर्वपट्टी रहेको जिविस कर संकलन व्यारियलबाट कर ठेली जफत गरी लगेको छ। माओवादी कार्यकर्ताले जिविसका नयाँ र पुराना ठेली लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

माओवादीहरुले अवदेखि सो ठाउँमा कर संकलन नगर्न चेतावनी समेत दिएका छन्। माओवादी श्रोतले दिएको जानकारी अनुसार जिविसको कर संकलन ठेक्का नलिन ठेकेदारलाई पूर्व जानकारी दिँदादिँदै वेवास्ता गरेकोले आफूहरुले ठेली जफत गरेको जनाएको छ। गड्डाचौकी नाकामा जिविसको कर संकलन ठेक्का लिएका ठेकेदार शम्भु चन्दलाई अव उपरान्त कर संकलन नगर्न माओवादी कार्यकर्ताहरुले चेतावनी दिएका छन्। माओवादीले यस अघि कञ्चनपुरकै दैजीमा समेत जिविसको कर संकलन ठेली जफत गरेका थिए।

- कर्ण बोहरा
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters