[Show all top banners]

fuchhemula

More by fuchhemula
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Even Supreme Court is rife with corruption!!!!!!1
[VIEWED 5767 TIMES]
SAVE! for ease of future access.
Posted on 03-16-07 3:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वाेच्च अदालतमा घूस

नेपालको सर्वोच्च अदालतमा कसरी भ्रष्टाचार हुन्छ र त्यसमा को कसरी संलग्न हुन्छन् भन्ने रहस्य खोल्ने टेलिफोन वार्ता रेकर्ड गरिएको एउटा सीडी हिमाल ले फेला पारेको छ। सीडी सुनेपछि लाग्छ' 'भनेको बेञ्चमा मुद्दा पारिदिने' काम प्रधान'न्यायाधीशबाटै हुँदोरहेछ र कतिपय कर्मचारी न्यायाधीशसँग पनि निर्धक्कसँग घूसको कुरा गर्दा रहेछन्।

• शिव गाउँले


• केही गरी पालो आइहाल्यो भने नि! भन्न त बिहान 'फस्ट आवर' मै भन्नुपर्छ के भनौँ?
• हजुर नै भन्नुस् न यसमा कति खर्च गर्नुपर्ला?
• तपाइँको पनि यतिमा भइदिए हुन्थ्यो भन्ने होला नि?
• कति गरौँ त सर! तीन जति गरौँ?
• हुन्छ ठीकै छ।

···

• मैले अस्ति बिहान गएर भेटेको थिएँ बूढालाई। म बूढाको घरमै गएको थिएँ। लिखित जवाफ नपरेसम्मलाई 'पोजिटिभ्ली' लेखिदिएको छु भन्नु हुन्थ्यो।
• हुन्छ सर!
• सर्वोच्चबाट हुनुपर्ने सहयोग म गरिहाल्छु तपाइँ नआत्तिनुस् न है!
• हवस सर!

(टेलिफोन वार्ताको सम्पादित पैसा लिएपछि काम गरेन भने...)


यस्तै वार्ता रेकर्ड गरिएको एउटा सीडीले नेपालको सर्वोच्च न्यायालयमा कुन हदसम्मको भ्रष्टाचार भइरहेको छ भन्ने देखाउँछ। 'बाबुरामजी' र 'राजेशजी' बीचको सो वार्ताले काठमाडौँ जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतमा चलिरहेका मुद्दा जिताउन अदालतका कर्मचारीले कसरी न्यायाधीशसँग सम्पर्क गर्छन् र 'कुरा मिलाउँछन्' भन्ने रहस्य खोलिदिएको छ। टेलिफोन वार्तामा संलग्न 'बाबुराम' सर्वोच्च अदालतबाट भर्खरै काज सरुवा भएका शाखा अधिकृत बाबुराम दाहाल हुन् भने 'राजेश' काठमाडौँ जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट मुद्दा हारेर रिट क्षेत्रबाट सर्वोच्च अदालत पुगेका काठमाडाँै महानगरपालिका वडा नम्बर १५ का भाइराजा शाक्यका छोरा राजेश शाक्य हुन्।

वार्तामा बाबुरामले राजेशलाई विश्वासमा लिएको बुिन्छ। उनले पटकपटक आफूले 'बूढा' लाई भेटेर भनेको र 'बूढा' ले तपाइँलाई सजिलो हुनेगरी लेखिदिएका छन् भनेका छन्। 'म माथि बूढाकोमा गएको थिएँ,' 'बूढाको घरैमा गएको थिएँ', 'तपाइँलाई नै सजिलो होस् भनेर बूढाले ढिलो गरिदिएका होलान्', 'बूढाले १७ गतेलाई नै तोकिदिएका छन्' भन्ने जस्ता वाक्य बोलेका छन् बाबुरामले। सामान्य प्रचलनमा सर्वोच्च अदालतका कर्मचारीले भन्ने 'बूढा' प्रधानन्यायाधीश हुन् भने 'माथि' उनको च्याम्बर हो।

कुरा भएको मात्रै होइन, राजेशले जिल्ला र पुनरावेदन अदालतबाट मुद्दा हारे पनि आफूले रु.२ लाख ५० हजार घूस खुवाएपछि सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिन सकेको समेत खुलासा गरेका छन्। राजेशले वार्तामा भनेको कुरा मुद्दाको मिसिलबाट पनि पुष्टि हुन्छ। काठमाडौँ जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट 'घरसमेत चलन चलाइपाऊँ' भन्ने मुद्दा हारेपछि राजेशका पिता भाइराजा शाक्यले सर्वोच्च अदालतमा सो चलन चलाइदिनू भन्ने फैसला कार्यान्वयन गर्नबाट रोक्न रिट दर्ता गरेका थिए। मिसिलमा २७ असार २०६२ मा न्यायाधीश परमानन्द ाको एकल इजलासले 'चलन चलाइदिनुपर्ने काम हाललाई स्थगित राख्नू' भनेर अन्तरिम आदेश दिएको देखिन्छ। सो मुद्दा ाको बेञ्चमा पार्ने काम स्वाभाविक रूपमा प्रधान'न्यायाधीश दिलीपकुमार पौडेलले नै गरेका थिए। केही वर्षयता हरेक दिन कुन न्यायाधीशलाई कुन मुद्दा हेर्न दिने भन्ने कुरा गोलाप्रथाबाट नगरेर प्रधानन्यायाधीशले नै तोक्ने प्रचलन छ। सर्वोच्च अदालत नियमावली २०४९ को नियम ९ मा पनि इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई दिइएको छ। समग्रमा, प्रस्तुत विवादमा परिस्थितिजन्य प्रमाणहरूबाट प्रधानन्यायाधीश दिलीपकुमार पौडेल पनि तानिएका छन्।

विवाद के हो?


किरण पाण्डे
'घूस खुवाउँदा खुवाउँदै पनि मुद्दा हारेर आजित भएका' काठमाडौँ स्वयम्भूका राजेश शाक्यले आफूसँग सर्वोच्चका कर्मचारीले गरेको घूसको बार्गेनिङ्ग, आर्थिक लेनदेन र मुद्दाका चरण चरणका खुड्किला पार गर्ने प्रयासका क्रममा गरेका टेलिफोन वार्ताको रेकर्ड सीडीमा छ। शाक्यको मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई हराएर २८ मङ्सिर २०६१ मा घर चलन चलाउने आदेश दिएछ। जिल्ला अदालतबाट मुद्दा हारेपछि शाक्य पुनरावेदन अदालत पाटन पुग्छन्। त्यहाँ पनि शाक्यसँग घूस मागिन्छ। प्रधानन्यायाधीश पौडेलसमक्ष शाक्यले दिएको निवेदनमा त उनले यतिसम्म भनेका छन्, “दर्ता शाखाका सुब्बा राम सिंहज्यूले माथि हाकिमसामु सिफारिस गरिदिन्छु भनेर १ लाख १० हजार मागेकोमा मैले जम्मा २० हजार मात्र दिएँ।”

तर उनले पुनरावेदनमा पनि मुद्दा हारे। त्यसपछि उनी सर्वोच्च अदालत पुगे। त्यहाँ पुगेपछि आफू दलदलमा फसेको शाक्यको बुाइ छ। शाक्य स्वयंले निवेदनमा लेखेका छन, “त्यसपछि पुनरावेदन अदालत पाटन समेतलाई विपक्षी बनाएर रिट दर्ता गर्‍यौँ। अन्तरिम आदेश जारी गराउन भनेर सर्वोच्च अदालतका प्रशासनिक अधिकृत बाबुराम दाहालज्यूलाई रु.२ लाख ५० हजार घूस पनि दियौँ। जसको फलस्वरुप अन्तरिम आदेश जारी भयो।”

शाक्यको निवेदनमा लेखिएको छ, “अन्तिम फैसलाका लागि रु.३ लाख रकम माग भएको थियो। तर, रकमको अभाव भएकोले दिन सकेनौँ। जसको फलस्वरुप मिति २ फागुन २०६२ मा अन्तरिम आदेश रद्द गरी रिट खारेज गरियो।” निवेदनको अन्तमा राजेश लेख्छन्, “कतैबाट न्याय नपाएपछि मैले घूस दिने गल्ती गरेँ त्यस गल्तीको जस्तोसुकै सजाय भोग्न पनि तयार छु।”

तर माथि उल्लिखित व्यहोरा लेखेर शाक्यले प्रधानन्यायाधीश पौडेललाई दिएको निवेदन गुपचुप राखेका छन्। स्वयं शाक्य पनि यो कुरा बाहिर ल्याउन चाहँदैनन्। तर अदालती सूत्रका भनाइमा, शाक्यले बाबुराम दाहालसँगको आˆनो वार्तालापको सीडी प्रधानन्यायाधीशलाई बुाएका छन्। तर सो सीडी सार्वजनिक भएको अवस्थामा आˆनो संलग्नता र सिङ्गो न्यायालयको गरिमामाथि प्रश्न उठ्न सक्ने भयका कारण प्रधानन्यायाधीश पौडेल यो मामिला गुपचुप गर्न खोजिरहेका हुनसक्छन्। एक उच्च स्रोतका अनुसार, मुद्दाका पीडित बताउने शाक्यले भर्खरै प्रधानन्यायाधीश पौडेललाई भेटेर 'पैसा खुवाउँदा समेत आफूले मुद्दा हारेको' भनेर 'पोल खोल्ने' धम्की दिएका छन्। तर, उनले भनेको पोल खोल्ने कुरा भित्र के के पर्छ त्यो चाहिँ थाहा हुन सकेन।

सीडीमा के छ?
सीडी सुनेपछि दाहालले सीधै घुस मागेको, घूस लिएको बुझ्न सकिन्छ। प्रधानन्यायाधीशलाई अनुरोध गरेपछि आफूले भनेको न्यायाधीशकोमा पेशी तोक्न लगाएको दाहालले भनेका छन्। दाहालले 'न्यायाधीशहरूले पैसा नखाइकन कुनै काम नगर्ने' र 'पैसा खुवाएपछि मात्र काम गराउनका लागि घाँटी समाउन सजिलो हुने' कुरा शाक्यसँग भनेका छन्। शाक्यले घूस लेनदेनका सम्बन्धमा दाहालसँग २०६३ सालको असार, साउन र भदौ महिनामा टेलिफोनमा कुरा गरेर त्यो फोन रेकर्ड गरेको अनुमान छ।

रेकर्डिङ्ग गरिएको सीडीमा ट्ट सुन्दा केही अविश्वसनीय लाग्ने खालका कुरा पनि छन्। बाबुरामले राजेशसँग कुरा गर्ने क्रममा आफूले विभिन्न न्यायाधीशलाई भेटेको र कुरा मिलाएको बताउँछन्। त्यस क्रममा एउटा प्रसङ्गमा सर्वोच्च अदालतका न्यायाधीश अनुपराज शर्माको नाम पनि लिएका छन्, जुन कुरा न्यायक्षेत्रमा आम रूपमा कसैले पनि विश्वास गर्दैन। त्यस बाहेक पवन ओा, शारदाप्रसाद पण्डितको नाम पनि सीडीमा सुनिन्छ। शर्मा र ओासँग मुद्दा जिताइदिन कुरा गरेको तर ओाले 'स्पष्ट कुरा नगरेको', 'हुन्छ भनेर टिपेको' भन्ने जस्ता वाक्य सीडीमा सुन्न सकिन्छ।

यति गर्दागर्दै पनि राजेशले मुद्दा चाहिँ हारेका छन्। यसरी मुद्दा हार्नुको कारण पैसा बेलैमा खुवाउन नपाएर हो भनेर दाहालले शाक्यलाई सम्ाएका छन् सीडीमा। अब आइन्दा न्यायाधीशलाई पहिल्यै हुन्छ/हुन्न त्यसको छिनोफानो गरेर शुरुमै पैसा दिने, अनि 'बूढा' लाई भनेर कुरा मिलाएको न्यायाधीशको बेञ्चमा पेशी तोक्न लगाउने र मुद्दा जिताउने दाहालको योजना सीडीमा सुन्न सकिन्छ। दाहालले शाक्यलाई भनेका छन्, “राजेशजी, यसले सधैँभरि पैसा ल्याउँछु मात्र भन्छ, तर ल्याएर दिँदैन' यस्तै सोचेर न्यायाधीशले काम नगरेका हुन्। त्यसैले शुरुमै पैसा दिनु पर्‍यो।” शाक्यले हुन्छ सर भनेर जवाफ फर्काएको सुन्न सकिन्छ।

दाहालले मुद्दा जित्नका लागि दुई वटा बाहेक अरू बेञ्चमा मुद्दा पर्‍यो भने 'बूढा' लाई भन्न लगाएर पेशी हटाउने कुरा गरेका छन्। मुद्दाको पेशी तोकिएको अघिल्लो दिन आˆनो घरमा 'पैसा बोकेर आउन' दाहालले शाक्यलाई भनेका छन्। शाक्यले 'खर्च'पर्च जुट्यो भने आउँछु' भन्ने जवाफ दिएको पनि स्पष्टसँग सुनिन्छ।

शाक्यका धेरै वटा मुद्दा सर्वोच्च र काठमाडौँ जिल्ला अदालतमा चलिरहेको कुराकानीबाट बुिन्छ। काठमाडौँ जिल्ला अदालतमा चलेको मुद्दा जिताउन पनि शाक्यले दाहालमार्फत् सो अदालतका तत्कालीन तहसीलदार गिरिराज सापकोटालाई पैसा खुवाएको थाहा हुन्छ। तर एक विश्वस्त सूत्रका भनाइमा, पछि मुद्दा आˆनो पक्षमा नभएपछि शाक्यले बवाल गर्ने डरले हाल अमेरिका पुगेका गिरिराजले उताबाट टेलिफोन गरेर शाक्यसँग लिएको पैसा फिर्ता गर्ने वचन दिँदै बेइज्जत नगरिदिन आग्रह गरेका छन्।

अदालती सूत्रका भनाइमा, प्रधानन्यायाधीश दिलीपकुमार पौडेलले यो घूस काण्डको टेलिफोन वार्ताको रेकर्ड गरिएको सीडी नै तयार भएको छ भन्ने कुरा पाँच महिनाअघि नै थाहा पाएका हुन्। बुिएअनुसार एउटा सीडी पौडेलसँग पनि सुरक्षित छ। सात महिनाअघि यो घूस काण्डका बारेमा गाइँगुइँ चलेपछि सर्वोच्च अदालतका कतिपय न्यायाधीशले दाहालमाथि तत्काल कारबाही गर्न प्रधानन्यायाधीश पौडेललाई दबाब पनि दिए। तर, अहिलेसम्म दाहाललाई कुनै कारबाही भएको छैन। अदालती सूत्रका भनाइमा, आफूविरुद्ध कारबाही गरिए पोल खोल्दिने दाहालको धम्कीले अदालतमा तैँ चुप मै चुपको अवस्था सिर्जना गरेको छ। कतिपय न्यायाधीशले दाहाललाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग गरेपनि उनलाई दुई साताअघि सर्वोच्चबाट काज सरुवा मात्र गरिएको छ। अहिले पनि दाहालको दरबन्दी सर्वोच्चमै छ। शुरुमा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा पठाइएका दाहाललाई त्यहाँ हाजिर गराउन नमानिएपछि अहिले श्रम अदालतमा काज सरुवा गरिएको छ।

टेलिफोन वार्ता रेकर्ड गर्ने शाक्यले २९ फागुन साँ हिमाल सँग भने “अन्तरिम आदेश गराउन २ लाख ५० हजार मागे, मैले दिएँ। फेरि मुद्दा फैसला हुँदा ३ लाख मागेपछि मलाई घूस दिएर मुद्दा जित्नुहुँदैन भन्ने लाग्यो। अनि यो घटना भण्डाफोर गर्न टेलिफोन वार्ता रेकर्ड गरेको हुँ।”
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters