[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 137520 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-10-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepkannchii maile post gardiye la tyo gana

 
Posted on 10-10-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you serial. maile try garya bhayena .thanks
 
Posted on 10-10-07 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

करेजी बुलबुल,

हमको तोहर गुलाबि गाल याद करके गुलाबजामुनके याद आइलियो।

त दिल करेछ त करिहाल काहेको डर?? सला उ जो छ प्यार करने हरु कर्छ त देखने वाला जले जल्छ थोडि केहि मतबल छ हमिलाई? त तिमि भन्यो कि हम्रो लैटरवा पढके तिमि नाच्यो, त हमि इम्याजिन कियो तिमि नाचेको। हँ? त घाँघरा-चोलीमे कमरिया मटकाईके कैसन तिमि नाच्यो होला? हाय हाय सला याद मात्र करेको बाट  पुरे बदनवामे झुरझुरि आवँछ। एकबार हमि हम्रो गावँके टाँकिजमे सनिमे देखेथियो एक्टा, उ सनिमामे दिखाएथियो हाय हाय शिलपा जो छ कमरिया मट्काई मट्काईके युपि बिहार लुटेथियो। बस् हमि वहि याद कियो, पर हम्रो यादमा तिमि नाचेथियो और हमि देखेथियो और कोइ माईके लाल थिएन। बस तिमि और हमि थियो। त वहिँ बात आयो हम्रो लुङ्गिके। त हमि लुङ्गि लगावँछ लगावनेको, उ मैदान वैदानको बात काहेको करेको हमि शरमिला लरका छ। हम्रो देहातमे बिहान बिहान उठनेको बादमे दतिवन चबावँदै लोटामे पानी लेइके जाने बेलामा 'मैदान जाने' भन्छ खैँ.. खेँ.. खेँ...।
त वैन्टिलैशनवाके जो बात छ, त के कर्ने गरमि मे उ त चाहिन्छ, सला जगह जगह गरमि लाग्छ। उ जो डोरा बनियानके बात तिमि कियो उ हमि डोरा लगावँदेन हमि पुजाके बनियान लगावँछ पुजाके जाङ्घि लगावँछ। लरकि पुजाके हैन पुजा बरान्डके लगावँछ। त तिमि शरमसे पानी पानी भइलियो रे??? और फिर गन्नेके खेइत पे मिलनेको बात कर्छ??( बाप रे मदनवा तोहर किस्मतवा जागेछ) उ जो छ गन्नेके खेइतपे मिलनेको बात छ हमि मिलनेको आवँछ, पर उ बात ऐसन छ कि हमि शरमिला छ, अभि त हम्रो टाँका भिडेछ खेँ... खेँ.. खेँ..

तिमरो गबरु जवान
मदनवा

कानची जो गना भनेछ और सैरियल जो रखेछ बहुत बढियाँ छ, रफि बढियाँ गाएछ, हमि देहातमे रैडियोपे बिबिध भार्ती पे सुन्थयियो यो गना। धन्वाद्!


 
Posted on 10-11-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Premi ma timlai din bhari kuriraako ani timi aaenai ta tehi bhaera 
risaara ghar gaako ani kehi na khaai bhokai suteko.  aba dekhi malai 
kuraaune kaam nagara hai. hoina bhane feri arkailai love letter lekhum la.
 

 
Posted on 10-11-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउता सायरी यहाँ पनि

ताइ बिगरेर के भो फेरी बनाइदिउल
त्राजेदी परेर के भो फेरी अर्कै सँग लभ गरिदिउला


 
Posted on 10-11-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सपनाको राज कुमार म्याडि,

तिम्रो लेटर पढेर हमे वो हरियाके साथ खेले हुए कब्बडि याद आयो। क्या खेल था, हरिया सधै हार्थ्यो अनि लुङि समाएर भाग्थ्यो।
तिम्रो घुङ्राले बालके डोरी बनानेको दिल कर रहा है। त्यो डोरीले हमारे गाएको बाँध्नेको मिल्छ? तभि तो हम तुमारे प्यारके सप्तरङि सपना देख सक्ते है गाइ चराँउदाँ। कोहि केहता है कि तुम हर पल लाल लिपस्टिक लगाते हो। तो तुम हमको लिपस्टिक गिफ्ट नहि देते क्या?

मिस यु वेरि मच,
तुम्हारे प्यारमे पागल

CL


 
Posted on 10-11-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यो धागो त गजब को भैरहेको रहेछ!

यस्तो मजाको लप लेटर लेख्या रेछे क्रेजी ले के गर्नु आफ्नु पल्टन को जागिर जस्तो एकातिर लागेर हेर्नै नपाएर!


 
Posted on 10-11-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बिर्खे प्यारा!

पल्टनका मुन्छेले त झन् मुया धेरै गर्छन् भन्या सुन्या हु मैले पनि। हजुरको पनि मुया भएको पत्र हेर्न पाउन प्रभु। आज हजुरको सवारीले यो धागो अति पबित्र भयो सर्कार।
उहि पागल माया

 


 
Posted on 10-11-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पागल माया,

पल्टनेको मायाँ धेरै गहिरो हुन्छ भन्ने कुरा ठिक हो, मेरो माया साह्रै नै गहिरो छ सागर भन्दा गहिरो कसरि भनु म? सागर कति गहिरो छ नाप्या छैन, तै पनि गहिरो छ। माया त छ तर के गर्नु आफु पल्टने परियो, ११ महिना पल्टनमा १ महिना गाउँमा, मोरो मदनवा बार्है मास गाउँमा छ! मेरो त गाँठे त्यो सम्झियो कि मुटु चर्केर, दिमाग थर्केर, आँखा दर्केर, थुक सर्केर, चढेको जोश सबै लर्केर जान्छ!


 
Posted on 10-11-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरु जि,

त्यो तिम्रो चौतारीको रिप्लाइ येहाँ टाँस न। तेसो भये हाम्रो यो जुनिमा मिलन हुन्न त बिरु?

हे भगवान ये सुन्नेके लिए मेरे कान क्युँ हे?
हु हु हु


 
Posted on 10-11-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! यहाँ त जुनि जुनिको कुरो हुँदै रेछ! कुरा यस्तो हो, त्यो उता टाँसेको रिप्लाईमा लास्टमा भन्या थेँ नि मैले नगरकोट बाट फर्कने बेलामा मात्रै तिम्रो साथी भन्ने थाहा भयो भनेर, हो खासमा त्यतिबेला ७ ठाउँ भाँच्चिएर मस्केको देखेर तिम्रो साथि भन्ने चिनेको! यो जुनिमा मिलन हुन्न रे? किन नहुनु यो जुनि मै एक पटक मात्र हैन कयौँ पटक मिलन हुन्छ नि। सास छउन्जेल ए रात्तै आस त राख्नु पर्यो नि कि कसो दीप??? खै दीप कता लाग्यो??? बाङ्गेले सरस्वतिथान तिर गाँजा तान्न त लएन दीपलाई? कि दैव जानुन कि दिपै जानोस!
 
च्याँङवा
Posted on 10-11-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ पो कास्दो कास्दो लाप लेतार लेख्ना पाउने राचा मो पानि लेग्ना पारो मुइले मोइच्यांङ् या पो पाउचा कि के हो। लु सुन् होइ ता

ए मोइच्याङ्

तो का गाको तेरो च्याङ्बालाई छाडेरा। तो गाए देखि चौरीले दुध नि दिदाइना.... आप्पाले मोलाई  काराउचा। चेङ्ग्रा हारु पानि कात्काता जान्चा कात्काता मोइले बोलाउदा आउदाइना।

तो भोटे कुकुर नि रात भारि काराको काराई गार्चा सुदनाइ दिदाइना, मोइले काति काराउचा बानेरा झाटारो हानेको दाउराले आप्पाको खाप्पार मा लागेचा मोलाई घार बारा निकाल्द्यो। आबा ता जाडो लाग्यो लेकबाटा भेडाहारु नि झार्नि बेला भायो, खच्चार नि साप्पाइ जामा गार्नु पार्चाअ। आबा काम गार्ना ताला झार्ने बेला भायु हिउले बास्ना दिदाइना।

तो नभाई कासाइलाइ नि मान लाग्दाइना। झन यो चौंरी, भोटे, खच्चार, चेङ्ग्रा रा भेडाले ता साद्धाइ तोलाई मात्तै खोज्चा लु त चाडो आइजा। तलाइ मो तोम्बा बानारा राख्दिन्चा, तोइले त थोराइ खान्चा बाकि मोइ खाइदिन्चा तारा तो झाट्टा आइजा।

आनि आउनै पारे मेराइ सापाना मा आइजा होइ त्यो ग्यात्सो को सपानामा नाआइजा।

तुलाइ मोइले तोम्बा भान्दा पनि धेराइ माया गार्चा।

तेरो च्याङ्बा


 
Posted on 10-11-07 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow,

what a nice love letter.

Chyangba, plz keep on writing more and more to maichyang, pasang, who else?

moichyang ko cha chito reply garideu nai hai chyangbalai.


 
Posted on 10-11-07 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओयि च्याङ्बा,

तों धेरै नकरा,

आप्पाको घारमा बसेर आप्पालाऐ नै खाप्परमा हाने कास्तो बुद्धि तेरो? तोंेले मालाइ काहिले सुख दिदैन। आबु मों आँउदैना ला।

जा तों पासाङ्कोमा गाएर रु। मेरोपक्चि नालाग च्याङ्बा। मोइले पनि दुख पाँउछ।

चुप् लाग भानेको,

मैच्याङ


 
Posted on 10-11-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptowngal,

Aba bihana kaam jada ani farkada 3 bajcha ani matrai net chalauchu tara timi hudainau. timi maan bata bolau na ma aaihalchu ni, narisai basa la. ani ma ekchin naaudaima timi arkailai love letter lekne ho ta, ma chai prem kahani lekhne prayash ma chu tara timi bhane. hope u be recovered.

Timrai dukhi,

Nepal premi


 
Posted on 10-11-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal premi,

thulule arulai lekhe pani first love letter ta tapailai nai lekhya ho ni. kina pir garnu bhako? tapaiharuko timing nai milena ke.

oh, maichyangko letter pani aai sakechha.


 
च्याँङवा
Posted on 10-11-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कास्दो कुर गार्चा हे मैच्याङ् तोलाई मोइले कात्ति माया गार्चा बानेरा यो भोटे, त्यो खाच्चार, च्यांङ्रा साप्पाईलाई थाहा छा। तोलाई बानेरा राख्देको तोङ्बा साप्पाई खाच्चारले खाईदेचा... मोइले पाख तालाई माइच्यांङ् आउना दे तेरो भाग तोङ्बा माइचांङ्लाई दिन्चा भानेको छा । तो आइजा मो तालाई खाच्चारको भाग तोङ्बा पानि खाना दिन्चा।

आप्पाले पानि काइले काई मेरो खाप्पारामा बाजाउचा नि ता। तरा भोटेलाई लागेना नाद्रा मो पासाङ्कोमा गाको बेला तो आयो भनेरा कासारि थाहा पाउने मोइले? भोटेले कारार थाहा पाउचा मोइले नाद्रा भोटे नाबाए तोइले नि बाजाउचा  मेरो खाप्पारमा।

आइले ता तों छाइना पासाङ्कोमा नि जादोइना मो ता, ग्यात्सो जान्चा। तों हुदा पो लुकेरा जान्थो मो आइले ता मान् नि लाग्दाइना। तों आइजा आनि मो जान्चा हाइ।

तो हुदा मोलाई तोइले बोल्नाई दिदाइना अब तों नाहुदा नि मोलाइ चुप् लाग नभान ना। बारु तो भोटे रातभारि काराउचा तेल्लाई चुप लाग भान ता।

आब मो र खच्चारा भारा तोङ्बा खान्चा तो झट्टा आइजा ना।


 
Posted on 10-11-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati hasako chyaanbaa bro le ha ha ha.


 
Posted on 10-11-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो तों धेरै कराइस भने मो तोलाँइ घुच्चुकमा बजाँउछ। आलि त लाज मानु पर्च्च नि तोलाँइ नकचरा पासाङकोमा मर्न जा।
मोलाइ धेरै झुट्टा बोल्छ, मो पनि जान्छ ग्यातोकोमा तोङ्बा खान।

धेर नकरा ल तों अब।

आर्को साल ग्यात्सोको घोर्ले छोरा पाँउछ मोइले।


 
च्याँङवा
Posted on 10-11-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पासाङ्ले नि मेरो घोर्ले छोरो पाउचा आर्को साल.....आनि फाच्चे हुन्चा नि ता.....तो पिर नागार।

आइले चाई आइजा ना। खाच्चार ले साप्पाई तोम्बा साक्ना लाग्यो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters