[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 208479 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-25-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअ?
मंगलबारे मंगलमय जदौ, बिर्खे माइलाको।
 
Posted on 09-25-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे मंगलमय जदौ
 
Posted on 09-25-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि हिजो कै हाल,
चौतारीको भयो बेहाल
के रोग लाग्यो? के शोक लाग्यो?
जे भए नि भैगो, रिट्ठे
आफुलाई साह्रो भोक लाग्यो।
तारेमाम्।
 
Posted on 09-25-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इक कन्या कुमारी......
हम्री सुरत पे मर गयी हाय~ हाय
इक मिठी कटारी....
किसी चक्कर पे पड गए हाय~ हाय

 
Posted on 09-25-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअ?
मंगलबारे मंगलमय जदौ, बिर्खे माइलाको।
 
Posted on 09-25-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट नोइट!

सोरी!!! गुट मोर्लिङ् !
 
Posted on 09-25-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउले साथी हो आज अती नै ब्यस्त छु आफु त
फेरी सप्पैलाई एक राउन्ड नमस्ते गर्न मात्र आको
सप्पै लाई नमस्ते
 
Posted on 09-25-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कलिलाइ भगाइ लग्यो झिल्केले
झिल्केलाइ ताक पर्यो

तिमी हामी सोझालाइ
फ्वाक्कैमा गाल पर्यो

नक्कलिलाइ ------ भगायो झिल्केले ----


तारेमाम गाम्ले हौ, मन्तयेक ला ?
 
Posted on 09-25-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Punte dai maile email patha chhu hai tapailai.
 
Posted on 09-25-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार !

ओइ नमे, हिजो मलाई क्यार्न खोजेको हो, त्यस्तरी ? घरमा बाघै आए जस्तो गरेर करा'को रे'छ।
 
Posted on 09-25-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते नि हरायो,
बेला कुबेला करायो।
तारेमाम्।
अन्तरे, चना ब्रो अनि चित्रेलाई नि तारेमाम् छ है ठुल्दाईको।
इन्द्र जात्रा रे,
त्यो जात्रामा,
मात्रा पुर्‍याएर
सडक नाप्नु,
लाखे भैरब पुलुकिसी ,
कुमारी, गणेश अनि भैरबको,
नाममा
आधुनिक देबीहरु जप्नु,
कत्ति रमाइलो हुंदो हो,
यति बेला काठमाडौंमा हुंदो हो।
 
Posted on 09-25-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ल ल रुद्रमणि जी, आजको हिसाब किताब चाँहि भोली नै मिलाउँला, अहिले जत्ति पैसा छ त्यो गिन्ती गर्नुस् अनि डेबिट क्रेडिट भोली गर्नुपर्छ" क्यासियर साबको कुरा मलाई निकै राम्रो लाग्यो।

बिगत केहि दिन देखि हाम्रो शपिङ सेन्टरमा यसरी नै काम चलाउँदै छौँ। सधै बेलुका ९ बजे सम्म पसल खोल्नु पर्ने हुनाले हामीले क्लोजिङ गर्न खासै टाइम पाउदैनौ। घर चाँडो चाँडो जानुपर्ने भएकोले हामी सङ हिसाब किताब गर्ने समय नै हुँदैन।

"बुझ्नु भयो रुद्र दाई, म मलाई त्यो हिजोको कोलकातामा भएको कार्यक्रम चाँहि खुब रमाइलो लाग्यो। सार्है राम्रो गायो हैन प्रशान्तले?" सपना जी पनि यसपाली निकै कुरा गर्न थाल्नुभएको छ। उहिले हामी सङ त्यत्ति कुरा गर्न नरुचाउने उहाँ। प्राय जसो मोबाइलमा आउने एस एम एस मै भुल्नु हुन्थ्यो। हामी बुढा पाका र उहाँहरु जस्तो युवा उमेरका हरुको कुरै नमिल्ने।

केहि महिना अघि साबित्रीले घरमा बेलुकाको खाना पस्किदै मलाई मिठो स्वरमा, "सुन्नुस् न, हामीपनि माथी घरबेटीलाई भनेर त्यो डिस्कको लाइन तानौँ न। सबैजनाले इन्डियन आइडलमा एउटा नेपाली भाईले सार्हो राम्रो गाएको छ भने देखि हेर्न मनलागेर कस्तो भा'छ" भन्दा मलाई 'यी आइमाई मान्छेहरुलाई नै चाहिने अनेक थोक। यहाँ छोराको फिस कसरी तिर्ने भा'छ आफुँलाई' जस्तो भा'थियो। तर उस्को त्यो मिठो बोलीलाई मैले कसरी नकार्न सक्थेँ र? उस्लेपनि खासै त्यस्तो फरमाइसी खर्च गर्दिन, आज निकै ठुलै मन गरेर माँगेकी हो कसरी नाई भन्नु?

"घर भाँडामा ३० रुपिया थपेर दिनुस न त" भन्दै घरबेटी आमैले पछाडीको झ्यालबाट मेरो कोठा सम्म पुग्ने तार खसालिदिएकी थिन्। त्यहि बाट हाम्रो घरमा हरेक सप्तान्त निकै रमाइलो हुन थालेको थियो।

"त्यो मोरो अनु मलिकलाई के खाँचो हाम्रो प्रशान्तले चुरोट खाओस कि खैनी खाओस? त्यस्को छोरा हो र सुधार्नु पर्ने?" खुब रिसाकी थी साबित्री त्यो रात। बल्ल बल्ल फकाएर सुताको उसलाई। तर अस्ति राती खुब रुइ उ जब अनु मलिकले प्रसान्तको बारेमा राम्रो भन्यो, "सुन्नुस बाबा! सबैभन्दा राम्रो र मनको साँचो चाँहि यहि अनु मलिक रहेछ। त्यस्ले मात्र उस्को मनको कुरा बुझ्यो" भन्दै रात भरी सुत्न दिएकी थिइन।

आज हत्तार गरेर बल्ल बल्ल घर पुग्दा साबित्री, छोरो र पल्लो कोठामा बस्नुहुने सबैजना हाम्रो ओछ्यान मा बसेर टि भी हेरिरहेका रहेछन्।

म आइपुगेको देखेर साबित्री उठेर छेउमा स्टोभ माथी थालमा अघिनै पस्केर राखेको खाना दिदै भनी, "मैले आज अलि छिटै खाना पकाएर राखेको अनि कार्यक्रमपनि तिन घन्टाको हुने भएकोले भाँडाहरुपनि अघिनै माझेर बसेको, त्यहि भएर सबैथोक यहि थाल मा छ। चिसो नहोस भनेर स्टोभ माथी राख्या खाना"

"ए अनि प्रशान्तले गाइसक्यो?" मैले खानाको थाल हातमा बोक्दै आँखा त्यो १४ इन्ची ब्लाक एन्ड व्हाइट टिभीमा लगाई रहेँ। खाना चिसो थियो कि तातो थियो यादै भएन।

"छैन छैन बल्ल सुरु भएको" छोरोपनि सबै सङ बसेर हेर्दै रहेछ।

खुब रमाइलो गरेर हेरियो। साबित्रीलेपनि १० रुपिया चन्दा दिएकी रैछ बागबजारमा प्रशान्तलाई भोट दिन भनेर।

निकै बेर हेरेपछि बल्ल बल्ल कार्यक्रमको अन्त्य हुनलागेको थाहा भयो। अब कस्ले जित्ला भनेर खुब मन भारी भइरहेको थियो। सबैको मुटु ढुक ढुक गरेको प्रष्ट थाहा हुन्थ्यो।

"हेर्नु न त्यस्को आमाले नमस्ते गरेको! ठ्याक्कै हाम्रो आमाले जस्तै गर्ने रैछ" मेरी छिमेकी कोठामा बस्ने एकजना बहिनीले भनिन्।

प्रशान्तले जितेको कुरा टि भिले देखायो! हामी सबैजनाको खुसीको सिमा रहेन। उस्लाइ उस्की बहिनीले ढाका टोपी लगाउँदा मेरो छाती फुलेर आयो! उस्ले सिक्किम देखि नेपाल सम्मका सबैलाई धन्यवाद भन्दा आँखा पुरै रसाए। आमालाई जन्म दिनुभएकोमा धन्यवाद दिदाँ भक्कानो छुट्ला जस्तो भयो।

यस्तो सार्हो खुसी पहिले कहिले भइएको थियो यादै छैन। रात भरी सुत्न गार्हो पर्यो। कहिले बिहान हुन्छ र पसलमा गएर यस्को कुरा गर्ने भन्ने सोचाईले सुत्नै सकिएन।

बिहान उठेँ, पसल जान लुगा लगाएँ अनि साबित्रीलाई बोलाउँदै भने, "साबित्री! त्यो मेरो ढाकाको टोपी कता छ? आज ढाकाको टोपी लगाउन खुब मनलागिरहेको छ"

समाप्त!
 
Posted on 09-25-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा को कथा बडा मर्मस्पर्शी लाग्यो। कम्पुटरमा हेर्दा हर्दै मेरो आखा रसायो। आखिर् यो मन त नेपाली हो नि। कपिलवस्तुमा, गौरमा अनि १२ बर्षसम्म जनयुग्दको नाममा हजारौं नेपाली मारिंदा, मर्दा नेपाली मन कहाँ बन्धकी थियो?
नागरिकताको खोस्टामा मन कुदिएको हुंदैन।
प्रशान्त संग नेपाली नागरिकता छैन, नेपाली मन छ, नेपाली परिचय छ, नेपाली हुनुको धर्म छ। त्यसैले तपाई हामी भन्दा बढी नेपाली उ हो। नागरिकताको ब्यापार गर्दैन उ, आफ्नै दिदी बहिनी बेच्दैन उ, आफ्नै दाजु भाई मार्दैन।
 
Posted on 09-25-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे मंगलमय जदौ!!!
 
Posted on 09-25-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते राहुल दाइ।

तारेमाम् समस्त गाम्ले हरु।

कुम्ले दाइ, नसम्झाउनुस् ति दिन् हरु, काठ्मान्डु का डेरा हरुले सधै तिता अनुभव दिन्छन्।

कोहि घर्पेटी ले ब्यक्तिगत नलिनु होला, तर म त सारै सताइएको थिए, घरपेटि तन्त्र वाट।
 
Posted on 09-25-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle ramro chha dhaka topiko katha. la timi pani dhalkaune haina ta aba dhaka topi?
suntale katako ho ta? ktm ma derama bhanepachhi. thuldai gwache namaste
 
Posted on 09-25-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ?

ठूली, अन्तरे, राहुलदाइ, ग्वाँचे, सान्नानी, रिठ्ठे, नेप्चे, नमे, चनादाइ, कुम्ले, सुन्तले, भौते सबैमा जदौ!

कुम्लेको कथा मार्मिक लाग्यो। नयाँ दिल्लीमा गाएर काठ्माडौं हल्लाउन सक्ने केटोले हामी समस्त नेपालीहरूको मन एकीकरण गरिदिएका छन्।

ईन्द्र जात्राको शुभकामना!
 
Posted on 09-25-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्ननी, यो thread मा मेरो posting पढ, अनि पत्ता लगाउ म काहा को हो। ठिक् उत्तर् को लागि फरिया चोली उपहार्। अब राष्ट्रियता फस्टाइरहेको बेला त्यो भन्दा राम्रो उपहार् म के दिउ?

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=631&PageNum=22&forum=2&threadid=50394
 
Posted on 09-25-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto garo kam deko suntale le. Bhojpur ho?
 
Posted on 09-25-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाई तेस्रो राउन्डको नमस्कार एक पटक फेरी
के के हुँदैछ? को को छन?
सन्नानी, सुन्तले एत्तै तिर होलान क्यारे, ठुल्दाइ नि हुनु पर्ने हो !
चित्रे पनि टुप्लुक्क आ' रैछ अघि
उफ्री कहाँ छिन् कुन्नी?
कुम्ले को कथा मुन पर्‍यो? सत्य घटना मा आधारित् हो त कुम्ले? अनी मदनवा कहाँ छ आज
म चाँही हसुर्ने आग्या पाम अहिले लाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters