[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 169485 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-07-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँहि यो चौतारी सोझ्याउन मिल्छ कि भनेर लेख्न लागेको है। अब एउटा पोस्ट भयो भने चौतारी सोझिएला कि भन्ने मानेर लेख्न लागेको। मेरो लागि हालेको गीतले बिगार्यो चौतारी भनेर नेपेसाहिलाले दोष थोपरी हाल्यो।

नेपेसाहिलाको कथा राम्रो छ जस्तो छ तर अहिले सम्म पढ्ने समय पा'छुइन। बेलुकालाई खुराक होला जस्तो छ।

अनि मेरो कथा मनपराइदिनु हुने गोताएँ दाई, मिस, नमे लाई धेरै धेरै धन्यबाद।
 
Posted on 08-07-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अझै मिलेन जस्तो छ। उफ!!
 
Posted on 08-07-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he he ahile milechha :D
 
Posted on 08-07-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la kumle maile ni thapdeako chautari sojyauna laai hehehehe.
 
Posted on 08-07-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh my gosh ! I DID IT :D :D :D
 
Posted on 08-07-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलो.. मिलो ...सोज्यो चौतारि!!
क्याबात्,, गजप काम अरेउ कुम्ले...तिम्रा मुखाँ खसि र बियर!
 
Posted on 08-07-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले होइन माल्दाई, तितौरीले हो।

हुन त खसिको मासु दिने भए मैले गरेको हुँ भनेर तितौरीलाई सम्झाउला क्यारे। त्यो बियर को बारेमा चाँहि यहाँ होइन बेग्लै एकान्तमा छलफल गरम्ला, कि कसो?
 
Posted on 08-07-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ,हेर मासु खान पाए झूट् बोल्ने रे?????? :-(
 
Posted on 08-07-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्‍यो!!!

माल्दाई!! चाहिएन मासु, झूट बोल्न नमिल्ने भो!!
 
Posted on 08-07-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yata pani yasaile hajir garnu paryo

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म

भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
 
Posted on 08-07-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी लाइ आजकाल के भको हो कुन्नि?
बेला बेला मा बाङिने रोग लागि रहन्छ।


 
Posted on 08-07-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है यसो १ २ वटा रमाइला चित्रहरु - गाइजात्राको लागि ।






 
Posted on 08-07-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू नमस्ते है!

कुम्ले र साहिंलाका कथा साह्रै रमाइला लागे, अरू कमेन्ट पछि गरम्ला। अलि बेफुर्सदमा छु।
 
Posted on 08-07-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो के नाम भिडिओ सिडिओ तरिका राँरी नआम्निले राख्न खोजो भन्देखुन बाङ्गिन्च के चौतारी। अन्खेरुन्, तो भिडिओ चईनि पछिल्लो पानाँ पुगो भन्देखुन फेरि सोझिनि रे। मेरी धोबिनी मोरी धामी बिध्धा सिकेर आईछे के रे तो पारि गामको बौसिनिले सारै साताओ भुनेर। उसैले भुनेको मलाई त चौतारीको रोग बारे पुनि। लौ। अब्देखुन् जो जो ले भिडिओ देखाम्नि हो, अलि बिचार पुरा’र टाँसुम के रे, होईन भन्देखुन् चौतारी कोल्टे पर्दा सबै गाम्ले हुर चिप्लेर सिधै कालीआँ चुर्लुम्मे हुम्ला। हामी त लाहुर छँदा पौछिन सिके थेम् के रे, बाँचुम्ला। कालीले बगार ऊऽऽऽऽऽऽऽ उता के नाम बनारसको किनारै निकाले नि! अन्खेरुन गोरखपुराँ पेन्सिन थापेर चईनि फेरि बसाँ देसिको ममफलि चपाम्दै फर्किम्ला!

कुम्लेओ कथाले हामी बिटिस लाहुरे हुँदा बर्माँ डड्याम डड्याम् बम पड्काम्दै दुस्मनको गोलीको सामना अरेको याद आयो के रे। साहिलाले चईं फेरि तो के नाम टौदहतिर माछा मार्न गा’को याद दिलायो। लेखन त जान्नि हुन् दुवै। हाम्पुनि तेसतरि लेख्न जानी भे त नामै बदलेर चईने भानु पुन्टे भक्त राख्ने थेम के रे। क्यार्नु? धोबिनीलाइ फकाम्न र सालीलाई घुमाम्न पढ्न परेन के रे। अब तो शहरकी पढे लेखेको लाई फकाम्नि हाम्रो धोको तेस्तै हो। साली नि अलि अलि त पढे लेखेकि छे के रे। तई भे र नि बरु बउते काजी के जिम्मा लाईदो, हाईसन्चै!

दिपेले नि फेरि फुरायो कविता। मन छुनि, गाँठे, चसक्कै! एक लईन त मेरो लागि नि थप्दै हुँदो हो के रे:

मौलाएर झरेको
हजारौं कपाल हुँ म
हरहरेर सिनित्तेको
एक खप्पर हुँ म

मैले फका’र भउतेले भगा’को
सालीको भेना हुँ म।

नारायण, परभु! थकाई लाओ। धेरै बोल्न नि ज्यानै जाला जस्तो यो बुढेसकालाँ! स्याईईईईईईईईईई
 
Posted on 08-07-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मौलाएर झरेको
हजारौं कपाल हुँ म
हरहरेर सिनित्तेको
एक खप्पर हुँ म

मैले फका’र भउतेले भगा’को
सालीको भेना हुँ म। "

हा हा हा पुन्टे दाईले हँसाए
 
Posted on 08-07-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो शंका निवारन भो ल। चौतारो बिगार्ने धागो पछि बिस वटा धागो हाले' छि आफै सुध्रेर आउनी र' छ।
 
Posted on 08-07-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सबैजना चौतारी वाङ्ग्यो भन्चन्। आफ्नो यहाँ त ठिकै छ जस्तो लाउँछ। तेसमाथि नि मैले बजा' गीतले रडाको मच्चा' जस्तो आरोप पनि आ'छ बा!

हैन, के भन्छन् गाँठे यी गाम्लेहरु भनेर सोध-खोज गरी हेरेको त, यो के जात्ती ब्राउजरको कारनले र'च।
अब आफूले त्यो बिल गेटसले बना'को के जात्ती हो चला' बेलाँ पुन्टे दाइको टाउकाभरि कपाल थियो; अब, कति बर्ख भो कति!
यो आगो-फ्याउरो (फाएरफक्स) भन्नी जन्तु चलाउँदा त जो ठीकै देख्छु त म!!!

भुलचुक माफ!
 
Posted on 08-07-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ---, यी पुण्टे दाईले हाँसाए! साली भउतेले उडा'सी यीनका होश ठेकानमा छैनन्!
 
Posted on 08-07-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद बिर्खेजी यहाँको सुझावको लागि।।अब था भयो नि दिमाग कहानेर कति घुमाउने भनेर.... तर त्यो प्रस्न हजूरलाई थिएन के लेखकलाइ नै थियो।

मेरो भनाई के हो भने कम से कम साझामाभएका अरु धागो भन्दा यो धागोको पहिचान र मर्यादा अलिक फरक छ सस्तोखाले लवज बिरलै भेटिन्छ र त्यो सधैलाई कायम रहोस ।
सानो मुखले बढि बोले कि ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters