[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 89296 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-15-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है तितौरी। के छ हालखवर?
 
Posted on 07-15-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, राम्रो छ।

लौ!!! साँप सङ्ग चाहीँ मलाइ अत्ति डर लाग्छ।

के अलि लामो लेख्न सकिन्न? साँच्ची पढ्न सुरु गर्दा गर्दै सकिन्छ भन्या। आज बिदाको दिन राम्रो राम्रो लेख हरु पढ्नु पर्यो भनेको।

अनि साँच्ची, बाल्यकाल मा पल्लो घर कि आन्टी की छोरी सङ्ग खेलेको कुरो चाहि भन्दै नभन्ने? :oP

ल ल लेखम!!
 
Posted on 07-15-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गौतामे जि मेरो हालखबर् ठिक्कै छ् बाच्या छ । तपाइ को नि? धेरै दिन् भो नि आउनुहुन्न चौतरी तिर :)
अनि कुम्ले , चित्रे को पल्लो घर् मा आन्टि नै थेन होला कसरि लेख्नु नि बिचरा ले ।ल ल तपाइ को चै इन्ट्रेस्टिङ् होला जस्तो छ् ,सुरु गर्नु पर्यो :)
 
Posted on 07-15-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-15-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले किन हासेको ? :p
 
Posted on 07-15-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-15-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली चैं अलि लामो लेख्ने प्रयास गरेको छु तर पुरानो भएकोले होला धेरै कुरा भुलेको पनि छु। कतिपय खासै महत्वपूर्ण नभएर उल्लेख नगरेको पनि छु। अब धनकुटाका उल्लेखनीय घटनाहरू मेरा मस्तिष्कबाट सकिएकाले काठ्माडौंतिर मोडिदिएँ।

तितौरी, गोतामे ज्यू, कुम्ले, मास्टर्नी दिदी र अरू सबैलाई पनि धन्यवाद।

कुम्ले, पल्लो घरकी आन्टिकि छोरीसँग त खेलिएन, तर पनि अरू साथीहरूसँग खेलेको उल्लेख गरेको छु, सम्झना भएसम्म। तितौरीले भनेजस्तै तपाई पनि शुरू गर्नुस् न।

लौ, यो चौथो भाग:

धनकुटादेखि काठमाडौंसम्म

एक शनिवारको दिन म र मेरी दिदी पिङ् खेलिरहेका थियौं, हामीले कोही चिच्याएर दौडेको आवाज सुन्यौं। हामी आवाज आएको ठाउँ बारीको पूर्वतिरको बारबाट हेर्न पुग्यौं। त्यहाँ दुइजना केटाकेटी रूँदै दौडिरहेका थिए किनकी उनीहरूलाइ एउटा बडेमानको साँढेले लखेट्दै थियो। त्यसै समयमा आमा पनि त्यहाँ पुगिसक्नुभएको थियो र उहाँले तिनीहरूलाई बारबाट माथि उकाल्नु भयो। उनीहरू बुबाकै अफिसको कर्मचारीका छोराछोरी थिए, छोरी सबु र उनको भाइ विज्ञान। हामी त्यो दिन रमाइलोसँग खेल्यौं। उनीहरू धनकुटाको एउटा स्कूलमा पढ्थे र स्कूल छुट्टी भएपछि कहिलेकाहीं हाम्रो घरमा पनि आएर खेल्थे।

एकदिन आमाले भन्नुभयो, ‘आज स्वीटी दिदीको गुफामा जानुपर्छ!’।
हामी उत्सुक भयौं र जान हतारियौं। धनकुटा बजारमा आमाको साथी बस्नुहुन्थ्यो जसकी छोरीलाई गुफा (नेवार समुदायमा किशोरी केटीलाई बाह्र दिनसम्म सूर्यको प्रकाश र लोग्नेमान्छेबाट अलग्गै राख्ने र त्यसपछि सूर्यसँग विवाह गर्ने परम्परा) राखिएको थियो। हुनत लोग्नेमान्छेहरू उक्त कोठामा जान वर्जित हुन्छन् तर म साह्रै सानो भएकोले मलाई चैं हुलियो। त्यहाँ त ठूला ठूला दिदीहरू नाच्न लागेका रहेछन्। हामीलाइ देखेर उनीहरू ‘बाबूऽऽऽ! मैंयाऽऽऽ!’ भन्दै हामी तर्फ आए। उनीहरूले मेरी दिदीलाइ नाच्न आग्रह गरे, तर उनी लजाइन् र कति कर गर्दा पनि नाचिनन्। त्यसपछि उनीहरूको ध्यान मतिर गयो र मलाई नाच्न भने। मलाइ पनि पहिले त लाज लागिरहेको थियो तर जब गीत बज्न थाल्यो मेरा हात खुट्टा आफसे आफ चल्न थाले, म फूर्तिसाथ नाच्न थालें। उनीहरूले खूब थपडी बजाए, आमा छक्क पर्नुभयो तीन वर्षको बच्चा त्यसरी नाचेको देखेर होला। उनीहरूले मेरो नृत्य औधी मनपराए र ‘ओन्स् मोर!’ भने। तर त्यसपछि भने म डेग चलिनँ।

अफिस भन्दा अलि माथि बायाँतिर यौटा चिया पसल थियो जुन एक परिवारद्वारा सन्चालित थियो। उक्त घरकि एक छोरी बुबाको अफिसमा काम गर्ने भएकीले हामी कहिलेकाहीं त्यहाँ जान्थ्यौं र चकचक गर्थ्यौं। त्यहाँका दिदीहरू र दाइसँग घुम्न पनि जान्थ्यौं। एकदिन हामी नजीकैको बाँसघारीतिर हिंड्दै थियौं, एकजना मानबहादुर भन्ने मानिस आयो र हामी बच्चाहरूलाई तर्साउने उद्देश्यले डरलाग्दो अनुहार बनाएर ठूलो स्वरले करायो। म खूब तर्सें र रून थालें। पछि दिदीहरूले सम्झाई बुझाई गरेर घर पुर्याइदिनुभयो। त्यसबेलादेखि म त्यो मान्छेको ‍अघि नै पर्नसक्दिनथें, डरले भागिहाल्थें।

हाम्री जेठी दिदी काठ्माडौंमै थिइन्, ठूलोबुबा र ठूलीआमासँग बसेर स्कूलमा पढ्थिन्। आमाले भन्नुभयो उहाँहरू एक महिनाको लागि धनकुटा घुम्न आउँदैहुनुहुन्छ। म र दिदी खुशी भयौं अनि बाटो हेरेर पर्खिरह्यौं। नभन्दै हाम्रो घर नजिकैको चौताराबाट बिस्तारै हाम्रो घरतिर अघि बढिरहेका तीनओटा आकृति हामीले देख्यौं जुन हामीलाइ ठम्म्याउन गाह्रो भएन। म र दिदी उहाँहरूलाई देखेर हाँसिरह्यौं, उहाँहरूपनि हाँस्दै अघि बढ्नुभयो। उहाँहरू नजीक आइपुग्दासम्म त म यति हाँसिसकेछु कि मरो आँखाबाट आँसु नै बग्न थाल्यो। उहाँहरूले धनकुटा बजारबाट सिङ्गे माछा किनेर ल्याउनुभएको रहेछ, त्यो पकाएर खायौं। जेठी दिदीलाइ पहिलो पल्ट धनकुटामा देख्दा हामी साह्रै रमायौं र पिङ् खेलायौं। उहाँहरूलाइ हिले घुमाउन बुबा जानुभयो तर म चैं कुनै कारणवश जान पाइनँ। दुइ वर्षको धनकुटा बसाईमा पनि म एकपल्ट पनि हिले गइनँ, सायद त्यतिबेला सानो भएर होला। म अहिलेसम्म हिले पुग्न पाएको छैन।

हामी काठमाडौं फर्किने समय पनि आयो। मैले बीचका धेरै घटनाहरू भुलेकोछु र कतिपय खासै महत्वपूर्ण नभएर वर्णन नगरेको पनि छु। काठमाडौं आउँदा बसपार्कमा रोकेर राखिएका बसहरू कति अजंगका लाग्थे, सायद कलिलो आँखाबाट हेर्दा पनि त्यस्तो लागेको हुनसक्छ। रात्रीबसको यात्रा पछि काठमाडौंको बसपार्कमा बिहानको झिसमिसेमा पुग्दा बसपार्क वरिपरि पसलहरूको झिलिमिलि र मानिसहरूको भीड देखेर अनौठो आनन्दको अनुभूति भयो। हामी शहरभित्रको हाम्रो घर नजिक आइपुग्यौं, म र मेरी दिदी अघि अघि दौडिंदै ‘दिदी! दिदी!’ भन्दै यौटा घरको ढोका ढक्ढकाउन लाग्यौं। मेरी हजूरआमाले बरन्डाबाट हेरिरहनुभएको रहेछ। उहाँले, ‘ए चित्रे! त्यता होइन, यता हो!’ भनी बोलाउनुभयो। हामीले त धनकुटाबाट फर्केर आफ्नो घर पनि बिर्सेका रहेछौं!

मेरी जेठी दिदी हरेक बिहान ठूलोबुबासँग पढ्थिन्, हामी पनि एकाबिहानै उठेर पढ्ने कोठातिर लाग्यौं। ठूलोबुबाले दिदीलाइ यौटा पाठ पढेर सुनाउन भन्नुभयो। दिदीले ठूलो र स्पष्ट आवाजमा बोल्न थालिन्, ‘ मेरो नाम (चित्रेकी दिदी) हो। म कक्षा ३ मा पढ्छु। मेरो पाठको शीर्षक छ ‘गोनु झा र चोरहरू’, एकादेशमा गोनु झा नाम गरेका मानिस बस्दथे……………..’।
 
Posted on 07-15-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह चित्रे!!

खूब रमाइलो गरेछौ धनकुटामा। हिले जानु पर्ने, गएन छौ, तर पनि ठिकै छ। केटाकेटिमा भन्दा अलि ठुलो भएपछि जाने ठाउँ हो हिले। अरु मान्छेहरु हनिमुनमा बिदेश जान्छन् तिमी चाहीँ धनकुटा- हिले जानु।

तितौरी, मेरो इन्टेरेस्टिङ कथा भनेकै एक हफ्ताको यो चौतारी बसाइ हो। यहि कथा लेखम? फेरि यो कथा लेख्दा जहाँ नि तिम्रै मात्र कुरो हुने, अरु लाइ वाक्क लाग्ला। :पि

lol!!
 
Posted on 07-15-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-16-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे साह्रै राम्रो ल ! :)
अनि कुम्ले जि ल ल सुनिहालौ न त मेरै मात्र कुरा आउने कथा कस्तो रेछ हामिपनि :P lol.
 
Posted on 07-16-06 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyra ke chha nani khusur fusur garne ho email hera ta
 
Posted on 07-16-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जदौको जवाफ तितौरी नानी बाट आम्दा सम्म म त भूस भइसकेछु। तितौरी नानी, म चौतारीमा अचेल नआएको भने हैन है, दिन दिनै चाईन्जो आएको छु। यस्सो बरको बूटाको छेल परेर अरुका गफ सुनेर रमाइलो मान्दै बस्ने गरेको छु। बेला बेलामा यस्सो ख्वाक्क-खुक्क खोकेको पनि छु। मैले खोकेको नसुनिएको होला, अलि जोडले खोक्नु पर्ला अब बाट (रे क्या!)
***********
कुम्ले, एक राउण्ड जाओस् न त "चौतारीमा अविस्मरणीय एक हप्ता" !
*************
राम्रो छ चित्रेजी यो तेश्रो भाग पनि। एउटा भाग पढेपछि अर्को भाग पढ्ने उत्सुकता झन बढेर आऊँछ। प्रतीक्षारत छु है!
 
Posted on 07-16-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या चित्रे को कथा त दिन प्रतिदिन खारिइदैछ, अझ अझ राम्रो के , ल मलाइ त केट्केटिहुर् (र्चित्रे र कान्छि दिदि) काठ्मान्डु मा झुक्केर अर्कै को घर् मा पुगेको देखेर खुब् रमाइलो लागो :O
अनि गोतामे जि अब देखि रुख् पछाडि होइन अगाडि बस्नुस् है त देखिनेगरि ,ल के भएरखोकि लागो बरै तपाइलाइ,स्वस्थकेन्द्र मा नि जादैगर्नुस् है जचाउन ,धामि झाक्री मात्र लाउने होइन नि:-)
मिस् मैले नि खुसुर् को जबाफ् फुसुर् गरेर पठाइ नि,हेर्नु भो इमेल् :-)
 
Posted on 07-16-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई मेरो नमस्कार
 
Posted on 07-16-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnaani mero pani NAMASKAR chha hai .timi kaaha haraiako thio .
 
Posted on 07-16-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी म आप तितौरा खै रा को ।
 
Posted on 07-16-06 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आउन नभ्याए पनि चित्रेको कथा बारीमा जोत्दै सुन्दै गरेको छु है। कथा तिर ध्यान धेरै लगाउँदा झन्डै खुट्टामा फाली लागेन। अलि चिच्याएर भन है चित्रे। :-)
 
Posted on 07-16-06 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू नमस्ते!
भोलिदेखि त मेरो खेत जोत्ने काम छ, धेरै बोल्ने समय छैन। कथा अलि पछि सार्नु पर्ला जस्तो छ। बेलबेलामा यस्सो चियाउन चैं आउँला। कथा पढिदिने सबैलाई धन्यवाद।

ठूल्नानी, मलाई पनि आँपको तितौरा पठाइदेउ न! :) म तिम्रो लागि कविता लेख्दिन्छु भोलि।

अहिले मलाइ निद्रा लाग्यो, शुभरात्री!
 
Posted on 07-16-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sure chitre anything for U :P
 
Posted on 07-17-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ६ ठुलि
हजिर मिस्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters