[Show all top banners]

Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 80304 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 08-11-05 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो कैलाशपतिकी

दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम् , माडम् (Lets keep on rolling...)
 
Posted on 08-11-05 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोरा खाने जाने की खोलाको किनारमा आर्मी र माओका ध्वँसले १२००० भन्दा बढि मृतक आत्माको श्राद्द गर्न जाने।

श्राद्द गर्न जाने हो भने म बाहुन छँदैछु है।

---
हरिओम् हरिओम हरिओम, तक्सतोम् तक्सतोम् तक्सतोम्, बिष्णोम् बिष्णोम् बिष्णोम्, श्रीमत् भगबत महापुरुष्य, बिष्णुरागे पर्बतमानष्य सकलजग सृष्टिकारिणी द्बापरान्त कलियुगे भारतबर्षे भारतखाण्डे, नेपालदेशे, टकनपुर कालापानि पुर्बदिभागे (पुर्बतिर भागे), मेचि-ईलाम-बिर्तामोड पश्चिम दिभागे (पश्चिमतिर भागे), खुर्दलोटन-बिराटनगर-भैरहबा उतरदिभागे (उतरतिर भागे), खासा-मनांग दक्षिणदिभागे (दक्षिणतिर भागे) स्यांग्जा गामे कन्याराशि शरिरस्य त्रिमूर्ति भउते, दादा, सिरि५ नामं अहम् म:म: (ल म:म: भनेर तिल र जौ सहित पानी समाउने) आर्मी-माओस्य बिशुद्दं आतंककारी बिध्बँसस्य निमूखा: नेपाली मृत्ताम्मजन पायसपिण्डौ कर्मम् निमितार्थक: ---)

---
ओके
 
Posted on 08-11-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: भनेर भुत्राको तिल र जौ समाउनु नि, काँटा चम्चा नसमाएर। :)

ओके दाइ शब्द अलि खरो परेछ, नरिसाउनुस है। रोक्नै सकिन के।

आफ्नो मुखै खरो, सरलेको त सँगत। बोल्न मन लाग्छ। फेरि सबै रिसाउने हो कि भनेर डर लाग्छ।

:)
-भउते
 
Posted on 08-11-05 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे ! हाम्रा पालाँ तिल जौ समाउथे, अलिले काँचा-चम्चा समाउँछन्। यस्तै हो नि समयको खेल !
---
ओके
 
Posted on 08-11-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ओके मुनि,
यो नागे पञ्चमीका बेलाँ त नागकै पुजा अर्नी हो कि, हातैले समाएर हुन्छ कि परैबाट जम्लाहात अरेर हुन्छ, यस्ता कुरामा त भौत नै सिपालु मुन्छे हुनुहुन्छ के रे ।

दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम्, माडम् (Lets keep on rolling...)
 
Posted on 08-12-05 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ऐ मेरा काममा किन तगारो हाल्न खोज्या हो ओके ले ! लौन सम्झाइदेवो केटा हो !!
अलि अलि सिकाइद्या थे अस्ति ल हेर सबै भा- नभा ओकले बा !
बेला न कुबेला किन उच्चारण गर्या हो , नारायण ! नारायण !!
पितृ रिसाउलान् है , होस् गर !! केटाहरु अति उरन्ठेउला भए बा !! के जमाना आयो !!
गायत्री पनि जप्या छ जताततै !! उफ् !!
 
Posted on 08-12-05 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते,
सरलेका येसो दिदी बुईनी कोही छैनन् कि क्या हो, नभए गोबिन्देका भए नि ....

गुल्ट्याम्, माडम् (Lets keep on rolling...)
 
Posted on 08-25-05 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ धागो खोज्दा खोज्दा हैरान।

सरलेकी त हैन, गोबिन्देकी बुइनि चै अखोरै राम्री छ। सिरिपाँचको कुरो जमुनी सँग मिल्ला जस्तो छ। गोबिन्देको बुइनी चैँ मुलाई कुरो गर्दिनु परो। साथिको बुइनि, आफै कुरो बढाम्न अलि अप्ठेरो लाग्यो के।

:)
-भउते
 
Posted on 08-26-05 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गुरुजी,

जनैपूर्ने पनि सकिसक्??यो, क्?यान चाइयो धागो । आबु धागो को पीर नमानी, चाँडो गरुम्? है ।आप्नु समय साकिनुलागो । धन्?न गुरूबा फिरेछन्? । आबु पस्?किनु परो । सारो भोक लागो ।

ईश्?वर
 
Posted on 08-26-05 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईश्वर तैंले घिचेर फेरि कसरी भोकाऽईस्?
हे, भउते कथाऽऽऽ चाँडै नै पस्की, धन्य छ तँलाई!

(तँ तँ लायो भनेर रिसानी होला नि फेरि केटारु। ठट्टाको सुराँ गीतसँग मेलो ग-या मात्रै, है! ठट्टै मा नि रिसानी भऽकै हो भने चईँ यत्रै सिद्धि! मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽ पेटिकोट कै कस्सम्!)
 
Posted on 09-05-05 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-९ (साझा बसिबियाँलो)


सरले अझै जाडोले टुक टुक काम्दै थी। गाला र पाखुराका छालामा काँढा उम्रेको देखेर कस्तो मुसारुम मुसारुम जस्तो लागिराथ्यो आफुलाई। फेरि जाडोले कामेको देखेर टिठ पनि लाग्यो विचरीको।

" जा यार, त्यो सट लगेर उs त्यो गोठ तिर घाम लाsको ठाममा सुकाsर आइजे।" मैले तेल्लाई सल्लाह दिएँ।

"अनि म नाङ्गै बस्नी ?" सरलले आँखा तरी।

"के भो त, हाम्ले सप्पै देखिसकेम।" भनेको त गोबिन्दे खुतुतुत्त पो हाँस्छ।

"ला, यो मेरो सुइटर लगा।" अगि त्यल्ले चप्पल देsको सम्झेँ। फेरि मैले भित्र बाट लाम्बाउले सट पनि लगाथेँ।

पैला त मानेकी थिइन, एकछिन पछि त जाडो भेsछ कि क्या हो, "खै लेउ तिम्रो सुइटर" भनेर मागी र गोठ तिर गएर फेरेर आई।

*** *** *** *** ***

"ल अब तिमेरुले चुली बनाम्न ढुँगा खोज केटा हो" भन्दै सरलेले जोतेको ठामको माटो यसो मिलाम्न लागी। गोबिन्दे माथितिर लाग्यो, म तलतिर लागेँ।
एउटा ढुँगा लिएर फर्कदै थेँ एकै चोटी गद्र्याम्म आवाज आयो। पैला त गोबिन्देले ढुँगा फालेको होला भनेर वास्ता गरिन। पछि त रोएको पो सुनिन्छ।

"ए गोबिन्दे, के भो?" भन्दै हाम्ले यता उति हेरेम्। केटो त कतै छैन बा। ठगेले फर्केर पिटेछ कि क्या हो भन्दै दुगुर्दै माथितिर गाsको त गराको कुनामा बसेर रोइराको गोबिन्दे त। फेरि टाउको र ढाडमा पनि माटै माटो छ। बारीको छेउको चिउरे ढुँगा उखेल्न खोज्दा उछिट्टिएर ढुँगा सँगै तल्लो गरामा पो खसेछ के केटो। धन्न ढुँगा तेस माथि नै परेनछ भनम् न।

"अनि त्यो चिउरे ढुँगा आगोमा परेपछि त पड्किहाल्छ नि। क्यार्न उखेलेको त।" सरलेले त उल्टै गालि पो गर्न थाली। मैले त्यल्लाई उठाइँ र धुलो सुलो झार्दिएँ।

"आइज हाम्ले खोजिसकेम्" भन्दै हामी फर्केम्। एकछिन केटो आएन,लाज मानेर होला, एकछिन पछि त अगिको त्यो चिउरे ढुँगा बोकेर पो आउँछ।

" न ले के त्यो याँ, तातेर पड्किन्छ" भनेर सरलेले भन्दा भन्दै चुलीको छेउमै ल्याsर राख्यो। दु:ख गरेर उक्काको, त्यै भेsर होला नि। फेरि त्यो अलि अटेर अटेर पनि छ नि, आफ्नै कुरोमा अड्डी लिनी जतिखेर पनि।

*** *** *** *** ***
क्रमश...
 
Posted on 09-05-05 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकी पोष्ट अर्छु हुँदै हुन्न बा, के भाको यो ?
 
Posted on 09-05-05 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै चोटी धेरै टाँस्न नमिलेको हो कि। फेरि भएन। टुक्रा पारेर टराइ मारम है त।

*** ***

"ल गोबिन्दे, त्यो आगो सल्काउने र पकाउने भाग तेरो हो के रे" सरलेले चुली सुली बनाएर ठिक्क पार्दै भनी।

"लौ छोड, म गरिहाल्छु नि" भन्दै तम्स्यो केटो।
सरले र म अलि पर गएर गिँदरीको पात टिपेर धागोले बाँधेर चुङ्गी बनाएम्।

"कतिमा ग्याम, ल भन् सरले"

"२० मा"

"छि के बीसमा खेल्नि, पचास गरम्" मैले कैले काईँ एकै पाल्टिमा २० पुर्याईदिन्थेँ के। अझ साच्चिको चुङ्गी त ४० ट्याक सम्म लगाउने नि। त्यसैले २० मा ग्याम हुनेगरि त खेल्नै मन लागेन।

"मलाई २ ढाल देउ है त" सरलेले मान्न त मान्नि भई।

"अनि ब्याक कति फाल्नि नि?" केटीले त ब्याक फाल्ने पनि सिकिसकिछ, मच्चिदै सोधी।

"५ हात" म पनि के कम नि। हुन त ४ हात भन्दा धेरै हान्न सक्ने त होईन। कैले काईँ झुक्केर ५-६ हात नै पुग्थ्यो के।

"हुन्न बाई, ३ हात मात्र" के के नै फूर्ति लगाईथी, केटीका लुल झरिहाले।

हामेरु चुङ्गी पनि खेल्दै गएम र बीच बीचमा गोबिन्देलाई पनि आँखा लगाउदै गएम। आगो सल्क्यो कि भनेर भन्दा पनि घ्यू खाईदिन्छ कि भनेर।

*** *** *** *** *** ***

"मैले त आगो सल्काम्नै सकिन यार, आओ न तिमेरु पनि" गोबिन्देले चिच्याउदै भन्यो।

"तेरो भागको काम हो तैँ गर।" सरलेले ओठे जबाफ दिई। मेरो खुट्टा बाट चुङ्गी खस्यो भुईँमा।

"तिमेरु कराएको सुनेर झुक्किएँ यार म। म त फेरि खेल्छु।" सुरु गरेको ४ पनि नपुग्दै फुत्केछ के चुङ्गी।

"हुन्न बाई, यिनी त कस्ता झ्याली रैछन।" सरले ले मानिन।

"साच्ची हो के। के को झ्याली भनेकि छेस् अर्कालाई" मैले पनि जिद्दी गरेँ।

"खेल्दिन बाई, यस्तो झ्याली सँग। म त गएँ।" सरले त साच्ची गई।

" हारेँ भन् न बरु। ५ ग्याम खाईहालिस के रे" मैले लगातार ५ ग्याम लगाईदिसक्याथे के। ट्याक लगाउन त त्यसले राम्रै गरेकी थी, ब्याक फाल्ने बेलामा वाङ् खाईहाली नि केटीले।

*** *** *** *** ***
क्रमश....
 
Posted on 09-05-05 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गएछ, अब बाँकि। साझामा नि सानदाइले धारा १२७ लगाएछन् जस्तो छ। एकै पल्ट धेरै हरफ टाँस्नै नमिल्नी।

*** *** ***
हामेरु जाँदा त केटो पसिना पसिना भेsर बसेको, त्यो जाडोमा पनि। आँखा भरि आँसु, अनि सिंगान सुर्किदै कालो र निलो नि, के भन्नि अब।

"यो दाउरा, डाँठ सबै चिसो रेsछ यार, बल्दै बल्दैन।" गोबिन्दे हातले सिँगान पुछ्दै रुन्चे स्वरले गुनासो गर्यो।

"सकिन भन्न, के को दाउरालाई दोष लगाम्छस्।"

"लु, तै सल्का न त, सक्छेस भने।"

"ल, म आगो फुकेर भात सात पकाम्छु, तैँले भाडा माझ् है त।" सरले पनि के कम नि।

"परेन, मै सल्काम्छु।" भाँडा माझ्न पर्ने देखेर केटो फेरि अगि सर्यो। यसो सलाईको खोरी खोल्दैथ्यो, सरले कराई हाली।

"लु हेर यसले त सप्पै सलाई सकेछ, खै छाड्" सरले अघि सरी।

"छाड् के, मै सल्काम्छु।" गोबिन्देले दिएन।

" ऐले सलाई सक्यो भने तैँ जान पर्छ घर, आगो लिन।" सरले ले सर्त राखी। त्यो सुनेर "ला भो तैँ सल्का, बरु भाँडा नै माझ्छु।" भन्दै गोबिन्दे पछि सर्यो। म मन मनै खुशी भएँ, मेरो पलान सफल भाsको देखेर। अनि गोबिन्दे र म फेरि चुङ्गी खेल्न थालेम्।

*** *** *** *** ***

"जाउ न भउते, उ त्यो साईँली माङको गोठमा गएर छानाको खर थुतेर ल्याउ। मेरो सट पनि सुक्यो होला ल्याइदेउ है।" चिसो दाउरा सँग केटीको पनि क्यै दम चलेनछन्।

"देखिस् त, खुब मलाई भन्थिस नि !" गोबिन्दे खुशि भेsर सरलेलाई खुच्चिङ गर्यो।

अरु बेलाँ भे त एकैफेर भनेको भरमा मान्ने मान्छे कहाँ हो र म। क्यार्नु, आफ्नै पेटाँ मुसा कुद्न थालिसकेका थिए, भनेको मान्नै पर्यो नि अब। फेरि कति खेर पाक्छ र ओहोरा खाने धोको पुरा हुन्छ भनेर बसिराs।
पैला त्यसको सट लिन पर्यो भनेर यसो खोजेँ, कतै छैन। फेरि चिच्याएर सोधेँ।

"त्यैँ अलिपर कुट्मेरोको फेदनेर हेर न" सरलेले जवाफ दिई। सरलेले भनेको ठाम्मा पनि छैन त सट।
अलि पर हेरेको त सारुको गाईले त्यसका सट त मज्जाले चपाईराsको। खोस्न भनेर गाsको त झन गाई त सट मुखमा लेsर दुगुर्छ बा। बल्ल बल्ल भेटेर समातेँ। मेरो हातमा त बाउला मात्र आयो, बाँकि गाईले नै खाँदै दुगुर्यो नि, के भुन्नी अब।

*** *** *** *** ***

:)
-भउते
 
Posted on 09-05-05 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-05-05 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझेउ भउते, गाईलाई नुन ख्वाउनी बेला भएछ। नत्र हरियो घाँस छोडेर कमेज त क्यार्न खान्थ्यो र? मैलो न मैलो हुँदो हो केरे, नुन खान नपुगेको गाईले तेही मैलो कमेज खाईदियो । अब कपडा अलि धुन अर्न पठाम्न परो सरलेलाई । धन्न बाहुला सम्म पाएछौ, अझ गाईले कट्टु भेटाएको भा त बाहुला पुनि नभेट्टाम्नी केरे ।

Keep rolling...
 
Posted on 09-05-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाशै मैलो त हुन नपर्नी। पन्ध्र-पन्ध्र दिन मै नुहाम्थेम त पुजा साबुनले। त्यो गाई नै बहुलाsको हुन पर्छ ल।
अब कट्टु त आजकाल भाs सुघेरै छाड्दिन्थ्यो होला, पैला त के अर्थ्यो होला कुन्नी। टराइ गरिएन।

:)
-भउते
 
Posted on 09-05-05 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो सरलेको सट भुत्लाको हो कि भाबियोको भुन्या?
गाइले खायो रे?
ठगेरे आफ्नो पुरानो सटको बाहुलो फालेर त्यो सट चोरेर लग्यो होला।
 
Posted on 09-06-05 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyan bhaute dai ko katha daro gaai raako recha, ma chai haraai raako.
bhaute dai aba chai ma pani haajir hai.:p
Ki katha nai saki sakeko ho????????????????????????????

ani tesh pachi k bhayo ?

mailey ta sabai ekai patak padhera sakaye yaar. kyarnu aba, dhera pachi sajha ma aako. aafai harauney bela bhai sakyo.

aba chai sadhai haajir la, pakka.


harkeDai
 
Posted on 09-06-05 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए s, आयौ हर्कु ? लु यसो पिढी तिर पिर्का तानेर बस्दै अर है। जोत्नि डल्ला फोर्नि अरेर आsको जस्तो छ नि। चस्याsको हो कि बाँझै जोतेको हो? हलो जुवा झुन्डेको देखेर के। उजेलीपाखो चै चस्याउन मुत्रै बाँकि, अँधेरि पाखो त बाँझै जोत्याछैन रे भुन्ने सुन्याथेँ।

अहिल्यै ब्याडाँ बिउ सिउ त राखेनौ होला के रे।

तिर्खाsर आsका हौला, मुइ खान दिने मुन्छे नि छैनन् याँ त।

:)
-भउते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters