[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH - III

[Please view other pages to see the rest of the postings. Total posts: 142]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 98040 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 12-29-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ!
पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस!

पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216

बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ!

सुरुवातमा यो एउटा कविता-

जिन्दगी-

कहिले ढकमक्क
आँगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!
कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको
पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!
बलेसिबाट चुहिँदै गरेको
निराश थोपाहरु जस्तै,
कहिले एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!
बिउ फाटेर कहिले,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!
यसैगरि, यता उता भौँतारिँदै,
कहिले चुलिँदै,
कहिले खस्किँदै,
मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!

 
Posted on 05-18-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I liked this from birkhe maila.

कतै बसेर यो सब भएको भए हुन्थ्यो।
तर उफ! म खुल्ला छु अहिले
किनकी म उभिएको छु।
म उतै फर्केको छु
हो, भर्खर देखेँ उनलाई,
म उतैतिर फर्केको छु,
सडकको त्यो छेउमा,
जता उहि पुरानो गुलाबी सल ओढ्दै
मेरि ‘भुतपूर्व प्रेमिका’ उभिएकी छिन
 
Posted on 05-25-07 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि यो धागोमा आएँ!

धन्यवाद पर्वत्यजी, यो अलि पहिला लेखेको कविता मन पराइदिनुभएकोमा! माफ गर्नुहोस तपाईँको कमेन्ट हेरेनछु पहिला!

धेरै भयो यो धागोमा केहि नटाँसेको, एउटा पागलपन टाँस्दैछु! मात्र लेखिएको हो! शैलिबिहिन छ, रस बिहिन छ र स्वाद बिहिन पनि छ! मात्र अक्षरहरु...मेरा पागल अक्षरहरु!!

भुत र तिमी-

ढल्केको छ मेरो समय!
पिसाको टावर जस्तो; किन्चित बाङ्गिएर,
आफैँमा अलिक अप्ठ्यारो बनेर!
म महसुस गर्छु,
मेरा भुतहरु; तर्साउने भुतहरु;
बिश्व युद्ध जति पुराना भुतहरु,
जुन मलाई अझै कतै पछ्याउँदैछन
र एक्काइसौँ शताब्दिको आधुनिकताको
वज्र प्रहार गर्दैछन मेरो ढाडमा!

जब कि,
भाग्न छाडेको एक युग भैसक्यो!
शायद रोकिन छाडेको पनि एक आयाम भैसक्यो!
तर ढल्केर कतै ढल्नु नै नियति भयो!
तिमिलाई थाहा छ, मात्र म चलिदिन्छु,
तिम्रो हावा संगै! जीवन हावा संगै?
तिमीले मेरा हात खुट्टा सग्ला देख्छौ।
मलाई हाँसो उठ्छ तिम्रो अन्धोपनामा!
म मात्र केहि हाड र केहि पाउन्ड मासु!
ल मानेँ मैले, केहि रगत र केहि पानी
अरु के छ? रुखो छालाको आवरण???
के देख्छौ तिमि?

मलाई तिम्रो आँखा हुन मन लागेको छ!
र पूर्व लाल देख्न मन लागेको छ कुनै बिहानिको!
बर्षौँ भयो मेरो पूर्व कालो भएको!
हैन शायद त्यो सेतो छ!
म अचेल वास्तविकता चिन्दिन।
म तान्त्रिक अभ्यासमा छु,
जस्ले घरको चारैतिर किला गाडेर भुत भगाउँछ!
हो भुत भगाउँछ!
मैले कुनै चलचित्रमा हेरेको थिएँ र हाँसेको थिएँ!
अहिले म त्यहि गर्दै छु
तिम्रो हाँस्ने पालो छ
र निर्धक्क हाँस्न सक्छौ तिमी मेरो बालपनमा!
तर तिमी किन चुप छौ?
तिमिले देखेनौ मैले चिहान खनेको?
मेरो लागि हैन, तिम्रो लागि हैन
भुतको लागि; तर्साउने कालो भुतको लागि!
तिमीले त मलाई शुभकामना पो दिन पर्ने,
मेरो पुरुषार्थमा! मेरो प्राप्तिमा! मेरो घमण्डमा!
तर तिमी किन चुप छौ?
तिम्रो चुप्पिले मलाई;
मेरो भुतले भन्दा पनि बढि तर्साउँदैछ!!

 
Posted on 05-26-07 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काव्यको यो मालामा आफ्ना सृजनाका थूँगाहरु उनेर यहाँसम्म ल्याउने सबै मित्रहरुलाई मुरीमुरी धन्यावाद दिदै मैले माथि भनेजस्तो नेपाली साहित्यका तपाइँहरु योद्धाहरुप्रति यो कविता राम्रो नराम्रो जे भए पनि समर्पित छ । झर्को नमानी पढिदिनु होला ! Thank You !

एउटा योद्धाको खोजी !

शिव प्रकाश (हरैंचा/मोरङ)

म एउटा
प्रतिद्वन्दी योद्धाको खोजीमा छु
मेरो खोजीको त्यो योद्धा
मभन्दा ठूलो होस्
बलियो होस्
बहादुर होस्
शक्तिशाली होस्
सहासिलो होस् ।

बुद्धिमा होस्
विवेकमा होस्
विद्वत्तामा होस्
आस्थामा होस्
आचारमा होस्
विचारमा होस्
सत्यमा होस्
निष्ठामा होस्
र्धर्ममा होस्
र्कर्तब्यमा होस्
गराइमा होस्
बोलाइमा होस्
प्रेममा होस्
भावनामा होस्
अनि विश्वासमा होस् ।

युद्धको नियम अनुसार युद्ध लडोस्
युद्ध प्रतिशोधका लागि नगरेर
परिवर्तनका लागि गरोस्
हार्नु र जित्नु त छदैं छ युद्धमा
हार्नुलाई हिनता नमानोस्
जित्नुलाई जगजगी नठानोस्
म यस्तै विवेकवीर सत्यसाहसी
विद्वत्त बलियो प्रतिद्वन्दी योद्धाको खोजीमा छु,
म एउटा निशस्त्र युद्धको स्वागतमा छु ।

युद्ध लड्नु नै छ भने निर्धासँग के लड्नु
त्यो त्यसै कमजोर छ,
सिंहका सामू स्याल जस्तो !
युद्ध लड्नु नै छ भने सानासँग के लड्नु
त्यो त्यसै सेपिएको छ,
बटबृक्षको ओसमा परेको विरुवा जस्तो !
जित्नु नै छ भने ठूलैलाई जितौं
जित्दा जीतको मजा होस्
जित्नु नै छ भने बलियैलाई जितौं
हार्दा पनि हारको लज्जा नहोस्
जित्नु नै छ भने एउटा योद्धालाई नै जितौं
जुन योद्धासँग हारे पनि केही जितियोस्
जुन योद्धासँग हारे पनि केही सिकियोस् ।
हाल: बोष्टन/अमेरिका ।

(साभार-नेपालीपोष्ट डटकम)
 
Posted on 05-26-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले देशवासी ठानेर उसको हात मागेँ
तर ऊ त अलग, जातको निस्कियो
अलग काँठको निस्कियो
बात बातमा रिसिने अलग भातको निस्कियो
मैले त हात मात्र हैन, सदाको साथ समेत माग्न खोजेको थिएँ,
तर ऊ त पल पलमा घात गर्ने कुजात निस्कियो।
परिवर्तनको संघार टेकेका , अर्वाचिन हामीहरू
कुन्नि किन आज एक अर्कासंग यो बिघ्न झस्किएका ?
मान्छेका आकृतिहरू चिर्न सशस्त्र निस्किएका !
कहीँ नाकको चुच्चेपन, कतै आँखाका चिम्सापन नियाल्दै
शरीरका रौँ हरू मा हामीले मान्छेको परिचय बियाँल्दै
कुन उन्नतिको शंखघोष गरेका?
 
Posted on 05-26-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CAN SOMEONE HELP ME TO WRITE A NEPALI LOVE POEM PLEASE.

THANK YOU.
 
Posted on 05-26-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmaal hajurbaa ko "भुत र तिमी" kabitaa
Abstract yet Beautiful! :)

sprakashp ji ra sumedhu ji ko kabita pani ekdamai raamro lagyo :)
 
Posted on 05-26-07 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी नातिनी! :)
धन्यवाद तिमीलाई कविता मन पराएकोमा! अहिले राति भयो म संग केहि छैन भोलि पुस्टकारि किनिदिन्छु ल? :)

शिवप्रकाशजी, राम्रो कविता पस्कनुभयो धन्यवाद्!

सुमेधुजीलाई स्वागत छ कविताको देशमा!

साझाको हिरो जी, कस्तो मद्दतको कुरा गर्नुभएको हो?
 
Posted on 05-27-07 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेमाइलादेखि लिएर तिरा हो वा तितौराजीसम्मलाई मेरो सलाम्
अनि विषेशत साझाको हिरोलाई सम्बोधन-

हिड्दै जाँदा
क्षितिजपारिको नेटो पनि
एकदिन अवश्य काटिन्छ
खोज्दै जाँदा
वादलपारिको देशकी मायालुलाई पनि
एकदिन अबश्य भेटिन्छ
प्रयत्न गर्दै जाँदा
सगरभन्दा अग्लो लक्ष्यमा पनि
एकदिन अवश्य पुगिन्छ
त्यसरी नै निरन्तर लेख्दै जाँदा
साझाको हिरोबाट पनि
प्रेमका सुन्दर कविताहरु
एकदिन अवश्य लेखिन्छ ।

साझाको हिरोलाई शुभकामना !

 
Posted on 07-13-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा यता नि राख्दिए मैले मेरो गन्थन । धागोलाइ माथि ल्याउने निहुमा :)
------------------
आऊ समाहित होउ मायामा,
अनि सदभावका प्यालाहरु
थप्दैजाऊ हरेकले
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामनाका तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर।

जिवन एक चक्र यो
तर बिन्दु जोड्न सकिदैन
दिनरात को क्रमभित्र
चाहे जति साथ पाउन सकिदैन
जो मिल्यो त्यो सौभाग्य
सबै सबैले कहा पाउनु
ठक्कर अनि प्रहारमा
आत्मियता ब्यर्थ घटाउनु
त्यसैले,
आऊ समाहित होउ भावनामा
अनि अखण्ड मित्रतामा
थप्दैजाऊ शक्तिहरु हरेकले
बन्दैरहोस माला शक्तिपुन्जको
थुंगाथुंगा गासिरहोस
कालान्तरसम्म अकाट्य डोरी बनेर

पराई आफ्नो कहिले थियो
टुक्रदाको क्षणहरुमा
जोड्ने त भाइ-भाइनै हो
जर्जर फाटेको परखालहरुमा
जो छ सो अदम्य छ
सन्तुलन भित्र पराक्रम
मारेर को सक्छ र ?
रक्तकणहरुमा रक्तबिज
त्यसैले ,
आऊ समाहित होउ निर्माणमा
अनि सिन्चित गरौ प्रेमले
मिलाऊ आऊ हातहरु
अतिक्रमणकहिले हुनै नपाओस
जिवनपर्यन्त मौलाइ रहोस अमोघ प्रेम बनेर ।
 
Posted on 08-07-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशबासी भन्दैमा हात मागेर कहाँ पाईन्छ र?
मान्छेको अस्तित्व जोगाउने माया र,
मान्छे-मान्छेमा बिभाजन ल्याउने राष्ट्रवाद्को
के ठानेर तिमीले तुलना गरेको?

माया त जस्ले जस्लाई पनि गर्ने अधिकार छ
तर तिम्रो हात नथाम्नुमा म अली कच्चा भएर पो थियो कि?
हुन सक्ला कि तिमीले भनेको मैले बुझिन
तर मैले भनेको पनि तिमीले नबुझेको पो हौ कि?

अलिकती सन्कुचित म दिमागबाट थिएं
तर तिमी मन बाटै सन्कुचित थियौ
म तिमीलाई चोखो माया दिएर हासिरहेको थिएं
तर तिमी बिटुलिएको माया दिन नपाएर रोइरहेकी थियौ।

अब आएन्दा माया गर्ने चाहना छ भने
अलिकती हिम्मत लिएर आऊ
देश, धर्म, रङ्ग र जात बाट उम्किन नसक्ने सुमेधु
मय पाउन बत प्रदुशित् तिमि, भैगो धेरै दुख अब नबेसाउ।

मनको पिंडालाइ दबाएर पनि स्वस्थ हुन सिक
हारेर पनि जित्न सक्नु छोरा मान्छेको गुण हो,
तिम्रो मनको ढुकढुकि अहिले पनि छामेर हेर त
त्यो मेरै मायाको बिजले सल्बलाएको भ्रुण हो।
 
Posted on 08-07-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Typo:
Fourth Stanza, last line:
"माया पाउन बाट प्रदुशित तिमी"
 
Posted on 08-10-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गर्नुहोला भर्खरै आँखा परेछ यो धागोमा!
राम्रो भावना माष्टरनी नानि!मलाई बिश्वास छ त्यो पानसनिभ्न पाउँदैन! :)

केविनजीलाइ स्वागत छ कविताको देशमा!
आशा छ तपाइँले जाति, रंग, देश धर्म र राजनितीक पूर्वाग्रह बाट स्वतन्त्र माया पाउनुहुनेछ! अरु पनि लेख्दै जानुहोला शुभकामना छ!

 
Posted on 08-10-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नेपाल
शिव प्रकाश (हरैंचा/मोरङ)

मेची र काली, सलल् सधैं पवित्र बागमती ।
अरनि, बुद्ध, भृकुटी, सीता नेपालकै सन्तती ॥
डाडा र पाखा, लाली र गुँरास सुगन्ध सौरभ ।
सगरमाथा शिखर त्यो सधैं नेपालको गौरव ॥
कोइली गाउछन् मयूर नाच्छन डाँफे र मुनाल ।
गर्व हो मेरो, स्वर्ग हो मेरो त्यो देश नेपाल ॥

काँधमा हलो, हातमा तिन्को कुटो र कोदाली ।
पाखुरी खियाइ पसिना बगाइ उकालीओराली ॥
गुन्द्रुक र ढिँडो साग र सिस्नु त्यसैमा रमाई ।
होस्टेमा हैसे दिदी र बहिनी, नेपाली दाजुभाइ ॥
साहस दिने हौसला दिने मुसुक्क हासेर हिमाल ।
गर्व हो मेरो, स्वर्ग हो मेरो त्यो देश नेपाल ॥

छाँगा र छहरा झरना ती पहरा प्रकृति सुन्दर ।
जोस र जाँगर जगाउछन् सधैं नूतन रहर ॥
तराइ, पहाड, लेक र बेंशी, गाउँ र शहर ।
हिमाल जस्तै कंचन एउटै भावना विचार ॥
छत्तीस वर्ण एउटै छ धर्म वन्धुत्व विशाल ॥
गर्व हो मेरो स्वर्ग हो मेरो त्यो देश नेपाल ॥
गर्व हो मेरो स्वर्ग हो मेरो त्यो देश नेपाल ॥

हाल:बोष्टन/अमेरिका। डिसेम्वर ०७,२००७
 
Posted on 08-10-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिवप्रकाशजी, मुनामदनको झ्याउरे छन्दमा धेरै राम्रो वर्णन गर्नुभयो नेपालको, बधाई छ!
यस्तो लेख्न सिक्ने भनेको कहिले सकिएन!

सररर पढ्दै जाँदा यो हरफमा(बोल्ड) चाहिँ अड्कियो लय!

काँधमा हलो------- हातमा तिन्को---------- कुटो र कोदाली ।
पाखुरी खियाइ------ पसिना बगाइ---------- उकालीओराली ॥
गुन्द्रुक र ढिँडो---- साग र सिस्नु ----------त्यसैमा रमाई ।
होस्टेमा हैसे------- दिदी र बहिनी,--------- नेपाली दाजुभाइ ॥
साहस दिने -----हौसला दिने -----मुसुक्क हासेर हिमाल ।
गर्व हो मेरो,------- स्वर्ग हो मेरो ------त्यो देश नेपाल ॥

यसलाई अलि अक्षर घटाउँदा लय मिल्छ कि-
साहस दिने हौसला दिने हँसिलो हिमाल वा अरु नै केहि!

धन्यवाद्!

 
Posted on 09-12-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो नफुकाएको नि धेरै भैसकेछ!

एउटा सुखानुभुती, केवल सुखानुभुती! शब्द पनि केहि छैनन्, सार पनि केहि छैन , बस् एउटा सुखानुभूती!!:)

यो झरी-

बिहान सखारै देखि,
अनायासै बिउँझिएर,
अहिले सम्म मेरो जीवनमा लागेका
काला पर्दाहरु,
अचानक पारदर्शी हुन पुगेको
भान गराउँदै;
बिहान सखारै देखि
एकोहोरो, अनवरत्, अविरल
बर्षिरहेछ यो झरी!
पात पातमा मन्द प्रहार गर्दै,
बात बातमा
आफूले छाएको बहार हेर्दै,
यो झरी-
माटोमा साना साना
जीवन्त खोलाहरु बनाउँदै,
फैलाइरहेछ आफ्नो साम्राज्य;
मैले बुनेका सपना जस्तै!
जता ततै सर्वत्र
रसिलो जिवन थप्दै,
यो झरी-
मेरा मनका पाप पखाल्दै,
दिलका तिता छाप पखाल्दै,
मेरो सर्वाङ्गमा,
मेरो ब्रमहान्डमा,
जीवन लहर छोड्दै
बिहान सखारै देखि
बर्षिरहेछ यो झरी!!
 
Posted on 12-28-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो बिर्सिकिएछ! लेख्न खोजेको हिजो सकिएन, धेरै भएछ नलेखेको। यो एउटा निर्माणाधीन अन्यौल राख्दैछु, लेखेर मनको भूकम्प थमाउन खोजेको के सकिन्थ्यो र!

शब्दहरु-

म शब्दहरु छर्न खोज्छु
सेता सफा पानाहरुमा
आफेँले नबुझेका
बर्षौँ नसुल्झिएका
काला पिडाहरुको अर्थ,
गहिरा अत्यासहरुको अर्थ,
आफेँले छरेका शब्दहरुमा खोज्न थाल्छु।
सिङ्गो कडा ढिक्का बनेको
मेरो तरलता, मेरो सरलता
कतिबेला जमेर चट्टान भएछ
थाहा पाउने आसामा;
म चट्टान र नदी लेखेर,
त्यसको अर्थ खोज्न थाल्छु
सेता सफा पानाहरुमा!

बल्छि चलेको छ मेरो पौडीमा।
र अल्झेको छु म कतै,
तिखो घुमाउरो सुइरोमा।
पटक पटक रन्थनिदै,
फुत्कने प्रयास म अक्षरमा गर्छु,
अक्षर संगै कालाबाजि खान्छु,
म पौडी र बल्छि लेखेर;
म झुन्डिनुको अर्थ खोज्न थाल्छु,
सेता सफा पानाहरुमा।


 
Posted on 12-28-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह्! मात्र होइन बाह्! बाह्! पनि। कबिता होस् त बिर्खे माइलोको जस्तो। सबिता, रमिता त जस्ले नि लेख्दा हुन्, कबिता भनेको कबितै हुन्छ। भावमा कल्पनामा बिम्बमा बेजोड संयोजन छ।  ( कति न कबिता लेख्न जान्ने जस्तो टिप्प्णी गरेछु, माफ पाउं)।

 
Posted on 12-28-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाह्! बाह्!

म पनि राहुल दाइ झै मन्त्र मुग्ध भए। उत्क्रिस्ठ भाशा, उत्क्रिस्ठ कबिता।


 
Posted on 12-28-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्ब्बा! ब्ब्बा! जिम्माल ब्बा! क्या दामी कविता!


 
Posted on 12-28-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई, सुन्तले र चित्रे धन्यवाद् हौसलाका शब्दहरुका लागि!

---------------------------------------

बर्षदिन जति पहिले एउटा कविता लेखेको थिएँ; "यो हिउँद"। त्यसलाई धेरैले मनपराइदिनुभएर हौसला प्रदान गर्नुभएको थियो। अलि छोटो भयो भनेर पनि कसैले टिप्पणी गर्नु भएको थियो। त्यहि कवितामा एउटा अर्को हरफ यो बर्ष थपेँ। के गर्नु हिउँदको कविता हिउँदमा नै थप्ने चाँजो मिल्दोरहेछ। प्रस्तुत छ उहि कविता एक हरफ लामो-

 

यो हिउँद-

चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!

फुस्फुसाउँदै गरेको सेतो सफा,
तर आफू भित्र कलबिख भरेका
त्यान्द्राहरु; माथि कतै आकाशबाट
कोमल स्पर्शको भान पार्दे,
मैले भोगेका कथित् चोखो माया जस्तै,
मुटु सम्म हान्दै जान्छन्
र उसको आगमनले
संसार श्वेत, सफा भएको नाटक गर्छन्!!

बिहानै गन्तव्यतिर हिँडेका
ती कुम्लो बोकेका पुरुषहरु
ती बच्चा बोकेका स्त्रीहरु
विवस! एक आपसमा टाँसिएर
कुनै कालो ओडारको ओतमा
एक अर्काको टाउकाबाट सेता झाम्टा झार्दै होलान्
अचानक टुङ्गिएर पूर्णविराम लागेको
मेरो डग्मगाउँदो यात्रा जस्तै!!!

सबैलाई बिहानी गित सुनाउँदै बिउँझाउने
साना साना चरिहरु,
अचानक बल्झिएको प्रलयबाट
टाढा जाने चेष्टामा,
कतै कुनै गुँड भित्र गुँडुल्किएर बसेका होलान्
अनायासै थन्किएका,
मेरा साना साना सपना जस्तै!!!

अन्तिम २ हरफले उस्तै उस्तै अवश्था बयान गरेको लाग्न सक्छ, तर मैले अन्तिम हरफमा कुनै यात्रा बिशेष भन्न नखोजेर, दैनिक आनन्द र सुन्दरताको सपना बुन्ने/बुनाउने अर्थमा चराहरुलाई लिएको हो।

Last edited: 28-Dec-07 04:48 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters