[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 107587 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 10-14-05 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अलि फरक तरंगमा है,

"जिन्दगी"

पाठशाला हो,
चारैतिर देखिन्छन्-
कक्षाहरु प्रशश्त ।
 
Posted on 10-19-05 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ज्यानकाजी"

बेपत्तै भए-
काजी सा'प हराको
सूचनै टाँसौँ?

दुई चार हाइकु जाओस् न प्रभो।

साझाको Politics POLL बारेमा पनि एक,

"जीत कस्को?"

आज "यस्" धेरै
दिनको एक भोट
भोलि "नो" धेरै।

अर्को एकचैँ "कार्तिकमय साझा"को नाममा;

"विचराहरु"

उता छ भित्तो,
साझामा चिच्याऊँछन्
ओछ्यान रित्तो ।




 
Posted on 10-19-05 3:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गोतामे जी हराको त हैन तर दँशै नामक दशाले मणी हरा'को सर्प झैँ भइयो।
मुड अफ भा' बेलाँ नि के लेख्ने भनेर नलेख्या हो । धेरै दिन पछि आज बल्ल खोलेको साझा। त्यै पनि मलाइ याद गरिदिनुभाको मा एक बेल्चा धन्नेबाद। त्यै पनि लेख्ने प्रयास गर्दैछु। शायद गहकिलो नहोला तर पनि लेखे'सि खाए खा नखाए घिच भै'हाल्च क्यारे।हे हे हे हे
आऽऽ जे होस् लेख्दिन्चु लौ जा-

"बडा दँशै"
"रिनको भार
ठूलो शुभकामना
तासमा फाँक"

यो पोलिटिक्स पोल भे'र झन फसाद पर्यो भन्या- हामी पोलिटिक्स जान्दैनम् तर एस्तो लाग्च है

"गर्जन"
"गिर्जा कुर्लिए
प्रचण्ड नि कुर्लिए
राजाको पालो"

"देशको कथमा प्रश्न"
"एका देशमा
नेपाल थियो अरे
थिएन होला"

ह्याँ भन्दा बर्ता जानिएन पछि लेखम्ला नि फुर्सताँ। यो अनिकाले देशाँ फुर्सत छैन भनेर सान दियो नभन्नु होला। फुर्सत नभाको कारन हाइकुमै दिम्?
दिन्चु लौ जा-

"व्यस्तताको सान"
"फुर्सत छैन
छँदै छैन भन्या के
घाम ताप्नु छ"
जुवाडेको ताल त थाहै होला झन सबै लाइ

"जुवाको नशा"
"बा मरे जाम
पख्न एक राउन्ड
यै बाटो त हो"

एस्पाली एस्तै छ्यासमिस भो गुरुहरु अर्को पाली चैँ अलि दरो दिम्ला। तर प्रोब्लम चैँ त्यै हो। सतही मात्र जान्च ज्यानको गहिराइमा पुग्न अझै ट्याम लाग्च। पछि नि आम्ला गोतामे जी सुचनै चैँ नटाँसौँ।
 
Posted on 10-19-05 4:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"फुर्सत छैन
छँदै छैन भन्या के
घाम ताप्नु छ"


वा वा वा "सरकारी कर्मचारी" !
 
Posted on 10-19-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल रौनक आयो हाइकुमा। मन परेकोचैँ यो है,

"फुर्सत छैन
छँदै छैन भन्या के
घाम ताप्नु छ"

यो पालाचैँ दादाको र मेरो च्वाइस ठ्याक्कै एउटै परेछ।





 
Posted on 10-21-05 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हिजो"

रैतीमै दंग
हनुमान भइयो
'अवतारी'को ।

"आज"

प्रसव पिडा
आमा जन्माऊँदैछिन्
नया बिहानी ।

"भोलि"

कित्ता रोज है
आँधी आइरहेछ
झार बढार्ने ।








 
Posted on 10-21-05 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाबा फर्कियो!"

मुक्त भइयो
गाडी बत्तिन्छ अब
बाबा फर्कियो ,

सडक हाम्रो
औँला उठाउने को?
बाबा फर्कियो ,

फुटाइदेओ
सडकका राता बत्ती
बाबा फर्कियो,

खुशी मनाऔँ
दुःख दिन्थ्यो जाँठाले
बाबा फर्कियो ।
 
Posted on 10-22-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हिजो"

रैतीमै दंग
हनुमान भइयो
'अवतारी'को । अनि
सडक हाम्रो
औँला उठाउने को?
बाबा फर्कियो -एकदम झकास लाग्यो
अरु नि जाओस गुरु
 
Posted on 10-23-05 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुबाट पनि जाओस् न दुई चार रसिला झटका।
 
Posted on 10-23-05 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"टि गिरी"
हेर्नुस् न गुरु हारु यो चोर को बारेमा लेख्चु भनेको हाइकुमै नअटाउने भो एस्को वर्णन। हुन त यो मुन्छे नै एस्तो छ कि एस्को वर्णन हजार जिब्रो भा'को शेषनागले त गर्न सक्दैन भने हामी र नर्मल मुन्छे परियो । जे होस् फेरि मलाइ एस्को वर्णन गर्न सारै उलुउलु भै'राच । हाइकुको निएम्माँ न'भे नि दिम् एस्को नाम्माँ झट्का? ह्या दि'हाल्चु लौ जा !!
माथिको शीर्षक ज्यानलाइ चित्त बुझेन अलिकति 'मोडिफाइ' गर्दिन्चु है त?
"आस्तीनको साँप" --(हे हे बल्ल चित्त बुझो)
"डलरको खेती
चोर भन्दा नजाती
१६८० को बिल्ला(420 x 4)"

अर्को नि दिम् गोतामे गुरु तेसैको नाममा ?दिएँ है त?

"वफादार कुकुर"
"आदेशाँ भुक्ने
अध्यादेश निर्माता
मुखै नराम्रो"
साँच्चै मलाइ तेस्को मुखै मन पर्दैन यार । हेर्दा नि अलच्छिन होला जस्तो। तेस्को फोटो खिच्ने फोटो ग्राफर कति तर्सिँदो होला?हे हे तर बाध्यता हगि ? जस्तो आफ्नो मुख छ तेस्तै देश बनाउन ला'च। शक्तिको भराँ ध्वाँस दिन्छ यार। हाम्रो टोल तिर फेला पर्यो भने एस्तो बोदी खान्छ कि तेस्को शरीरको हड्डी पनि १६८० टुक्रा बनाइदिन हुन्तो। एक अर्को दिन्चु यार गुरु हरु माइन्ड चैँ नगरम् है-
"जनताको चुनौती"
"पदाँ हुन्जेल
जति बास्ने हो बास
चिता रेडी छ"
लौ त गुरु हरु मनको भडास पोखियो । अब जान्चु है।
खै दादा मामाजी त नेपालबाट शान्ति हराए झैँ हराए त यार । टर्च लाइट लिएर खोज्न हिँड्नुपर्ला जस्तो छ।


 
Posted on 10-23-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"निराशा"

दु:ख नगर
मेट्न असम्भव छ
सतिको श्राप

"कलियुग"

लुते स्यालले
खचाखच भएछ
"सिंह"दर्बार


"तिहार"

चेलि भटट
अहिलेको तिहार
यम-रजाईँ

:-)
-भउते
 
Posted on 10-24-05 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते प्रभो, तेति निराश हुनुचैँ भएन है।
काजीसाप,मेरो पनि एउटा त्यै चुलेशी गिरिका नाममा;

"चुलेशी गिरि"

थोत्रो थुतुनो
चोथाले, बाइफाले
देशको शत्रु।

"राजा"
-१-
गमक्क गम्की
तनक्क तन्किएर
गोडा ढोगायो।
-२-
मुखले घोक्दै
एक्काइसौँ शताब्दी
के युग ल्यायो?


"अध्यादेश"

थुन्नका लागि
यी आँखा, कान, मुख;
भजनका गेडा।






 
Posted on 10-24-05 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइकु Rajesh KC ko tarfa bata .......

 
Posted on 10-25-05 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाव

राजा भन्?छन्? 'चुनाव'
नि.आयोग भन्?छ
अहिले 'नगर चुनाव'





 
Posted on 10-26-05 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु पनि जाओस् usofa र ganatantra ब्रोहरु।

हात चिलाए, आज पनि यस्सो दिन पर्यो।

"शाही चुनाव"

बन्दुक उठ्ने
गोलीले भोट हाल्ने
आफैँले जित्ने ।

"जानकारी"

पटाका किन?
यो तिहारलाई
गोलीनै काफी छ!

"आदेश"

दिऊँसो जानु
"चिया" पिई फर्कनु
राती लुट्नु छ।





 
Posted on 10-26-05 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Correcting the second

"जानकारी"

पटाका किन?
यसपाला तिहार
गोली काफी छ!

 
Posted on 10-26-05 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>दादा मामाजी त नेपालबाट शान्ति हराए झैँ हराए त यार ।
म यहीँ छु। बुढाको BD मनाउने भुनेर धूमधाम तयारी हुँदैछ। जम्मै मित्रहुरले सहयोग गरेर यस्तो जोस बढ्या छ कि।
म पछि प्रत्यक्ष प्रसारण गर्छु नि है टोकियोदेखुन।
- http://www.nepaljapan.com/Advertisement/Inls.htm
 
Posted on 10-30-05 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहार आयो। बहिनीहरुको याद आयो। यो परदेशको शुष्कता र नीरसतामा
बहिनीहरुलाई सम्झेर रुँदैछु।

"बहिनीहरु"

'इकेवाना' यी
म सजाईरहेछु
सधैँ मुटुमा।

झुकाइदिन्छु
अहंकार फ्याँकेर
थाकेको शिर।

भिजाईदिन्छु
खुशीको आँशु पोखी
कोमल पाऊ।

('इकेवाना': फूल सजाउने जापानी कला)


"याद"

बारीको डिल
झपक्क मखमली
सयपत्रीको,

ती रातहरु
लालटीन बोकेर
गाऊँ डुलेको,

के गर्दै होला?
त्यो पुण्टे बाल सखा
संगै नाचेको।










 
Posted on 10-31-05 1:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"देउसी"

सरकार भन्?छ
राती देउसी खेल्?न पाइदैन
"डिस्?को" "डान्?स" र "क्?याविन" छदैछ नि ।
 
Posted on 10-31-05 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणतन्त्रजी, राम्रो छ। अरु पनि दिम्।
यस्लाई अलिकति सच्याएर नियमको लीकमा ल्याउन मन लाग्यो, नराम्रो नमानौँ है!

"देउसी"

शाही उर्दी छ
देउसी भैलो बन्द
डिस्को खुला छ।

(आठ बजेपछि खेल्न नपाउने भएपछि देउसी भैलोको कुनै अर्थ हुन्छ र?!)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters