[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 115456 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-14-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन मलाई त पर्नु पीर परेको छ अहिले । बुडालाइ मध्ये-पुर्व मा काम् को सिलसिलामा जनुपर्ने भयो जम्म एक बर्सको लागी। आफु एक्लै यो बिरानो ठाउमा किन् बस्ने भनेर् यसो आफन्त हरु भएको ठाउमा अर्कै स्टेट्मा जान् लागेको। पोहोर् त मजाले नेपालजान पाइएको थियो तर अब सालै पछि नेपाल् पनि त जानु भएन नि आफ्नु पढाइ पनि गर्नु छ र यत्रो पैसा पनि लाग्छ नेपाल् जान् र आउन् । अब त छोरो पनि pre-school जाने बेला हुन लग्यो।
 
Posted on 03-14-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्ठेरै पो परेको रहिछ त डल्लीलाई। लौ सबै कुरा ठीक होस् है।
 
Posted on 03-14-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे केटो आज बल्ल कताट चौपारीआँ झुल्को गाँठे धन्न! अतेरै लाउनी के लाउन नि। सिरे र भउते जँवै-जेठान दुइटै कसैलाई पत्तो नदेएर हराका हुन अस्तिनै देखुन जो। भउते त अजै देखा परेओ छैन लौ।

रामकिस्नेओ पछि लाएर क्यानाम जलन्धर तिर लागेच र हो कि पैसो कमाम्न?
**
धोबिनीओ नाठो पुन्टे नि हराओ हिँजआज। बिजुली झैं आम्च, बिजुली झैं जान्च गाँठे तो नि!
**
मेरो कुखरा-कुखुरीओ पिरेमआ गफ राधे र मास्टर्नी नानीलाई ज्याद्रै जो मन परो जस्तो छ। तिनी दुइटाले मिलिमिलि ‘काका बुडो खुस्को’ भन्दै हिन्दै रैचन। पखओ अर्का फेर तिमुरलाई बोका र बाख्रीओ मया-पिरेमआ गफ सुनाम्चु मैले। बोकोले ‘ओतोतो...ओतोतो...’ गरेओ देखेओ छौ कि नाइ तिमुरले? मास्टर्नी नानी, अन्यथा नलेए के रे!
**
ए दादा, च्याँके, चिरञ्जिवी र हगुवाका चर्तिकला अगि बढाम्न जाँगर चले। के लाच र?
**
गोताएँआ हाइकु सुन्न मजा हुन्तो। ज्ञाने महापाखण्डीलाई छोडन् भएन के। के भओ हँ हिँजआज? गहकिला कविताहुर चैं तेस्तै हो है फेरी आफूलाई। म परेँ सतही कुरो मत्रै बुज्नि! क्यार्नु?
**
बिर्खे माइला, गीत गाम्न नछोड है चौपाराँ लौ! तिम्ले जो टिकाका छौ गाँठे चौपारोलाई परेओ बेला।
**
लंके चैं झ्याम पुतलीहुर खोज्दै हिन्दैछ क्यारे हिँजआज! चौपाराँ देखिन्न के रे।
**
मुन्द्रे, नमे, डल्ली, साइँलो, चित्रे, लाले, चिप्ले, प्रिति, जङ्गे तिमुरलाई सम्जेओ छु है।
नेपे दाजीलाई नमस्ते छ।
 
Posted on 03-14-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै भनेउ बुढा क्यानाम्।यो शीरे बज्यको पनि भलो हुने, गाम् मा क्यानाम् तेसै बिग्रेअर हिन्यो भनेर लेराको येस्लै पनि। सारो अल्चि गर्च क्या अर्नु हो।अब रिसाउनिभो मसङ कसै लै नभन् भन्थ्यो।
 
Posted on 03-14-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँलाई मेरो तर्फ बट पनि बधाई छ । अब दु'दि'सय नाँउ हेर्दा पनि चित्त नबुझ्या भनेसि के सुझाउने के भो । यसो कराईटेरिया भन्या भे सजिलो हुन्थ्यो खोज्न ।

जे भए पनि एउटा कुरो चै भनिहाल्छु । नानीहरुको नाँउ छनोट गर्दा माउहरुले आफ्नै राजनैतिक, धार्मिक, दार्शनिक वा वैचारिक आग्रह, पूर्वाग्रह वा झुकाउ झल्किने चै नराख्नु नै बेस होला ।

नानीहरु ठूलो भए पछि उनीहरुलाई आफ्नै स्वतन्त्र विचार र व्यक्तित्वसंग असंगत नहुने र सबैलाई प्रिय लाग्ने नाँउ राख्नुपर्छ ।
 
Posted on 03-14-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, दादा र गोतामे ज्यू दुबैलाई बधाई छ है पुत्री लाभको लागि। अब मलाई काका भन्ने दुईटी बढे।

डल्ली फुपू राम्ररी सर्नुस् है, सामान ओसार्न सहयोग चाहिन्छ भने हामी छौं नि!

प्रिती जीले नेपालीमा लेख्नु भएको देखेर खुशी लाग्यो। मास्टर्नी दिदीको नाम अझै रहस्यमय नै भएछ।

सिरे पनि धेरै दिनपछी देखा परेछ, यत्रो दिन काँ गैरा' हो? अल्बर्टामै 'ब्याकब्रोक माउन्टेन' शुटिङ् गर्या रे! अनि भौते चैं अझै भुमिगतै छ नि, काँ हराएछ?

काका, नमस्ते है, अरू कथा नि हालम् न।
अरू सब गाम्लेहरू लाले, नमे, साहिंला, माइल्दाइ, चिप्ले, मास्टर्नी दिदी, रामकिस्ने सबैलाई पनि नमस्ते!
 
Posted on 03-14-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेपे दाजी लाई नि नमस्ते है! तपाईको पुस्तक चैं अझ सम्म आइपुग्याछैन त, यो शुक्रवारसम्म चैं जसरी नि आईपुगे हुन्थ्यो। बाटोमै हुलाकीले पढ्न थाल्यो कि भन्नलाइ पनि अंग्रेजी पुस्तक हैन। व्यग्रताका साथ प्रतिक्षारत छु।
 
Posted on 03-14-06 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजि को किताप् चै गज्जब् रैच। एकै सास मा पढेर सके।
 
Posted on 03-14-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'....नानीहरुको नाँउ छनोट गर्दा माउहरुले आफ्नै राजनैतिक, धार्मिक, दार्शनिक वा वैचारिक आग्रह, पूर्वाग्रह वा झुकाउ झल्किने चै नराख्नु नै बेस होला। नानीहरु ठूलो भए पछि उनीहरुलाई आफ्नै स्वतन्त्र विचार र व्यक्तित्वसंग असंगत नहुने र सबैलाई प्रिय लाग्ने नाँउ राख्नुपर्छ।'- नेपे दाजी

..यसैआँ एउटो कुरो सुनाम्न मन लाइहालो के। याँ मेरा गाम तिर एउजना नेपालीओ नाउ 'हिटलर' छ। अनि उस्को भाइको नाउ चैं 'नेपोलियन' रे। के अनौठा हुन्चन गाँठे कोइ कोइ माउहुर त!
.

 
Posted on 03-14-06 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, बधाई र छोरीको नामको लगि सप्पै लाई मेरो मेरो धेरै धेरै धन्यवाद।
नेपेजीले भन्नुभएजस्तै आफ्नो आग्रह झल्कने नाम राख्न मन पर्दैन मलाई पनि। सुन्न, बुझ्न राम्रो राखौँ भन्ने हो। त्यस्तो क्राइटेरिया पनि केहि छैन। आश्मा र आर्यामा
आँखा परेका छन्, अब बूढीसंग पनि सोध्नु पर्ला। छोरीलाई पनि सोध्नु पर्ला कुन मन पर्यो भनेर रे क्या!
 
Posted on 03-14-06 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ बन्धु,

अश्म = stone
आश्म = stony

बरु,

अस्मि = I am
राम्रो लाग्छ मलाई, नयाँ पनि छ ।

मुलधारका नामहरु त गुगल गर्नुभएकै होला । एउटा संकलन यहाँ,

- http://www.indianchild.com/hindu_baby_names_girls.htm
 
Posted on 03-15-06 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शहरको बसाइ दिक्क लगेर एसो गामतिर लगेको त बाटम एउटा शाघु देखे। जे पर्ला पर्ला भनेर शाघु तरेर केहि हिडेपछि त एउटा चौतारि भेटियो। चौतारिमा धेरै मन्छेहरु थिए। त्यहा त सबै सहित्यकार हरु बसेका रहेछन्। कोहि कबिता पाठ् गर्दै थिए, कोहि कथा सुनाउदै थिए। कोहि गितमा मस्त थिए। अफुलाइ त केहि नाआउने भएकोले टाढै बसेर थपडि बजए। धेरै समय पछि नया जिवन पाए जस्तो लाग्यो। थपडि बजाएर मात्र त फर्कन भएन भनेर चौतारिका साहित्यकार हरुलाइ यसपलि अभिभदन् मात्र।
 
Posted on 03-15-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोदो काट्दा साना साना बाला छोड्दा भकारी नभरे नि स्यानो स्यानो कोठो त भर्थे नि भनेर गुनासो अर्च अरे क्या । यि गोले भाइले किन झन गुनासो अरेका होलान ? नेपालां मत्रै होइन कि यो अम्रिकां नि गोलभेडा त असाध्यै महंगो छ । गोलो मेच त कुरै के भो रे, झनै महंगो । अब सन्सारै गोलो, किन दिक्क मनेका हौ त नि गोले भाइ ?

 
Posted on 03-15-06 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-15-06 1:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाइ
यो नाम खोज् चौतरीमा
सम्पुर्ण श्रस्टा हरु नाम् जुराउँन लागि पार्नुभा रहेछ्

मलाइ पनि केहि राख्न मन लाग्यो क्या भर्खरै यो किताब् पढेको तेहि भएर है...................
.........................धनपति मागे भिक्, मेरा नाउँ ठिकका ठीक"
अब नाम के राख्न्नेत?
बिभिन्न शास्त्रेय नाम देखि आफुले आज सम्म हेरेका फिल्म का, उपन्यास र नाटकका पात्रहरुका सारा नाम छान्न थालें, इस्टमित्र सबका नाम् सोच्न थालेँ
म आफ्नो नाम आधुनिक भाबपुर्ण र आफुसुहाउँदो राख्न्न चाहन्थेँ
पल्लो गाउँका ठुले जो हाप्तामा तीन पटक भेडो काटेर बेच्थ्यो उस्को नाम् बुध्नरत्त्न रे...
पिडालुटारका सुब्बा भनेपछि गरिबगुरुवा सबै थर्कमान हुन्थे ।
दुइ मुठ्ठा प्याज बेचेको पैसाले दुइ हजार सम्म ब्याज लगाउना सक्ने उन्को नाम् दयाबिर रे....
छुच्चोमा खोज्न गय तीन सहर नेपाल बर्णायका हाम्रा जरसाहेबको नाम् दानबीर रे............
टाढा किन जानु! दिनको तीन् पेग र पुलाउबेगर नहुने हाम्रै छिमेकिको नाम् शिवभक्त रे .......
येसैले येस्ता स्वभाब नमिल्ने नाम् रख्नुभन्दा बेनामि नै बसुँजस्तो मलाइ लग्यो। मेरी अर्धाङगिनि पनि आफ्ना पतिदेव्लाइ अरुले "कालु" भनेकोमा खेद लागिरहेकै थियो। तेस्यैले उनि पनि मेरो नाउँ फेर आन्दोलनमा ज्यु ज्यानले लागेकि थिहिन् ।
येकदिन उनले भनिन् उसो भये हजुरकोनाम् सुन्दर राख्न्ने । मलै पनि रक्मैलो नै लाग्यो तर झलक्क सम्झेँ आफ्नो नाम् त सुन्दर राखौँला तर सुन्दरकी पत्त्निलाइ कसैले सुन्दर पत्त्नि वा सुन्दरी भनिदियको खण्डमा के होला?
जेहोस् सुन्दरै राख्न्नु पर्यो भनेर सम्झँदै थियेँ हाम्रा नेत्रबहादुर् काका तुप्लुक्कै आइपुगे। दुइतैइ आन्खा चिम्सा भयेका हाम्रा काकालाइ अक्षर हेर्नुपर्‍यो भने चास्माभन्दा माथि पनि हातले ओझेल पारेर हेर्नुपर्थ्यो। जुन् गोरुको सिङ्ह् छैन उसकोनाम तिखे भन्ने न्यायाअनुसार् उनको नाम् नेत्रबहादुर् रे भन्ने सुन्नासथ् हाम्री दुलहि खिल्ल हाँसिन्।
............................................................................................
शाभार: "नाम् फेर्ने धुनमा" भैरब् रिसाल "काउकुती"
 
Posted on 03-15-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते चईं हरा’को हराई भो, गाँठे! पिर परो। कतै माउबादीले त लगेन? कतै सेनाको थुनामा त परेन? कि दिल्ली तिर सन्ट्री बस्न पुगो? कैन डाँडोको चिसो ले जम्यो कि बज्जे? कोई नजिकै भए त तीन बाल्टिन उम्लेको पानी ह्वात्ह्वाती खनाईदिए त फेरि जाग्थ्यो कि? हुन त के खोजाई र जगाई भो र बज्जेलाई? ऊ नहुँदो, बल्ल साली जो भेना कै काखाँ लुटपुटिन आ’ छे के रे!

सिरेले भगाएर बरोक बैक मुनटिन लगो भनम् भुने नि सिरे टुप्लुक्क देखा परि हालो। तो नि झिलिक्क देखा परो, अनि मिलिक्क बिलाओ फेरि। काका भन्छ मलाई पो बिजुली! बिजुली हुन्च त सिरे जस्तो जो! छोए नि करेन लाग्नी।

गोताएँकी दुलईले नि ब्याईछे। भो त अब? सारा दम्तरीहुरले भटाभट ब्याउन थालेसि आफूलाई नि रोपाईं अरम् अरम् रहर लाग्नि! जे होस्, बधाई त दिनै परो बज्जे लाई नि। लु, छोरी पाईछस्, सुत्केरी को नामाँ भालेको टाउको चपाईस् होला के रे। परिवार नियोजनकाहुरले पोहोर सम्झाउन आ’का थे। धेरै भए दिक्क, टुईटा भए ठीक्क भन्थे जो, खयाल अर्नु!

अनि, ए, काको! धोबिनीको आफ्नै पोई हुन् पो मुलाई नाठो भन्नि! तो वल्ला घरे बिरेको छोरो पल्टनाँ हुँदा जो उसकी जहानले तँलाई पालेको जस्तो हो र? मेरी धोबिनीको त अरु कोई छैन, न पल्टनाँ, न मुगलानाँ, न सहराँ। अब गाम मै भको भए त यो पुन्टेको खप्पर फोडी सक्थो अईले सम्मुन।

लु, अचेल आफ्नै दम्तरीहुर हराओ के रे। केटा केटी आए, गुलेली चलाए, मट्याङ्ग्राआ सत्त्यानास् भुने जस्तो नौटंकी हेर्दै बस्नु जो परेछ अचेल मुलाई नि। कईले भउते र सिरे आउला र प्यार प्यारति बोलम्ला भुनेर कुरेको आफू। उनेरुलाई लाए लाओ, हैन भुने म नि लागें अब पाखातिर।
 
Posted on 03-15-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गयो, सिरे नि कता गयो?
एकै मारमा मन मेरो टुक्रियो ओ,
लाम कि मुया!

ट्याङकी ट्याकुन ट्याईं, झ्याईं झ्याईं झ्याईं!

दुवै बिना चौपारी धमईलो
तै पनि आम्दा खेरि चित्त बुझाउनै रमईलो ओ
लाम कि मुया!

ट्याङकी ट्याकुन ट्याईं, झ्याईं झ्याईं झ्याईं!
 
Posted on 03-15-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्खे माईल्दाईको नाम मै गेस गरूम् कि क्या हो?
SURESH KHANAL हो?
हो भने चैं पुरस्कार पाम् है माईल्दाई?

लौ, अब भने दादाको नामको हिन्ट दिने पालो:
SPLDIUAHE

मिल्यो भने पुरस्कार दादासँगै माग्नुहोला। :)
 
Posted on 03-15-06 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नाम guess गरम न ।
 
Posted on 03-15-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेबाबुलाई सोधिहालुम है, पोस्तक हात प-यो ? नप-या भे भोली एक प्रति दौडाहा हुलाकबाट पठाम् कि भनेर ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters