[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 186498 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-25-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है केटा हो आफु त बिदेश मा बसेर आको आर्को भाका हाल्छु
आछ्हा लेकिन सालेका
सुक्या खुत्ता दौरा बालेगा
 
Posted on 01-25-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउछिन चौतराँ नआको त हेर लौ सपै मुन्छे बिहारी बोलीयाँ बोल्न सक्नी भैसकेचन् गाँठे ! अब यीनरुलाइ
खाली शीशी र पुरानो कागत खोज्नी मुन्छे सँ केइ गारो नहुनी भो !जे भा नी घराँ भ'का थोत्रा भाँडा, थोत्रा चप्पल,
रौसी खा'का बतल, भ्याण्टा, गोलबेडा, काँक्रा काउली सपैकुरो बेच्न पर्दाखेरी मोल तोल अर्न सक्नी भ'चन् !

हे हे रामकिस्नेको गिद पो मजाओ र'च !
 
Posted on 01-25-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई ओहायो है। "लालुको सिको चाहिदैन, बिहारीमा बोल्न पाईदैन!" (नारा ला'को रे क्या!)

डल्ली अण्टीलाई नमस्कार छ। डल्ले काकाको हालखवर के छ नि? गोतामेको राम-राम सुनाइदिनुहोला। यता चौतारीमा उमेर हेर्दा पिण्ड खाने जस्ता देखिए पनि जिम्माल र काका अलि पात्तेका छन् क्या! यस्सो होश गर्नु है बोल्दा।
 
Posted on 01-25-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) लु, चौतारीमा रमाइलो भै'रारे'छ। अझै जावस सईँ, सङ्गिनी हुर। म त २२ दाँत (४ वटा
बुद्धीवाला दाँत आ'कै छैन के रे, बाँकी ४ वटा किराले खाएर फुक्लिइसक्यो के :p) देखाएर भागेँ
है अहिलेलाई। :-)

:-)
-भउते
 
Posted on 01-25-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर त मेरा कतिवटा भदहाहरु रहेछन्। कस्तो साजिलो रहेछ साइनो गास्न्।
भो आब यो आन्टि भन्न छोडि दिएहुन्छ के। कस्तो अप्ठारो लग्न थाल्यो आफुलाई
 
Posted on 01-25-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्टी नभने के भन्नी त डल्ली जी ? एऽऽऽ डल्ली फुपू भनेर बोलाउन पर्च कि तो ! हा हा हा :)
 
Posted on 01-25-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ocean I am not a sister of your father, I am not married to your Uncle ( your father's Brother) neither I am your mom's sister ke?


मेरो नाम डल्ली रेशम हो। डल्ली भने हुन्छ, जी लगाउँनु पनि पर्दैन्।
 
Posted on 01-25-06 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(डल्लीज्यू, वास्तविक जिन्दगी र चौतारीको जिन्दगी फरक ठान्छौँ हामी। चौतारीमा एउटा "role playing "मात्तै हो, त्यो role (भूमिका)को माध्यमबाट रमाइलो गर्ने हो। तर हजुरको मर्जी कुन भूमिकामा हजुर खुल्न चाहनु हुन्छ!)
 
Posted on 01-25-06 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैको सल्लाले डल्लि त काकि नै हुन । होइन भने डल्ले काकालाइ कुरालाइ दिन्चु है ?
यसो राम रमाइलो नि साझाको चौतारिमा । अब नाता त यो साझामा के के छन छन, साख्खै त को छन र ? डल्लि तेत्तिकै जोस्सिएर !
भउते त कता गाएब हो? सप्पै हिन्दि बोलेको बेलामा अस्तिनै जमुनिले रे जादा सिकेको हिन्दि बोल्नु पर्यो के ?
 
Posted on 01-25-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो चौतरीबाट टाप कस्नु पर्नेबेला भएछ मेरो यीनिहरु सबैले मलाई हैरान बनाए।
 
Posted on 01-25-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपु के छ? :D:D:D
फुपुलाई देखेर मात्तै आको, लु म लागेँ एउचिनाँ आम्ला
:)
 
Posted on 01-25-06 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त ! त्यसो भए म "आन्टी" नभनि रहुँला ! डल्ली नै भनूँला . I assume that you're only 3.5' tall ..hehe ! :D
जे होस, नेपाली मा लेखेर चौतारीमा हाजिरी गर्ने गरेकोमा खुशी लाग्यो !
 
Posted on 01-25-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लि मगर्नि हो.... डल्लि मगर्नि

सुटुक्क ब्याह गर्ने हल्ला नगर्नि......
 
Posted on 01-25-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै को बिचार पढ्दा मलाई लागो कि म आन्टी नै ठीक छु। आन्टी भने हुन्छ्!!!! अर्कोकुरा के छ भने नी मलाई फुफु नभन है भदहाहरु।
होइन नी कहाँको मगर्नि हुनु, बाहुन की छोरी अम्रिकानेसँग बिहे गरेकी नी।
 
Posted on 01-25-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए डल्ली ? क्यारिचौ याँ बसेर? :-) उता छोरोलाई एक्लै कोर्कोमा छोडेर हिँडेकी रचन, अगि म
आउँदा रोएर उत्पात छ ल ! चौतारीका केटाहुर सँग झगडा अरेर हातको आँसीले क्वाक्नी हो
कि झैँ अरेर बसेकि रचन बाइ यिनी त याँ। :p छोरोलाई ढिँडो ख्वाउनी बेला भ'न? :-)

तिनफन्के गुनियाँ माथि पहेँलो पटुकी बाँधेर कता जान ला' हो कुन्नी ! अब फुर्सदै भा' म
मादल बजाइदिन्छु, तिमी झाम्रेमा छम छम नाच के रे। :P


(डल्ली ज्यु ले "जी" पनि नभन्नी, नाता नि नलगाम्नी भन्नु भो के रे, तेसो भ'सि त मेरो बोलि
यस्तै हो के रे, रिसानी माफ होला है हेहेहेहे। उरन्ठेउला केटाहुरलाई मुख भरिको जवाफ दिदै
बस्नु पर्छ के। के डराएर भाग्न ला'को होला। हाम्ले टोक्दैनम्, चिथोर्दैनम, क्यार्न डराम्नु परो? :-))
 
Posted on 01-25-06 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा डल्ली जी म चाहि दल्ली जी नै वनू क्यारे चौतारीको कुरा सुन्दा ठुलै नाट्यशाला जस्तो। मलाई त निकै रमाइलो लागिरहेछ। प्रस्तुती गार्दा चाही अली होस पुराउनु पर्ने जस्तो देख्छु। सानो मुखले ठूलो कुरा भयो की ? माफ पाउ है
 
Posted on 01-25-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"डल्ली जी नै भनू " ,,,,,,,,,,,, सच्चयाए ल
 
Posted on 01-25-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास त फुपै खास्सैकी राम्री हुन् केरे, जाद्रै झलझली जो परेकि।
त्याँसी ती खुईले सेते पुसाईँ (गाम्ले लवजमा फुपाजु-- मगर भाषामा -?) ले त उतै साहेपहुर बोल्नी कुरामा
चाईनी खेलाम्नी कुरा जस्तै लरक्कै परेकी भनेर डोल्ली (dolly) भन्थे अरे केरे । पछि सप्पैले सजिलो हुन्च
भनेर डल्ली भन्न थालेचन् ।

तेस्तो जातिबिधि गीठाकै गानो जस्ती गान्टी र बाटुलै परेकी त हैनन् भो ।

अनि माघे सक्रातिलाई भनेर तेही गुरे (Lali gurans) साहूका खच्चर खेद्नी रामकिस्नेका हात पठाको थिएँ
केरे फुपैलाई ईत्ति तरुल र मुहुरे केरा। फुपै-पुसाईँले पाम्नु भओ कि पाम्नु भएन कुन्नि ?

अनि मेडिम (मिस) त अचाल हाप-छुट्टीमा त दिनकै खोलातिर जानुहुन्च भन्थ्यो है लालेले अस्ति मकहाँ
गाँजा तान्न आका बेलाँ। कैले (kalankisthan)पनि दिनकै कुलाको बाँध कस्न जानी भनेर खोलातिरै
जान्चन अरे केरे ।लालेले माछा मार्न जाँदा देखेको अरे। फेरि जिम्माल बुढाले नि प्रौढ शिक्षा पढ्न जान
परो मास्टर्नी नानीकहाँ भन्थे, ती त जाद्रै जो पात्तिएका छन् है । अबला केटीका त जिम्मालले कपालाँ हेरे
झै हरेर ढाड बटार्न भ्याम्चन एक सिकिन् (सेकन्ड) नि नहुँदै । हेर है कैले, बेलैमा चईनी सिरे दाईले तिम्रा
घन्टा बजाईदेको छु, पछि गुनासो अर्न पाउन्नौ केरे ।

हेरओ है, कुरो तेस्तो चईनी झिरिप छ भनि भनओ है, काकाले मिलाम्चान सप्पै कुरा बरु। चईनी गामको
बिईज्जेत भनि नअरओ है ।

अनि काका, बरु येसो कुलाईनी पुजा अर्नी चईनी बगरे झाँक्रीलाई परेवा को धार दिनी भन्नी मेसो पारेर एक
दिन खोलातिरै बनभोज खानी बन्दोवस्त अर्नी हो कि त कुन्नि?

Keep rolling...
 
Posted on 01-25-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामै रमाइलो के , भनि राखम जस्तो । अनि त बिचरि हाम्रि डल्लि काकिलाइ जिस्कार कस्तो । केटाहरुलाइ डल्लिकाकिको डाइलक नपुग्या । मुखभरि जबाफ पाए सि बल्ल थाहा पाउचन । एक चोटि डल्ले काकाले यसै अरि जोरि खोज्याथ्या , कुन्नि के भनिचन काकिले, अनि त डल्ले काका जे भनि आजकाल मुन्टो मात्रै हल्लाउचन ।
ल है मिस, डल्लि लाइ जि नभनम रे । खोइ दामोल भ र अप्ठ्यारो लायो कि ? मिठो भाषाले डल्लि भनम न, खुशी हुन्चिन नि ।
 
presidentofnepal2035
Posted on 01-25-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो गाउँ मा त दुईटा चौतारा पो रैछ । कुन चौतारामा जानि हो कुन्नि ? आर्को चौतारामात निकै पोलिटिक्स को गफ हुँदैछ यहाँ त के के हो के के
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters