[Show all top banners]

Ishwor
Replies to this thread:

More by Ishwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 BHAUTE HARAEKO SUCHANA

[Please view other pages to see the rest of the postings. Total posts: 241]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 120208 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 08-18-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.

 
Posted on 08-30-05 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोल्सापारि बिर्खेले अघि "तामा हराएछ एउटा खोल्साको पँधेर माथिको झ्यागंको। कल्ले लयो झाक्री पनि बोलाम्छु भनेर निस्केको हुम् क्यै भेउ पाम्नु भओ कि?" भन्दै थियो। यी पक्कै भउतेका काम हुन्। ठाईँला मामाकहाँ जाँदा जहिले पुनि तामा बोकेर जानछ्न् भन्नी मेलो पाऽ थिएँ ताधीदेखुन्। अनि अब भउतेलाई बचाम्न परो भुनेर "अब मैले लानी कुरो आऽन नपत्याए छामे हुन्छ। मेरा शरिरमा। भउतेले लानी कुरो आऽन।" भन्दिएँ।
झाक्री साँक्री नबोलाउ बरु भउतेले भेउ पाए सोधुम्ला तिजपछि भनेर थमाएँ।
"हेऽरि हजुरको विश्वासले म फर्केँ है त!" भनेर फर्क्यो वरका बोट मुन्तिरऽट। म तर्पाएँ तर्पाएँ आएँ। अब खोल्सापारि बिर्खेलाई भेटे देखुन, तिम्रै बाख्राले खाए भन्दिन पर्ला, लौ न। भउतेलाई बचाम्नै परो के रे। नत्र क्यारी धान कुट्नुन्छ?


 
Posted on 08-30-05 3:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ सरकार हजुरले मलाइ नै सोधे हुन्थ्यो नि किन पुन्टुलाइ सोध्नुप-यो नि? हजुरलाइ थाह छैन सेकेण्डह्याण्ड इन्फो कहिले पनि ठिक हुँदैन भनेर? अनि यो पुन्टु किन कराहोला? यहाँ जस्तो गुरुबा भेटेपछि त यो भुसको घाँस ख्वाउन पनि सिकेनी।:P अनि हेर बिचरा भउतु नी कताकता झन मलाइ कस्तो राम्रो वर्ड पुष्पपरी भन्नी सिकाइस्याथ्यो थ्याङ्क यु भन्न नि पाइन.सबै युहरुको फल्ट. :d
 
Posted on 08-30-05 4:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोको हिरो हिरोनी लेर भागिसके जस्तो छ। साईड हिरो, साईड हिरोनीहरुको रोल अलि वुझ्न गाह्रो भयो। फेरी नयाँ लप स्टोरी शुरु हुन्छ कि, त्यै पनि हेर्दै जान पर्ला।

BTW, भउते ब्रोले रघुरामको कुरालाई देउबाले भ्रष्टाचार शाही आयोगलाई बहिष्कार गरेंझै बहिष्कार गरेपनि सत्यतथ्य कुरो त त्यै नै रैछ जस्तो लाग्यो। देउबा जेल गए भउते जमुनी लेर टाप कसेजस्तो छ। :)
 
Posted on 08-30-05 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला परथम त पुन्टे दाजीलाई धन्नेबाद गरे, है दाजी ।

अनि ए फुलमुति, क्यार्न भन्नु भाकि थ्यो कुन्नि ? ए साँच्चा, अनि कसका मेलाँ हिडेउ त नि यति बिहानै सखारै?

(शिरदेखि पाउ सम्म नियाले पछि)
हईन, के भा कि हउ हिजाऽज, अग्घोरै राम्री मान्छु है मैले त ।पैला पैला भन्दा त धेरै निखारिएछौ नि तिमी त । छम्क्याईली भईछौ, जाद्रै । हेर अझ, कपालाँ बसाउनी तेल लाऽर कोरेसी त बाटै बसाई रा 'छ बाई। बरु होस राखे है, कोइ कोई बसाउनी तेललाई त झन तो नरिवलको बसाउनी तेललाई त अरिङ्गाल र बारुलाले नि पछ्याम्छन नि फेरि । बारुलाले टोकेर फेरि तेस्तो घाम जस्तो राम्रो मुख भरि फुडुल्कै फुडुल्का होला नि । कपाल बरु अल्लि लामो भएछ, थोरै एउ बित्ता जति मठार्नी हो भनी त अप्सरै झै देखिन्छेउ ल, कस्सम, जनैले खानी ।

हाताँ आँसी बोकेको त मेलाँ चाईनी भएरै होला केरे । बरु तो पटुका भनी अलि ठूलो ठूलो भाऽ झै माने केरे, हुन त येसो रोटा, मकै दिउसोलाई अर्नी (tiffin) भनेर हालेको त होला नि, म पुनि छुचो मुन्छे केरे, भक्खरका अलि खिरिला खिरिला तिरी (स्त्री) मुन्छे देखेसी जतापाच्छे हेरि राख्न मन लाग्नी के । भउतेले कुन्नि के के जाति पिरिन्याउँटे पिरिन्याउँटे भनि रहनी केरे, तेही भएर पटुकामै जानी के आँखा पुनि जत्थेर सुकै ।

बरु भोलि केही अर्थोक मेलाँ जानी काम नभा धुसेनी तिर लेराउ केरे गाई बाख्रा डिङ्गा जति । बनभरि भकिम्लो पाकेर उत्पात छ। घरा ऽट मैले नुन खुर्सानी नि ल्याम्ला के रे, भकिम्लो टिपेर छोप (अचार) बना'र खाम्ला के रे नि त। भोलि डिङ्गा ले र आउ है बन तिर। अपुर थोक अपुर थोक पुनि बात मार्न छ के ।


Keep rolling...
 
Posted on 08-30-05 4:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला दादा,

भउतेले ज्यान भरि बिबिरा आओ , असाद्धे चिलाओ पछाडि, कन्याईदेउ न सिरे भनेको थियो मलाई हिजो साँझ । मैले त राति राति कहाँ कोसित के के अर्यो, नाना थरिका लुते आईमाईका लुतो बोकेर आओ, कन्याईदिम भनी फेरि आफूलाई नि सर्नी, के के जाति अर्थोक अर्थोक नि सर्नी होला, आफ्नो फेरि यता फूलमुति सित भोलि भकिम्लो खान जानी पलान। अनि मैले त कुरो टिमले । मैले अनि मेरा नि हाताँ झुसिलकिरा लाओ, तेसो भएर बरु एउटा दाउराले कन्याएर हुनी भा कन्याईदिम्ला, हातका औलाले त भात खान पनि भाछैन भनेर ढाटे। भउतेले हुन्छ भन्यो र तेही असुराका झाङ्बाट २-४ वटा घसेटा भाँचेर तेसका ज्यान दर्फराईदेर गाको । भनेसी लुतो सुतो होईन रहिछ, त्यो तामा त खोसलेर गुदी गुदी मत्रै लान परो केरे मामा कहाँ त, राम्ररी मेसो पाएन होला र तो तामाको सुप्लामा भाको झुस जति लागे होला उसलाई, फेरि घाम अस्ताईसकेसी साँझको बेला परो केरे ।

कहाँ के के भओ भनेर ठहर्याम्न त दादालाई कल्ले सक्नी, क्यारी थाहा पाम्छन क्यारी, दादाले जम्मै थाहा पाम्छन ।

नम्ला प्रयोगी, येसो गुन्द्रो तानेर बस्नुस न पटाहामा । के को परैबाट हेर्दे जाँदै अरेको हो गाँठे ? आम्नुस, चा खाएर जानु होला ।

keep rolling...
 
Posted on 08-30-05 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, तो कुरो त साँचो हो अरे

भौतेले बडेमानको एउ मुन्छे अल्को बाँसको तामालाई सुप्ला पुनि नफालिकन तेत्तिकै गलबन्दीले बाँधेर टाउकाका भर पछाडि पट्टि बोकेर हिडिराको देख्नी मुन्छे पुनि भेटिए। अझ कसले हो त जिस्काम्दै हईन गोठ बनाम्न लायौ क्या हो, दलिनै बोकेर हिड्याछौ त पनि भनेछन अरे, अनि भौतेका पाला हइन, आलोमा तिहुन खानी, बाँकी अचार खाँद्नी भनेर भन्थे अरे । तेति खेरै झुस बिझेछ क्यारे र चिलाको होला तीनको ज्यान ।

Keep rolling...




 
Posted on 08-30-05 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति शन्सरबार बिर्खे यता उता गर्दे थ्यो , मलाइ देखेसी के भन्च भनेको त ओइ नमे तैले कसैका तामाको अचार खाइस भनेर सोध्छ बा । तेसले तामाको नाम लिनि बित्तिकै मेरो मुखा थुक निक्लि हाल्यो । अनि ए बिर्खे दाइ मलाइ तिम्रो तिप्ले खोल्साको थानको एउटा तामा देउन भनेको त तेस्सिमा बिर्खे जङगेर तैले चोरकोस त्यो तामा पो भन्छ वा । मेरा पाला सारै रिस उठ्यो अनि भने हेर है बिर्खे, दाइ न साइ चाका लात हानेर लन्का पुराइदिनचु नि भनेसी बल्ल चुप्प लाग्यो । त्यासि त्यो मोरो त मलखात मलखात चियार्दै गाम गाम हिनेच । हर्के बुढाको त चेलो सारै बाढो पो छ त्यो बिर्खे त । अनि त ठयाकर्याक्कै भाउतेको मलखाता तामाको बोक्रा भेटे च । त्यासि त यो भउते डाका मिल थापे भन्दैआ मनपरि गर्न पाइन्च भन्दै मिल सिल भत्काइदिन्चु भनेर मिल तिर पो जाइ लाग्छ गाठे । धन्न त्या लाटि दमिनि थिइ । दमिनि भइ पनि सारै खरो बानि छ के त्यासको । य बिस्ठ हो क्या भन्याको तेस्तो हि हाम्रा भाउते बिस्ठ ले पनि कतै तिम्रो तामा चोर्चन त , यिनलाइ के नपुदो छ । बल्ल बिर्खेको मुखा ठेडि कोचियो । खास के रइच भने कुन चै बजिया ले मिसिन आउदा तामा लिएर आच । धान कुटिन्जेल तामाको बोक्रा फालेच अनि त्यो धानको भुसां तामा लुकार लच । बचरा भउतेलाइ लार । धन्नै त्यो दिन बिर्खे ले भाउतेको सर्बोस्स पारेको । तेइ भर त आजकाल भाउते घरै बस्चन ।
 
Posted on 08-30-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला नमे, तेहि होला ।

भउते जेठानका त जे हुन्थे हुन्थे, मलाई त फूलमुतिले पो रिङाई है । झन हिज तेती माधी सल्लाहा गरेको, आम्ला पुनि छैन, नआम्ला पुनि छैन । अब क्यार्नी हो क्यार्नी हो । म त उछारपाटो नपाएर मदौरु जस्तै झोक्राएर बसिराछु केरे । फूलमुति मुन्छे पुनि अलि नेपराई जो हो पैले देखुन जो, तेसको दिमागै अलि बोधो हुन्छ के बेला बेलाँ । लौन पुण्टे दाजी, सकिनी भा फूलमुतिका बुद्धिमा येसो केही पायीन लायेर अलिकिती भा नि अर्जाप्न सकिन्थ्यो कि हँ ?

keep rolling...
 
Posted on 08-30-05 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुन् यी पुष्पपुरी भन्नी नानी? पुष्पराजकी छोरी हुन्? बा प्रधान पञ्च हुँदाखेरि जन्मेकी हुन् नाइ किन टेर्थिन् हत्तपत्त अरुलाई।

हेर, पुष्पपुरी यीनेरुका कुरा नसुन, तिमी जान्नि सुन्नी मुन्छे। बरु २टा निबुवा लिएर हाँडी खर्कतिर आऊ, म चुत्रो टिपेर बस्छु। गाई बाख्रा हेर्न आत्मेलाई लगाम्ला के रे। म मजाऽले साँध्छु निबुवा ।
 
Posted on 08-30-05 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि के दादा, तीनै प्रधानकी छोरी कान्छी त हुन नि ।

जन्मदा कुन्नि के नक्षत्रमा मूल परेको अरे, अनि आठ बर्ष सम्म त घरमा बसे हजुरबा कि हजुरामा टोक्नी जउ परेर त्याँट मावल राखेका हुन के रे नि त । १० वर्ष सम्म त उतै मावलीमै बस्थीन के रे, आरुखर्क मा । मेरा पुनि माईली फुपैको घर त उही फूलमुतिको मावल सँगै हो केरे । बेला बेलाँ म फूपैसित फूपैलाई छोड्न र हाम्रो गर्मीको बिदा हुँदा आरु खान जानी केरे उहीं। स्यानैमा त म भनेसी हुरुक्कै हुनी केरे नि फूलमुति त। आरु खाए पछि खोया जति जम्मा अर्थेम, अनि फेरि भुटेर अनि फोरेर खाँदा बदाम जस्तै मीठो हुन्थ्यो । कता कता घुम्न गईएन र, साछी बईनै देखाम्न पर्नी भा फेरि फेरि लेखम्ला नि यहीं। फूलमुतिका मामाको छोरा यामे, म र फूलमुतिको त ग्याउँ (gang) नै थियो के रे नि त ती बेलाँ।

पछि बहुदल आओ केरे, अनि उसका बाका साट्टा तोरिखर्के मास्टर्नीका बुढा अदछे भए केरे । फेरि उसका नछेत्रले पुनि हुनी भओ क्या हो, मावली मत्रै बस्न नपर्नी भओ केरे, अनि के के भए, त्याँट फूलमुतिलाई बौडुङ (boarding) स्कुलाँ पढाम्नी भनेर पखरा तिर लये केरे। पखरा'ट कैले कैले घर आम्दा नि मलाई भनेर म्याङगो टाट चकलेट, अरु के के हो मिठेई पुनि ल्याम्दिन्थी । एउ पाली त नुहाम्नी साबन, अनि गम्छा के के ल्याएर देकी थिई, तेल्लाई भनेर साबनले दिनकै नुहाएर सप्फा हुन पर्नी अरे। मेरा पाला कल्ले सौछ माछाले जै दिनकै नुहाम्न भन्ठानी, साबन भनी बसाउनी रैछ र दशैताका नुहाम्न हुन्छ भनेर जोगाम्न परो भन्ठाने। अनि येसो कपडा धुनी मोति साबनले टाउको नुहाम्थे, त्याँट लास्टाँ एउ फेरा बसाउनी साबन लाएर पखालेर त्याँटी कपाल लर्काएर जान्थे तो भए थिम। मख्ख पर्थी फुलमुति, लाटी त लाटी जो हो।

अब आज लाई यही बिट मारम केरे, बाँकी पछि कुरो अर्दै अरम्ला के रे नि त ।



 
Posted on 08-30-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव !

घरि जमुनीका वापत ला'छन्, घरि तामा चोर बनाछन्। यी गाम्लेले मैले भटभटे राखेदेखि किन खैरो खनेका हुन् हँ !

अस्ति ठाइँला मामाले " जा जमुनी, दिदैलाई ले'र आइजे, तीजलाई" भुनेर पठाएछन्। हाम्री आँवै पनि उस्तै के फेरि। बुढेस कालाँ नि माइत जाने भुने पछि दुइ दिन अघि देखि त्यसै फुरुक फुरुक ल।

बुढी मुन्छेलाई टारी खेताँ सम्म पुर्याउन परो भुनेर सँगसँगै झरेको। त्यो जमुनीले तिप्ले खोल्सा माथीको बिर्खेको बाँसाs झ्याङाs तामा देखिछ। "हाम्रो तीजलाई भुनेर राखेको तामा त छेउघरे फूलमतीले घाँस चोर्न आम्दा चोरेर लगिछे, लौ न भउते दाइ त्यो तामा भाच्देउ" भुनेर भनी। अब न गरम् भने बुढि भा'की आमैलाई तीजका बेलाँ नि गुन्द्रुकको तिहुन ख्वाएर पठाम्छन् कि भुन्ने पीर।

"एक्लै त के सक्छु र मैले। आँसि पनि छैन। आइजे तँ र म भे'र तानम्" भुनेर तेल्लाई नि ले'र बार बाट छिरेँ। कठै बरा! तामा त दुइ बित्ताको पनि रै'नछ। दुइटाले सामा'र तान्न नि नमिल्ने।

अन्खेरि मैले तामा समातेँ, जमुनीले मेरो कम्मरमा समाती। अनि बेस्कन तानेको त दुबैजना एकैचोटी तल खोल्सामा। जमुनी तल परी, म माथि, के भुन्नि अब। हातमा हेरेको त तामाको सुप्लो मात्रै, केका भाँचिनु नि।

यो सप्पै त्यो सिरेले तल बाटाँ बसेर हेर्या रे'छ। जमुनी माथि म परेको देखेर रिसले भुन्भुनिदै बोल्दा नि नबोलिकन हिड्याथ्यो केटो। त्यै झोकाँ त्यसैले तामा चोरेर गाम्मा मेरो कुरा ला'को हुन पर्छ ल।

कस्तो कपटी हो के यो मान्छे। झन मामाकी छोरी मिलाइदिम्ला भुन्याथेँ।

त्यै खोल्साँ परेर ढाड सड्केछ, त्यसैले दुइचार दिन बाहिर ननिस्केको त गाम्मा कुरो गडबड बनाइसकेछन्।

:)
-भउते
 
Posted on 08-30-05 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिर्राम बाबु तिम्लाइ त पुष्मेकि छोरी फुलमतिले झिल्लाइछे । ह्वा गामतिर कस्तो हल्ला छ । त्यो त क्षत्रीनीको छोरासां लसपस छ रे । ल अस्ति पखराको पुर्निमा हल म ति दुइटाले स्पेसलमा बसेर फिलिम हेरेको मेरै आखाले देखेको । अज फिलिम हेर्दा हेर्दै के के हुनि नहुनि काम गरेर बाइर निस्कदा त त्यो क्षत्रिनीको छोरा को मुखाभरि लालि लाथ्यो । अज त्यसको कानां फुलमतिको टिको देख्दा त फिलिम हेर्न आम्ने सबै गलल्ल हासे बा । लौ हइ सिर्राम होस अर फेरि फुलमति भन्दा भन्दै उधोमति होला !
 
Posted on 08-30-05 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते, मईले त हईन के तेस्ता कुरा अरेको त। मैले त गाम्लेले अरेको कुरो पत्याम कि नपत्याम भन्दै छु झन ।उल्टा मै माथि फरेब लाम्नी फेरि। क्यारम, हे परभु ।

अब मिल किन्न जाँदा नि जमुनि, घाँस जाँदा नि जमुनि, जे गर्दा नि जमुनि आफूसितै राख्नुहुन्छ, देख्नीले के के कुरा अरिसके, अनि लास्टाँ मलाई भिराम्नी सुर छ कि क्या हो? अझ नपुगेर फूलमुतिसित पुनि पिरिन्याउँटे भन्दै हुनुहुन्थ्यो। हईन के उल्का लागे हे शिब - शंकर शंभो, गामका आईमाई देख्नै नहुनी भओ भौतेले । लगेर सुँवार्दिन सद्न पुनि नमिल्नी, मुन्छेका छाम्डालाई त कसले सद्नी सुवाँरीदेको होला र ? अनि उता नमेले सुद्ध भड्काम्छन लाली भेटियो भनेर। हो त नि, के के नचाईनि काम अर्न खोजेको रईछ फिलिम हल भित्रै, फूलमुतिको पाला घुस्सा परेर जमाएर कसेर बाउसिङ (boxing punch) लाईदिईछ तेस्का मुखाँ, तेही भएर लाली देखिएको हो नि।

तेस्तो बुद्धि जो नभाको घाँस खानी त हैन नि म पुनि, घाँसै खाए पुनि परभु शिब शंकरको बुटी चाईनी जो सुकाएर, प्रसादी लाएर, धुवाँरेर मत्रै खानी मुन्छे हुम, जता पाच्छे कुरा अर्चन गाँठे। नसकिनी जो भओ।

Keep rolling...
 
Posted on 08-30-05 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आङ कसम मैले तेइ देखेको ।
 
Posted on 08-31-05 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता पढेर बस्या नि सित्तलम।

नेपोलियान ऊ त्यो जुरेलीले मुखमा सिन्का लिया जस्तो छ। जाऊ जाऊ पछ््याऊ कहाँ छ त्यसको गुँड। झर्नुपर्ने हो श्री, पुष्पपुरी जम्मै। हैन त नेपोलियन।

***
हिजोआज धेरै भो, राजनितिका कविता सुन्दा सुन्दा दिक्क भो। त्यसैमाथि नारायणले पनि राजनितिकै मादल ठोकेर मदनलाई हात पारे भन्छन्।

लु यो कविता मलाई मुन प-यो।

जून पोखिएको रात

जून पोखिएको रात, तिम्रो अंगालोको साथ
ओ प्रिय ! सारा याद त्यहि छ??..
त्यहि हो आँगन, चोक त्यहि छ
छैनौ केवल तिमी ! शोक त्यहि छ ।


शहर त्यहि हो, कोलाहल त्यहि छ
छैनौ केवल तिमी, सन्नाटा त्यहि छ
ओ प्रिय ! सारा याद त्यहि छ??.
त्यहि हो आँगन, चोक त्यहि छ
छैन केवल तिम्रा चञ्चल पाउ, डोब त्यहि छ ।



विश्वास रहेन तिम्रो उप्रान्त ! विस्मात त्यहि छ
छैनौ केवल तिमी, याद तिम्रो अझै त्यहि छ
ओ प्रिय ! सारा याद त्यहि छ????..
त्यहि हो आँगन, चोक त्यहि छ
जून पोखिएको रात???
ओ प्रिय ! छांया हाम्रो अझै त्यहि छ ।

ह्याँट झिकेको है फेरि चोर भन्न पाइन्न।
- http://hknepal.com/wp/?p=114

 
Posted on 08-31-05 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, एउटा technical question है, seriously नी

त्यो रातै नीलै के के जाति राये-पाटे बनाएर लेख्नी क्यारी हो र ? ह्याँ त केही तेस्तो देउदिन र, सम्मै छ र ।

keep rolling...
 
Posted on 08-31-05 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको त दिउँसो हुँदो हो, ठीकै छ। यो सिरे को चईं सुत्नी बखत भएन र भन्या? उत्तानो परेर जमुनी र फूलमुतीको सपना देख्न छोडेर क्यार्न रातो निलो खोजी रा' हुन्?
 
Posted on 08-31-05 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको सारे?ओ कब्ता राम्रो छ है ।
त्यो जुरेलो गुंड त तेर्साबाटाको बेल्लाको रुखां छ मैले अस्तिनै हेर्दा ५ टा फुल थे अइले बचरा छन । अलि आखा उम्रेआ छैनन् ।
त्यो सिर्रराम र फुलु त अस्ति घट्टा मकै पिन्न जादा सगै पो थिइ गाठे । जात जनाम्नि गु गनाम्नि, यो सिरे ले केइ गर्च के रे ?
 
Posted on 08-31-05 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे दाजी,
नमस्ते है।

हिजाऽज थेउसिस लेख्न लाको केरे, समये आफ्नै कब्जाँ छ के, जतिखेर जे अरे नि भाछ। हुँदा हुँदा त कैले कैले त उल्लु भा'छु जै लाउछ, उल्लु भनेको लाटोकोसेरो के- रातिमा उठ्नी, दिउसाँ सुत्नी । जे भा नि, भोक लाउदा खानी र निद लाउदा सुत्नी गर्याछु। घडिले हैन, आफ्नै मनखुशीले अर्न पुनि धेरै मज्जा हुँदो रैछ केरे - वास्तविक जीवनको मजा त घडीलाई त्याग्न सक्नुमै रहेछ नि कसो दाजी ?

Keep rolling...


 
Posted on 08-31-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, त्यो हजुरको विषय परेन केरे त्यही भऽर कुरोले हजुरलाई नबुझेको होला।
HTML (Hyper Text Markup Language हो क्यार।) का कोड थप्नु पर्छ के एउटा दुइटा।
जस्तै,
ह्याँ भित्रको जम्मै निलो अक्षरले लेख्छु।
ह्याँ भित्रको जम्मै मोटो अक्षरले लेख्छु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters