[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 195272 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-16-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बौचा त उता चिच्याउने बाकसाँ कल्लाई हो कुरिराछ रे ! म त गा' छैन उता ! अघी कल्ले हो खबर ल्या' थ्यो ! म त सधैं चौतारी मै बस्छु अचेल ! कतै जान्न दाई ! खोइ अब एउटा सुर्य पाम त !
 
Posted on 12-16-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सूर्य को सूर्य ? सूर्य बहादुर त जनशक्ती पार्टी अफिसमा उघेर बसी राख्या छ ।


ए सूर्य चुरोस ??


चाकु भाई आए तर सुट्केश आएन । चुरोस सुरोस सबै सुट्केश मा रे । खुरुक्क हातेब्याग मा राखी न ल्याइकन, सकस भैसक्यो।


 
Posted on 12-16-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< आज आयो भने तेस्को त्यो डिंगो लाउने खुट्टो भाचिन छु भने मेरो नाम नि रिट्ठे होइन ! >>>

रिट्ठे बाट चेन्ज गरेर दिर्घजिवी राख्नी हो रिट्ठे?
 
Posted on 12-16-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाकु भाय आयो रे? हो र? कैले? कसरी?


गन्नु भाय लाई थाहा छ त चाकु भाय आको अनी सुर्य नल्याको? लोल



पुरे "दिर्घजिवी" राख्नी हो र? म त 'रिट्ठे' बाट चेन्ज गरेर 'रिठ्टे' राख्नी कि भनेर नि


 


 
Posted on 12-16-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक पल मिटिङ छ, इटिङ नगरेका ले इटिङ गर्दै गर्नु, चिलिम जस्तो सिलिम हुनु छ भने डाइटिङ गर्दै गर्नु। तारेमाम।

 
Posted on 12-16-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जदौ है सप्पै लाई
हामी त कुर्बान हेरेर आईयो,क्या राम्रो रइछ। रिट्ठे लाई देख्या थे बाटँ नदेख्या जसरी हिन्याथ्यो।
ए हैन यो लहरे लाई किन औंसी र पुर्णे लागि रन्च हँ,बे गर्दिनु पर्‍यो केटोको अनी ठीक हुन्छ।
हसुर्या हो त,आफु त धुर्ब्या हुटला,मज्जले खार आईयो।
 
Posted on 12-16-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई अपरह्नाको चिसो मये जधौ ।

खोइ कता अन्मरिये सबैजना ।
घिच्न गएका होलान ।
बिर्खे बुढाले बस बाबु म ढिडो बनाउन्दै छु भन्दै थिए ।



 
Posted on 12-16-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साह्रै ढिला गरे बुढाले ........

 आफुलाई काम मा जान हतार ......

के गर्नु अनी यि धुर्ब्या हुटला बिस्टे सँगै बसेर एही थालि खाए हिंडे


ल रिट्ठे, ठुल्दाइ, एउटा सुर्य चुरोस तानौ अनी काम तिर लागौ .....




 
Posted on 12-16-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्यो बज्ये रामेले। भोक लाएर साग र भात खान ला थें कस्तो फोटो टाँसेर अन्मरेछ भन्देखिन्! हरे अब कसरी रुच्नु
 
Posted on 12-16-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे ले छन्द को फोटु खोजेर राखेछ ! बिर्खे बुढा ले उहिले नाती ले खाँडी बाट ल्याइद्या गोल्खाडी घडी अझै लाउदै रछन



बिस्टे पाट जदौ ! कुर्बान हेरेर आईयो तेसो भए? अनी करीना लाई कस्तो देखाको छ? के भन्छे त धुर्ब्या साली? जान्छे रे?


म त त्यो सेनिमा हल छेउ मा निशे बज्जे भेटिन्छ कि भेटियो भने एक दुई हात बजाएर आउ भनेर गाको रैन्छ बज्जे त्या पनि !


 


 
Posted on 12-16-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त पुरेले माथि लेख्या पोस्टो मा "हरे अब कसरी रुनु" देखिरा ! लोल



रामे ले राखेको त्यो थाल मा भात हो कि भक्का हो? पक्का कुरा गर त


 
Posted on 12-16-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात नै हो रिट्ठे, भात नै हो

हो हो मलाई पनि भन्दै थिए ....... बेला बेलामा कती बज्यो बाबु भन्दै घडी देखाउन्दै थिए बुढाले

 
Posted on 12-16-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छि लाएर ल्यायो
 
Posted on 12-16-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ल्याउने र ऊ ल्याउने थाहा छैन
एउटा स्वास्नी नल्यानी भा छैन
सल्लै हो भन्ने कल्लाई हो


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
भनेछी ठुल्दाइ र रामेको कुरो भएछ। अनी ककस्को के के कुरो काटियो त?
पून्टे चाँही कहिले देखि खेत जोत्न थालेछ ट्याउसी चलाऊन छोडेर? हुन त कहिले बाटो बन्द, कहिले पेट्रोल नपाउने अनी चलाऊने पनि कसरी। कि हर्केले जस्तो रिक्सा चलाऊनु पर्‍यो कि अर्थोकै गर्नु पर्‍यो।
अनी पूरेलाई अल्छी लाएर ल्याएछ म चाँही बिजी भेर ल्याएको हुनाले बल्ल आउन पाएको।


 
Posted on 12-16-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, चिप्ले



फिलिम हेरेर चिलिम नि फुक्न भ्याइसके छ ।
मिटिङ लामै चल्यो । एक जना दिमाग खुस्केको जापनिज् केही समयको लागि हाम्रो ल्याब मा आएको। मुलाले के के भने के के , बुझ्नै गाह्रो भयो। जापनिज् भाषा नि सिक्नै पर्ला जस्तो भयो । 


 
Posted on 12-16-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी राजाप्रासाद सेवा द्वारा चौतारी जनतालाई जारी गरिएको अत्यन्त जरुरी सुचना-


यस चौतारीका अधिपती, महाराज श्री श्री श्री ७ लहरेन्द्र बिक्रम लाकौलेन्द्र आफ्ना प्रजाको सुख दुख तथा स्याहार सम्हारका लागि सवारी हुन भारदारहरु द्वारा गरिएको अनुरोधको पटक्कै वास्ता नगरि राज्य चलाऊन छाडि साउटबक्स भन्ने खोपिमा अनेकन राग रंग तथा लिलामा लम्पट हुन गइबक्सँदा राज्यको भविष्य नै अन्योलमा परेको छ। यस्तो घडिमा चौतारी राज्यको अमन चयन, सुख शान्ती तथा सार्वभौमसत्तालाई जोगाऊन हाम्रा चौतारी राज्यका प्रधान सेनापती श्री पुरेन्द्र बिक्रम पान्डे तथा राजाप्रासाद सेवा जङ्गि अड्डाका सेनाधिपती श्री रिट्ठेन्द्र बिक्रम रायमाझि द्वारा महाराज श्री श्री श्री लहरेन्द्र बिक्रम लाकौलेन्द्र लाई 'स्वयँ पदच्यूत्' भन्ने घोषणा गर्दै आजको मिती देखी यस चौतारी राज्य राजाबिहिन भएको र महाराजको सबै पदहरु स्वत च्युत हुन गई केवल एक पद 'मोरो' मात्र  रहन गएको पनि जनताहरुलाई जानकारी गराउँछौँ! तसर्थ लहरे मोरोमा अब देखि राज्यको कुनै पनि अधिकार नरहने व्यहोरा पनि उल्लेख गर्दै अहिलेबाट राज्यमा श्री पुरेन्द्र बिक्रम पान्डे तथा श्री रिट्ठेन्द्र बिक्रम रायमाझीमा सम्पूर्णं अधिकार रहने गरि, बडा गुरुज्यू श्री राहुलभाई रायमाझिको सल्लाह बमोजिम चौतारी मुलुकमा जनतामा कुनै पनि किसिमको आघात नपर्ने गरि सैनिक शासन लागु गरिएको छ। आजको मितीले २ वर्ष भित्रमा प्रजातान्त्रिक चौतारीको निर्माण चुनावसंगै गर्ने प्रतिज्ञा पनि यो सरकार गर्दछ।


जस चौतारी

Last edited: 16-Dec-09 03:32 PM

 
Posted on 12-16-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ke bhayo mero post lai ........ haina lahare le ke garyo

 
Posted on 12-16-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा


भुतपूर्व अधिपती, महाराज श्री श्री श्री ७ लहरेन्द्र बिक्रम लाकौलेन्द्र लाई पद च्युत गरी नयाँ पद "मोरो" दिएकोमा मन्त्री परिषदका प्रवक्ता  बिर्खेन्द्र बिक्रम स्याँहालाई हार्दिक धन्यवाद टक्र्याउदछौ !



 
Posted on 12-16-09 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<la ke bhayo mero post lai ........ haina lahare le ke garyo>>>

ke bhayo rampure???
 
Posted on 12-16-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

euta post thiyo, lahare soundbox ma taruni haru sanga royiraheko copy/paste gareko thiye.......... morale sabai metecha .

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters