[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 164888 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 01-29-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि छक्कै परे, करौतिलाइ दरौति भन्ने । कम्पूटरा लेहुदा गडबड भको हो कि तेइ भन्नि हो कुन्नि ? तर चौतारीको रमाइलो त यस्तो पो हो--शब्द ग्यान बड्या बडै ।
 
Posted on 01-29-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे-

किस्न भिरमा आज नि जाम पर्यो
के गाम पर्यो भन के नाम पर्यो
ए किस्न भिरमा जाम
बोर भयो नि सोल्टिनी हाँसि बोलिराम

मैना-

पोख्रेली हुँ नाम पर्यो सुनिता
(मैनाको घरमा बोलाउने नाम सुनिता हो)
के काम पर्यो बोलेकै छु नि त
किस्न भिरमा जाम
बोर भयो नि सोल्टि ज्यू हाँसि बोलिराम

 
Posted on 01-29-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम् म् म् ! बल्ल था भो ! यी काका त दरौँ सिरबारी तिर ट यता कुम्लो बोकेर बसाइँ आ'का रचन् ।कास्की, स्याउँजा कार्किनेटा तिरका भा' देखुन त करौँती भन्ते होला, दरौँका भ'र पो दरौँती भनेया होलान् ।
माछा मार्न चैँ सारै जो सिपालू रचन यीनी ! हिजो दिनभोरी खोलैको मेलो अरेर पनि बेलका घराँ आम्दा एउ सिप्रिङ माछा लेर आ'का ए ! त्यै पनि मुनि मुनि त गँगटा हालेर भरेया रचन् । धन्न भ्यागुता टिपेर चैँ हालेनचन् गाँठे !

एऽऽ फेवा तालको कत्ले माछो हर्पन खोला धाउँच
बुडो पोइको ओछ्यान लाउँदा जाँगर मरी आउँच

हे बुइनीको दया छ भुने
रोदी घर दाइ नाचो नभने...:)
 
Posted on 01-29-06 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गंगटा हालेर भरेया रेचन रे? हन सपै बेचि भ्याएँ भन्तै थै त अइ सम्म ? बाठा काका बुडाले कुनचाइँ लाई हिले गँगटो मिसार माछा बेचे ल अब!


एऽऽ पखराको बजारैमा सुका धार्नी मासु
तिम्री छोरी मैले लएँ टिला लाइदेऊ सासु

एऽऽहे बुइनीको दया छ भुने
रोदी घर दाइ नाचो नभने...:)

 
Posted on 01-29-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका एउ सिल माछा त मलाइ देउ न ? चलेको चलनले तेरौला के रे । फएटा माछा सारै मुन पर्च के ।


एऽऽ पखराको बजारैमा मटितेल छ टिनमा
चेत्रेले मैना भेट्यो शनिबारको दिनमा

एऽऽहे बुइनीको दया छ भुने
रोदी घर दाइ नाचो नभने...:)

 
Posted on 01-29-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसाए है दम्तरीहुरले माथि। हाम्रातिर 'दराँती' जो भन्चन। म नि मुन्द्रे झैं अर्न परो। स्याङजा नि हैन, तनहूँ नि हैन, कास्की नि हैन, मुस्ताङ नि हैन, दरौं नि हैन। कुश्मा बजार २ चोटी गओ छु, नौ डाँडा १, बेनी १ फेर। बाग्लुङ बजार ७ फेर, पोखरा ३, पाल्पा गिन्ति नै छैन, बटौली नि कति कति, अर्घाखाँची प्युठान गा छैन, गुल्मीको चैं म हैन। लौ जा त नि।

ल तिमुर गीत गाम्दै अरओ। म त सुते। नत्र भोलि ब्यान उठदा धुरुधुर रुन मन लाग्च फेरी।
 
Posted on 01-29-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त काका बुडा बोल्तैनन त? कि लाए बुडा बटौलीतिर? चाइन्जो डल्लीलाई चुरा किन्तिने भन्तै थे हिनेचन अस्तो लाओ मुलाई त!


एऽऽ उडि जाने पुतलीले सैलुङ्ग डाँडा काटो
तिम्रो हाम्रो मया पिर्ती कट्टु जस्तो फाटो :P

एऽऽहे बुइनीको दया छ भुने
रोदी घर दाइ नाचो नभने...:)

 
Posted on 01-29-06 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जा बोल्ता बोल्तै काका त आइसकेचन्। हन काका पाल्पाली पाल्पाली भाका सुन्चु नि म काकाओ कुराँ?
 
Posted on 01-29-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी काका चैँ मदनपखराका रचन् क्याओ ! नभएनी त्यै मादीया फाँटतिरका हुन या यता चापाकोटे हुन् । लौ खा
मैले अड्कल लाइदिएँ ।:)
 
Posted on 01-29-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पखरा जम्मा ३ चोटी, बाउलुङ ७ चोटी भुनेसी यीनका खुट्टा दरै रचन् कि क्याओ ! पाल्पा ट हिनेर जाँदा रचन् ! :) अर्घली तिरका हुन कि छहरा तिरका हुन यीनी ! काउली र प्याउलीका कुरा अर्नी भ'सी अर्घलीका रचन कि झैँ माने मुइले त ! :)
 
Posted on 01-29-06 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सबैलाई!अनि यो पाताल (अमेरिका, ताना सर्माको शब्दमा) र कन्ननीडाँडामा अझै आईतवार होइन भन्या? कि तुच्च तुच्चपार्दै हो? कि एक हातले बोतल, आर्को हातले आफ्नै "अभागी उखु" समातेर हो कि क्या हो बूढा हो?
यो मुन्द्रे सुत्दै सुत्दैन कि के हो?
आफ्नु त सऊँवार है साथी हो; भर्खर साहु (प्रो) को गाली खाएर आईयो।
 
Posted on 01-29-06 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु गोताएँ ! गरुवाले मुन्द्रेका मु्न्द्रीयाँ समातेको समात्यै छन् ।कालले बरु छोड्ला, गुरुवाले छोड्दैनन् अनि म क्यारम् त नि ! :)
तै नी आजलाइ अब बिट मारेँ लौ !
 
Posted on 01-29-06 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएँ!
एस्तै च यता क्यार्नु। काँटि तुच्च तुच्च पार्नु भोलि ब्यानै हिन्नु च मेलाँ।
लु मुन्द्रे नि जान लाएच भनेसी त्यता भाले बास्न थालेच ....हे हे हे :)

भात खानु मार्सी चामल तिउन खानु बोडी
यति राम्रि पातलीलाई काहाँ जाम्ला छोडी

एऽऽहे बुइनीको दया छ भुने
रोदी घर दाइ नाचो नभने...:)

 
Posted on 01-30-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरीमा आजभोली कर्फु लागेको छ अरे तर पनी म चाही आए है,एक पट्क सबैलाई दशर्न भनेर जानु परो ।
 
Posted on 01-30-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नी दर्शन गरेँ है डल्ली ! तिमी पनि हरायौ त आजभोली त ! कि हाम्रा ३५ लम्बरमा वडा सदस्य बन्नलाइ उठेइ छौ र भोट माग्न हिन्दा हिन्दै फूर्सत नपाएर नआकी होउ !? :)
 
Posted on 01-30-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ हुनु नी भोटमाग्न जानु त मन थियो तर भट्ट्ट्ट्ट्ट्ट्ट पारी दिन्छन त्यही भएर नगाको । भट्ट्ट्ट भएर मरियो भने मेरो छोराले कसलाई मम्मी भनेर दुख दिने ? ? भो म त जान्न भोट्-सोट माग्न ।
 
Posted on 01-30-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तै मानेओ थेँ र सोदेको क्या ! उता पल्ला गामतिर गएर परजातन्तरका कुरा अरिथेउ तिम्ले के रे, तेइ सुन्यो थैँ मुइले र कतै हाम्री डल्ली पनि भोटहाल्नीमा उठेइ रचेउ कि भुन्नी लाओ मुलाइ तो ।

उठ्न हुदैन बा यस्ता बेलाँ, जमना असाध्यै खराप आइचन । बरु घरैमा बस्नी, आँटो ढिँडो जे छ तेइ खानी, त्यसैमा खुशी भ'र बस्नी अर्नै ठिक होलाअस्तो मिन्चु मु त ! :)
 
Posted on 01-30-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, दमालीहुर सप्पैलाई नमस्ते ।

चिप्लेटी खेल्न गाथेँ केरे । अब अगिल्ला अगिल्ला खेप चईनी जान्नी जान्नी साथीहुरसित जानी, तिनारु चईनी मजाले खेल्नी, आफू भने लोटेको लोटेई (लडेको लड्यै) के । अनि म लोटेको हेरेर हाँस्न पाईन्च भनेर जसले पुनि जाम भन्नी, आफू भनि जानी के फेरि पुनि लोट्नलाई । पहिले पहिलेको कुरा त अस्तिनै नि गरेको थिएँ केरे । अरु सपै जाना हुत्हुती चिप्लीनी केरे, आफू भनि टेकेर उभिन नि नसक्नी केरे । घरि दाहिने खुट्टको भाटो र देब्रे खुट्टाको भाटो चईनी नमिलेर हो कि भनेर चेक अरो, घरि उल्टो सुल्टो भओ कि भनेर हेरो, क्यार्न हुन्तो र, ढङ्ग नपुगेको कुरो पुनि । यसरी त जाद्रै जो भएन, यो पाला त चईनी म पनि सिक्छु र जान्नी हुन्चु भन्नी भओ केरे । त्याँसी अहिलेका पल्ट त एक बसभरि जो भएर हामीहुर टेर्लिङ्ग क्याउँप (ski training camp) मा गाको केरे । के के भओ थोरैथोरै कुरा सुनाम्छु है त ।

सुकबार चईनी गएसि मिसले पढाम्नु भओ केरे, क्यारी बाँध्नी ती भाटा, क्यारी चिप्लीनी, क्यारी रोक्नी, लोट्दा नि क्यारी नदुख्नी गरेर लोट्नी, लोटेसी क्यारी उठ्नी भनेर । त्याँसी आर्का न दिन चईनी बिहानै देखुन सर र मिसहुरले चईनी सिकाए केरे हिउँमा जो, डल्ली फुपैका छोरालाई "ताते बाबु ताते " भनेर बाटाँ हिँड्न सिकाए झैँ । सम्म ठाममा त सजिलै जो हुनी रैच, आर्का हात समातेर हिँड्न त । तेस पछि लौ जाओ लोट्न भने केरे, अनि गईयो हुलै जो लोट्नलाई ।

आर्का न दिन भनि आफै लोट्न पर्नी । अलि अलि जान्नी भासि त कुतकुताईहालो केरे नि, भिर - भिर जानि भाको त बिपत्तै सित लोटियो - घरि नाकका भर, घरि चाकका भर, कति लोटियो, साँदी छैन केरे । केटाकेटी हुँदा त बाँसको सुप्लामा बसेर खरबारीमा त चिप्लेटी खेलेकै हो, हे रामे यहाँ क्यार्न यस्तो गाहारो भाको होला नि । जे होस, तो दिन साँझसम्म मा भनी अलि बिसेक जान्नी जो भएँ झै माने है आफैलाई । खास टिडिक (trick) त नमेको दाईँ अर्दा गोरु खेदे झै हिँडाम्न पर्दो रच केरे खुट्टालाई पालैपालो मिहीन पारेर, त्याँसी त भई हाल्दो रच केरे नि । अब त चईनी चिप्लिन, रोकिन चईनी सपै सक्ने जो भएँ केरे । दिन भरि सकेसि बेलुका तुच्च तुच्च पारियो केरे क्याउँपमा जो । अब दिन भोरि चईनी चिसाँ पछारिँदै अरेसि त बेलुका केही बेर चईनी तो ठूली एकादसीमा फलाहार खान सखरखन्ड उसिने झै उसिन्नी तो साउना (sauna) भन्नी कराही मा बस्न पर्नी हैच केरे, नत्र त हड्डीमा जो चिसो लाग्च अरे केरे । तुच्च तुच्च पारेर कराहीमा बस्न गाको त "रउसी खाछौ?" भनेर सोधी केरे तो दैलाँ बस्नी तरुनीले । मैले नि "कति हो कति" भनेको त "यो कराहीमा बस्न पाईन्न तेस्तो फिटान रउसी खाएर त, त्यँही झिल्लिएर मोरिस भनी हामीलाई गाल पर्च" भनी केरे । अनि झन धोकेर सुतेको केरे ।

त्याँसी त ज्यान त चईनी लाङ्किरा (सर्प) जस्तो भाको छ । तेही दिन जो कराहीमा बस्न नपाए पछि त हुनु-हुनामी दुख्नी हैच केरे । हात-गोडा त के मुख पनि चलायो भनि दुख्छ केरे । गोडा हजारेक चोटी होला पछारिएको केरे। उठ्न नि सक्यो छैन राम्ररी त ।
 
Posted on 01-30-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरै-कुराँ हाम्रो एक जना साह्रै मिल्नी साथी हुनुहुन्च यहाँ, उहाँले भनेको कुरो नि सम्झेँ । नाईट बसमा पूर्व तिर बाट काठमान्डौ आउँदै हुनुहुन्तो अरे । बिराटनगर तिर हो कि कता हो, साँझै जो थियो अरे, अँध्यारो भई सकेको जो थिएन अरे। एक जना सर्प खेलाम्नी मुन्छे बसभित्रै जो आएर टोकरीमा सर्प राखेर "लौ हुजुर, नागराजलाई सिदा दिनुस, दुध खिलाउनी पैसा दिनुस" भनेर पैसा उठाएछ । त्याँसी अलिक पर पुगेसि, ईटहरी तिर हो कि कता हो, अँध्यारो भएसि त चईनी तो मुन्छेले "दुईटा साँप थिए टोकरीमा, लोग्ने-स्वास्नी नै, अहिले एउटा मात्रै छ, एउटा बस भित्रै छाडा भईगयो हुजुर, कता हरायो बस भित्रै" भन्यो अरे । त्यस पछि त बसका सबै यात्रुहरुको चईनी सातो गएछ र सबैजना चईनी अघिल्लो सिटमाथि खुट्टा उत्तानो पारेर बसेछन । खलाँसी भाई चईनी बनोटमा बसेर लौरो लिएर चईनी डाईबर साहेब को रक्षा गर्न बसेछन् - डाईभरले त भुईँमा नटेकी त मटर चलाम्न पनि मिलेन केरे । अरु सबै जानाले त पिसाप पुनि नफेरिकिन आए अरे कति जाना त बरा । जेहोस, हाम्रो दाईले नि भुईँमा खुट्टा जो नटेकी किन काठमान्डु सम्म आम्नु भएछ र सात दिन सम्म त चईनी खुट्टा त लौरो जस्तो अरे, खुम्च्याम्नै नमिल्नी । मलाई तीनै दाजीले भनेको कुरा सम्झना आओ के, खुट्टा त पुरै कोदालाको बीँड जस्तो के ;)

बिर्खे र काकाले त तो लाहुरेले ल्याको क्याँवोराले २-४ वोटा फुटा नि खिचेर आएस भन्थे । तेसै अर्न भनेर क्याँवोरा नि लेर गाको पुनि हो । भओ के भन्दा, तो भिर-कहेरा तिर गएसि त चईनी जम्मैका हाताँ चईनी सिरक भन्दा नि बाक्ला पन्जा हुनी केरे, तेसो भएर खासै फुटा खिच्न पाईयेन । भएका १-२ वोटा सँगीले पठाएसि टाँसमला केरे । एउटा सँगीले धन्न अलि अलि मबाईली फुना'ट खिचेको छ, हेरम कस्तो आको छ है ।
 
Posted on 01-30-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तै ईन्टरनेटबाट खोजेर म गाको क्याउँपको फुटो टाँसे है त । प्रकृतिले दिनलाई यो भन्दा बढी त कहाँ पो देको होला र, त्सयमा पनि धन र सभ्यताले सिँगारेको यो ठाम kananaskis भन्ने, यो स्वर्गकै टुक्रा भने नि हुन्च । हुन त यो नर्थ अमेरिका तिर जेलाई पुनि "सँसारको सबभन्दा..." लगाई हाल्चन तर स्विस हरु पनि स्की खेल्न यहाँ आएका र तिनीहुरको कुरा सुने पछि हो रहेछ कि जस्तो लाग्यो, यहाँको स्की कोर्स हरु सँसारकै सबभन्दा राम्रा अरे, १९८८ विन्टर ओलम्पिक नि यही nakiska मा भाको थियो ।

Keep rolling...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters