[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 259614 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-04-08 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
रात्रीकालीन जदौ।

गीतान्जली सितान्जली पनि बन्द हुने रहेछ विकेन्डमा। झन बोर हुने बेलाँ झूर गर्ने लहरे ले पनि । सह संचालिकज्यु कता हुन क्यार ?

 
Posted on 05-05-08 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्ले साथीहरुलाई मैले दर्शन गरे है taaaaaaaaaaaaaaaaaaa

सानानीलाई मेरो तर्फबाट Happy Mother's day.

 


 

 
Posted on 05-05-08 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !!
ठुल्नानी, के छ? चिया खाएउ?

पुन्टे दाई, पुन्टेनी भाउजु, रिठ्ठे, रिकुटे अनी सान्दाइ ('यस्'  दाई ) लाई आतित्यथा को लागि हार्दिक आभार  प्रकट गर्दछु ।  'इट वाज ग्रेट फन् '


 
Posted on 05-05-08 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


के छ ताअाअाअाअाअाअाआ?


सोमबारे सुरिलो जदौ!


ठुली चिया खायौ?


पर्बते अड्डा मै ढडडा पल्टाउदै?
 


 
Posted on 05-05-08 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते दाअाअाअाअाअाअाअा मैले चिया पिए। हजुरले नि?


 
Posted on 05-05-08 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाआ हाउ आर यु?


 
Posted on 05-05-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आआइ आम फाइन ठुली, हाउ आर यू?
खै आज भोली फुन सुन पनि हुँदैन, बाटो बिराए जस्तो छ।
हिजो अस्ती हामी पूण्टे दाई कोमा थियम, ठुली र ह्यान्सी लाई खूब सम्झियौं। वि मिस यू ठुली।

 
Posted on 05-05-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सम्पुर्ण Mothers तथा Mother-To-Be हरुलाई ह्याप्पी आमाको मुख हेर्ने दिन!

लु सबै Mothers तथा Mother-To-Be ले आज आ-आफ्नो मुख देखिने फोटो टाँस्ने चौतारीमा! आज सबैको मुख हेर्ने हामी सबैजना बसेर!!


 
Posted on 05-05-08 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुम्ले नि कुम्लो बोक्दै आइपुग्यो। तारेमाम।
हर एक आमामा मेरो स्यालूट छ।

 
Posted on 05-05-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु सबै Mothers तथा Mother-To-Be ले आज आ-आफ्नो मुख देखिने फोटो टाँस्ने चौतारीमा! आज सबैको मुख हेर्ने हामी सबैजना बसेर . kumle daai pahile fat free mithaai lera aaunus ani haami hajurlaai hamro photo dekhaauchu.

hansy ra maile ni hajurharulai miss gardai chuuuu.

 
Posted on 05-05-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई सोमाबरे बिहानीको जदौ तअाााााआाााा!

आमाको मुख हेर्ने दिनमा घरमा फोन गर्न, आमाको मुख हेर्न नगरिहाल्नुभएको भए यथाशिघ्र गर्नुहुन अनुरोध छ!

धन्यवाद् तअााााआााााा!


 
Posted on 05-05-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी !
ठुलि, कुम्ले पाट, पर्बते, ठुल्दाइ, तथा लेख्दा लेख्दै आएका जिम्माल बा सबैमा सोमबारे जदौ तथा तारेमाम !
वेब क्याम बाट आमाको मुख हेरियो हिजो राती ! धन्य आमा हामीलाई यो संसार देखाउनु भएकोमा !
पर्बते, ठुल्दाइ-- हामीलाई पनि निक्कै रमाइलो भयो दुई दिन !

 
Posted on 05-05-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाई, तिर्खे दाई, सिगाने दाई हाउ आर यु?

 
Posted on 05-05-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हितेश मेरो बाल सखा। सानो हुदाँ धरानमा नि निकै उत्ताउलो काम गरियो त्यस्ले र मैले। म त सोझो मान्छे तर कहिले काँहि त्यस्को संगतले मलाई नि बिगार्थ्यो। त्यस्तै एकपल्टको कुरा सम्झना आयो। हामी धरानको एउटा स्कूलमा संगै पढ्थ्यौँ। स्कूलको नाम चाँहि नभनौँ। उहि सेतो सर्ट, निलो पाइन्ट अनि निलो टाई लगायो, कालो जुत्ता अनि पछाडि कासा प्याको झोला भरि गुलमोहर, एक्टिभ इङ्लिश, सामाजिक शिक्षा आदी किताबहरु बोक्यो अनि ९:१५ बजे त्यो मेरो घर अगाडी आएर कराउँथ्यो,  म निस्किन्थे र संगै लागिन्थ्यो स्कूलतिर। हामीलाई टिफिन खान भनेर घरबाट दिएको पैसाहरु हामीले निक्कै जोगाएर राखेका थियौँ। "ओइ सुन! जनक दाईकोमा आलुचप र ब्रेड महिनावारी खानुपर्छ अनि घरको पैसा चाँहि जोगाएर राख्नुपर्छ, पछि एक चोटी त्यो पैसाले घुम्न जानुपर्छ" भनेर हिते ले मेरो ब्रेन वाश गरिसकेको थियो।

त्यो दिनपनि सधा झैँ उस्ले मलाई बोलायो तलबाट, म नि हत्तपत्त ब्याग टिपेर दौडे! बाटोमा एउटा बुटपोलिसको डिब्बालाई दुबैले एक एक गर्दै हिर्काउँदै जाँदैथिम, "ओइ! तैँले जम्मा गरेको पैसा कत्ति भयो?" हितेले त्यो डिब्बालाई बाटोको पल्लोतिर पुग्नेगरी हिर्काएर सोध्यो।

"पर्खि म हेर्छु!" भन्दै म त्यो झोला अगिल्तिर ल्याएर मेरो ज्योमेट्री बक्स भित्रको रुटिन कागज पछाडी च्यापेर राखेको पैसा निकालेर गन्न थालेँ।

"ए ल ल पुग्छ त्यत्ति भए! म सङ नि छ पैसा त्यत्ति नै!" हिते ले मलाई पैसा राम्ररी गन्न सम्म दिएन।

"किन नि? के गर्न पुग्छ र यो पैसाले?"

"सुन आज त्यो डेविड सरको होमवर्क नि याद भा'छैन, मलाई त स्कूल जान नि मन लागेको छैन, जुम् हिन तल भानुचोक तिर अनि गणेश टाकिजमा सिनेमा नि हेर्नुपर्छ"

"ह्या! हुन्न यार!! घरमा थाहा भयो भने त बबाल हुन्छ" मलाई डर लागेर आयो।

"कसरी थाहा हुन्छ? १२ बजेको सिनेमा हेर्ने अनि ३ बजे पछि बिस्तारै हिन्दै माथी आयो भने घर पुग्दा ठिक्क साँडे चार बज्छ, कसैलाई थाहा हुन्न।"

"अनि स्कूलमा भोली लिभ लेटर चाँहि कस्ले लेख्छ? तैले??"

"ह्या! त्यत्तिको नि चिन्ता गर्छ यार तँ! लु तँलाई र मलाई दुइटा लेटर म लेखाउँछु" हितेले सब प्लान मिलाइसकेको रहेछ।

यसो सोचेँ! त्यो डेविड सरको दुई पेजको पोयम याद गर्न नि सकिरा'थिइन! बेकारमा चुटाइ खाइने पिर थियो। यस्तो बेलामा हितेको प्लान त 'के खोज्छस् कानो? आँखो!' भन्या जस्तो भयो आँफुलाई।
हामी लागिम् दक्षिणतिर। अरु स्कूल जाने साथीहरुले देख्लान भनेर हत्तपत्त टाइ खोलेर झोलामा हालिम् अनि सर्टलाई बाहिर निकालेर अरु बाहिर हिन्ने मान्छे जस्तो भएर गल्ली गल्ली हुँदै लागिम् तल भानुचोक तिर।

"हिन उ त्या पर त्यो रुद्र दाईको क्यारमबोर्ड पसलमा गएर हाम्रो झोला राखुम" हितेले मलाई देशीलाइन तिर लग्यो। त्यहाँ गएर हितेले खोइ के के भनेर त्यो दाईलाई हाम्रो झोलाहरु दियो अनि हामीहरु निस्किम् गणेश टाकिज तिर। १० बजेको थियो, हलको मेन गेटपनि खुलेको थिएन। यसो बाहिर राखेको पोस्टर हेरेको त पुरानो राज बब्बरको फिलिम लागेको रहेछ।

"ह्या! यो सिनेमा त के हेर्नु यार? फाइटै छैन" हितेले नराम्रो संग मुख बिगार्यो।

"अनि के गर्ने त त्यसो भए? जुम् स्कूल बरु! मलाई त टेन्सन भइसक्यो यार घरमा थाहा पायो भने त भरे चाँदे हान्छ सबले!"

"गोइस तँ अब स्कूल! घडी हेर्न कत्ति बजिसक्यो। अब त त्यसैपनि ढिलो आएको भनेर चुटान हान्छ त्यो घिमिरे सरले!"

"त्यसो भए के गर्ने त?" मलाई केहि आइडिया भएन अब के गर्ने भनेर!

"एकछिन पर्खी!" भन्दै हिते यसो छेउछाउको घुम्ती पसलको भित्ताहरुमा टाँसेको फिलिमको पोस्टर हेर्न थाल्यो। अनि मलाई हेर्दै भन्यो, "ओइ तैँले मैने प्यार किया हेरिस?"

"अँ हेरिसकेको नि भिडियोमा उहिले नै!"

"त्यो भिडियोमा त सब रिल काटेको हुन्छ बुजिस! हलमा हेर्न मज्जा आउँछ"

"खोइ त कुन हलमा लागेको छ? माथ्लो हलमा त लागेको छैन"

"इटहरी जुम्!" हितेले मलाई हेर्दै भन्यो!

"ओइ! के भन्छ यार? लु म चाँहि जान्न इटहरी! मार्छ घरमा!"

"कस्ले थाहा पाउँछ हौ!!" हितेले मलाई उक्साउन थाल्यो।

"सुन हिते! यस्तो चाँहि गर्नु हुन्न के! इटहरी जाँदा जाँदै कसैले देख्यो भने के गर्छस्?"

"कसैले देख्दैन क्या! हिन् त्यो सेन्डिकेटमा जुम् अनि बिराटनगर जाने गाडीमा चढुम्! म सङ भाँडाको लागी पैसा छ" हितेले मलाई तानेर लग्यो।

हामी चडिम गाडीमा अनि लास्ट सिटमा बसिम्। गाडी हिन्यो, मेरो मन फुलेर आयो। हिते झ्यालतिर बसेर बाटोको पसलहरु हेर्दै रमाइलो गर्न थाल्यो। हामी इटहरी पुगिम अनि तल बिराटनगर लाइनमा भाको सिनेमा हलमा गएर रि-बाल्कोनीको दुइटा टिकट किनेर मैने प्यार किया हेरिम्। खुब रमाइलो भयो। हाफ्टेनमा पापड, चटपटे खाएम्। कोक खाने पैसा चाँहि थिएन। फिलिम् सक्कियो अनि हत्तपत्त निस्केर दौडिम धरान जाने बस स्ट्यान्डमा। यसो हेरेको बुढासुब्बा गाडी लागिरहेको रैछ। हामी फेरि लास्ट सिटमा बसेर धरानतिर लागेम्।

"ओइ ला--!!! तलाइँ थाहा छ?" हितेले मलाई कानमा आएर भन्यो।

"के?" मेरो मन झसङ भएर आयो।

"यो गाडीको चेकिन त सन्तेको बाउ पो हो त"

"को सन्ते?"

"त्यो सन्ते क्या! हामी सङ फुटबल खेल्न आउँछ नि"

"ला--!! अब के गर्ने? सुड्डाले देख्यो भने त घरमा भन्दिन्छ" मेरो मुटुले ठाउँ छोड्यो।

"लुकेर बस! थाहा पाउँदैन होला!" हितेले मलाई सम्झाउन थाल्यो।

हामी सन्तेको बाउको आँखामा नपर्ने गरेर बस्यौँ। सन्तेको बाउ अगाडीको प्यासेन्जरको पैसा चेक गर्दै गरेको हामीले देखिरहेको थिम्। ठ्याक्क तरहरा आइपुग्यो।

"सुन्! अहिले यहिँ उत्रिम् अनि अर्को गाडीमा जानुपर्छ" भनेर हितेले मलाई तानेर उतार्यो तरहरामा। खलासीलाई त्यहाँ सम्मको कन्सेसन् भाँडा दिएर हामी निस्किम्।

"अब कुन गाडीमा जाने नि?" मलाई कत्तिबेला घर पुगेर आनन्द संग बसुम भा'थियो।

"अब धरान बिराटनगरको गाडीमा नजाने। पुर्वतिरको गाडीमा पनि चिनेको मान्छेहरु हुन सक्छ बुझिस, पश्चिमतिरबाट आ'को गाडीमा जानुपर्छ, सब मधिसेहरु हुन्छ त्यत्ति चिनेको हुदैन।" हितेले आइडिया निकाल्यो।

म नि ढुक्क भएर बसेँ। एक दुइ वटा गाडीहरु गइसकेपछि पश्चिमको गाडी आयो। बल्ल तल्ल गरेर हामी अगाडीको ढोकाबाट छिरिम्। भित्र घुस्दै घुस्दै गाइम्। हितेले मलाई हेर्यो मख्ख पर्दै। मलाई नि मन शान्त भयो। लामो साँस फेरे।

त्यत्तिकै मा हितेले मलाई च्याप्प समातेर, "ओइ पछाडी नहेर!!!" भन्यो।

"किन?" मुटुको रफ्तार बढ्यो मेरो।

"घिमिरे सर!"

"ला--!!"

"हिन हिन अगाडी क्याबिनमा जुम!"

हामी लुसुक्क अगाडी गइम्। कन्डेक्टर आयो, अरु सबैको पैसा माग्यो, हाम्रो मागेन। हितेले मलाई हेर्यो अनि इशाराले पैसा नमागेकोमा खुसि भए जस्तो गर्यो।

बल्ल बल्ल घर पुगियो। घरमा सबै नर्मल देखेर खुसि लाग्यो। "आज चाँहि ज्यान बच्यो!" भनेर दङ परेर सुतियो।

भोलीपल्ट उहि पहिले जस्तै गरेर स्कूल गइयो। १० बजे स्कूलको घन्टी लागेर एसेम्ब्लीमा बसियो अनि क्लास तिर जादैथिम्, ठ्याक्क घिमिरे सरले हामीलाई लाइन बाट बाहिर निकाल्नुभयो।

"तिमीहरु हिजो स्कूल किन नआएका?"

"सर मलाई सन्चो थिएन" दुबैले एकै स्वरमा भन्यौँ।

"ए! त्यो तरहरा देखि धरान सम्मको भाँडा कस्ले तिर्यो जस्तो लाग्छ तिमेरुलाई?" भनेर घिमिरे सरले भन्दा पो हामी ट्वाँ-- पर्यौँ। घिमिरे सर स्कूलको कामले इनरुवा (सदरमुकाम) पुगेर आएका रहेछन्। उनैले हाम्रो भाँडा तिर्देका रहेछन्।

दुइ घन्टा सम्म बाहिर घाममा कान समातेर बसियो अनि १२ बजेतिर घरबाट गार्जेनलाई बोलाको रैछ। बा आमाको दह्रो नि भेटियो। टिफिनपछि डेविड सरले फेरि त्यो पोयम सोधिहाले, भन्न सकिएन क्यारे! हातमा पाँच पाँच स्वाँट पर्दा हिजो गरेको सबै मज्जा एकैचोटी निक्ल्यो!!

बेलुका स्कूलबाट घर जाँदै गर्दा रातो हात सुमसुम्याउदै मैले भने, "ह्या--!! बरु त्यो सन्तेको बाउले मात्र देखेको भए त घरमा मात्र थाहा हुन्थ्यो! बेकारमा घिमिरे सरले देखेर स्कूलमा सबको अगाडी बिल्ला भयो!"

"तर बुझिस् धन्न हाम्रो तरहरा देखिन् धरान सम्मको भाँडा बच्यो नि, त्यो पैसा अर्को पल्टलाई काम लाग्छ!" हितेको दिमाग अन्तै तिर थियो!

**************


 
Posted on 05-05-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ ठुलि फूलि नक्कलिsssssssssssssssss! कता हराएको बा तिमि आजकल????? दाइको माया मारेको?????

 

लोल कुम्ले!

""ह्या! यो सिनेमा त के हेर्नु यार? फाइटै छैन"  त्यहि त फाइट नभा सिनेमा नि कोले हेर्न हौ! उ बेलामा हाम्पनि त्यस्तै भन्थेउँ यार कस्सम! घिमिरे सरले पैसा तिरिदिएछन हाहाहा!


 
Posted on 05-05-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा कुम्लेको अर्को गएछ फेरी ! निक्कै रमाइलो रइछ ! भनेपछी बाल्यकालमा त्यसरी बिच्काउने सबैको हुदो रइछ !
केटाहरु त बबाssssssल हरिssssप ! धरानबाट इटहरी पुग्दिने त्यो पनि स्कुल छोडेर !
अनी त्यो घिमिरे सर त क्या ज्ञानी है पैसा पनि तिर्दिने हा हा

 
Posted on 05-05-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी, सोमबारे जदौ सप्पै गाम्ले हरुलाई।
आमा को मुख त हेर्न पाइएन फुन चै गर्नु पर्ला घर गर।
कुम्ले ले लेख्या अलिबेरां पढौला, लौ आउँदै जांदै गरौ। माया नमारौं।
Last edited: 05-May-08 09:28 AM

 
Posted on 05-05-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>यसो बाहिर राखेको पोस्टर हेरेको त पुरानो राज बब्बरको फिलिम लागेको रहेछ।

"ह्या! यो सिनेमा त के हेर्नु यार? फाइटै छैन" हितेले नराम्रो संग मुख बिगार्यो।<<<

 

तर त्यो 'मैने प्यार किया' मा पनि फाइट त छैन त कुम्स पाट



 
Posted on 05-05-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो बोर्डीङ्ग सेकेण्डरी इस्कुलाँ हाजिरी दिने गर्या थ्यो कि क्या हो? दामी छ लेखाई। त्याँ धरान-४ हो क्यारे --त्यता तिर एउटी सुश्री अचार्जको फन्दामा परेर फेरी -- के भन्नु र?

अन्त चारकोसे झाडीमा त्यो एउटा मात्रै गाडी छिर्ने पुल छेउछाउ पनि देख्या हो कि जस्तो लाग्न थाल्यो अब मलाई कुम्ले ब्रो लाई।

गणेश अनि शिबमा मैले पनि हेर्या छ सिनेमा। भेडेटाराँ नी गरीया छ बिश्राम -- अरु चाही के के गरियो त्या नसोधम त्यो चाईँ। तल तमोरको त्यो घच्चीको पुल हुँदी नी बरालिया छु। धरान या त्यता तिरको त्यस्तो धेरै अनुभव त छैन मेरो--तर पुग्या छु यसो एक दुई चोटी-- कारण? त्यै सुश्री अचार्ज नी -- मेरी बास्सै।

शनिबार बिहानै दन्तकालीमा देखादेख भा थ्यो --फेरी धरान जुम जुम लागो हउ --

 

 

सबै चौतारीका साथिहरुलाई स्वस्ती।

 


 
Posted on 05-05-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान दामी कथा सुन्न पाइयो!! धराने भाषा पढ्दा नि मलाई त धरानै पुगे जस्तो लाग्यो!!
साझाका कथाकारहरु किन आफू चाहिं सोझो भाको अनि साथीले उकासेको, बदमासी गराको, कथा लेख्छन ?? कुरो को चुरो बुझ्न अनि गाह्रो पो भो !!

कथा पढ्ने ध्याउन्नमा नमस्कार गर्न नि बिर्सेंछु!! नमस्कार है सबैलाई !!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters