[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 316736 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-04-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मन्तयक ला । चतुरे को चतुर कथा ब्यग्रका साथ प्रतिक्षामा ।

हेत्तेरिका, क्रीक्रेट् हेर्ने भर्‍याङ् एक्लै चढ्ने होइन नि फेरि, साथ् मा म छु।
 
Posted on 04-04-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ग्वाँचे, ठुल्दाइ -- ऐलेलाई यल्ले काम गरिरा छ। राम्रै देखिन्छ यसमा

http://2007cricketworldcupinfo.com/LiveStreaming3.aspx

((((GO Lanke GO))))
(((((((GO Lanke GO)))))))
(((((((((GO Lanke GO)))))))))
(((((((((((GO Lanke GO)))))))))))
 
Posted on 04-04-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चढेको भर्‍याङ नि राम्रो छ । धन्यवाद है । http://www.laibari.com/cricket_tvo.cfm
 
Posted on 04-04-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल गाम्लेहरु, मलाइ थोडै हौसाला बडाइलिएकोमा धन्यबात । अब म यो टुकडा टाँसेको छ ।

भाग - ३
----------------

स्कुल भर्ना गर्न आमालाइ निकै मेहनत गर्नु परेको थियो । चिनेजति सपैसित अनुनय गर्ने मात्रै हैन हेडसरको घरसम्मै पुगेर बिन्ति गरेपछि बल्लतल्ल लायकु स्कुलले भर्ना लिइदियो शुरु देखिको सबै फी तिराएर । स्कुल जाने दिनसम्ममा झण्डै चैतको तेस्रो हप्ता लागिसकेथ्यो । भक्तपुरमा दशैतिहार भन्दा धुमधामले मनाइने बिस्केत जात्राको चहलपहल शुरु भइसकेकोले थियो । चना उसको कक्षामा लास्ट रोल नम्बर, सेक्सन बि । पहिलो दिन अन्तिम बेन्चमा बसेर "हाजिर सर" भन्दा खेरि सबैले पछाडि फर्केर हेरे, मानौ चिडियाखानाको नयाँ जन्तु हो चना ।

काठमाण्डु उपत्यकाको स्कुल भन्नु मात्रै । झोला बोकेर स्कुल आउने कोहि पनि देखेन चनाले, सबैजना हातहातमा किताबकापि च्यापेर आउने रहेछ । त्यहाँको पढाइ तराइमा जस्तो गतिलो लागेन चनालाइ । स्कुल त सरकारी नै हो तराइमा पनि काठमाण्डुमा पनि । बोर्डिङ स्कुल पढ्ने कुरा चनाको बशबाहिरै थियो । तर काठमाण्डु खाल्डोको त्यो स्कुलमा पढाइ अनौठो नै लाग्यो । पढाउने नेपालीमा बुझाउने नेवारीमा । शिक्षकले बोल्ने भाषा त गोलमटोल थियो नै लेखाइ पनि के हो के हो । तराइको स्कुलमा सेक्सन छुट्याउदा अल्फाबेटको आधारमा छुट्याउने तर त्यो नयाँ स्कुलमा जाँचमा पाएको नम्बरअनुसार छुट्याउने हुँदाखेरि पढाइमा तेज बिद्यार्थि जति ए-सेक्सनमा अनि पढाइमा झूर र नयाँ भर्ना हुने जति बि-सेक्सनमा हुने थिएछ । बि-सेक्सनलाइ त्यसैले जल्ले नि हेप्ने गर्थ्यो । रिजल्ट पछि बि-सेक्सनबाट ए-सेक्सनमा उक्लिन सक्ने बिद्यार्थिको फुर्ति नै बेग्लै ।

स्कुलमा पहिलो दिन नेपाली पढाउने सरले भन्नुभयो - "बिमल, ल यो कविटा टिम्ले थुलो आवाज निकालेर पधेर ल्याउ ट ।" बिमलले कनिकुथि पढ्न खोज्यो तर सकेको थिएन । "बस, मुलाको अचार, ट्यटि पध्न पनि जानेर ल्याएन । टिमि जाँचमा फेल हुन्छ । हेर मेहनट गरेर पध्नु पर्छ । घरमा गएर राम्ररी पधेर ल्याउने । टिम्लाइ भोलि फेरि म पध्न लाउछु ।" त्यसपछि सँगै बसेको चनालाइ घुरेर हेर्यो ।
"टिम्लाइ मैले हिजो डेखेन नि । आज माट्र आएको? "
"हो सर ।"
"रोल नम्बर कटि? नाउँ के टिम्रो?"
"१२९, चना तरकारी"
हाजिरकापि हेरिसकेपछि
"ल जम्मै गयल रयछ मुलाको अचार । किन इस्कुल नआएको? बिरामि पर्यो?"
"होइन सर, म भरखर भर्ना भएर आएको"
"ए!!! थिक छ थिक छ । टिमले किटाब ल्याएको छ?"
"छैन सर । कुन कुन किताब चाहिन्छ थाहा थिएन । "
"ए!! ल, टिमि अइले तिपिनब्रेकमा अफिस आउ, के के किताब चाइन्छ तिपेर लग, भोलिडेखि किटाब बोकेर आउ । टिमिलाइ नेपाली किताप पध्न आउँछ? "
"आउँछ सर ।"
अनि बिमलको किताब दिएर
"ल यो पडेर ल्याउ"
चनाले फटाफट पढ्यो । यो देखेर सरले तारीफ गर्दै बिमललगायत अरु सपैलाइ "उ सिट सिक्नु" भनेर गए । बिमल - चनाको पहिलो नयाँ साथि, ऊ पनि नयाँ भर्ना भएको, अर्को स्कुलमा बदमासि धेरै गरेकोले रेस्टिकेट भएर यो स्कुलमा आएको रे । तर उ साह्रै रमाइलो र गफाडि टायपको थियो, चनालाइ ऊ त्यस्तो रेस्टिकेट नै हुने खालको बदमास लागेन । र थप थुप्रै साथिहरु पुर्ण, रत्न, रामकिस्न आदि । स्कुलका साथिहरु भने टोलका साथिहरुजस्ता छाडामुखा रहेनछन, मिलनसार ब्यवहार, त्यसैले घुलमिल हुन गाहारो परेन ।

"चना, तिमिले नेपालि पढ्न कसरी जानेको?" अर्को साइडबाट लक्ष्मीले यसरी सोध्दा चनालाइ अनौठो लाग्यो । उनी पनि नयाँ भर्नावाला तर कुनै बोर्डिङस्कुलको ड्रपआउट धनिबाउकि छोरी रहिछिन । केटा र केटीहरुबीच बोलचाल पनि राम्ररी नहुने त्यो वातावरणमा पनि लक्ष्मीले अन्य केटिहरुसित त्यति घुलमिल गरिनन् बरु चनाको ग्याङसितै नजिकिइन केहि दिनभित्रै । अर्को एउटा सरकारी स्कुलको थर्डगर्ल प्रतिमा (नयाँभर्नावाला) पनि चनासित मित्रता गाँस्न आइन । पढाइको कुरो गर्दा बि-सेक्सनमा यी दुइको मात्रै कुरा मिल्थ्यो, अरु सबै वास्तबमै कमजोर थिए ।

"हेर न, कस्तो मात्तेको केटाहरु । उनिहरले मलाइ त तिम्रो लबर भनेर पो जिस्काउँछ ।" प्रतिमाले चनासित सबैको सामु यस्तो भन्दा चनालाइ "लबर" भनेको के हो थाहा नै थिएन । "लबर भनेर जिस्काउने?" तराइमा चनाले यसरी जिस्काएको पनि सुनेको थिएन । बिमल भने मुर्च्छा पर्ने गरी हाँस्यो । लक्ष्मीले अनुहार अलिकति कुच्याइन । तर चनाले केहि भनेन, वास्तवमा केहि भन्नै जानेन । पुर्णले थप्यो - "हाय् अर्काले के के भन्छ भन्छ नि , अर्काको कुरा सुनेर हुन्छ ? मलाइ पनि कतिजनाले लक्ष्मीको लबर भनेर जिस्काउँछ ।" बिमल, रत्न, रामकिस्न सबै झन हाँस्न थाले । चना र लक्ष्मी वाल्ल । प्रतिमा भने अलिकति मुस्काइन, शायद सबैलाइ जिस्काउने रहेछ भन्ठानेर पो हो कि ।

पुर्ण भने लक्ष्मीलाइ भित्र भित्र खूब मन पराउने रहेछ, तर लक्ष्मीलाइ भन्ने आँट चै थिएन रहेनछ । त्यहिबेला मौका छोपेर "अरुले मलाइ लक्ष्मिको लबर भनेर जिस्काउँछ ।" भनेर आफैले भनेको रहेछ । यो कुरो बिमल, रत्नहरुलाइ थाहा रहेछ । बिमल, रत्न, पुर्णहरुले चनालाइ अब उस्काउन थाल्यो, "हेर प्रतिमाले तँलाइ मन पराउँछ । ल ।" भन्दै । पुर्णले जस्तै प्रतिमाले पनि आफै कुरा बनाएर भनेको हो भन्ने उनिहरुको ठहर थियो ।
 
Posted on 04-04-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम!राम!राम! कतिदिनपछि चौतारी मा सुस्ताउन आएको त के सुन्न पर्यो चनाको गफ।
टुबि कन्टिन्यु..... होइन र चना?
 
Posted on 04-04-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो त्यो बेला बच्चामा पनि लभर भन्ने थाहा थियो उनिहरुलाइ । म लाइत केही नि थाहा थिएन । अनि हाम्रो स्कुल को केटा हुरु सँग बोल्दानी बोल्दैन थियो । १० कचा पास भैसकेचि मात्रै उनीहरु सँग बातोमा भेदा बोल्न थालेको हो । तेस्को ४,५ महिना पचि म America जान लाग्यो भन्ने थाहा पाइर मलाइ बिदाइ गर्न मेरो घरमा आको थियो।

chanaa ani tespachi ke bho ta?
 
Posted on 04-04-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुली, मानवी, चने, राहुलदाइ, ह्यारी, ग्वाँचे, जग्गे, ज्वाइँसाब, ज्योत्स्ना, आएर हिँडिसकेका सपै र आउन बाँकी सपैलाई । धेरैदिनआँ बल्ल फुर्सद पाइयो । अब कुन्निके इस्टमको छुट्टी रे अब, आज नि हाफ छुट्टी अब मज्जाले बसेर किरिकेट हेर्नुपर्छ । छाता ओडेदेखि २टा ग्याम हेरेकोभए मार्दिनु ।

आज बेलायतीहरुले कुछ गर्छन कि । सूर्ये, शंखरे उढिसकेर माहिला आएसकेका हैछन, क्या अरेका हुन् लंकेहरुले आज यस्तो ।
 
Posted on 04-04-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम चन्द्रे, तारेमाम ।
छाता भाकोले हेर्न नपाउनु, न भएकाले हेर्ने, कस्तो बेमेल जिन्दगी यो ।
क्रीक्रेट मै जिन्दगीलाई घिसार्दै छु । सबै जना लंका को पंखा, आफु मात्र , अंग्रेज को पंखा । लौ, राम चन्द्रे एक जना को साथ भए नि बेशै भो ।
आज्, त कुछ गर्छ जस्तो छ । एशियाली भए नि लंका को पंखा न भएको कारण छ, क्रीक्रेट को कलात्मकता लाई बिगारेका हुन तीन ले । राम्रो स्ट्रोक भन्नु जय सुर्जे को खुकुरी कट होइन नि ।
 
Posted on 04-04-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु !
चना-जीको कहानी सारै राम्रो लागि रा'छ। निरन्तरता दिदैजानुहोला।

((((GO Lanke GO))))
(((((((GO Lanke GO)))))))
(((((((((GO Lanke GO)))))))))
(((((((((((GO Lanke GO))))))))))) .....................

ठुल्दाइ के छ खबर ? आज हार्नेलाई सपोर्ट हो कि जित्नेलाई ? :-)
 
Posted on 04-04-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को सुबर्ण जयन्ती को उपलक्छ्यमा सबै गाम्लेहरु लाई मेरो शुभकामना
 
Posted on 04-04-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या क्या बोर भो, भोलि र पर्सि त जात्रा भनेर किरिकेट नै नखेल्ने भएछन् है ।

राहुलदाइ, मलाई त लंकेले जितोस् हारोस् केहि मतलब लाग्दैन । एकदमै अण्डररेटेड टीम हुन इन्डियन मिडियाले गर्दा, त्यहि भएर कहिलेकाँही सहानभुतिचाँहि पलाउँछ तर खोइ के भन्ने के । ९६ मा रनतुङ्गा र डिसिल्भाहरुले भुँडी झल्काउँदै पिचमा हिँडेर लिएका रनहरु देख्दा उदेक लाग्थो, तर के गर्नु जितेरै छोडे बजियाहरुले । अहिले जयसुरजेले आँखा चिम्लेर नै डण्डा घुमाउँदापनि उसकै कारणले जितेकैछन् । अहिले टिफिन ट्याम पछि हेर्नु न, मुखमा खरानी धसेर लंकेहरुले घुँघेत्रो फाल्दा खैरेहरुको सातोपुत्लो उड्छ । तर जेसुकै होस्, बेलायति च्यानेलहरु हेर्न छोडेको धेरै भएर होला, आज त बरु बेलायतीहरुले नै जितुन् ।
 
Posted on 04-04-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चमारा सिल्भा नि गो, व्यासलाई नि डाँडा कटाए भने त गोइहालो नि
 
Posted on 04-04-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽछिऊँ! ऐया बाबा!!!!

रामे, तिमी त गीतहरु खोज्न खूब सिपालु मानिचु। "यो हो मेरो प्राण भन्दा प्यारो...माईती घर, माईती घर, माईती घर" भन्ने गीत भेट्टाईदियौ भुने आभारी हुने थिएं के रे।
 
Posted on 04-04-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गम्ले को सबैलाई नमस्कार । चौतारीमा भर्ना हुने फारम कता पाईन्छ ? सार्है रमाइलो ठाम जस्तो लाग्यो
 
Posted on 04-04-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dai,
here
http://www.fileden.com/files/2007/2/28/833682/maitighar.mp3

कल्ले पोस्ट गर्या चै था पाउन सकिन, तर सझामै पोस्ट भा थ्यो!! everyone lookin' for this song, ke ho yesto? :D
 
Posted on 04-04-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




पुन्टेदाजु, कम्पूटरमा तान्ने हो भने चैं याँटीतान्नु है । आवाज अलि तीखो छ, क्या अर्ने हो, पछि कुनै दिन फुर्सदमा मर्मत गरम्ला ।
 
Posted on 04-04-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शम्भु, पख एकछिन, अहिले मिस् आउनुहुन्छ अनि तिमीलाई भर्ना गरेर कुन सेकस्नमा पर्‍यौ भनेर रोल नम्बरनि दिनुहुन्छ । आइपुग्नुपर्ने हो अहिले सम्म त, खोइ आज बाटोतिर नै सागसब्जी किन्नमा अल्मलिनु भाको जस्तो मैले मानेको छु है ।
 
Posted on 04-04-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिखरि चौतारीको स्कुल को फारम मिस् सँग माग्नुस् । अनि तिम्र चौतारीको नामाकारण चै वीरखे दाइ र पून्ते दाइ ले गर्दिनु हुन्ह्छ । हाम्रो चौतारीको ठुला वडा भनेको नै उहाहारुनै हो ।
पून्ते दाइ लाइ आज कता भात यो गीत सुन्ने रहर लगेको ह कुन्नी । दर्शन गरेहै पून्ते दाई
रामे के छ तिम्रो हाल चाल?
 
Posted on 04-04-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, पुन्टे दा ।
शिकारी शम्भू, जय शम्भू, चिलिम तान्ने बानी छ कि छैन ?
कलंकी मित्र को घरै त्यता तिर हो कि ?

रामचन्द्रे जे होस् क्रीक्रेट को मज्जा बराबरी टीम सँग पो हो । जस्ले जिते नि क्रीक्रेट जित्नु पर्छ । यो खेल को कला, मर्यादा र राम्रो खेल्ने ले जित्नु पर्दछ ।
स्कोर् चहि अजम्बरि छैन, २३५, हेरम् हलुका ढंगले लिन् सकिन्न।
 
Posted on 04-04-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुली, छु ख ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters