[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 196070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-25-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo khursani ra sarsyu ko bichko ke ta? marich ki timmur?
 
Posted on 08-25-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घेरामा : लसुन, पोलेको खुर्सानी, टिमुर, भाङ, कालो तिल,
भित्र: सेतो-जिराको धुलो, कालो- तिलको धुलो, अनि त्यो पित्को चैँ खोइ के हो के, पुन्टेदाइले त्यैँ चुहाको हो कि कुन्नि। त्यस्तै देखिन्छ।
 
Posted on 08-25-06 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hare haha
bhitrako : hing, सेतो-जिराको धुलो, कालो- तिलको धुलो
 
Posted on 08-25-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh teel pani huna sakchh euta la
 
Posted on 08-25-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ काम गरेको छु भनेर गफ दिनी साझामा।
बिचरा भाउजुले सबै काम गर्दै हुनहुन्छ जस्तो छ। यो पुन्टेदाइ चैँ बीच बीचमा किचेनमा गएर, भाउजुको आँखा छल्दै, मसला चोरेर, प्लेटमा राखेर, फोटो खिचेर, साझामा टाँसेर, दाँत देखाएर, हिस्स हाँस्दै, रुघालागेको नाक स्याँस्याँ गर्दै, घ्याम्पे भुँडी मुसार्दै, पाक्ला र खाम्ला भन्दै, थुक निल्दै बसेको जस्तो छ। मसला मोलेका हातले कसरी फोटो खिच्दै साझामा टाँस्न अनि कुरा काट्दै बस्न मिल्छ हँ ?
 
Posted on 08-25-06 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL भउते!

पिरती बुईनिळे वरीपरीको एउटा बाहेक सबे मिला’किले म भन्दिन्छु:

लसुन, पोलेको खुर्सानी, टिम्मुर, सर्स्यों, रायो, तोरी।

अब माझको तीन्टाको हिन्ट दिम्: तीनैवाटा चईनी अमिलोको भराईटी हो। दुईटासम्म अन्दाज लाउन सक्ला कोई कोईले, तेस्रो नि मिलायो भुने त उसैको घराँ माछा पाकाउने अर्को पालि!

लौ, मसला मोली पनि सकें, अब यसलाई थन्काउनि हो २-३ धण्टा, अनि करईमा तार्नी। मसला बाँकी राख्या’छु, तेल्लाई चईं पछि भुटेर लेदो बनाम्नी!

माछा रस्सिउन्जेल मुला कोर्न गएं, है! मुलाको अचार नि बन्दै छ!

 
Posted on 08-25-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजी! मुलाई पो रुवा ला’र घर बसेको! तिम्री भाउजु त काम मै छे! भरै ७ बजे आउँछे, अनि “सरप्राईज” दिनि हो! ;)
 
Posted on 08-25-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

um amilo re, teso bhae ... imli, amchur, ani ani ... la aru hint dinu ta.
 
Posted on 08-25-06 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु पनि एउ जर्कीन रउसी बोकेर त्यतै आम जस्तो लायो पुन्टेदाई। मुखै रसायो गाँठे माछा देखेर। भाउजु आम्दा सम्म ती माछा र एउ जर्कीन रउसी खाएर त्यै मझेरीमा लम्पसार परेर लड्नु पर्ला जस्तो छ।

मलाई रउसी लागेसी हात खुट्टा बाँधेर बोरामा हालेर धोबिनीका मलखातामा लगेर नपुर्ने भा' आम्छु के रे।
 
Posted on 08-25-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै! यि पिरती बुईनी त छुर्रा रैछे! तो ढुंगा जस्तो देखिएको चईनी ईम्लीको धुलो, जमेछ। अर्को खैरो खैरो चईनी अमचुर। मेरी बुईनी भ’र हो कि भउतेकी भान्जी भ’र हो तेस्तो छुर्रा?

तो तेस्रो कालो धुलो चईनी तिम्लाई था’नि छैन होला। भउतेलाई था’ हुन पर्नि हो के रे, नेपालाँ नि गाम तिर मत्र पाईन्च! लौ, लौ, अन्दाज लाम्!

भउते काजीलाई निम्तो देको मुईले अईले देखि हो? आजको कुरो त मजाकै भो के रे, अर्को पालि मेसो मिला’र आम न हो यता तिर! सालीको फोटु नि देखाम्ला!

ल, मुला नि कोरेर, बेसार र नुनसंग मोलेर राखें। अब तिल भुट्न र पिस्न गएं!
 
Posted on 08-25-06 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, हुन्छ बिहेको भोजमा तिम्लाई बोलाउँछु, अझ पूरै गामलाई नै बोलाम्ला नि! :) तर पहिले त तिम्रै बिहेको खान पाइएला जस्तो छ, मेरो त केही वर्ष पछि मात्र होला। ;)

पून्टे दाइ त बाफ्रे, गजबको शेफ हुनहुँदोरैछ। चौतारीमै खाना पकाम्दै, प्रश्न सोध्दै गर्न भ्याउने। माछा त साह्रै मीठो होला जस्तो छ, म नि खान आउँ कि कसो? त्यो आन्ध्रे खोला पौडेर भएनि आउँछु है त, तपाईको घर आन्ध्रे खोलाको किनारमै हैन र? :)
 
Posted on 08-25-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो के जाति भकिम्लो ( ठाँउ अनुसार नाम फरक हुन्छ- हुनत)भन्ने त हैन पुन्टेदा ?नभए लप्सिको पाउडर हो कि ??
 
Posted on 08-25-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँट य्हाँ सम्म पौडेर आउन्जेल त फेरि तिम्लाई नै माछा बना’र पाकाम्न पर्नि होला! :p

तर, यस्सो उडेरै आउनि भए हर्दम् स्वागत छ यार चित्रेलाई! मेरो यो चौतारीको सबभन्दा पुरानो चिनजानै तिमी, चौतारी शुरु हुनु भन्दा नि बर्षौं अघि देखिको!

बरु, जो जो आम्नि हो, चाँडै आम् है! अर्को सालपछि त आफ्नै देश/गाम तिर हुन्छु जस्तो छ! :)

अईले चईं माछा मसलाले रस्साउनलाई कुरि रा’छु, अनि तार्नि तेस्लाई!
 
Posted on 08-25-06 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै! आखिर ग’र मैले शुरुमै उनैले मत्र मिलाउलिन् भुनेर अन्दाज ला’को, मिसले नै ट्याक्र्याक्कै मिलाईन!

भकिम्लो शहरकाहुरलाई था’ नि हुन्न। अचेल गामतिर नि पाम्न गाह्रो भईसको। उई गामबाट कोई आए, या आफैं गाम गए मत्र २-४ माना मिल्थ्यो। म कहाँ चईनि य्हाँ सम्म क्यारी आईपुगो, तो कुरोको त कथै छ।

नपत्याम्नि ठाम्, लेबाननमा पाईनि रैच। अरबिहुरले नि खाँदा हुन्। मेरी बईनी लेबानन पुग्दा भेट्टाईछे, अनि मुलाई नि पठाईदेकी! तेस्को प्याकेट जोगा’र राखेछु के रे, एउ दिन अरबिहुरको पसालाँ ग’र सोध्न पर्च, यता नि पाईन्छ कि?

लौ, एउ दिन मिसाँ नि ग’र माछा पकाम्नि नै भएं! कि मिसै यतै आउनुस के रे, अरु गामलेहुरसंग नि कुरो मिला’र। हाँरो न्यू योर्क सहर घुम्न नि हुन्च!

साँची नै मुलाई एउ दिन चौतारी जमघट गर्न मन छ, म काँ, नेपाल फर्कनु अघि।
 
Posted on 08-25-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D पून्टेदाई, उडेर आउनको लागि कागजपत्र नि मिलाम्नु परो। तपाई नेपाल गाम फर्कनु भन्दा पहिले त्यता उडियो भने भेटम्ला, नत्र नेपाल आउँदा नै भटौंला नि!

मेरो नि साझाको सबभन्दा पुरानो चिनजान चैं तपाई नै हुनुहुन्छ। फस ट्याम तपाईलाई च्याटमा भेट्दा कति हसाउनुभा'थ्यो, '०३ सालतिर होला। :D
 
Posted on 08-25-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बरु, जो जो आम्नि हो, चाँडै आम् है! अर्को सालपछि त आफ्नै देश/गाम तिर हुन्छु जस्तो छ! :) "

पुन्टेदाई तो भन्दा पइला चइनि भेटघाठ अर्नु पर्छ, म मेसो मिलाउँदै छु तपाईँको भेगतिर एउबाजि आम्ने। तर माथि भन्नुभो नि आफ्नै गाम तिर हुन्छु भनेर, म नि गोडा एक दुएक बर्ख पछि त आफ्नै गाममा हुन्छु भन्ने योजना छ। बरु आफ्नै गाममा चाइन्जो चौतारिको हामि गाम्लेहरु मिलेर यसो तरकारि सरकारि उमारेर भरण पोषण, बेच बिखन चाइन्जो अर्ने कि? कोइ गाम्ले बारि खन्न सिपालु होलान, चाइन्जो कोइ गाम्ले पानि लगाम्न, अनि कोइ गाम्ले मुठा पार्न अनि कोइ बजाराँ बेच्न।
 
Posted on 08-25-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahaa ! punte daa le kasto mitho maachha pakamna laagnu bhaechha , ma pakka khana aaune bhae bhare :D
 
Posted on 08-25-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'चौतारी भेटघाट' मेरो दिमागमा नि केही महिना अघिदेखि नै आइरा'को आइडिया हो, तर सबै गाम्लेहरू संसारका विभिन्न भागमा छरिएर रहेका हुनाले गाह्रो हुने देख्दै थिएँ। एकै ठाममा अलि बढी गाम्ले छन् भने त भेटघाट गर्दा रमाइलो हुन्छ।

केही वर्ष पहिले साझाको भेटघाट अम्रिका र नेपालाँ गरेर दुइ पल्ट भा'थ्यो, फोटा नि टाँस्याथे क्यारे। अहिले त चौतारीमा मात्र त्यतिबेलाको साझामा जति मान्छे भैसके। त्यसैले अम्रिका या जापुनतिरका गाम्लेले 'चौतारी भेटघाट' कार्यक्रम गरेर फोटो टाँसे रमाइलो हुन्थ्यो।

आफू बस्या गामतिर त अहिले आफू बाहेक कोही गाम्ले छैनन्। निरे थ्यो, घर फर्क्यो। मिस्टे पोहोर सम्म फुरान्स थियो क्यारे, अहिले चैं झिंगापुर (सरी, सिंगापुर) रैछ। तर मलाइ विश्वास छ, कुनै दिन म तपाईहरू सबैसँग भेट्नेछु। :)
 
Posted on 08-25-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, केटकेटी हो! अलि पर पर सरुम्! तेलको छिट्टाले पोल्ला!

हुन त, सकेसम्म एउदिन पुरै, नभए ३-४ घण्टा, मोलेर राख्ने गर्छु के रे। तर आज हत्तार भो। करिब १ घण्टा मै तार्दिएँ!

लु त, मिन पचासको बिदा तिर मिलाम, मेरो मा चौतारी जमघट! तिमेरु धेरै जसो बिध्यार्थी नै हौला के रे, बिदामा परे सजिलो हुन्च। कुरा अर्दै अरम, माछा डड्यो कि हेर्न जाम् अईलेलाई…

 
Posted on 08-25-06 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाँजा र माछा त निकै मिठो पो हुन्थे गाँठे खान पा भे! मुखै रसायो शेरखाँ!
आज धेरै दिन पछि चौतारी मा आम्दा कस्तो कस्तो लागिरेछ शेरखाँ ।


ल जदौ! यो बबेको सप्पैलाई ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters