[Show all top banners]

दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 182853 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-15-10 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
सोमबारे शिबमय जदौ ।


तारेमाम पुरे, कुखुरे ।



झम्झम पानी पर्‍यो असारको रात
बारीबाट बज्न थाल्यो मकैको पात ।


 
Posted on 03-15-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, कुखुरे प्रणाम। कस्तो अल्छि लाग्दो दिन भन्देखुन्। वाक्कइ लाग्दो, झन्नै कुर्सीमा बस्दा बस्दै सुस्ताको। अझै ७ घण्टा कसरी काट्नी होला। खै त्यो लहरे बैरे रामेचा काँ छ हँ? कसैले देख्या छ? तिनीहरु सँगै भे पनि बाज्दै दिन काट्न पर्ला
Last edited: 15-Mar-10 08:53 AM

 
Posted on 03-15-10 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !


पुरे, कुखुरे र ठुल्दाइमा न्यानो अभिवादन !


पुरानो ईन्जिनियर ले नयाँ चौतारी बनाएछन ! तेती मात्र कहाँ हो र? त्यो माथिको भाखा पनि फेर बदल गरेर अझ राम्रो बनाएछन ! ल धन्यवाद नमे लाई !


हामी सबैको वीकेन्ड कस्तो भयो त?


आफ्नो त "मियाका दौड मस्जिद तक" भन्या जस्तै


 
Posted on 03-15-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ कुखुरे पुरे रिट्ठे

आज त चिसो छ है गाँठे - के साह्रो हो - फेरी जाडो बढ्यो


हैन यो पुरे के भन्छ - बाझ्दै गर्ने रे हामी सँग

हे हे हे पुरे अहिले फेरी हामी सँग बाझेर नभा काम नि आउछ तिम्रो पुरे

अलिकती केही भन्यो कि बज्जे को कता बाट के के हाम आइहाल्ने क्या

अनी त दिनभरी चुप -


पुरे लाई चुप चाप राख्ने ओषोधी को भन्डार नै छ है म र बैरे सँग - अरु धेरै के खोकाइ गराइ भो र
 
Posted on 03-15-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे ( आउँदै गरेको देखे थें एउटी केटी देखेर उतै अल्झे होलान)


मिलेन रिट्ठे , मिलेन , " मिया कि दौड, बिवी तक" हुनु पर्ने । मखुला ??


 
Posted on 03-15-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर औतारिहरु त आएर हल्ला पो गर्न थालिसकेछन त ।
पुरे, कुखुरे, ठुल्दाइ, रिथ्थे , लहरे .......... सबैलाई झ्याम्मै लाएर प्रणाम गरे है ।


 
Posted on 03-15-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई ब्रो ले झरीको कुरा गरेर सम्झें--


झरीको रात
सुन्दरीको साथ
छेवैमा मद
मेटीदो हद
उर्लिदो रहर
चुलिंदो असर
स्पर्शको ताप
समर्पणको राप
झरीको त्यो रात
सुन्दरीको न्यानो साथ


---
स्वस्ती गरें है --


 
Posted on 03-15-10 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी ,


सब औतारी लाई बैरे को लाल सलाम , बाबु राम ले खै कति हो भत्ता फिर्ता गरिदिया मैले नी नाटक नै भए नी ठोकिदिए सलाम , कसको बाउ को के जान्छ ,


अस्ति सम्म बास्ने भाले नी चोर ले चोरी हाल्यो कसरी समय मा उठ्ने , फेरी केही नभा जात्रा हाडि गाउँ ( ओहो हाडि गाउँ त पुरे को ससुराली नजिक हो नी , मखुला लहरे ) भन्या झै काम बेकाम घडी घुमाइयो !


लु अरु कुरा त्येस्तै हो , पुरे डाको त्यहा बसेर ट्याउ ट्याउ धेरै गर्ने होईन , फेरी Dear Pure Darling वाला चिट्ठी टासि दिउला


 
Posted on 03-15-10 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीप ब्रो, बैरे ।
बाबुराम के कुरा गराइ भो र, आफु बिदेश गाको भात्ता समेत फिर्ता गर्ने, उता एकाघरकी श्रीमती करोडौं घुस खाने ।


 नौटंकी त तिनबाट सिकोस । भए भर्को ससुराली खलक खानेपानी मा हुल्ने। इलेक्ट्रिकल इन्जिनियरलाई काठमाडौ खानेपानी को अध्यक्ष बनाइ दिने, उता गयल भात्ता वापस ?? वाह् रे वाह् डाक्टर साहेब, नाट्य शास्त्रमा पीएचडी ??


 
Posted on 03-15-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello guyssssssssssss
 
Posted on 03-15-10 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को एक्कासी काम आइपरेको हो - लौ बर्बाद


ठुलि के छ - सञ्चै

 
Posted on 03-15-10 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर


सोमबारे जदौ सबै गाम्लेहरुलाई।


भनेपछि दौंतरी भनेको नमे रहेछ। लौ धेरै पछि झुल्किएछ, चौतारी खनी गएछ।
ठुल्दाइ र रिट्ठे, फोन ट्याग त बाक्लै पर्‍यो नि। एक धार्नीको सानो पोका पठाउन पर्ने (यसो कुनामा जता पनि अट्छ), दुबै जनाको ठेगाना पाए हुन्थ्यो।
ठूली, धेरै पछि आएछौ। पास्नीको निम्तो दिन होला कि भनेको देखिएन त्यो त।
रामे, कुखुरे, बैरे, पूरे, दीप्ज्यो, बाउचा र नाम छुटेका बाँकीलाई बाबुराम डाँकाले भत्ता फिर्ता गरेको उपलक्ष्यमा क्रान्तिकारी लालसलाम।       


 
Posted on 03-15-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, ठुलि ।



हस्तिनापुरबासी ले फोन न उठाउने वा हस्तिनापुर बासिको फोन नउठ्ने के भाको हो बुझ्न सकिएन। त्यो एक धार्निको पोको पठाइ दिए हुन्छ। ठेगाना पठाउदै गरौला।


पहिला जाने रिट्ठे हो, रिट्ठे ले नाइ नास्ती गर्ने ठुलदाई जिन्दाबाद , मखुला ??


 
Posted on 03-15-10 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, हिंजो फोन नउठाउने प्रथम औतारी त तपाईं नै हुनुहुन्छ। रिट्ठेले पनि दुई चोटि उठाएन। बयोब्रिद्ध बिर्खेसँग चाँही सम्पर्क भयो त? पोको त ठुल्दाइ, एक औतारी एक पोकाको नीति छ क्यारे, बाबुरामले भत्ता फर्काओस् नफर्काओस्, समयमा संबिधान बनोस् नबनोस्, त्यसले नीतिमा कुनै फरक पार्दैन।


कता मरे त अरु औतारी?    


 
Posted on 03-15-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप स्वस्ति गरे है . ...........
झरिको रात र सुन्दरी को साथ मात्र त हो नि चाहिने ........
यति भये पछी मलाई त केही चाहिँदैन है ........
तर के गर्नु सबै सपना मात्र बने .........

अनी पिउँदै गाउन मन लाग्छ .....

"हजार सपना हरुको माया लागेर आउन्छ" ...
मिस्सिङ यू भक्त ब्रो ........


बैरे पनि यता आउन भ्याउँदो रहेछ त ..... बल्छी मा पर्न कोइ नआएपछी फुर्सद भएको होला ...

पुरे कता हरायो ....... बैरे र लहरे ले घेरे पछी त ताप ठोग्छ .....


चिप्लेज्युलाई पनि धेरै पछी चौतारीमा देख्न पाइयो ..... खुशी लाग्यो ......... हस्तिनापुर तिर हराएको हो कि जस्तो लागेको थियो ..... अनी त्यो एक धार्नी को रे अनी सानो पोका रे ..... के हो के हो ....... हेटौंडा तिर त होला नि पठाउन लागेको ......

ठुल्दाइ त्यो हस्तिनापुरबासी हरुको चलन नै हो ..... फुन नउठाउने .....


हिजो बिर्खे सँग कुरा भएको थियो ........
साथी हरु भेट्न जान लगेको, ड्राइव गर्दै छु भन्दै थिए क्यारे .....
चौतारीका औतारिहरुलाई पनि सम्झेका थिए ..... सबैलाई सम्झेको छु भन्दिनु है भन्दै थिए ........
अनी चिडियाखाना अइपुग्यो, पछी गफ गरौला भनेर फोन राखे ..........


Last edited: 15-Mar-10 12:28 PM

 
Posted on 03-15-10 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पैलाई प्रणाम, चिप्ले दाई नि धेरै दिन पछी झुल्केछन। गा था मा आरामै होला केरे। धेरै दिन बिराएर आउनु भो।

ओ लहरे मुर्दार, के भो, किन हल्ला गरिरा, यसै चम्किन्दो रेछन एह, ऐले त्यो घुच्चुकाँ हानेर सेन्ती-फ्ल्यात गर्दिन परो?
 
Posted on 03-15-10 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< अनी चिडियाखाना अइपुग्यो, पछी गफ गरौला भनेर फोन
राखे ..........
>>>

लोल लोल

अनी रामेचा खै त घुम्घाम गरेका तस्बिरहरु? हाम्ले हेर्न नपाउने हो कि क्या हो? ल झट्ट कुरो गरी हालम त, ऐले २ बजे पस्चात नभ्याउने सन्केत छ

 
Posted on 03-15-10 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हरु भेट्न जान लगेको, ड्राइव गर्दै छु भन्दै थिए क्यारे .....


अनी चिडियाखाना अइपुग्यो, पछी गफ गरौला भनेर फोन राखे ..........


लौ कस्ता साथीहरु रहेछन् बुढाका। हेटौंडा त रामेको पोका जाने ठाम नि, मखुला?   


 
Posted on 03-15-10 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे म घुम्न गएको होइन नि .....

जिम्माल गएको हो ....... चिडियाखाना पुगेपछी, पछी फोन गरम्ला भनेर राखे क्या .......

जिम्मालनी बज्यै ले फोटो हरु राख्न पर्ने हो क्यारे ....... मेरो बुढा अनी उहाको साथीहरु भनेर ट्याग गरेर .......


 
Posted on 03-15-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो ले चाँही बुझेकै हो ल .......
यो पुरे त दिमाग नै नभएको जस्तो रहेछ ......

हेटौंडा त पुरानो भयो ....
अब येतै खोज्नु छ ......

३ बर्ष भयो आएको .... फुर्सद नभएर हो कि के हो खोज्नै पाएको छैन .....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters