[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 147719 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 03-11-09 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चारै दिशा कभर गरेर धाम बनाईएको थ्यो।


kasto dharmatma mancheyharu hola 


 
Posted on 03-11-09 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, गजब छ बरु त्यो गन्थनको कुरो कता ग'र अड्क्यो ? त्यता नि अलि पेलम न ।  तीर्थ यात्राको अरु भाग पनि चाँडै पढ्न पाइयोस् , नत्र फेरी अगती परिएला भन्ने पीर भो। 
 
Posted on 03-12-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप प्रभो स्वोस्ती।
सधैं झै प्रभो को सिर्जना अपरम्पार छ्।


अब त्यो बुलबुले निर को पहेलो घरको सिर्जनाको कुर गर्या हैन है पर्भो।


अर्को भाग छिट्टै जोडम पर्भो।


 
Posted on 03-12-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep bro, prastuti daami cha. jatti padhe pani padhi rahun jasto. aba arko bhaag post garna dheela nagarnu hola. haami parkhi raheka chaun.
 
Posted on 03-17-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


....पहिलो धाम अगाडी पुगे पछी, बाङ्गे दर्शनाभिलाषी स्वरुपमा आएर धामेस्वरीको आराधना गर्दा भएम मनमनै। ....


 


भगवतीबहाल धामकी धामेश्वरी ट्वाकको नाममा दर्ता थिई त्यसो , भन्या मुख्य भक्त थ्यो, बाँकी हामी निमित्त भक्त थिएम। अब ट्वाक हामी सँग नभएको त्यो बेला, बाङ्गे मा को कायममुकायम हुने भन्नेमा बिबाद भो। उता महाराजगन्ध धामको मुख्य भक्त थिएँ। बाङ्गे चै हुन धुम्बाराही धामको मुख्य भक्त थ्यो तर त्यो धामकी तरुनीको चालमाल अलि अस्थिर भएर होला उस्ले अब अर्को धामको ब्यबस्था नभए सम्मको लागि आफु फ्लोटर भएको घोषणा गरेको थ्यो। यता उस्ले आफु फ्लोटर भएको घोषणा गर्नु उता तरुनी भाग्नु मिलेको थ्यो।


 


बिना धामको बेबारीसे भएकोले भगबतीबहाल धाममा कायममुकायम उस्ले पाउनु पर्छ भन्यो। "कोही चै बेबारीसे कोही चै दुई दुईटा धाम ओगटने?" बालमन्दीरबाट भगवती बहाल जाँदा त्यो बाटोको दाईने पट्टी भएको थापाको घर अगाडी पुगे पछी तिर हेर्दै बाङ्गेले उफ्रिउँला जस्तो गर्यो।


 


नै भो कामु। मैले नी मरोस भनें। अलिकति तल माथि गरे ट्वाकले कुच्याउँथ्यो, कामु भए पनि के नभए पनि के? त्यसमा पनि यो जाडोमा यति बिहानै दर्शन पाउन पनि मुस्किलै थ्यो।


 


तर बाङ्गेको भाग्गे मक्किसक्या रैन्छ, मन्दीरमा भेट भो । अर्की एउटी सँग आएकी रहीछ धामेस्वरी। पैले त त्यति बिहानै हामीलाई त्यहाँ देख्दा झस्क्या जस्तो गरी (हामी साँझ तिर मात्रै जान्थेम नी त सधैं उस्को दर्शन गर्न)। हाम्रा हेराईहरुले उस्लाई छोएका मात्रै के थिए, सूर्यका पहिलो किरणहरुले उषालाई चुम्दा झै उस्का गालाहरु राता हुँदै आए। उस्ले आफ्ना हेराईहरुलाई ओराली। उस्की साथी चै मस्की, तर बिशेष केही हुन पाएन, धामेस्वरीले साथीलाई तानेर लस्की हाली। 


 


"ट्वाकलाई फेरी यही बेलाँ टाईफाईडले लडायो" बाङ्गेले ह्वात्त भन्यो तरुनीले सुन्ने गरी। म पनि छक्क परें, के भन्छ बाङ्गे भनेर। धामेस्वरी टक्क अडी। फर्केर हामीलाई हेरी, उ गम्भीर देखिन्थी। उस्की साथीले पनि बाङ्गे र मलाई सरसरती हेरी। अनि दुईटै फटाफट बाटो लागे। जाँदा जाँदै दुईटैले पटक पटक फर्केर हेरे। उनीहरू ओझेलमा परे पछी मैले सोधें बाङ्गेलाई, "के जे पायो त्यै फलाक्या?" उस्ले पनि ज्ञानेश्वर तिर लाग्दै भन्यो, "यत्तिकै निस्कीरा भन्या"।


 


"ट्वाकलाई मुख्य भक्तमा अन्तै सरुवा गरेर मलाई यो धाम जिम्मा लाईदेन यार," बाङ्गेले तरुनी ओझेलमा परेर सुन्ने बनाएको बाटो तिर फेरी हेर्दै भन्यो। त्यो सम्भव थिएन, ट्वाक आफैले राजीनाम दीए बेग्लै नभए त्यो नसोचे पनि हुन्थ्यो। "ल ल हिन, उता सुरेश अंकल कहाँ पनि दुईटै ब्युँझे होलान अहिले सम्म त" मैले उस्लाई सम्झाउँदै भनें।


 


अनि नी है बिशालनगरको कुमारीथानबाट पूर्ब लागेर धुम्बाराही तिर जाने ओरालो आधी उधी ओर्लीएर दाईने हानिए सी त्यो रमेश नाथ पाण्डे मार्सापको घर मास्तिर हुँदै पन्चेधारा पस्चिमको गणेशथान आईपुगिन्थ्यो। त्यो गणेशथान अनि सुनसान खालको भएकोले हाम्रो भेटघाटलाई उपयुक्त स्थान थ्यो। हामी निकै भेटघाट गर्न जान्थेम त्यहाँ। गणेश सँग पनि भेटघाट त हुन्थ्यो तर बोलचाल भने थिएन। अलि धेरै लाग्या छ भने हामी बरु उनी सँग निकै कुरा गर्न खोज्थिम तर उनी चै बोल्दैन थिए। हामीलाई अचाक्ली लाग्या बेला चैं उनीसँग दोहोरो कुरा हुन्थ्यो, तर भन्नलाई सबैले त्यो भ्रम हो भन्थे। नलाग्या बेला हामीलाई नी त्यस्तै लाग्थ्यो।


 


त्यो साँझ तिर त्यही गणेशथानमा बाङ्गे र म पुग्दा सुपारी गीत गुनाउँदै थ्यो लयमा मात्रै, शब्द होईन। बाङ्गेले सुपारी तिर हेर्दै भन्यो, "हैन ए सुपारी, ज्वरो आयो की के हो तँलाई, हँ हँ हँ हँ गरीराछस नी त"


 


"गीत गाईराछ मान्छे--" सुपारीले भन्यो।


 


"खै त के गीत गाईस? शब्द केही बुझ्या भए मार्दीनु" सुपारी छेउमा बस्दै मैले भनें।


 


"गीत को अब एक लाईन आउँछ जम्मा, त्यो अघि नै गाई सकें -- अनि लय मिलाईरा नी" सुपारीले भन्यो।


 


उस्को आवाज सुनेर हाँस उठ्यो मलाई। मैले फेरी सोधें? खोई त ट्वाक?


 


उस्ले मैले सोधेको जबाफ नदीई भन्यो, "मलाई यार अब चार वटा जति तरुनी चाहियो"


तरुनीको कुरामा हम्मेसी नबोल्ने सुपारीले एकै चोटी चारवटी चाहियो भने पछि कुरा रमाईलै थ्यो।


 


"चार चार वटा एकै चोटी किन नी? बाङ्गेले मुसुक्क हाँसेर "जस्को त एउटै छैन उसैलाई चार चारवटी चाहिया छ एकै चोटी फेरी" भन्दै सोध्यो।


 


"एउटा एउटा गरेर त कैले हुन्थ्यो? देखिनस धुम्बाराहीकी तेरी स्वास्नी कसरी भागी? अब चारवटी भै देको भए तिनटी हुन्थे नी बाँकी।" सुपारीले बाङ्गे तिर हेर्दै भन्यो।


 


बाङ्गेले अरु हाँसेर सोध्यो, "तँलाई नी आश थ्यो कि क्या हो त्यो धुम्बाराहीकी तरुनीको?"


 


"कस्सेकी तरुनीको कस्लाइ लाग्दैन आश? त्यसमाथि मौसम पनि जाडोको छ, घरमा दाईले नै बे गर्या छैनन, मेरो त झन कैले हो कैले? स्कुल गयो मास्टरको किच किच, एउटी उमा मिस छन र जान मन लाग्छ नभए त्यो चिहान देखेर नी अघाई सकें, घराँ बस्यो बाउ आमा दाई सबै जान्ने म एक जना मूर्ख, बाटाँ एउटी तरुनी छ्डके नजर्ले मात्रै हेरे पनि तिमेरु सबै "ल हेर सुपारी बिग्रेछ" भन्ने, खर्च गर्न पैसा छैन, कमाउन जागीर पनि छैन, जाँगर पनि छैन -- यस्तो कुहीया जिन्दगी के जिन्दगी? बरु चारवटी जति तरुनी सँग भाग्न पाए नी भाग्थें" सुपारीको स्वर सुरुमा चर्को थ्यो तर बिचमा निकै ओईलाको, तर कुरा सक्ने बेलाँ स्वर फेरी चर्को पारेर सक्यो।


 


ट्वाक गणेशथान पछाडी सिँचाई गर्न गा रे छ आयो मुसुमुसु हाँस्दै।


 


"तलाई चारवटीले नै पुग्छ त सुपारी, पाचौ पनि फेला परी भने, त्यो पनि कस्सेकी, के गर्छस?" मैले सुपारीलाई हेर्दै सोधें। त्यो गणेशथानमा मूर्तीहरु अलि गहीरोमा थिए, सुपारी पनि त्यही गहीरोमा थ्यो।


 


"उस्ले गर्जे झै गरी भन्यो त्यै गहीरो बाट "कस्सेका तरुनी जति आए नी बात छैन --" अनि के सुर चल्यो अंग्रेजीमा थप्यो, "बाई द बे, माई नेम ईज सरौतो आज देखिन, सुपारी सुपारी भन्यो कसैले भने दुई टुक्रा पार्दीन्छु।"


 


"कहाँको सिलाबरे कचौरा रित्याएर आईस ए सुपारी तैले आज? " बाङ्गेले सोध्यो।


 


सुपारी गणेशको खुट्टा समातेर फलाक्न थाल्यो के के हो के के -- बाङ्गेले चुरोट झिक्यो, मलाई एउटा दीयो अनि ट्वाकलाई पनि, सुपारी तिर चै हेर्यो मात्रै। ट्वाकले सुपारी कोरेर पैले बाङ्गेको चुरोट सल्काइदीयो अनि उस्को आफ्नो। मेरो सल्काउने बेला सम्ममा काँटी सबै जस्तो बलिसक्याथ्यो, मेरो नसल्किँदै ट्वाकको औंला डाम्ला भनेर होला काँटी खसालेर सलाईको बट्टै मलाई दियो।


 


"सुरेश अंकल कहाँ के भो रे?" ट्वाकले लामो सर्को तानेर सोध्यो।


 


"तरुनीहरु मामाघर गा रे छन, जाडोको छुट्टी रे भनेर" मैले चुरोट सल्काउँदै उदास भएर भनें।


 


बाङ्गेले नाकका पोराबाट धुवाँको मुस्लो छोड्यो।


 


 


 
Posted on 03-17-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ah ha... this the is best, lastai hasaye Deep bro le.
 
Posted on 03-17-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो दीप भन्ने मान्छे त उ बेला मा अली चंडाल थियो की के हो?
धेरै तरुनी को पछी त अली कम मान्छे नै लाग्छान होइना र?


रिसानी माफ होस है प्रभो , पढना छुटेको छैना  लेखन मात्र हो


जदौ


 
Posted on 03-17-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिप प्रभो रमाइलो भो पढेर,हाम्रा पांला नि तेसै गर्थिम,भाग लाम्थिम,को कस्को को कस्को भनेर ,हात्मा लाग्नी चै सधैं सुन्यै हुन्थ्यो।
अनी प्रभो र बाङे बिहानै सुरेश अन्कल का हिन्या हैन र भन्या,जादा जादै भग्वतिबहाल मा ट्वाकको नाममा दर्ता भाकी धामेस्वोरी सँग जम्का भेट भर गणेशथान जादै गरेको एकै चोटि साँझ भा जस्तो लाओ प्रभो,खै मैले नमिलार पढ्या हो कि के भा हो।
 
Posted on 03-17-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भक्तहरु पनि मुख्य अनि कामु हुने, अनि सरुवाको माग पनि। धन्य छ पर्भोको तरुनी महात्म्य। जाओस् जाओस् अरु पनि।

 
Posted on 03-17-09 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लोल लोल सार्है घच्ची लेख्नु भो प्रभो, थकाई लागेर बिरक्क्त्त भा थिएं फेरी फिरेस भएं, घण्टा हान्न रेडी भएं म त फेरी ल जा।

अत्ती आनन्द आयो पढेर, मुसु मुसु हाँस्दै थिए खित्का छोडेरै धेरै बेर हाँसियो। लौ प्रभो अर्को भाग राख्न ढिलो नगरनु होला है। प्रतिक्ष्यामा... 

 
Posted on 03-17-09 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Connection Failure
 
Posted on 03-17-09 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उस्ले गर्जे झै गरी भन्यो त्यै गहीरो बाट "कस्सेका तरुनी जति आए नी बात छैन --" अनि के सुर चल्यो अंग्रेजीमा थप्यो, "बाई द बे, माई नेम ईज सरौतो आज देखिन, सुपारी सुपारी भन्यो कसैले भने दुई टुक्रा पार्दीन्छु।"



"कहाँको सिलाबरे कचौरा रित्याएर आईस ए सुपारी तैले आज? " बाङ्गेले सोध्यो।


 


yo sarawuto bhanni cheese chai birsi ra raichu mailey..kasto kaathyo hagi supari lai ?


 


tyo silabarey kachawura ta bauddha tira po rittinthyo ni prabhu!! oho ...


 


jawose jawose..la aru ni


 
Posted on 03-18-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्वाकले सुपारी कोरेर पैले बाङ्गेको चुरोट सल्काइदीयो अनि उस्को आफ्नो। haina supari koryo ki salai korya ho? ma pani padhdai chhu hai bhanya matra ho, 'mistake' dekhako chahin haina hai.
 
Posted on 03-18-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त के गीत गाईस? शब्द केही बुझ्या भए मार्दीनु" सुपारी छेउमा बस्दै मैले भनें।

 



"गीत को अब एक लाईन आउँछ जम्मा, त्यो अघि नै गाई सकें -- अनि लय मिलाईरा नी" सुपारीले भन्यो।




 
Posted on 03-18-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ट्वाक हामी सँग नभएको त्यो बेला, बाङ्गे मा को कायममुकायम हुने भन्नेमा बिबाद भो। उता महाराजगन्ध धामको मुख्य भक्त थिएँ।


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।



"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।



Lau deep ji aaba chai pakka taruni kai mul ma paryera janmeko bhanne pakka bhayo hai....daro gayo yo ta .....tasau la aaru pani.... ramai ramai ani deep lai ra bange ko chartikala lai kalpana gari gari padne hami chadai chau ni ....ko ko chinta.....


 


 
Posted on 03-18-09 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाङ्गेले नाकका पोराबाट धुवाँको मुस्लो छोड्यो। "


hahaha kya thyakka aayo tyo scene akhama. gajjab chha hajurko lekhai.


 
Posted on 03-18-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पो धर्म, पहिले पहिले हामी बिहीवार बंग्लामुखी  खुब धर्म कमाउन जानथेम । एउटा भेजा भन्ने साथी थियो, तेश्लाई लिएर खुब चाहारे । भेजा पनि मक्ख थियो, भरे म तेश्कै बैनीलाई दर्शन गर्न गा भनेर जिन्दगी बुझेन । तेश्को बैनी पनि खुब धर्म कमाउन आउन्थी । लास्टा एउटा बाउको साथी ले देखेछ "तपाइको छोरोलाई   देउसो भर बंग्लामुखीमा घुमी राख्या देख्या थि" भन्देछन, त्यसपची जानै बन्द भयो । हिजो अस्ती त बंग्लामुखीमा पनि आगो लागेछ । कसरी धर्म गर्दा हुन भक्तहरु आजकाल खइ ?


 यता तिर दर्शनमा लाग्नु पर्‍यो भन्या, भन्या जस्तो धाम नै भेट्या होइन । जमानामा न्यूयोर्क बसाइ हुँदा आइतबर आइतबर खुब चारिन्थियो ज्याकसन हाइट, तै पनि केही भयन । मरे पछी कसले पिन्ड देला?    


 


 
Posted on 03-18-09 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग नि पढियो, मज्जा ले हासियो। बाङे र सुपारी पुराणको त के कुरा गराइ भो र अब? जती पढ्यो तेती पढ्न मन लाग्ने। अरु पनि पेलम न प्रभु। 

 
Posted on 03-18-09 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यसपछि के भयो त?
 
Posted on 03-18-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, पलेटी मारेर स्वस्थानी सुनेको जसरी सुनिराछु है। स्वस्थानी सुन्दा त एक अध्याय एक दिन मा सुनिन्थ्यो। यता तिर को  नियम अली फरक जस्तो छ। 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters