[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१३१~

[Please view other pages to see the rest of the postings. Total posts: 449]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 209275 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 10-14-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३१*~
आयो आयो भन्दा भन्दै गैसकेछ दशैं पनि


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 131 editions.


Last edited: 14-Oct-08 08:34 AM
Last edited: 14-Oct-08 11:44 AM

 
Posted on 10-15-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त सहयोगको यो सिलसिलामा ---
सर्वप्रथम Jimmal baale ले biha ko 4 mahinama  के के gare र kasari gare, कति पटक :( gare कतिपटक :) gare र कतिपटक :O तथा :D gare सबै बेलिबिलस्तार लगाउनु पर्यो। र Jimmalbaa le ले tyo  garnu bhanda गर्नु पर्ने तीन हैन दश कुरा लेख्नु पर्यो! hahhaha hahahha

(Bujhnele bujhe bhai halyo ni LOL)

 
Posted on 10-15-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

 

जिम्बालबाले बिहेको चार महिनामा गरेका कुराहरु यसप्रकार छन्-

१) भात पकाए, भाँडा माझे, कुचो लगाए, भात हसुरे, तिनपाने धोके, तमाखु खोके, संसारभरीको टेन्सन बोके र झिल्केलाई सरापे।

२) साझा चौतारीमा हल्लेर बसे।

२) कयौँ पटक :( गरे र सयौँ पटक :) गरे।

४) साझा चौतारीमा हल्लेर लेखेर बसे।

३) बेला बेलामा चौतारीका पोस्ट देखेर :O गरे।

६) साझा चौतारीमा हल्लेर बसे।

५) पाहुनाहरु बटुले नानाभाँती कुरा गरे, दिनमा पाँच छाक सम्म हसुरे।

८) साझा चौतारीमा हल्लेर बसे।

९)  अर्को हुल पाउनु बटुले, हल्ला गरे, बिना सितन तिनपाने र बिना तिनपाने सितन हसुरे।

१०) जति हसुरे पनि भुँडि नबढेर अझै हट्टाकट्टा देखिएकोमा अन्त्यमा :D गरे!


 
Posted on 10-15-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा,
लोल बिर्खे बा।

तारेमाम झिल्के,


बिर्खे बा को कुरा संग १०० प्रतिशत शाहअंअत छु भने झिल्केको कुरा सँग ११० प्रतिशत ।
बिस्टे ले टाँस्या फुटु आएन क्या र? कुन चाँही अल्लारे ले उप्काए कुन्नी? उल्टै मलाई दोष?

 

श्रीमान ( श्रीमती भाको भए तिनलाई पनि) प्रमुख ज्यू।
चौतारी स्तर तथा लोकप्रियता घटबढ अनुसंधान समिती

चौतारीको लोकप्रियता नघटेको बारे।

 

           उपरोक्त सम्बन्ध मा हाम्रो ध्यान र ज्ञान दुबइ आक्रिष्ट भएको हुँदा २०-३० शब्द लेख्नु आफ्नो धर्म र कर्म दुबै मानेको छु। सनातन काल देखी हाम्रो देशको अड्डा अदालतमा दसैंको पन्ध्र दिन अगाडि र तिहार को एक हफ्ता पछाडि सम्म कुनै काम कार्वाही नहुने प्रचलन चल्दै आएको ब्यहोरा श्रीमान विद्वान महाशयमा अबगत गराइरहनु आवश्यक छैन होला नै।

 

यसउसले, दसैं सकिए लगत्तै पछी कार्यालय खुले पनि दसैं को सिंहावालोकन गर्न र तिहारको स्वागत कार्यक्रम को तर्जुमा लाग्नु पर्ने हुंदा सर्बसाधारणको र सरकारी कामकुरो केही नगरने गौरबशाली परम्परालाई चौतारी ले छोड्न कदापी मिल्दैन भन्ने हाम्रो ठहर् छ।

तसर्थ, ढिलासुस्ती र अल्छीपन जस्ता सडेगलेका शब्दलाई ओखर पौवा मै समाभिष्ट गरी नेपाली परम्परालाई हानी नोक्सानी हुने क्रमभङ को कुनै कार्यबाही नगर्न र न गराउन हुन यो चेतावनीयुक्त बिनम्र तर  कठोर् आग्रह गर्दछौ।
 

 


 
Posted on 10-15-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बुधवारे तारेमाम सबैलाई।
आज बल्ल गति लिएछ चौतारीले।
जिम्मालबा लोल लोल लोल।   
हो हो झिल्के, ३ ले पुग्दैन, १० चाहिन्छ कम्तीमा।
बिष्टे के छ? गाडी र फोनको पत्तो लाग्यो?
ठुल्दाइ त भोजन अवकाशमा निस्किनुभो होला, अब एउटा चिलिम तानेर फर्किनुहुन्छ होला आफ्नो १ बजे तिर।
चेली चाँही किलासमा हो कि? दिउँसो अलि पछि सिद्ध्याएर आउने होला। 

 
Posted on 10-15-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम चिप्ले,

ढिला भयो नि ?


भोजन अबकाश को ट्याम हुँदै छ, भात तात्दैछ।


 
Posted on 10-15-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, अरु त आएनन आएनन हिजो त चिप्ले नि एक्चोटी चिहाउन नि आएनौ।

गाडी काँ खाडी मा लगेर राख्या छ हाँडी ले के पाइन्थ्यो, फुन पनि कुन चै लाई चान चुन मा बेची सक्यो होला,

अर्को फुन लिये र उही पुरानै लाइन सुचालु गर्या छु अस्ती सन्चरबार बाट।  सप्पैको नम्बर गैगो एसो अप्डेट गर्नु होला फुर्सताँ।

पेटाँ न्याउरी कराउन लाओ ल म त हिने हसुर्न।

Last edited: 15-Oct-08 11:13 AM

 
Posted on 10-15-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबि गोष्ठीको कार्यक्रम छ। पहिलो कबिता बाचन गर्नु पर्ने लोल-ए-जिम्माल कबिता बाचन कक्ष मा त छन तर भट्ट्याउनु पर्ने कबिता भेटीरा छैनन। उनको मनोदशा पनि ठिक देखिदैन।

यतै गोष्ठी तिर अघि आउँदा खेरुन लेखनाथमार्ग स्थित सर्सोती क्यामपस अघि उनको मोटरसाईकलले नारदको नारायण शैलीमा बिनाभी बिनाभी भन्दै दराज बोकेर सोर्हखुट्टेको ओरालो तिर अत्यन्त साबधानी पूर्बक उन्मुख टायरको ब्रेकले भर अभर के पार्ने हो भन्ने चिन्ताले ग्रस्त ठेलावालालाई क्याम्पसबाट निस्किदै गरेकी सुन्दरीको चक्षुस्पर्शमा आल्हादित उनले दनक के दिन पुगेका थिए त्यो आकस्मिक घटना प्रति किन्चित अनभिज्ञ ठेलागाडावाला सह-ठेलाडीलाई समेत गुटमुटियार एकातिर उछ्छिटिदा सुन्दर स्टिल फर्निचरको गृहलक्ष्मी दराज बोकेको उक्त गाडा अनियन्त्रित भै दक्षको यज्ञमा अग्नीसमाधी लिएकी सतीलाई यज्ञस्थलबाट बोकेर हिनेका महादेब झै ओरालो तर्फ गर्जिदा हुँदी मच्चेको त्राहीमाम त्राहीमामको कोलाहल २ योजन सम्म त गुन्जियोहोला भन्नेमा कुनै शंका मनमा नराखेका लोल-ए-जिम्माल उक्त कोलाहलको कारक आफु भएको ठहर गरी अन्तर्ध्यान भन्दा पनि तेज गतिमा घटनास्थलबाट चलायमान भएका थिए।

कोटको खल्तीमा राखेको कबिता घोक्दै जाँदै गर्छु भनेर देब्रे हातमा च्यापेका थिए र कालधाराबाट सर्सोतीक्याम्पस सम्म आउँदा तिनचार पंक्ति कन्ठस्थ पनि पारीसकेका थिए। अनेपक्षित रुपमा घटेको त्यो घटनाको मुख्य कारक त्यै जस्को नयनस्पर्शले उनी बिचलित हुन पुगेका थिए उही सुन्दरी भएको उनको तर्क थियो। उनी त घटनाको केबल निमित्त थिए। निमित्त कारक। तर जे भए पनि त्यहाँबाट उम्किदा कबितालेखेको कागज काँ खस्यो काँ -- आफ्नै हस्ताक्षरमा नाम ठेगाना समेत लेखेको कबिता त्यसरी घटनास्थलमा हराउनु शुभसंकेत नभएकोमा क्षुब्ध उनी कबिता पाठ गर्ने मनोदशामा थिएनन।

खहर्-ए-स्वयम्भुले संचालन गरेको उक्त कबि गोष्टीमा लोल-ए-जिम्माल तयार नभए सम्मलाई भनेर खहर-ए-स्वयम्भुले केही गजलहरु सुनाउन नखोजेको त हैन तर भिडले सिट्ठी र गोलभेडाले आक्रमण गर्दै झुर झुर भन्दै एउटै नारा लगाईरहेका थिए "लोल-लोल-जिम्माल बोल" -- स्थिती तनाबपूर्ण थियो।

त्यसपछि के भयो?

यस्को बारेमा हिंजो प्रसारण हुने अर्को भाग हेर्न नबिर्सिनु होला।


 
Posted on 10-15-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jammai gaamle laai mero laamo samaye pachhiko jadhau hai .....

pahaad tira gayeko thiye nikkai ramaailo bho , nepaal jhal jhalti yaad aayo..


 
Posted on 10-15-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kehi ni bujhina deep jyu maile ta yo katha!!

 
Posted on 10-15-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kun pahad gako harka dai? Bhojpur, taplejung, Dhankuta ho?

 
Posted on 10-15-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जिम्माल, त्यो सर्सोतीकी सुन्दरीको नाममा "मेरो छाती अब तिम्रो सिरानी भएन--" भन्ने कबिता किन लेखियो त्यो सप्रसंग लेखेर कथा बुझाईदिनु पर्यो चेलीलाई। मैले चै डि पि सी सम्म  गर्या छु अब गारो लाएर ढलान गर्दिनु पर्यो। तला पनि थपे हुन्छ।

*******

हर्के ब्रो, बानेस्वर चोका बसेर धित मरुन्जेल चुरोट तान्दै कोही कोहीलाई हेर्न जाने हैन? साँझ तिर शंखमुल तिर पनि जाम्ला कसो?

ब्रो, भोजपुर ताप्लेजुङग धनकुटा गा जस्तो लागेन मलाई। भोजपुरको टक्सार, गोगने तिरको कुरा , ताप्लेजुंगको पाथीभरा सम्म पुगेर अनि सुकेटारबाट हुरुरु उड्या कुरो, अनि धनकुटाको तल्लो र माथ्लो कोप्चे, सल्लेरी अनि हिलेको तोङ्बाको कुरा त हाम्लाई थाह छ। चेलीलाई थाह् छ?


 
Posted on 10-15-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या गयो अत्ती रमाइलो।
हिजो प्रसारण हुने भाग पनि सुन्न पाईन्थ्यो कि प्रभो।
 
Posted on 10-15-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai ni tha chha dhankuta ko wari patle, pari patle, kagate ra bhir gau ka suntala ka kura

 
Posted on 10-15-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नानी कहाँ बाट पार जानुनी धनकुटाको पहाड , यही रकिज माउन्टेन र जास्पर घुमेर आकोनी ।
लु जाउ जाउ दीप जि जाउ सन्खमूल घुमेर आउ सुर्य चुरोट तान्दै कि कसो।
 
Posted on 10-15-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
चेली, मलाई पनि थाहा छ धनकुटाको देब्रेबास, हुलाकटोल, घुमाउने चौतारीको सेरोफेरो।
अनि हर्के रकिजतिर खोयाबिर्के पाइंदो रहेछ?
दीप पर्भोको कुरो बुझ्या भए मरिजाम्।
ठुल्दाइ र बिष्टे त हसुरेर चिलीम तानेर बिस्तारै आउने होलान्।     

 
Posted on 10-15-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाम्लेहरुलाई एउटा गाँठी कुरा सुनाउनै बिर्सेंको, मेरो Ex- Sasuroले नोबेल पुरस्कार जित्यो नि। २-३ दिन पहिलेदेखी यो कुरा share गर्छु भन्यो भुसुक्कै बिर्सेंछु, आँफैलाई एकदम खुशी लागेको छ, अफैले साक्षतकार भेटेको, हात मिलाएको अनी गफ गरेको मान्छेले विश्वकै प्रसिद्द पुरस्कार पाउदा। बाइ द वे, उ मेरो ठ्याक्कै ससुरा नभएपनी उसकी  Niece  सँग छोटो समय सम्म चक्कर चलेको थियो।  अनी त्यही फेमिली ग्यादरिङ्गमा अहिलेको Nobel Prize Winner सँग  दुई पटक सम्म हाइ हेल्लो भएको. (Through ex girl).

 
Posted on 10-15-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो छाती अब तिम्रो सिरानी भएन

 

तिम्रो बालाई ससुरा भन्न मेरो कर्मले दिएन

हा सुन्दरी मेरो छाति अब तिम्रो सिरानी भएन

पोहोर त हो नि हामि जाउलाखेलमा चिडियाघर गाको

चटपटे जस्तो तिख्खर तिम्रो पहिलो म्वाइँ पाको

तिम्लाई माग्न जाँदा मलाई कठै गोर्खे पाता कसे

हुन नसकेका मेरा जेठान अझै जिम्दै छन कि खसे?

 

सर्सोती क्याम्पस पढ्थेऊ तिमी म थिएँ गणेशथानमा

यो कालो थुतुनो छानेकी थियौ बकुल्लाको बथानमा

गल्कोपाखामा पाखा लाग्थेम माया पिर्ती साट्थेम

हाम्लाई भाँजो हाल्नेहरुको सक्दो कुरा काट्थेम

तिम्रा दाई अम्रिशपूरी हाम्रो बिहे भएन

हा सुन्दरी मेरो छाति अब तिम्रो सिरानी भएन

---लोल-ए-जिम्माल

 

"""सुख दुख सबैकुरा यहिँ बसि जोखौँला, यो दुखद कथा साथि अलि पछि पोखौँला""


 
Posted on 10-15-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पहाड कहिले जाने हो खै है चेली , आफ्नो देशको पहाड कहिले घुमिएन , खैरेको देशको चै घुमियो ।
लौ झिल्केलाई बधाई छ है , कुन चै फिल्डमा पाएकाहुन ससुराले नोबेला पाइज।
पायिएन खोयाको बिर्को नपायिएन रहेछ यहाँ चै खोयाको बिर्को , अब तिमीले जस्तै २२ साल २३ साल भनेर गफ दिने हो भने चै पायिन्छ खोयाको बिर्को भन्थे ।


 
Posted on 10-15-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धरान देखि माथि-

 

धरान देखि उकालो लाग्दै भेडेटारमा झर्यौँ

बंगुरको तातो सेकुवाले हाम्ले भुँडि भर्यौँ

हाम्रो मोटर फेरि गुड्यो झर्यो लेउती खोला

तमोरको पूलमा नझुल्ने शायद कोहि होला

उक्लेर माथि पुगेपछि धनुकटा  बजार आयो

सल्लेरीको सरसर हावा त्यसले मनै खायो

फेरि माथि हिँड्यौँ हामि हिले भन्ज्याङ सम्म

छिन्ताङ जाने बायाँ लागे आफू हिलेमै डम्म

तोङ्बा त मेरि बास्सै हिलेको पो गजब

पाख्रिबासको कुहिरो साथि यो संसारमा अजब

लेगुवा झर्ने सबैजना लागे बायाँ तिर

चित्रे लेकमा घुम्न भनि हामि दायाँ तिर

लेगुवा देखि संखुवासभा चित्रेदेखि ताप्लेजुङ

त्यो बाटो सम्झँदा साथि यो मन उड्छ बुङ्

 

लोल-ए‍-जिम्माल

"""सुख दुख सबैकुरा यहिँ बसि जोखौँला, यो सुखद यात्रा साथि अलि पछि पोखौँला""

 


 
Posted on 10-15-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

तारेमाम हर्के बोरो अनी दीप पर्भू।

सबको हसुर्‍याइ ट्याम होला।

 जिम्मालेको कबिता पढ्दा सबिता को याद आयो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters