[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सबिता र कबिता

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 84250 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 03-06-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }


बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
 
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।"
"बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।

"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।"

"के हुने हो के?"

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। "
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
 "ज्ञानेश्वर्जाने? "

"जाने २०० लाग्छ।"

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

"२०१ दिन्छु, लौ छिटो हिड।"
 
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"

 ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी।  बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार्  पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट  बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "

"अबश्य।"

"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
 
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
 
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"

"हुन्छ ड्याडी।"

"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।"  मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'

"बेस्ट अफ लक।"
 
"थ्यान्क्यु ड्याडी"
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

क्रमश:


 
Posted on 03-11-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 11-Mar-08 04:27 PM

 
Posted on 03-11-08 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने २०० लाग्छ।"

"२०१ दिन्छु, लौ छिटो हिड।....rolling on the floor

पढाइमा औसत दर्जाको, फेशनमा भने  दिया मिर्जाको।.... rolling on the floor  

लौ यही उपलक्षमा आज म गौशालाको शानदार् म: म: खुवाउन लैजान्छु। ....

भोक नि लाग्यो, कोक नि पिउने हो कि?.....

ठुल्दाइले आँखै अगाडि बसेर कथा सुनए जस्तो लाग्यो। ठ्याक्कै आफू बोल्ने स्टायलको। नयाँखर्कका भेटघाटका दिनहरु याद आए।  जीवन्त छ ठूल्दाइ। अर्को भाग नि छिट्टै जावस।  

 

 


 
Posted on 03-11-08 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न दुइ भाग भै सकेछ, धन्न देखिहाले

"पढाइमा औसत दर्जाको, फेशनमा भने  दिया मिर्जाको"

ल राहुलदाइ म पनि बसेँ है यो कथा सुन्न


 
Posted on 03-12-08 6:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई दामि छ ल, "यौवन लाईट बालेर आउँदैन" कस्तो लाईन हो यो साँच्चै बरिश्ठ लाग्यो भन्या!
 
Posted on 03-12-08 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दामि छ ल...अर्को भाग नि छिट्टै जावस।
 
Posted on 03-12-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ त्यो सान्दार मो मो भन्ने त कालिकास्थानमा हैन र भनेको।
छोरीले दाइको इस्टाइल्मै बोल्न थालिछे त
भोक नि लाग्यो कोकनी पिउने होकी

 
Posted on 03-12-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, दोस्रो भाग पनि रमाइलो रहेछ। अब तेस्रो भाग पनि चाडै पढ्न पाइयोस।
 
Posted on 03-12-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेशनमा भने  दिया मिर्जाको।

को हो यो दिया मिर्जा भन्नि? लौ न फोटो टास्न परो हाम्ले नि हेरम
त्यत्रो सप्पैको नाम छ खै दाई 'अनुराधा'?


 
Posted on 03-12-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब जादैछ ठुल्दाइ, साचै भन्नु पर्दा कथा पढेको भन्दा नि सुनेको जस्तो लाग्यो
एकदम जिवन्त--हतार नगरि अली बिस्तारै लेख्नुस् दाई, साँझाको कथा पढ्न नभ्याइने भईसक्यो त्यसै पनि
पर्बते दिया मिर्जा वहाँ हुनुहुन्छ उ:






 
Posted on 03-13-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेरिल जी,
के गर्ने अब संयोग नि त्यस्तै पर्‍यो, हामी बाबु छोरी म: म: खाने कुरा गर्दा यहाँलाई भोक लाग्छ भने के गर्ने?
कोही छिटो हात चलाऊने भन्छन कोही ढिलो, म त आफ्नै गतिमा चलाऊछु हुन्न र?

भउते जी,
धन्यवाद टिप्पणिको लागि। आफ्नै शैलीमा लेख्दा सजिलो हुने रैछ।  मनको कुरा पोख्न पाइने। कहिले काही अक्कल न पुर्‍याइ नक्कल गर्दा सक्कल बमोजिम नहुने क्या।

 

पूण्टे दाई,

उपस्थिती जनाउ पनि लाख शब्द बरोबर मानेको छु, धन्यवाद।

दीपिका जी,
कथा पढ्न त बस्नु भयो। त्यसपछी? टिप्पणी पढ्न पाइएन।

फुच्चे केटा जी
हो भने। मेरो अनुभवमा बैंश साइत कुरेर आउदैन, यौवन लाइट बालेर आउँदैन।

यक्कु जी,
तपाईंलाई पनि यक्को यक्को धन्यवाद। (यक्को= धेरै नेवारीमा)

हर्कबहादुर जी,
छोरी ले नि उस्तै बोली बोल्ने भैसकी भने। आखिर संगत कस्को ?

नेप्चे जी,

बाँकी भाग नि क्रमश: आउने नै छ। समयमै।

पर्बते जी,
यो कथा संग अनुराधाको कुनै सम्बन्ध छैन र उल्लेख नहुनुको कारण पनि त्यही हो। अब दिया मिर्जाको फोटो रिट्ठे भाई ले राखी दिएकै छ क्या रे। चिन्नुस् है।

रिट्ठे जी,
धन्यवाद, पढिदिनु भो गुणीदिनु भो अनी फोटो नि टासिदिनु भो।
समय मिलाएर लेख्ने हो, ब्यबसायिक लेखक होइन नि। पढे जस्तो नि गर्नु पर्‍यो, नत्र खैरेले के को पैसा दिन्थ्यो।
 
 
 
 


 
Posted on 03-13-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले सबैलाई धन्यवाद भन्न नि भ्याइ सक्नु भ छ। ढिलाई भए पनि मैले नि पढि भ्याए जे होस्।


कबिता र सबिताका पात्रिय बिशेषताहरु र भिन्नताहरु एस्ता होलान कि उस्ता भन्ने कौतुहलता बढीरहेछ दाई।


 
Posted on 03-13-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलाई भए नि सुर न ताल जी लाई पनि धन्यवाद।
सुरु मै छुस्स भनी हालेको छु, सबिता र कबिता को जीवन कथा उस्तै, नियती उस्तै। टोल एउटै थर एउटै। स्कूल एकै। संयोग भन्ने कि भन्ने?
कथा लेख्ने मान्छे नै एकै सुन्ने नि एकै।

 
Posted on 03-13-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dai,

ma pani padhdaichu hai sabi ra kabi ko katha.


 
Posted on 03-13-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"२०१ दिन्छु, लौ छिटो हिड।"

"लौ शान्दार म: म: आइपुग्यो, पहिला म: म: हाम् अनि मात्र बाकी कथा तिर् जाम्, कसो छोरी?"

"एस् ड्याडि, भोक नि लाग्यो, कोक नि पिउने हो कि?"

अघिल्ला २ भागले साह्रै हँसायो, हाँस्दा हाँस्दा मेरो आँखा रसायो,

चाँडो गूडऔनु पर्‍यो कथाको गाडी, पढेर हाँसौला फेरी पनि पेट माडी माडी

कसो ठुल्दाइ?

 

Last edited: 13-Mar-08 01:49 PM

 
Posted on 03-13-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी जी,
पढ्नुस् मज्जाले पढ्नुस्, मनमा लागेको कुरा लेख्नुस्। अमिलो पिरो, नून पुगेको न पुगेको, पारखी चखाइ पस्कनुस्।

नेत्रे जी,

कथा मार्मिक छ। यो राहुले ले धेरैलाई रुवाए रे भन्ने गाइगाइ सुनेकोले यसपाली मार्मिक काहानीमा अलिकती नून पानी हालेको मात्र हो। स्टाइल भने ओरिजिनल राखेको।


 
Posted on 03-13-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ म सुन्न बसे भनेकै अब अरु भाग पनि पस्किनुस म नसिद्धे सम्म उठ्दिन भनेको नि,

सबैले तेस्पछि के भनेर हैरान पारेका होलान भनेर नलेखेकि नि कुरा त उहि नै हो, सुन्न बसे पछि त तेस्पछि के भयो थाहा नपाइ को उठ्छ र?  म त उठ्दिन है

 


 
Posted on 03-13-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो म पनि तेस्पछि के भयो थाहा नपाइ उठ्दिन
 
Posted on 03-13-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी अनी pjna जी
तेस्रो भाग भोली आउँदैछ। रिट्ठे भाईले लेखेको पढ्नु भएन? साझामा कथाको भेल आएको छ, पढ्न न भ्याउने भएको छ भनेर। हतार मा कतार गएर पछुताउनु हुन्न क्या।

 
Posted on 03-13-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएएए, म त पढेको पढै भए । म: म: सेलाई सकेछ !!

ळेखुम दाई ळेखुम  । हामी, सुन्दै छम लास्टाँ पलेटिं कसेर ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters