[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बच्चा उमेरको कच्चा बुद्धि

[Please view other pages to see the rest of the postings. Total posts: 102]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 60503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-25-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर एघार को फाइनल सिद्धेको, आफुलाई पि यच. डि. नै सिध्या जस्तो भाथ्यो। घरमा त बास नै नहुने, कहिले ठुलोबाबाकाँ पुग्याछ कहिले मामाघर।
आज चैं के गर्ने होला भनेर खाना खाएर सोच्दै थेँ पुजा आइपुगि "हिंड जाउ फिल्म हेर्न गोपी कृष्णमा"---फिल्म को किरै थि त्यो पनि।
यसै पनि केही काम थेन घर बसेर, जानु नै पर्यो भनेर सोच्दै थें त्यस्ले १० मिनेट भैसक्यो ऐनाको अगाडी उभिएर घरी कपाल मिलाकी छे घरी "यो लुगामा कस्तो देखिएको छ भन्त" भन्दै ऐनाको अगाडी र पछाडी गर्दै हेर्या हेर्यै छे,
"हल्मा कस्लाइ बोलाकी छेस भन् अनी मात्र जान्छु"-- तेस्का हरेक बानी देखी परिचित थिएँ म। नहुनु पनी कसरी २ कक्षा देखिको साथी।
 
"तँ हुँदा हुदै कस्लाइ बोलौनु नि? कि बोलाउने भए भन्?"--अझ उल्टो मलाई सोध्छे ।
"पर्दैन, जान्ने नहो है तँ, आफ्नु इज्जत त पानिमा बगेको बालुवा जस्तो बनाइसकिस, मेरो अली अली भाको पनी देख्न सक्दिनस है?"--- हुन पनी उस्लाई न आफ्नु इज्जत को पिरथ्यो न घर परिवार को। घरमा पनी बाबा जहिले बाहिर हुने काम को सिलसिलामा, आमालाई पटक्कै टेर्दिन थि। फेरी आमा पनी खाली छोरिको ढाकछोप गर्नु हुन्थ्यो, हद्द भयो भने रिजल्ट भएको दिन रिसाएर गाली गर्नु हुन्थ्यो, पुजालाइ त्यो गालिले छेउ टुप्पा कतै अशर गर्दैनथ्यो।
 
तेस्ले कसैलाइ बोलाको छैन त भनी तर मलाई पुरै बिश्वाश चैँ हुन सकेको थेन। नभ्न्दै हल्मा पुगेको त उस्का आखा चमक चमक गर्दै कस्लाई खोज्न थाली हाले।
 
"पुजे को आउदैछ भनेर मर छिटो, नत्र म गएँ फर्केर"--मेरो मुटुमा ढ्याङ्रो बज्न थाल्यो कुन चैँ नमुनालाइ बोलाकी छे भनेर।

"किन डराकी? पख न थाहा पाइहल्छेस नि"--उल्टो मरी मरी हास्न थाली।
"आखिर तेरो बुढो बाजे आउदै रहिछ त मलाई किन लेराइस"--रिस उठेर मलाई त्यो सँग बोल्न पनी मन लागेको थेन। उ भने केही मतलब नगरेर उल्टो धुइँ धुइँ खोजिरथी। उ खोजिनै राथी मैले देखिहालेँ त्यस्को अबिनलाइ। अबिन मात्रै भए त हुन्थ्यो उ सँग त प्रशान्त पनी आएको रहेछ।
 
बल्ल मेरो दिमागमा एकाएक कुराहरु छर्लङ भए। प्रशान्तलाइ मैले पूजा कै माद्यम बाट चिनेकी थिएँ। उ धेरैनै मिठो गीत गाउँथ्यो र मलाई उस्को आवाज मन पर्थ्यो। पूजालाई एकदिन दशा लागेर के भनेकी थिएँ उस्को स्वोर मन पर्छ भनेर, पूजालाई के चहियो र? हो न हो मलाई प्रशान्त मन पर्छ तर भन्न मन नलागेको सम्झिन थालि, कती चोटि होइन भन्दा पनि जबर्जस्ती हो भनेकी भएर तेस्को मुख बन्द गराउन  ३ दिन अगाडि मात्रै हो भन्देकी थे, उ त धर्ना कसेर लागिछे मलाइ र प्रशान्तलाइ भेटौउन। फेरि त्यो प्रशान्तको स्वोर मत्रै मिठोथ्यो, ओठमा दश पत्र कलेटि परेका जति खेर पनि चुरोट च्यापेर होला, आखा सधै झुम्म परेको कयौ बर्ष देखी निन्द्रा नपुगेको जस्तो र अनुहारमा हेरे पछी उस्ले आँखा ओराल्न जानेको थेन।
 
"पूजा अब चैँ तँ मरिस, म फर्किन्छु, तैं हेर् फिल्म हेर्ने हो कि त्यो अबिन अनी उस्को चुरोटे साथी प्रशान्त"--उस्ले आफ्नो सफाइको लागि दुई शब्द पनि पोख्न पाकी थिन म फरक्क फर्केर हिंडे।
 
"दिपीका तिनिहरुले देखिराछन, प्लिज तँ बेज्जत नगर त मेरो, हिँड बरु चित्त बुझेन भने म पनि फर्किन्छु"--मेरो हात तान्दैथी पूजा, अबिन र प्रशान्त त नजिक्कै  आइपुगिसकेका रहेछन्।
 
"तिमी हामी सँग डराको त हैन दिपिका? हामी खाँदैनौ तिमीलाई, प्रशान्त ले त हेर्नै मात्र पाए नि पुग्छ भन्थ्यो"-- एकदम बडी बोल्नु पर्थ्यो अबिनलाई, को सँग कस्तो मजाक गर्ने भन्ने कुराको ज्ञान उस्लाई कहिले आएन। प्रशान्त चुप चाप नै थियो, पूजाको त मैले पछी सात्तो लिने कुरा निस्चितथ्यो उस्का स्वोर के निस्किन्थे? मलाई अबिनको घटिया मजाक राम्रो लागेको थेन तेसैले बोली पनि फुट्न मानेन्।
 
केही बेर को असजिलो मौनतालाई भङ्ग गर्दै अबिन ले भन्यो--"जाम अब, फिल्म नै सुरु हुने बेला भईसक्यो"
अबिन को हातमा ४ वटा टिकेटथ्यो, हल भित्र छिरे पछी त " दुइटा सिट तल्लो रो मा छ दुइटा माथिल्लो, दिपिका र प्रशान्त तिमीहरु नै भन कहाँ बस्छौ"-- त्यो पूजा र अबिनको नै चाल थियो मलाई र प्रशान्तलाई सँगै बसाउने।
 
एकमन ले म खुशि नै थियेँ त्यो बढि बोल्ने अबिन भन्दा त यो नबोल्ने प्रशान्तको छेउमा नै बस्नु ठिक छ भनेर। मैले प्रशान्तलाइ राम्रो सँग चिनेकि पनि थिन र कहिले धेरै बोलेकोनै पनि, त्यसैले त्यो बताबरण मलाइ निकै नै अप्ठ्यारो लागिराथ्यो। फेरी तल रो मा अबिन र पूजा आफ्नै दुनियाँमा मस्त छन।
 
मैले अप्ठ्यारो मानेको भएर प्रशान्त झन बढी अप्ठ्यारो मानिराथ्यो, आँफैले थाहा पाइरहेको थेन उस्ले खुट्टा हल्लाएको भएर उस्को अर्को छेउमा बस्ने सानी फुच्ची झाँक्री कामेको जसरी हल्लिराथी।
 
"प्रशान्त तिमी एकदम खुट्टा हल्लाइराछौ"---मैले हाँसोलाई काबुमा राख्न सकिन यो पाली र उ पनि हाँस्यो।
 
"तिमीलाई फिल्म हेर्न मन छैन हो?"-- यो पाली चैँ बुझेकै हो मेरो मनको कुरा, तै पनि कती छुच्ची जस्ती हुनु भनेर झुठो नि भएनी बोल्नै पर्‍यो --"हैन ठिकै छ"
 
पूजा बेला बेलामा पल्याक र पुलुक हामीलाई हेर्दै थि, मैले एकचोटि पनि हेरिन त्यस्लाइ। फिल्म सिद्देपछी घर छोड्ने कुरामा बिबाद उठ्यो। अबिनले  पूजालाई कतै लान खोजिराथ्यो र पूजा मेरो अप्ठ्यारो मानिराथी।
 
पूजा र म अलि अगाडिथ्यौ,  "हेर त बच्चा छैनस अब, राम्रो नराम्रो तलाई पनि थाहा छ, कहाँ जानु उचित छ कहाँ जानु छैन तँलाई पनि थाहा छ मलाई पनि, बाँकी आँफै बिचार  गर"--झन राम्रो मुखले सम्झायो भने मान्ली भनेको त, लात को भुत बात ले के मान्थी?
 
 "ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ
क्रमश:

 

भाग २..........

"ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ

प्रशान्त ले मलाई घर छोड्दियो,  घर सम्म छोड्न आएको मान्छेलाई माथि आउ पनि नभनी कसरी पठाउनु?
"माथि हिडन, चिया खाएर जाउ"-- मैले सिस्टाचार निभाएँ।
 
"हुन्छ"-- उस्ले सजिलै सँग मेरो निमन्त्रणा को पालना गर्‍यो र हेल्मेट हातमा बोकेर म सँगै माथि आयो। उ र म भर्याङ् उक्लदैथ्यौ भाइ आयो, मैले "मेरो भाइ" भनेर चिनाउदै थिए उस्ले खल्तिबाट हार्ट क्यान्डी निकालेर दियो भाईलाई।
 
"मेरो भान्जिलाई एकदम मन पर्छ यो क्यान्डी, उ आएकि छे त्यसैले खल्तिमा भैरन्छ"--मनमा जुन कुरा सोचिराथे, मैले नसोधिकन नै उस्ले जवाफ दियो।
 
भाईलाई "आमा काँ हुनुहुन्छ" भन्दा "भान्सामा" भन्यो। जो साथी घरमा आएपनी म पहिले आमालाई नै भेटाउन लान्थे तेसैले  आमाकाँ लगेँ। आमाले एकछिन साधारण कुरा गर्नु भो र भान्सा बाहिर कौशिमा राखेको कुर्सिमा राख्नु भो। प्रशान्त पनि केही अप्ठ्यारो नमानेर आमा सँग हाँसी हाँसी कुरा गरिराथ्यो।
 
म भित्र चिया बनाउने तर्खर गर्दै थे, आमा आएर भन्नु भो--"तिमी जाउ म बनाइदिन्छु चिया",
म बाहिर गएँ र अर्को कुर्सी तानेर बसेँ। कुरा गर्दा रमाइलो रहेछ प्रशान्त। धेरै नबोल्ने तर बोल्दा हाँसी हाँसी बोल्ने बानी रहेछ। बेला बेलामा दातले ओठको पत्रहरु टोकिराथ्यो तर अप्ठ्यारो मानेको जस्तो लागेन।
 
"तिमिलाई आज पूजाले जबर्जस्ती लगेको हो?"-- मैले सोच्दै नसोचेको प्रश्न तेर्स्यायो 
 
"जबर्जस्ति त हैन तर मलाइ तिमिहरु आउने थाहा थिएन"-- साच्चै कुरा भने, पूजाले भन्नु पनि पर्‍योनी थाहा हुन
 
"किन? थाहा भएको भए आउदैनथ्यौ ?"-- खिस्स हाँस्दै रुखो बोलिमा सोध्यो
 
म हाँसे मात्रै, मेरो उ प्रतिको सोचाइ त्यति राम्रो थेन र म भन्न चाहन्न्थेँ। त्यतिकैमा आमा आउनु भो ट्रे मा चिया र भुजिया लिएर। आमालाई देखेर प्रशान्त जुरुक्क उठ्यो र हातबाट ट्रे लिएर टेबलमा राख्यो। मन मनै सोचेँ राम्रो संस्कारमा हुर्केको रहेछ। पूजाले भन्थी -- "जुन केटाहरु बाहिर हेर्दा बदमाश देखिन्छन तिनिहरु भित्र बाट राम्रो हुन्छन, त्यो बाहिरको सोझोहरु तलाई के था कती घुस्घुसे हुन्छन भनेर,  हेर्दा मात्रै सोझा हुन तिनिहरु"-- प्रशान्तलाई देख्दा त हो कि जस्तो पनि लाग्यो।
 
"छोरी केहि चहियो भने गोमालाइ भन, बाबा आउने बेला भो म तल जान्छु, ल त बाबु, आउदै गर न है, "-- आमाको हाँसी रहने र मेरो साथिहरु सँग कुरा मिल्ने बानिको सबैले प्रशन्शा गर्थे, प्रशान्त पनि आमाको बिदाइमा मुस्काउदै जुरुक्क उठ्यो। उस्को व्यबहार मा केही देखवोटी पन मैले पाइन।
 
"अबिनले पूजालाई घरमा त छोडिदियो होला नि है?"---धेरै बेर देखी त्यो प्रश्नले मेरो मन खनिराथ्यो, प्याच्च मुखबाट निस्क्यो।
 
"खोइ पूजा को के भर?"-- चियाको कपलाई एक फन्का घुमाउदै उ त्यो कपमा घोरिरह्यो।
 
उस्को एक वाक्यले मेरो मन श्रावनको झरीमा रुझे झैं रुझ्यो। पूजा रमाइलो मन पराउने केटी हो तर एउटा सच्चा साथी पनि त हो।  जे मन पर्दैन अगाडिनै भन्थी, पछाडि कुरा काट्ने उस्को बानी थेन । नसोचिकन प्यच्च बोल्थि तर पनि मेरो एकमात्रै सफा मनको साथी थि। जे जस्तो भए पनि आफ्नो साथीको बारेमा अरुको मुखबाट नराम्रो सुन्दा निकै नरमाइलो लाग्यो मलाई।
 
"किन अबिन को चैँ भर छ र?"--मलाई प्रशान्त को वाक्यले मुटुनै घोचेकोथ्यो र मुख बन्द राख्न सकिन।
प्रशान्तले पुलुक्क मेरो अनुहारमा हेर्यो, शायद बुझ्यो होला मलाई नराम्रो लागेको,
"Don't worry, she will be fine"-- उस्ले चियाको अन्तिम चुस्की लिदै भन्यो र जाने तर्खर्मा उठ्यो। म उस्लाइ छोड्न तल आँगनको ढोका सम्म पुगेँ। माथि आउदा पनि मन खिन्ननैथ्यो पूजा सम्झेर।
 
खाटमा गीत सुनेर पल्टिराथे र पूजा घर पुगी कि पुगिन भनेर मन मा कुरा पनि खेलिराथ्यो, आँगनको ढोका खुल्यो, हेर्छु त पूजा सकी नसकी चोरको जस्तो चालमा ट्रेक्किङ ब्याग जत्रो झोला घिसार्दै आइराछे। म तर्सेर तलै पुगेँ। 
 
"काँ जान ला तँ?" --मेरो हन्शले ठाउँ छोड्ने बेला भैसकेकोथ्यो।
 
"काँ जानुनि तँ काँ बस्छु २-४ दिन" --म भन्दा उहि अघि अघि लाग्छे बा
 
"तेरो घर चैँ के भो? फेरि झगडा गरेर हिडिस् कि क्या हो?"--आफ्नो घरमा आमा सँग या दाइ सँग झगडा पर्यो कि आइपुगिहाल्थि मेरो घरमा झोला बोकेर, मलाइ आगोको ज्वालामा हुमेर।
 
"के हुनु नि? अबिन सँग फोनमा कुर गरिराथे, आमाले अर्को फोन बाट सुनिरहनु भा रे'छ। अब जवान छोरीको बढी चियो चर्चो गरेपछी के-के सुनिन्छ के-के"-- उस्लाई के सुन्नु भयो भन्ने त एकथोपा पनि पिर छैन उल्टो आमाको गल्ती देखाउछे
 
"अनी किन मुन्ट्या त मेरो घरमा? बाबा-आमालाई के भन्ने? "-- ढोका ढप्काउदै अली सानो स्वरमा भने
 
"कस्को घरमा जाँउ त? आफ्नो घरमा बस्न खतरा नै छ आमाको रिस नमरेसम्म, त्यो किच किच सुन्नेर बस्न सक्दिन म"--अझ उस्कै घुर्की लाउछे, आफ्नु मुटुनै फुल्न थालिसक्यो घरमा के भन्ने भनेर।

"मुन्ट्या भए हुन्थ्यो नि तेही अबिनेको घर, दिनभर सँगै थीस अझ तेती ले नपुगेर घर पुग्ने बित्तिकै झुम्मिनु पर्छ फोनमा?"-- त्यस्को बिथिती ताल ले मेरो सहन सक्तिलाई थिचिमिची पारिसकेकोथ्यो।
 
"गई हाल्थेनी तैले सिकाउनु पर्थ्यो र? त्यो बुढीले मेरो फोन त दिन्न, मलाई त के देली र ढिम्किन?"-- बुढी भनेको अबिनको आमा होला भनेर म नियाल्न तिर जोड दिदैथेँ, उ भने २ -४ दिन बस्न आउदा १ महिनालाइ पुग्ने लुगा लिएर आएकि रहिछे, मेरो दराजमा के ठाउँ पुगोस, मरी मरी कोचिराथी।
 
"तेरो लुगा राख्न अर्को दराज पनि चाहिने भएछ अब"---उ अटेसम्म लुगा कोचिराथि
 
"किन नचाहिनु त, तेरो बासै म काँ हुन्छ, बिचर दराज ले पनि के धानोस् दुइ दुइ जना को लुगा"-- आफ्नो लुगा खुम्चेला भनेर अली अली सार्दै उस्लाई ठाउँ बनाउन करै लाग्यो।
 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
क्रमश:

 

भाग ३........

 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
मेरो सतोपुत्लो उडिहाल्यो। भाईलाई आमा रिसाउनु भएको छ भन्दा छैन भन्यो तेसैले अली ढुक्क भएँ।
 
"मिलाएर भन है आमालाइ"-- आफ्नो आमा सँग नडराए पनि मेरो आमा सँग चैँ अलि अलि भए नि डराउथि पूजा
 
माथि जाँदा आमा भ्याइ नभ्याइ भान्सामा काम गरिरनु भा रे'छ। काम गर्ने केटि, गोमा,  उता साग पखालिराथी, कुरा बुझ्दा आमालाई त पूजा आएको थाहा नै रहिनछ।
 
"कती कोठामा बसिरा छोरी तिमी? अहिले त पढ्नु छैन, एक छिन यहाँ सघाइदे त हुन्छ  नि"-- पूजा को कुरा निकाल्नु अगाडिनै आमाको स्वर चर्किसक्यो, त्यो शुभ लक्षण थेन।
 
ग्यास चुलोमा दुध बसाल्नु भा रे'छ, मलाई दुध उम्लेला हेर है भनेर आफु आरती गर्न पूजा कोठामा जानु भो। आफ्नु ध्यान चित्त पुरै तल कोठामा बसेकी पूजामाथ्यो, दुध हेर भन्नु भएको, हेरि मात्र रहिछु, सबै उम्लेर पोख्यो। हत्तपत्त ग्यास सानु बनाएर पोखिएको दुध पुस्दै थे, "काहा छ तिम्रो ध्यान" भन्दै आमा आइपुगिहाल्नु भो भान्सामा। आमालाई नभनिकन पनि काम थेन हिम्मत गरेर पूजा बस्ने गरेर आकी छे भनेको त जे सोचेकि थे तेही भयो
 
"त्यस्लाई कहिले आफ्नो घरमा बस्नु पर्दैन भन्या ? छोरी मान्छे भएर लखर लखर डुल्याछ, त्यो सरलालाई भन्न पर्ने भा छ छोरीलाई तर लगा भनेर"-- गाली त पूजाबाट उस्को आमाकाँ सम्म पुग्यो। आमाको पारो चडेको बेलामा मेरो बोलि काँ बाट निस्किनु? म चुपचाप ग्यास पुसिनै राथे, पूजा त अझ गीत गाउदै आइ माथि।
 
अब चैँ गाली भेट्ने भई भनेर म ठीक्क पारीराथे, उ त केहि पिर नगरेर भन्छे-- "ल आमा तल जानु , म र दिपिका भएर गर्छौ भान्सा को काम"
 
"छोरी मैले र सरलाले भान्साकै काम गर्यौ सधैं छोरा छोरीको पिर गरेर,  कुवाँको भ्यागुता जस्तो भयौ,  तर तिमिहरुले त्यो देखेनौ भने कस्ले देख्छ हाम्रो बलिदान? छोरी मान्छेको इज्जत सियो को टुप्पामा हुन्छ, अलिकति ढल्क्यो भने आफैलाइ घोच्छ"-- निकै गहिरो शब्दहरु बज्रे यो पालि पूजा र म माथि।
 
पूजा, म र आमा तिनै जना भान्सामाथ्यौ, एक्छिन मा बाबा पनि आउनु भो माथि। बाबाको आँखामा साफ देखिन्थ्यो पूजा राती बस्ने गरेर आएको मन नपरेको। सधैं बाबाको अनुशासनको पाठमा चल्ने मेरो घरमा पूजाले तेस्को उल्लङन गरेकी थि। बाबाको  सिधान्त थ्यो गाली गरेर भन्दा मनमा लाग्ने गरेर भन्यो भने गल्ती दोहरिदैन र मलाई आमा को सय गाली बराबर हुन्थ्यो बाबाको एक भनाइ र त्यो भनाइ अरुको सामु आउँदैनथ्यो, त्यो आउथ्यो जब हामी घरको मान्छे मात्रा हुन्थ्यौ।  
 
खाना खाउन जेल पनि हामी सबै नै चुपचापथ्यौ। खाना खाएर पूजा र म कोठामा गयौ। भाईपनी मेरो कोठामा आउँदैथ्यो पूजाले आँखा सन्काउन थालिहाली मलाई। उस्लाई चाहिदो नचाहिदो कुरा गर्नु पर्थ्यो उस्को प्रेम काहानीको अनी भाई आएको के मन पर्थ्यो? फकाइ फुलाई भाईलाई पठाएँ,  हुँदा हुँदा भाईले धरी मन पराउन छोडिसकेको थ्यो पूजा घरमा आएको।
 
भाई जाने बित्तिकै सोध्न थालि हालि प्रशान्तले के के कुरा गर्यो भनेर। मलाइ प्रशान्त चिया खाएर गएको कुरा भन्न मन थेन, फेरि जिस्काएर हैरान पार्थि के भन्नु? तर नभनिकन बस्नु पनि उचित थेन, भोलि थाहापाइभने त मलाइ मारिहाल्छे, त्यसैले माथि आयो भनेको मात्र के थिए सुरु भै हाल्यो--
 
"माथि नै आयो?---आमाले केहि भन्नु भएन?"--उस्को स्वर र आँखा दुइटै ठुल्ठुला हुन थाले।
 
"मेरै आमा बुढी मात्रै हो यो संसारमा एकजना कसैलाइ देखि नसहने, मलाइ त एक रति बिस्वाश गर्ने हैन, अब त फोन धरि सुन्न थालेर हैरान भैसके"-- उ गुनसो पोखिराथि
 
"बिस्वाश गर्न त तैले ठाउँ छोडेको पनि हुनु पर्‍यो नि"  
 
"हेर बिस्वाश भनेको त्यस्तै हो, अघि अबिन रिसाइराथ्यो मैले पाटन जान मानिन भनेर जा फोन लेरा त कुरा गर्नु पर्ने छ मेरो"-- दिउँसो हलमा अबिन ले खाश खाश र खुश खुश गरेको त त्यो पो रहेछ।
 
"तँ बढ्ता हुन्छेस्, आफ्नो घरमा तेत्रो कान्ड मच्चाइसकिस् अझ पुगेन, बाबाले सुन्नु भयो भने के भन्ने ? भोलि बिहान गर बरु"-- थामथुम पार्ने कोशिश गर्दै थे म
 
"भोलि बिहान सम्म त कुर्न सक्नु नि पर्यो नि? २ मिनेट मात्र कुरा गर्छु प्लिज फोन लेरान छिटो"-- त्यस्को त्यो ढिप्पी गर्ने बानी कहिले मन परेन मलाई।
 
फोन त बाबाको कोठामा चार्ज गर्न लाग्नु भएको रे'छ, तैपनि २ मिनेट त पुग्छ होला भनेर दिए, उ कुरा गर्दै थि  dead भैहाल्यो। त्यति थोरै समयमा कुरा गर्दा पनि उस्को त झगडा परेछ रुन पो थालि। बल्लतल्ल सम्झाएँ, झन कुरा नगरि भएन भन्छे।
 
"काँ बाट गर्छेस त कुरा अब? अर्को फोन बाबाको कोठामा छ, बाबाको अगाडि बसेर गर्छेस् ? जा गर्ने भए गर म केही भन्दिन"-- अब त मलाई पनि झनक्क रिस उठ्यो।
 
"हिँड जाँउ सोम दाईको पसल बाट फोन गरेर आउ"--उ त आशु पुस्दै त्यो गल्लि बाहिरको पसलमा पो जाने भन्छे।
 
"बौलाइस् कि क्या हो? यति राति कँहा बाट जाने पसल? ढोका खोल्दा बाबाले थाहापाउनु भयो भने दुइ जानाकै खुट्टा भाँच्नु हुन्छ"
 
"ढोका बाट कस्ले जाने भन्या छ र? झ्याल बाट जाने नि"-- मेरो कोठाको अगाडि पटिको ज्यालबाट आँगनमा हाम्फाल्न एक्दम सजिलोथ्यो। आँगनको पर्खाल् झन्डै मेरो झ्याल बाहिरको पिँडि सम्म आइपुग्थ्यो। उस्ले त तेहि बाट जाने दाउ कसिछे।
 
"जान्छेस् तँ यो आधा रातमा झ्यालबाट, कसैले देख्यो भने के भन्ने?"-- उ तेति निडर कुरा गर्छे, आफु चैँ उस्को सट्टा धरि आँत्तिराछु।
 
"कस्ले देख्नु? सबै जाना सुतिसके, कसैको कोठामा नि बत्ति बलेको छैन"--उ त मेरो कुराको वास्त नगरेर जुत्ता निकाल्न थालि। गर्ने भने पछि गरेरै छोड्ने तेस्को बानिले धेरै चोटि अप्ठ्यारोमा पारेको थ्यो दुबैलाइ। आँखा भरी आशु पारेर ५ मिनेट कुरा गरेर फर्किने, प्लिज हिड् कि हिड् भन्न थालि। तँ नजाने भए म एक्लै गएर आउछु पो भन्छे। त्यति राति पुजालाइ एक्लै जान दिन मेरो मन ले मानेन। मैले केहि सोच्नै सकिन। बाबाहरुको कोठामा पनि बत्ति निभिसकेकोथ्यो। उ झ्याल खोलेर बाहिर पिँडिमा पुगिसकि।
 
झ्यालबाट जान पनि झ्याल खुल्लै राखेर हिड्ने कुरा भएन फेरि आफ्नो टोलमा सबै नातेदारहरुनै थे, झ्याल् खुल्लै देखेर बाबालाइ फोन गर्देलान् भनेर गोमालाइ हेर्न गए, उ सुतेकि रहिनछे। उस्लाइ कोठामा लेराएर नफर्किउन् जेल सम्म ढोका लक गरेर बस अनि झ्याल पनि बन्द गर भने र उस्लाइ राखेर दुबै जना झ्याल बाट बाहिर पिँडिमा ओर्ल्यौ। मुटु को धड्कनको गति बडेर ड्रमसेट् को जत्रो आवज निक्लिराथ्यो। हात खुट्टा दुइटै लगलग कामिराथे। पुजा भने मेरो हात समात्दै अघि अघि लागिराथि। पूजा खुत्रुक्क पर्खाल्मा हाम्फाली र त्यहा बाट आँगनमा। म पर्खालमा हाम्फाल्दै थे एक्कासी को करायो---
 
"को हँ त्यो?--- चोर-- चोर -- देबेन्द्र दाइको घरमा चोर पस्यो"----आफ्नै घरमा आफुलाइ चोर भनेको पनि सुनियो
 
क्रमश:
 
Last edited: 05-Mar-08 06:48 PM

 
Posted on 02-26-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मैले पर्सान्ते भन्दा दिपु ले यस्तो " " गरेको    "--- प्रेरणा म मर्ने नै भएँ हाँसेर।

मैले खास लेख्न खोजेकी चैँ यो हो--

 "प्रेरणा my dear, तिमीलाई पनि प्रशान्त मन परेन हो? किन पर्शान्ते भनेकी? "

--- तिमीले पर्सान्ते लेख्दा म एकदम हाँसेकी थिएँ--- यसरीनै


 
Posted on 02-26-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप्पू! रमाइलो कथा रैछ। साधारण कथालाइ पनि बिशिष्ट बनाउन निपुण छौ तिमी!
पूजा पात्र चैं दीप ज्योको बांगे जस्तो हुन थालेछ, बांगे जस्तै बशमास रैछे त्यो पूजे त!

तिम्रो र प्रेरणाको कथा झन्डै उस्तै लाग्छ मलाइ, फरक छुट्याउनु पर्दा, तिमी शीर्षकमा राइमिङ (rhyming)  शब्दहरू 
प्रयोग गर्छौ, जुन मलाइ मनपर्ने कुरा हो, म आफ्ना कथामा नि यस्ता शीर्षक राख्न रूचाउँछु। अनि शब्द र वाक्यहरू
अलि बढि हाँस्यरसमा प्रयोग गर्छौ तिमी, सरल कुरामा पनि मज्जाले बुट्टा हाल्न सक्छौ। तिमी अलि रमाइलो मनपराउने
केटी जस्ती देखिन्छौ कथा लेखनको आधारमा।
प्रेरणा चैं अलि सिरियस कथा लेख्छे, उसको कथामा केही गम्भीर सन्देश पनि लुकेको हुन्छ, अनि केही ओजपूर्ण 
भनाइ या भाव पनि हुन्छ।

समग्रमा भन्दा तिमीहरू कथा लेखनमा जुम्ल्याहा दिदी बहिनी जस्तै देखिएपनि केही प्रमुख भिन्नता चैं छन्।
 
Posted on 02-26-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पर्शान्ते लेख्दा दिप्पु मक्ख परेर "" गरेर हासेको                           
 
Posted on 02-26-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्यापि ले हाम्लाइ फेरि ज्युम्ला भनेको  

 
Posted on 02-26-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! प्रेरू, तिमीहरू साझाको कथा लेखनमा चैं जुम्ल्याहा नै हौ। 
वास्तविक जीवनको जासूसी गर्न त मलाइ न अधिकार न सरोकार!


 
Posted on 02-26-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा तिमी नै भन म के गरुँ  कि , तिमी जे भन्छौ म तेही गर्छु हुन्छ?

म्यापि,  साच्ची भन्ने हो भने मलाई आँफैलाई थाहा छैन म कस्तो कथा लेख्ने मान्छे हो भनेर। मेरो मन मा जे आउछ म त्यही लेख्छु, अनी लेखाइमा रमाइलो मन पराउने कुरा चै मेरो कथाको बिषयबस्तु मा भर पर्छ।

 लौ अब प्रेरणालाई र मलाई जुम्ल्याहा बनाउने तिमीनै हौ अब त सच्ची हो कि जस्तो लाग्न थालिसक्यो

Last edited: 26-Feb-08 01:17 PM

 
Posted on 02-26-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पूजालाई धन्यवाद दिने कि नदिने भन्ने त हेर्नै बाँकी छ --अरु भाग पनि आओस न है
जे होस सदा झै राम्रो छ लेखाइ
कीप अन कमिङ
धन्यवाद दिपिका


 
Posted on 02-26-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dippu,   I was just  teasing you …it is always fun to tease a sister when she talks about a guy ni haina  ......man paraarea(keta ko baremaa)  kura garya jasto laagyo bhane beskana naramro bhandyo,   ani man paraeko chaina bhane ramro bhandyera ris uthaune - -  tyasai garthe ma - - - - hahahaha  

I miss those days !

 


 
Posted on 02-26-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'
अनी पूजा तल्लो रो म थि म माथिल्लो अनी तेस्ले मुन्टो बाटरेर हेरेको त थाहा भईहाल्छनी। प्रशान्त को बानिथ्यो अनुहारमा हेरिरहने। कसैले अनुहारमा हेरिरछ भने त थाहा पाउन उस्कै अनुहारमा हेरिरहनु पनि पर्दैन नि भाई'
 दिपिका दिदी ,
 अनि हजुरले फिल्म नहेरे किन पुजा र पुजाको उसलाई हेरि राकि त?
अब प्रशान्तले  कल्लाई हेरेराको छ भनेर खोजिनिती गरेपछि त उस्ले  हेरिराको त देखिन्छ नि  ;)  ।
 'दिदिको विश्वाश नलागे तिमी पनि ट्राइ गर त '--
 ना   दिपिका दिदी,  हजुरको बुहारीको पिटाइ खानु छैन मलाइ
 
'मलाई मेरो सिस मिस हुन्छ भन्या'-- उसो भा म दिदी संझेर आउनु ब्यर्थ रे'छ :(

 
Posted on 02-26-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, खोइ अर्को भाग पढेपछी त झन के देलाउ र पूजालाई धन्यवाद। मेरो टाउको माइग्रेन नै भएको जसरी दुखाउथि बेला बेलामा के धन्यवाद दिनु? 

प्रेरणा तिमीले पनि मलाई जिस्काको?

शुभ तिमी धेरै दिदी सँग मुख मुखै नलागततिमीलाई तिम्रो दिदी तेस्ताहरुको खोजिनिती गर्दै हिंड्ने लाग्यो अब? भाई, त्यो मानबिय चरित्र  हो, कसैले आफुलाई हेरिरहेको छ भने नचाहेर पनि आफ्नु आँखा त्यो मान्छे सँग बार बार ठोकिन्छ, त्यो मान्छे केटा या केटी नै हुन पनि पर्दैन।  बुढा, अधबैशेँ या बच्चा नै भए पनि याद चैं अबश्य गरिन्छ। अब आजलाई तिम्रो शिक्षा पुग्यो। दिदिलाई धेरै कर कर नगर त तिमी

 


 
Posted on 02-26-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मानबिय चरित्र  हो, कसैले आफुलाई हेरिरहेको छ भने नचाहेर पनि आफ्नु आँखा त्यो मान्छे सँग बार बार ठोकिन्छ, त्यो मान्छे केटा या केटी नै हुन पनि पर्दैन।  बुढा, अधबैशेँ या बच्चा नै भए पनि याद चैं अबश्य गरिन्छ। अब आजलाई तिम्रो शिक्षा पुग्यो। दिदिलाई धेरै कर कर नगर त तिमी

ho ra bhanya, Dipika?

arko part pani rakha na plzzzzzzz.


 
Posted on 02-27-08 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u seem to b another FILMOHOLIC like me...........तर हामी "गुण"को कस्टोमर थियौँ ।जहाँ सम्म तारिफको कुरा छ ,u deserve it...........तर अर्को पोष्ट चाहिँ चाँडो चाहियो ।
 
Posted on 02-27-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'शुभ तिमी धेरै दिदी सँग मुख मुखै नलागत' -----हिहिहिहि  लाग्छु जा!!  के भैजाला त? मुख लाग्यो रे आफुले ह्या भ्याइ नभ्याई किबोर्डमा हात लाइरा'बेला पो मुख लायो रे? :(

 

'तिमीलाई तिम्रो दिदी तेस्ताहरुको खोजिनिती गर्दै हिंड्ने लाग्यो अब?'---दिपिका दिदी हजुरनै प्रशान्तेको  खोजिनिति गर्ने, चियो त गर्नु पर्यो नै  --नत्र भाइ भा के सार ?

 'भाई, त्यो मानबिय चरित्र  हो, कसैले आफुलाई हेरिरहेको छ भने नचाहेर पनि आफ्नु आँखा त्यो मान्छे सँग बार बार ठोकिन्छ, त्यो मान्छे केटा या केटी नै हुन पनि पर्दैन।'--- अँ होला कि यो चै मनपर्ने मान्छेसंग--अनि  त्यसलाई भन्छन उ प्रतिको आकर्षण या झुकाव  

  'बुढा, अधबैशेँ या बच्चा नै भए पनि याद चैं अबश्य गरिन्छ।'--उमेरको कुरो कसरी आओ नि भन्चू र?

'अब आजलाई तिम्रो शिक्षा पुग्यो।'-- आझ फेरी नँया दिनको शुरुवात भएको छ दिदी :)

 'दिदिलाई धेरै कर कर नगर त तिमी' --तात्तोन छारो सअ बाटाआँ हिड्ने मान्छेलै करकर गर्न  त भ'न नि,  हजुर पो  दिदी हो त

हिहिहि दिपिका दिदी म मुख मुखै लाए फेरी

अर्को भाग कहिले त ??

प्रतिक्षामा

--शुभभाइ

Last edited: 27-Feb-08 09:20 AM

 
Posted on 02-27-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिपिका सारै राम्रो लाग्यो। पिलिज अरु नि जावस


 
Posted on 02-27-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पुजे को आउदैछ भनेर मर छिटो, नत्र म गएँ फर्केर"--मेरो मुटुमा ढ्याङ्रो बज्न थाल्यो कुन चैँ नमुनालाइ बोलाकी छे भनेर।
"आखिर तेरो बुढो बाजे आउदै रहिछ त मलाई किन लेराइस"--रिस उठेर मलाई त्यो सँग बोल्न पनी मन लागेको थेन।
कस्तो प्रस्तुती! सरल तर उत्कृष्ट


 
Posted on 02-27-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २..........

"ल ल म कतै जान्न, अबिन सँग घर जान्छु तँलाई प्रशान्तले छोडिदिन्छ"-- मेरो जवाफ पनि नसुनिकन पूजा अबिन सँग गइ

प्रशान्त ले मलाई घर छोड्दियो,  घर सम्म छोड्न आएको मान्छेलाई माथि आउ पनि नभनी कसरी पठाउनु?
"माथि हिडन, चिया खाएर जाउ"-- मैले सिस्टाचार निभाएँ।
 
"हुन्छ"-- उस्ले सजिलै सँग मेरो निमन्त्रणा को पालना गर्‍यो र हेल्मेट हातमा बोकेर म सँगै माथि आयो। उ र म भर्याङ् उक्लदैथ्यौ भाइ आयो, मैले "मेरो भाइ" भनेर चिनाउदै थिए उस्ले खल्तिबाट हार्ट क्यान्डी निकालेर दियो भाईलाई।
 
"मेरो भान्जिलाई एकदम मन पर्छ यो क्यान्डी, उ आएकि छे त्यसैले खल्तिमा भैरन्छ"--मनमा जुन कुरा सोचिराथे, मैले नसोधिकन नै उस्ले जवाफ दियो।
 
भाईलाई "आमा काँ हुनुहुन्छ" भन्दा "भान्सामा" भन्यो। जो साथी घरमा आएपनी म पहिले आमालाई नै भेटाउन लान्थे तेसैले  आमाकाँ लगेँ। आमाले एकछिन साधारण कुरा गर्नु भो र भान्सा बाहिर कौशिमा राखेको कुर्सिमा राख्नु भो। प्रशान्त पनि केही अप्ठ्यारो नमानेर आमा सँग हाँसी हाँसी कुरा गरिराथ्यो।
 
म भित्र चिया बनाउने तर्खर गर्दै थे, आमा आएर भन्नु भो--"तिमी जाउ म बनाइदिन्छु चिया",
म बाहिर गएँ र अर्को कुर्सी तानेर बसेँ। कुरा गर्दा रमाइलो रहेछ प्रशान्त। धेरै नबोल्ने तर बोल्दा हाँसी हाँसी बोल्ने बानी रहेछ। बेला बेलामा दातले ओठको पत्रहरु टोकिराथ्यो तर अप्ठ्यारो मानेको जस्तो लागेन।
 
"तिमिलाई आज पूजाले जबर्जस्ती लगेको हो?"-- मैले सोच्दै नसोचेको प्रश्न तेर्स्यायो 
 
"जबर्जस्ति त हैन तर मलाइ तिमिहरु आउने थाहा थिएन"-- साच्चै कुरा भने, पूजाले भन्नु पनि पर्‍योनी थाहा हुन
 
"किन? थाहा भएको भए आउदैनथ्यौ ?"-- खिस्स हाँस्दै रुखो बोलिमा सोध्यो
 
म हाँसे मात्रै, मेरो उ प्रतिको सोचाइ त्यति राम्रो थेन र म भन्न चाहन्न्थेँ। त्यतिकैमा आमा आउनु भो ट्रे मा चिया र भुजिया लिएर। आमालाई देखेर प्रशान्त जुरुक्क उठ्यो र हातबाट ट्रे लिएर टेबलमा राख्यो। मन मनै सोचेँ राम्रो संस्कारमा हुर्केको रहेछ। पूजाले भन्थी -- "जुन केटाहरु बाहिर हेर्दा बदमाश देखिन्छन तिनिहरु भित्र बाट राम्रो हुन्छन, त्यो बाहिरको सोझोहरु तलाई के था कती घुस्घुसे हुन्छन भनेर,  हेर्दा मात्रै सोझा हुन तिनिहरु"-- प्रशान्तलाई देख्दा त हो कि जस्तो पनि लाग्यो।
 
"छोरी केहि चहियो भने गोमालाइ भन, बाबा आउने बेला भो म तल जान्छु, ल त बाबु, आउदै गर न है, "-- आमाको हाँसी रहने र मेरो साथिहरु सँग कुरा मिल्ने बानिको सबैले प्रशन्शा गर्थे, प्रशान्त पनि आमाको बिदाइमा मुस्काउदै जुरुक्क उठ्यो। उस्को व्यबहार मा केही देखवोटी पन मैले पाइन।
 
"अबिनले पूजालाई घरमा त छोडिदियो होला नि है?"---धेरै बेर देखी त्यो प्रश्नले मेरो मन खनिराथ्यो, प्याच्च मुखबाट निस्क्यो।
 
"खोइ पूजा को के भर?"-- चियाको कपलाई एक फन्का घुमाउदै उ त्यो कपमा घोरिरह्यो।
 
उस्को एक वाक्यले मेरो मन श्रावनको झरीमा रुझे झैं रुझ्यो। पूजा रमाइलो मन पराउने केटी हो तर एउटा सच्चा साथी पनि त हो।  जे मन पर्दैन अगाडिनै भन्थी, पछाडि कुरा काट्ने उस्को बानी थेन । नसोचिकन प्यच्च बोल्थि तर पनि मेरो एकमात्रै सफा मनको साथी थि। जे जस्तो भए पनि आफ्नो साथीको बारेमा अरुको मुखबाट नराम्रो सुन्दा निकै नरमाइलो लाग्यो मलाई।
 
"किन अबिन को चैँ भर छ र?"--मलाई प्रशान्त को वाक्यले मुटुनै घोचेकोथ्यो र मुख बन्द राख्न सकिन।
प्रशान्तले पुलुक्क मेरो अनुहारमा हेर्यो, शायद बुझ्यो होला मलाई नराम्रो लागेको,
"Don't worry, she will be fine"-- उस्ले चियाको अन्तिम चुस्की लिदै भन्यो र जाने तर्खर्मा उठ्यो। म उस्लाइ छोड्न तल आँगनको ढोका सम्म पुगेँ। माथि आउदा पनि मन खिन्ननैथ्यो पूजा सम्झेर।
 
खाटमा गीत सुनेर पल्टिराथे र पूजा घर पुगी कि पुगिन भनेर मन मा कुरा पनि खेलिराथ्यो, आँगनको ढोका खुल्यो, हेर्छु त पूजा सकी नसकी चोरको जस्तो चालमा ट्रेक्किङ ब्याग जत्रो झोला घिसार्दै आइराछे। म तर्सेर तलै पुगेँ। 
 
"काँ जान ला तँ?" --मेरो हन्शले ठाउँ छोड्ने बेला भैसकेकोथ्यो।
 
"काँ जानुनि तँ काँ बस्छु २-४ दिन" --म भन्दा उहि अघि अघि लाग्छे बा
 
"तेरो घर चैँ के भो? फेरि झगडा गरेर हिडिस् कि क्या हो?"--आफ्नो घरमा आमा सँग या दाइ सँग झगडा पर्यो कि आइपुगिहाल्थि मेरो घरमा झोला बोकेर, मलाइ आगोको ज्वालामा हुमेर।
 
"के हुनु नि? अबिन सँग फोनमा कुर गरिराथे, आमाले अर्को फोन बाट सुनिरहनु भा रे'छ। अब जवान छोरीको बढी चियो चर्चो गरेपछी के-के सुनिन्छ के-के"-- उस्लाई के सुन्नु भयो भन्ने त एकथोपा पनि पिर छैन उल्टो आमाको गल्ती देखाउछे
 
"अनी किन मुन्ट्या त मेरो घरमा? बाबा-आमालाई के भन्ने? "-- ढोका ढप्काउदै अली सानो स्वरमा भने
 
"कस्को घरमा जाँउ त? आफ्नो घरमा बस्न खतरा नै छ आमाको रिस नमरेसम्म, त्यो किच किच सुन्नेर बस्न सक्दिन म"--अझ उस्कै घुर्की लाउछे, आफ्नु मुटुनै फुल्न थालिसक्यो घरमा के भन्ने भनेर।

"मुन्ट्या भए हुन्थ्यो नि तेही अबिनेको घर, दिनभर सँगै थीस अझ तेती ले नपुगेर घर पुग्ने बित्तिकै झुम्मिनु पर्छ फोनमा?"-- त्यस्को बिथिती ताल ले मेरो सहन सक्तिलाई थिचिमिची पारिसकेकोथ्यो।
 
"गई हाल्थेनी तैले सिकाउनु पर्थ्यो र? त्यो बुढीले मेरो फोन त दिन्न, मलाई त के देली र ढिम्किन?"-- बुढी भनेको अबिनको आमा होला भनेर म नियाल्न तिर जोड दिदैथेँ, उ भने २ -४ दिन बस्न आउदा १ महिनालाइ पुग्ने लुगा लिएर आएकि रहिछे, मेरो दराजमा के ठाउँ पुगोस, मरी मरी कोचिराथी।
 
"तेरो लुगा राख्न अर्को दराज पनि चाहिने भएछ अब"---उ अटेसम्म लुगा कोचिराथि
 
"किन नचाहिनु त, तेरो बासै म काँ हुन्छ, बिचर दराज ले पनि के धानोस् दुइ दुइ जना को लुगा"-- आफ्नो लुगा खुम्चेला भनेर अली अली सार्दै उस्लाई ठाउँ बनाउन करै लाग्यो।
 
"दिदी आमाले माथि बोलाइरनु भा छ"-- भाई हस्याङ र फस्याङ गर्दै आयो।
 
क्रमश:

 
Posted on 02-27-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पूजा त मशहुर केटी रहिछे नि
दिपिकालाई अप्ठ्यारोमा पार्ने भईछे ल
सदा झै राम्रो लेखाइ दिपिका
रमाइलो लाग्यो पढ्दा



 
Posted on 02-27-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी आमाले माथि बोलाइरनु भा छ -----  aba dipu lai marne hunu bhayo amale  

tyo kramasa na rakhi lekhana bhanya   

dipu yo bhag pani ustai ramro rahech la.


 
Posted on 02-27-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! मैले हिजो भनेको थिएँ नि त्यो पूजे दीप ज्योको बांगे जस्तै बदमाश छे भनेर!
नमूना केटी रैछे! एकपल्ट जिस्काउन पाए हुन्थ्यो पूज्जू लाइ!
लेख्दै गरम् दीप्स्!


 
Posted on 02-27-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai pani Deep jyu ra deepika, Bange ra pooja ustai ustai lagchhan. Deep ko ra deepika ko lekhai pani ustai ustai lagchha.

Yo pani ,as usual, ramro chha deepika. Keep writing.


 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters