[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 236808 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-28-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर किन बाडुली लग्यो भनेको त यहा चौतारी मा गोतामे दाइ ले सम्झेर पो रैछ।
जदौ गरे है गाम्ले हरु। क्या अर्नु, आज्कल हलो जोत्दा जोत्दा फुर्सद हुने भए पो। दिन भरी जोत्यो, थकाइ लाग्छ। अनि चौतारी सम्म झर्ने बल पनि हुन्न। :(

ह न यि नेप्ची (Nepalki_chori) चाइ को पर्नु भएछ कुन्नि? मेरो कोहि दिदी बहिनी भको जस्तो त लाग्दैन थ्यो त। जो भए नि नया मुन्छे लाइ स्वागत त गर्नै परो के रे, चौतारी को रित अनुसार।।
 
Posted on 01-28-07 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारी बनाको मा गालउ लाइ धन्यबाद।
यो पाला चाइ जोइ को पोइ हुन पाओस, अर्को बर्ख चाइ एउटो घोर्ले छोरोको बाउ हुन पाओस। तेस्तो सोस्थानी भट्याको पुन्य ले तेति त हुन्छ होला क्यारे।
:-)
 
Posted on 01-28-07 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक कुरो अरेउ गोताएँ! यि बुडालाई चिलिमले बिआरो बिआर्नु सम्म! अब चाइन्जो नातिनीको स्वयम्बराँ लबेदा सुरुवाल ला'र लौरो टेक्तै हिन्नु पर्बे बेलाँ कुन चाइनिलाई सउँजेर बस्ता रेछन्। तो धामिलाई बोला'र एउडा रातो भाले र चामल ठिक पार्नु परो त फुक्न लाउनु परो त्याँसि टेजिडि सेजिडि आँधिमा बगेर जान्छ!

लु नेप्चे नेप्चि भेट भओ चाइन्जो घ्याम्पो जत्रो पेठ भओ! हाउँरि नातिनी तितौरीले गाउने अस्तो गित गाईदेको नि! :)

स्वागत छ नेप्चिलाई चौतारिआँ!
 
Posted on 01-28-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो 'सिँगाने नेप्चेकी बुईनी' परिन नि म त। म त हुं 'नेपालकी छोरी'।

गोतामे, न nepalki chori न nepalki choori हुनु पर्ने चाहि nepalki choree हे हे हे।

जे होस स्वागत गर्ने सब लाई धन्यबाद त दिनै परो क्या र।
 
Posted on 01-28-07 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है, हिम्माल् बा, गोतामे गुरु, नेप्चे , नेप्ची, जीवन् सब् लाई। आफ्नो त सपना देख्ने बेला भो। सपनामा कोहि सबिता कबिता रमिता बबिता भेटिएछ भने भोलि बिहानै ठुलो चुनावको पोस्टर् जस्तो हुने गरि चौतारिमा राख्छु क्य रे। सपना पनि सम्झना, बिपना कल्पना कोइ आयेन भने म् के गरम्।
 
Posted on 01-28-07 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) नेप्ची:D
ल के भओ भन्चु र यो नेप्चेभाइलै । त्यै तल्ला घरे काका कि कान्छि छोरी । बुइनि क्या त । कति हर्लक्क बढिछिनबरै यि नानी त । पोहरसाल मात्रै हो नाक भरि सिकान ले र बाख्रा चराउन जान्थिन ।
 
Posted on 01-28-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'त्यो 'सिँगाने नेप्चेकी बुईनी' परिन नि म त। '......
गल्तिले मिस्टेक भ र छ उसो भे ( माफ पाम है ) ।:)
 
Posted on 01-29-07 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु यु आर दि बेस्ट । सबै गाम्ले साथीहरु लाइ यो ठुलिको नमस्कार् च
 
Posted on 01-29-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी जून रहरले म मा फूल्न आयौ, सबै सूख हराए सँधै चोट पायौ,
म डुब्दो किनारा कहाँ हाँस्न सक्थेँ, ब्यर्थै तिमीले मेरो हात समायौ!

जदौ! यो बिर्खे_माइलाको!
 
Posted on 01-29-07 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ यहाँ? दादा, ठूली र अरू पछि आउने लाई पनि अग्रीम जदौ!
 
Posted on 01-29-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ यहाँ? चित्रे, दादा, ठूली र अरू पछि आउने लाई पनि अग्रीम जदौ!
 
Posted on 01-29-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, चित्रु, मिस्, गालु,रहुल दाई, दादा, वीरखे दाई सबैक के छ हालखबर ।

गालु व्हेर इज् स्वस्तानि तुदे।
 
Posted on 01-29-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
 
Posted on 01-29-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु व्हेर इज् स्वस्तानि तुदे।
 
Posted on 01-29-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, नमस्ते, जदौ, जय नेपाल यो राहुलेको । आ-आफ्नो हिस्साको अभिबादन स्वीकर्नुस् ।

गालउको स्वस्थानी को ब्यग्र प्रतिक्षामा।
 
Posted on 01-29-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!! नेप्चीलाइ धेरै धेरै स्वागत छ चौतारीमा ।
गालेले त हाम्रै स्कुलको चौतारीमा लगेचौ यसपाला त । क्यार्नु आफ्नु त त्यो स्कुलमा भन्दा नि त्यो घन्टीको मया लाउच के, किलास ट खाली तेइ आखा हुन्थ्यो, कती खेर बज्ला घन्टी भनेर । बुडो घन्टी अझै तेइ रैच ।
अनि यि दादा बुडालाइ कति सार्हो बिर्खे बन्न मुन लाको हो त नि ? आजकाल त सिर बेपत्तै भो के रे । आरप तिर ट आको थियो, कता लागो त नि ? यसो तराइ तिरका फुटोमा लठ्ठी लिएर दौडनी मुन्छेको नाम हेर्छु कतै सिरे छ कि भनेर, देखिया होइन । बरु एउटा कपाल नभको मुन्छे देखेको थिए, आजकाल पुन्टे दाइ यता छैनन, उतै गचन कि त ? बिचरा भउते अगिल्लो चौतारीमा दौडेको दौडै, सारै थाक्यो होला ।
थ्यानक्यु मिस......घन्टी लाओ क्या ।
 
Posted on 01-29-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाsssssssssलु व्हेर इज् स्वस्तानि तुदे।
 
Posted on 01-29-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको अध्याय चाहिं धेरै जसोले सुनिसक्नु भएको होला ।

चौतारी स्वस्थानी व्रतकथा - २५
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, जिम्माल बुढाले तीन बीस हिउँद काट्न लागिसक्दा पनि घरबार भने अँझै नभएकोले गाउँलेहरुले "अब यी बुढाको यस्तै चाला हो भने जिन्दगी यसै बित्ने भयो" भन्ने निर्क्यौल निकाली अर्को गाउँबाट तीन बीसको उमेरसम्म कन्या नै बसिरहेकी स्त्रीसँग बिहे गराइदिए। ती स्त्री कस्ती भने कान पनि कम सुन्ने, आँखा पनि कमजोर, रुघा पनि लाइरहने, घाँटी पनि दुखिरहने। बुढेसकालमा बिहे गरेको, झन घाँडो भयो भन्ने सोची श्रीमतीलाई कसरी अलि तन्दरुस्त र बलियो बनाउन सकिन्छ भनेर पीर गर्न लाग्दा कोही अस्पताल लैजाऊ भन्थे, कोही ब्युटी पार्लर लिएर जाऊ भन्थे।

कुनै दिन स्कूल मूनिको चौतारोमा बसेर तमाखु खाइरहँदा लालेलाई आफूतिर आइरहेको देखे। बिहान दाउरा काट्न जान्छु भनेर आफ्नै अगाडि वन पसेको मान्छे २-४ घन्टामा नै फर्केको देखेर अचम्म लाग्यो र सोध्न लागे "हे लाले! तँ त बिहान दाउरा काट्न भनेर हिंडेको थिइस्। खाली हात फर्किस्। निकै खुसी पनि देखिन्छस्। भन् के भयो?" जिम्मालको यस्तो प्रश्न सुनी लाले पनि चौतारीको डिलमा बसेर बोल्न लाग्यो "हेर्नुस् जिम्माल बा! आज त अचम्म भो। मलाई धेरै फाइदा पनि भो। पोखरीको डिलको रुख काट्न लागेको थिएँ। चानस पनि कस्तो पर्यो भने बन्चरो फुस्किएर पोखरीमा झर्यो। आफ्नो भएको जम्मा एउटा बन्चरो पनि पोखरीमा खसेपछि रुन मन लाग्यो र पोखरीको डिलमा बसेर विलाप गर्ने लागें। अनि त अचम्मै भयो नि त, पोखरीबाट जलदेवता उत्पन्न भई सुनको बन्चरो देखाउँदै 'यो बन्चरो तिम्रो हो?' भनेर सोधे। आफ्नो फलामको बन्चरोको सट्टामा सुनको बन्चरो पाउँदा 'हो' भनम् जस्तो लाग्या त थियो। तर, अस्ति ठ्याक्कै मास्टर्नी दिदीले पढा'को 'दाउरे र बन्चरो' कथाको याद आयो। अनि 'आज सुनको बन्चरो पक्का पाइने भइयो' भनी सोच्दै 'हैन, मेरो बन्चरो त्यस्तो छैन। मेरो बन्चरो त फलामको छ' भनें। जलदेवताले 'यो बास्तवमा तिम्रै बन्चरो हो। मैले तिम्रो बन्चरोमाथि सुनको कोटिङ् गरेको हुँ। तिम्रो इमान्दारिता देखि म प्रसन्न भएँ। यो सुनको बन्चरो लैजाऊ' भनेर दिए।" सुनको पहेंलो बन्चरो देखाउँदै लालेले ङिच्च गर्दै त्यहै सुनकै जस्ता पहेंला तीस दन्त देखायो।

लालेको यस्तो कुरा सुनी जिम्माल बुढाको मनमा पनि लोभ पलायो। र, भोलिपल्ट "बोटिङ् जाऔं" भनेर रुघाले ग्रसित जिम्माल्नीलाई त्यही पोखरीमा लिएर गए। डुङ्गामा केही समय सफर गरेपछि जिम्मालले जिम्माल्नीसँग टाइटानिकको पोज गर्न परो भनेर उठाए। जिम्मालले त्यही बेलामा डुङ्गालाई हल्लाइदिए र जिम्माल्नी पोखरीमा खस्न पुगिन्। जिम्माल चाहिं डुङ्गामा बसेर "हे भगवान! यो के अनर्थ भयो? यो बुढेसकालमा बल्ल बल्ल बिहे गरेको। त्यही पनि आज यो पोखरीमा डुबेर मर्ने भई" भन्दै बिलौना गर्न लागे।

तहाँ पश्चात, केही बेर पछि पोखरीबाट जलदेवता उत्पन्न भए र सँगै लिएर आएकी युवतीलाई देखाउँदै जिम्माललाई सोध्न लागे "हे जिम्माल! तिम्रो विलौना सुनेर मलाई पनि दुख लाग्यो। यी स्त्री तिम्री श्रीमती हुन्?" हे अगस्त्यमूनि, ती महिला कस्ती भने बत्तीस लक्षणले युक्त भएकी। अस्ट्रीचका जस्ता लामा खुट्टा भएकी, हाँसका जस्ता लामो घाँटी भएकी, मृगका जस्ता आँखा भएकी मृगनयनी र हेर्दामा भर्खर ११ पुरा गरेर १२ शुरु गरेकी। कुमारजीको उक्त कुरामा अगस्त्यमूनि अचम्म हुँदै सोध्न लागे "हे कुमारजी! ११ पुरा गरेर १२ पुरा गरेकी त बालिका भइहालिन् नि, कसरी महिला भइन्?" अगस्त्यमूनिको प्रश्नको उत्तर दिंदै कुमारजी आज्ञा गर्न लाग्नुभयो - हे अगस्त्यमूनि, मैले कक्षाको कुरा गरेको। अहिले जमानामा मान्छेको उमेर पढाइको वर्षले हिसाब गरिन्छ। तिमी त पुराना पो भएछौ। तर जे होस्, ती स्त्री भर्खरकी जस्ती देखिन्थिन् है! तर नाकको टुप्पाबाट चुहिन लागेको सिंगान देखेर जिम्माल पनि आफ्नी श्रीमती भनेर आश्वस्त भए। अनि अघिल्लो दिन लालेले दिएको आइडिया सम्झिंदै 'हो भन्यो भने फेरि पहिलेकी जस्तै बुढी र रोगी नै छोडिदेलान्' भनी सोच्दै उत्तर दिए "हे प्रभो! होइन। मेरी दुलही त अलि दुब्ली, अलि कुप्री र अलि लुरी छिन्। अनि अलि उमेर ढल्केकी, बुढ्यौली सल्केकी छिन्।"

जिम्मालको यस्तो उत्तर सुनेर जिम्माल्नीले अलि मुख अँधेरो बनाइन्। जलदेवता पनि दुखित हुँदै "हे जिम्माल, तिमी आफ्नै श्रीमतीलाई पनि नचिन्ने कस्ता मान्छे रहेछौ? तिमीले श्रीमतीको रुपको परिवर्तनको वावजूद पनि चिनेको खन्डमा म खुसी हुँदै तिम्री श्रीमतीलाई त्यस्तै दिउँला भन्ने सोचेको थिएँ। त्यो भएन, त्यसैले तिम्री श्रीमतीलाई पुरानै अवस्थामा फर्काइदिन्छु" भनी अलप हुँदा भए।

घर फर्किंदा बाटोमा जिम्माल्नीले "मलाई तपाईंले नचिन्नु नै भएको हो त?" भनेर सोध्दा जिम्माल बुढाले "चिन्या' त थिएँ। तर चिनें भनेको भए तँलाई त्यस्तै छोडिदिन्थे भन्ने पनि थाहा थियो। तँ भर्खरकी भइस् भने गाउँका अल्लारेहरुले साइड दिएर मलाई टेन्सन् हुन्थ्यो क्या! त्यै भ'र चिन्दिन भन्देको।"

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे पञ्चर्विंशोध्याय॥२५॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-29-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हौ जदौ । बित्यासै पार्यो नि माघे जाडोले आज त । अनि नमे, पक्की भवन भएको इस्कूल अघिल्तिर यती राम्रो चौतारी छिनेकोमा धेरै धेरै धन्यवाद । तिम्रा सन्तानले कक्षा कोठाहरु ढाकून् । मास्टरनी नानी पनि अब त दङ्ग परिन् होला, पहिले जस्तो खुल्ला चौरमा पढाउनु नपर्ने भएर ।

ठुल्दाइ, तारेमाम् । चिलिम तान्ने काम कुरो चाँही नगरुँ है, बिग्रेलान् इस्कुलका भुराभुरिहरु । बरु यो संस्करणमा चिलिम माथि प्रतिबन्ध लगाउने हो कि?

अनि nepalki_chori, मेरो अन्ताक्षरि पार्ट्नर्, छु ख हालखबर? कता हराको यत्तिका बर्षासम्म?

गाsssssssssलु व्हेर इज् स्वस्तानि तुदे?
 
Posted on 01-29-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु, यस पटकको चौतारी मेरो लागि निकै नोस्ट्याल्जिक् चौतारी हो। अर्को गामतिर नमेदाइले टाँस्या रहेछन्। मैले उप्काएर यता ल्याएँ। त्यही भ'र कपिराइट चैं नमेको भनेर लेख्या हो।

यहाँहरुको आज सुखमय रहोस्।

अस्तु:॥
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters