[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 171594 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 12-28-05 4:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नैयाँ पाचौं चौताराँ मैले नी सिरी गँणेश गरीं है त।
त्यो तेस्रो फुटुकी लै त मै भित्र्यौन पर्लास्तो छ, गाँठे। बिछट्टकि रे छे र नी। दम्तरी हो, लाखा पाखा लागो है फेरी, नभे त भाले जुदाइ हुन्छ याँ।
ह न यो शंकर बुढाचैं के नाना भाँती गर्दै हिड्छन् हँ? कपाल र दारीजुङ्गाका दुर्गति अरेका थे के रे पैले। ऐले फेरी गाउँलेका भैंसी दुँदै हिड्न थालेचन्।
 
Posted on 12-28-05 5:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साईँलाको अघिल्लो प्रश्नको जवाफ मैले ईमेलाँ देको थेँ है ।

---


मैले भउते जेठानलाई भनेर ठहराएकी केटीको चईनी फुटो देखेसि त साईँलाले मसँग पो उल्टो जुहारी खेल्ला खेल्ला जस्तो
अर्च है । तेत्तिकै राल (-याल) नकाढ साईँला, पहिले भउतेले जस्तै पैसा कमाउ, पैसा । त्याँसी त तिमलाई झन औसरा (अप्सरा) जस्ती
जो त खोजम्ला केरे नि, हामी छम् केरे नि । रउसी खाएर बतुराम्दै नहिँड, पैसा कमाउ, पैसा ।

Keep rolling...

 
Posted on 12-28-05 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका फेरि आफ्ना ससुरालीमा गाका त तेतै जो गोदाम भए केरे । आम्दै आएनन्। क्यार्न आम्थे, मजाले बसी -बसी खान पाका पाएयै जो छन् ।

ए काका, चईन्जो भउतेलाई ब्वारी हेर्न परो ।

Keep rolling...

 
Posted on 12-28-05 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले तो फुटो देखासि त दादा पुनि तिर्मिराएचन् कि जस्तो छ, अघि डहर बाट गीत गाम्दै हिँडिराका थिए। पुरै
गीत त सम्झिन, कसैले सुनेको भा सुनाम् केरे, नत्र दादाले जो फेरि गाएरै सुनाउलान् केरे नि ।

...................................वासना
...मनमा पीर भए नि निरिमाया, मुसुक्कै हाँसन

Keep rolling...
 
Posted on 12-28-05 5:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेको जवाफको लागि धन्यबाद है।

-----

भन्न त भन्यौ तिम्ले, तर मुन्छेको मुन लागे छि पैसो सैसो तिर आँखा लाग्दैन भन्छु है म त सिरे। पैसो भन्याँ जत्ति भइनी पुग्दो रैन्च गाँठे। अब भउते ले त हेरी, टन्न कमाका छन् के रे तिन्लै त जल्ले नि घरानकी छोरी दि हाल्ला नी। म उरन्ठेउलो रउसी र सउसीमै मस्त यस्सो सुधार्ली नी त अनेर आँट अर्न लाग्या, भैगो तेस्भे।
 
Posted on 12-28-05 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गलब २ नं को चौतारो त काहुको भन्जयाङको जस्तो मान्चु के रे । ल हेर केट हरु, बल्ल आए, कता कता गए भनेको त लोकान्तरको भुइसि हेर्न पो गका रचन ।
यस्तै हो साइला दाइ, भाइ हरु को पनि घर खालि नै छ पिर नगार ।
 
Posted on 12-28-05 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साथी हो, म पनि आइपुगें ल हामफाल्दै यो नयाँ चौतारीमा। यो सिरे काँ ग'को थ्यो भन्या त भौतेको लागि लमी बन्न पो गा'रैछ। ल यस्तो दामी लमी भएपछि चौतारीका ठिटाहरूलाइ के चाहियो र? साहिंला र नमे पीर नगर हो, हाम्रो सिरे लमीले तपाईहरूको पनि चाँडै नै जन्ती निकाल्ने बन्दोबस्त गरिहाल्छ। तपाईहरू ढुक्क हुनु भए हुन्छ।

म चैं मैनालाइ ईमेल लेखौं कि भनेर बस्या, केही पनि दिमागाँ आएन बा लेख्ने कुरा, यौटा चित्र मात्र आयो मनमा.........अब गीत कविता चैं पछि लेख्दै गरम्ला।

 
Posted on 12-28-05 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँस खेल अर्ने मुडै छैन यार, के भा'को हो मुलाई यस्तो? बेलडाँडाको लाटोभुत लाग्याजस्तो छ :-(

:-(
-भउते
 
Posted on 12-28-05 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा बेलाँ हाम्लाइ नि त्यस्तै हुन्तो भउतु ! लाटो भूत हैन बेल्डाँडा तिरा' किच्कन्नी ला'होलान् ! झारफुक नअरी बिसेक हुन्न अब !:D
 
Posted on 12-28-05 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते त हिममा चिप्लेटि खेलेर चाक नै थेचारे च केरे, सुत्केरी आइमाइ जस्तै हिनेको जस्तो मान्चु म त ।
ए सिरे, तिमी त मटितेल साउका काम अर्दा रैचौ केरे , हाम्रा त टुकि नि रित्तै छन, इतिइति पैचो दिन्थ्यौ कि ?
ल है समुन्द्र , मेरो गाम त यतै पर्यो के रे, अब गमेर पत्ता लाउ । अस्तिनै टासेको हो के रे, फेरि नि टासें ।

 
Posted on 12-28-05 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरेँ है सिरे जवैँ। जमुनीको कन्यादान अर्दा पनि नगरेको नमस्कार अर्न मुन लागो के,
अब त्यस्ती झललललल परेकी जेठानी दिदी खोजेर ल्याइदिए पछि त। तरुनी देखे'सि, भउतेका
तीन खुट्टा भन्ने त सुन्नु भा'कै होला के रे, अरु के भनुम र खै :p।

बरु अहिलेका कात्तिकका शुभ साइत गुज्रीहाले के रे। हजुरले मात्र अहिलेका शुभ साइत छोप्न
सक्नु भो। अब कुरोकानी चैँ छिनिराख्न परो, फेरि जम्मैले -याल काढेर हैरान छ, फुत्त साईँलोले
उछुट्याउन के बेर। अब बिहे नै चैँ आघौँका कात्तकका सुभसाइतमा अर्नु पर्ला जस्तो छ। :-)

अनि हाम्रा शङ्खरेले के का दुनियाँका भैँसीका दुत समाउदै हिडेका हुन् त नि फेरि। आफै घराँ
भैँसी पालेर बस्नु नि त्यस्तो थुनेलो सुनेलो भा'कोलाई पनि चट पार्न सक्ने मुन्छेले त।
बिकासे सेतो मुर्रा भैँसी नै खोजेको भा' पनि यतैबाट खोजेर पठाम्दाहुम् नि हाम्ले :-)

गोताएँका नाक मुख देखिदैन आजकाल। सिरे र काका पाउना आए देखि याम्की भाउजू
रिसाएर चिर्पटले खप्पराँ हान्नु भे'छ के रे, हन हनी जरो काढेर दलानाँ सुतेका सुतेइ छन् अरे
भन्ने सुन्याथेँ के रे। यसो फालफूल सालफूल बोकेर भेट्न जान पर्नि हो। अब यो पुसाँ केका
फालफूल हुनु र घराँ पनि। त्यै टौवा मुनि अल्केति पिडालुका छाउरा छन् के रे, त्यै उसिनेर
लिएर भेट्न जानु पर्ला, कि कसो हो? हजुरका तिर सुकाएर राखेको भक्याम्लो सक्याम्लो छ
भने लिएर हिड्नुस के रे। :-)

:-)
-भउते
 
Posted on 12-28-05 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले भन्या जस्तै साँच्चै यो पुसमा फालफुलै नहुनी भन्या । अस्ति एउटो केटोलाई भेट्न जान पर्या थ्यो, कोसेली लाने कुरै नभैरा' । अन्तीममा उखु र पोलेको सिमलतरुलले झारा लाइयो।
 
Posted on 12-28-05 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

 
Posted on 12-28-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत २-४ वटा फाट्टफुट्ट देखिन थाले। अब चौतारीमा दोहोरी थाल्न परो।
ल त मैले श्रीगणेश गर्दियाँ। भाखा चैं सिरेजीले ल्याएको "फूलैको बासना"

तिमी मुर्ती, म तिम्रो पुजारी, म तिम्रो पुजारी
सक्छै भने आऊ खेलौं जुवारी
फूलैको बासना
मनमा पीर भएनि निरमाया मुसुक्क हाँस न।
 
Posted on 12-28-05 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:
यो दाजु त बेसारे पाराको
बेसारे पाराको
दु:ख देख्ने कोइ हुँदैन यो सर्बहाराको
फूलैको बासना
गणतन्त्र आउँदैछ सलल मुसुक्क हाँस न।

 
Posted on 12-28-05 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले नि के के कुरा अर्चन गाँठे,

ल ठीकै छ, तरुनि देखेसि तपैँका तिन वोटा खुट्टा हुनी भए पुनि चईनी रोटा खानी दुईटा हात त सग्लै जो होलान् केरे नि,
कता हो आर्को मेलाँ गँहुका सुक्खा रोटा भेट्टाईयो भन्दै थिए ;)

दादा लाई भने राउनीति लाएछ है । ल ल दादा, यो नगरपन्चाईतको चुनाउमा दादालाई मेरो भोट ठ्याक्कै, बोत्तल चिन्हमा ठ्याम्मै छाप लगाम्चु ल ।

Keep rolling...
 
Posted on 12-28-05 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि रोटी Eatर रे? भउतेसित सकिन्न के।
मेरो पनि आज देखुन्ट अड्डा छैन केरे अनि उठ्नी जाँगरै छैन। बाहिर गेर खाना खाएर आइदिनी मन्छे भे नि हुन्थ्यो नि।
सिरेले खोजेको गीतको मलाई पिनि त्यो हरफभन्दा यादै भऽन केरे क्यारम त नि।
--- --- ---
 
Posted on 12-29-05 3:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:
गाँउ बेँसी नगर मन
तिमीलाई नै खोज्दैछ यो मन
गाईलाई चराउँदै
लाली जोबन जान्छ कि हजुर
हो
पात बजाउदै


मैना:

आफ्नै मनमा खोजेनौ किन
तेतै बसी हाँसेथ्यो यो मन
गाईलाई चराउँदै
लाली जोबन जान्छ कि हजुर
हो
पात बजाउदै

चित्रे:

लाउँ त माया गाउँ गीत आज
गाईलाई चराउँदै
लाली जोबन जान्छ कि हजुर
हो
पात बजाउदै

मैना:

मुखले बोली दुनियाँ नहँसाऊ
आँट भए पखुरी लौ समाऊ
गाईलाई चराउँदै
लाली जोबन जान्छ कि हजुर
हो
पात बजाउदै

 
Posted on 12-29-05 4:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौताराँ आम्नी र गफ सुन्नी ट्यामै भ'न मलाइ त क्यार्नी होला ! हत्तुवा भैसी छ आफ्नो त , ठ्याक्क बेलाँ दुहुन बसिएनभने एउसाँझको दुधै हराउँच ! त्यसैलाइ घाँस पराल, कुँडो पानी अर्दाअर्दै झमक्कै हुनि !

नमे, तिमि त आर्बाली परेचौ, म चैँ पारी पट्टी परेँ, फोटु हेर्यौ भने डाँडाको नाक देखेसी ठ्याक्कै पार्चौ होला !

 
Posted on 12-29-05 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोर दशैँमा मैले आफ्नै खेता' डीलट खिचेको फोटु हो यो, दम्तरीरुलै देखाउन मन लाओ !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters