[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

tragicomic

Mr. D

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 179409 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-11-15 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !

जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन ।
रेखा ओझा

डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।

डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म ।

मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर ।

उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ । श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’

‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो।

साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो ।

त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’

कुन ठाउँबाट ? फलानो ठाउँ ।

ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ ।

फोन नम्बर छ, तपाईहरुसँग ?

‘छ  । इमेलमा छ ।’- उनले जवाफ दिए ।

उहाँले फोन दिनुभयो ।

उनले इमेल चेक गरे  अनि नम्बर दिए। मेरो श्रीमानले आफै फोन गर्दिनुभयो ।

उताबाट ती दाईको जवाफ आयो-  ‘ए आइपुग्यौ  तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं ।

घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै।

त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ ।

उनको जवाफ थियो- ‘केहि समयपछि आउँछु भनेको त्यो दाई लगभग रातिको ११ बजेतिर आउनुभयो । एयरपोर्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो ! मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका !  किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि ।

यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका ।

अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ ।

दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’

‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ ।

दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो । डीभी पर्यो श्रीमतीका साथ हाँसीखुसी अमेरिका आएँ । केही नेपालीहरु भेटे खुसी लाग्यो, मलाई र श्रीमतीलाई कामको केही टेन्शन भएन, एकजना नेपालीको आफ्नै स्टोर रैछ। त्यसमै बुढीलाई काम दिए । मलाई पनि काम खोजिदिए । उनीसँग एकदम राम्रो सम्बन्ध भयो । त्यसपछि उनले नै आइडिया दिए नेपालबाट पैसा मगाउने र अर्को पनि स्टोर खोलेर चलाउने । उसको कुरामा मख्ख परेँ अनि नेपालमा भएको जग्गा जमीन घर सबै बेचेर पैसा मगाएँ । स्टोर खोलियो । बिज़नेस पनि राम्रो हुनथाल्यो, म भाग्यमानी रहेछु भन्ने फिल भयो । तर, मेरो यो खुशी त्यतिबेला  दुःखमा परिणत भयो जब आफ्नै श्रीमती त्यही साथीले भगाइदियो। श्रीमती मात्रै भागिन, उस्ले सबै कम्पनी आफ्नो नाममा पारी । र, मलाई रित्ताएर हिँडी । अब मसँग न नेपालमा केही सम्पत्ति बाँकी रह्यो, न अमेरिकामै मेरो नाममा केही छ ।

म त सारै पीडित भएँ, डीभी पर्नु नै मेरो लागि ठूलो दशा भयो । आज म नेपालमा हुन्थेँ भने म सँग मेरो श्रीमती हुन्थी, मेरो घर हुन्थ्यो, मेरो बिज़नेस हुन्थ्यो, म सुखी जिन्दगी बिताइरहेको हुन्थे । तर, आज म रित्तो छु, म सँग केही छैन ।

त्यो सुनेर म छाँगाबाट खसे जस्तो भएँ ।

यो भन्दा पनि दुःख लाग्दो कथा छ, अर्को । जसलाई मैले लगभग प्रत्यक्ष देखेको छु र बुझेको छु। चीनजानकै मान्छे । आज भन्दा लगभग ७-८ बर्ष अगाडि डीभी परेर अमेरिका आउने भए । नेपालमा उनको भब्य बिदाइ गरियो। बिबाह गरेको केही समयमा नै उनको श्रीमतीलाई डीभी परेकोले उनलाई सबैले भाग्यमानीको संज्ञा दिए । हाँसीखुशी श्रीमानश्रीमती अमेरिकातिर लागे । केही बर्ष उनीहरूका रमाइला तस्बीरहरुले फेसबुकका भित्ताहरु भरिए । अमेरिका आएको लगभग २-३ बर्ष पछि सुनियो कि फलानोको श्रीमती त उसलाई छोडेर अर्कैसंग पोइल गई रे !

एक कान दुई कान मैदान भने जस्तो, नराम्रो कुरा न हो जति लुकाए नि लुक्न सकेन । आखिर कुरा सत्यतामा परिणत भयो। श्रीमती अर्कोसँग हिडेको झ्वाँकमा उनले फेसबुकमार्फत एउटी हेर्दैमा सुन्दर देखिने केटी पट्टाए । उसलाई जतिसक्दो चाडो त्यो हिँडेकी श्रीमतीलाई देखाउनु थियो । त्यसैले फोटो हेरेकै भरमा नेपालमा बिबाहको तयारी गर्न लगाए । बिबाह पहिलाको भन्दा भब्य भयो पूरै बाजागाजाको तामझामका साथ बिबाह गरे । पार्टीको त झन कुरै नगरौँ, कति हो कति खर्च । सुने अनुसार अमेरिका बसुन्जेल जोगाएको पैसा बिबाह र पार्टी मै खर्च भयो रे !

केही महिनाको रमाइलो पछि उनी श्रीमतीलाई नेपालमै छाडेर अमेरिका फर्किए, महिनैपिच्छे खर्च नि पठाइरहे। श्रीमतीको सबै भिसा प्रोसेस मिलाएर २ बर्ष पछि आफू सँगै अमेरिका लिएर आए। श्रीमती अमेरिका आएकै १ महिनामा उनको हातमा ग्रीन कार्ड आयो त्यसपछि त्यो श्रीमतीले पनि आफ्नो बाटो तताई। आजकल फेसबुकका भित्ताहरुमा श्रीमतीको अर्कै केटोसँग अंगालो हालेको तस्बीर देखिन्छ भने २ वटी श्रीमतीले छोडेर हिडेको पीड़ामा उसको हातमा रक्सीका बोतल मात्रै। एकातिर पैसाको नास, अर्कोतिर समयको बर्बाद । त्यों भन्दा ठूलो मानसिक पीड़ा के हुनसक्छ । बिचरा जिन्दगी !

त्यो पीड़ा देखेर मेरो कानमा आजकाल एउटै आवाज गुन्जिने गर्छ, उसको आमाले भनेको – यो डीभी भन्ने के आयो के ? मेरो छोराको जिन्दगीनै बर्बाद गर्दियो, २ वटीले छोडेर हिडे, पैसा सबै सकियो, आज डीभी नपरेको भए काठमाडौंमा घर हुन्थ्यो, राम्रो जागिर हुन्थ्यो, श्रीमती छोराछोरीको साथ हुन्थ्यो । कति सुखी भएर बाँच्थ्यो होला, मेरो छोरा ।

यदि तपाईसँग धेरै पैसा छ र बिज़नेसको आइडिया छ भने डिभी पर्नु धेरै राम्रो कुरा हो । तपाई अमेरिका आएर आनन्दले बिज़नेस गर्न सक्नुहुन्छ । पढ़न सक्नुहुन्छ । डीभी परेर अमेरिका आएर सुखी जिन्दगी बिताउनेहरु पनि छन यहाँ । तर १० प्रतिशत बाँकी ९० प्रतिशत नेपालीको पीड़ा उस्तै छ । डीभी पर्नासाथ नेपालमा भएको घर जग्गा बेच्ने, भएको राम्रो सरकारी जागिर छोडने, नेपालमा मज्जाले चलिरहेको बिज़नेस व्यवसाय यत्तिकै बन्द गरेर आँखा चिम्लेर अमेरिका भन्ने बित्तिकै हाम्फाल्नेहरु धेरै पछुताएका छन, यहाँ ।

नेपालमा कुर्सीमा बसेर गफ लडाएर खान पल्केकाहरुलाई दिनको १० -१२ घण्टा उभिएर जस्तोसुकै काम भए पनि गर्नैपर्ने त्यो बाध्यता नेपालमा बस्नेले कल्पना पनि गर्न सक्दैन । नेपालमा बस्नेहरुले त्यही देखिन्छ चिल्लो सड़क, ठूला-ठूला बिल्डिंग, सुकिला-मुकिला कपड़ा लगाएर समुन्द्री किनारमा खिचिएका ती तस्बीर र भिडियोहरु ।

किनकी यहाँको वास्तबिक जिन्दगी सबैले लुकाउछन्, ग्यास स्टेशनमा १०-१२ घण्टा उभिएर थकित भएको फोटो खिचेर कसैले फेसबुकमा राख्दैन यहाँ । रेस्टुरेन्टमा भाड़ा माज्दै गरेको या वेटर बनेर प्लेट उचाल्दै गरेको फोटो कसैले पोस्ट गर्दैन फेसबुकमा । कसैको घरमा खाना बनाउँदै गरेको, ट्वायलेट सफा गर्दै गरेको फोटो कसैले खिच्दैन यहाँ । यस्ता धेरै उदाहरणहरु छन्, जुन भनी साध्य छैन । लेखेर साध्य छैन।

त्यसैले फेसबुकमा पोस्ट भएका, हातमा रक्सीको बोतल बोकेर समुन्द्री तटमा मस्ती गरेका, ठूला-ठूला बिल्डिंग र चिल्ला सड़कहरुमा उभिएर खिचेका तस्बिर र भिडियोहरु देखेर लोभिनु भन्दा आफ्नो देश नेपालमा बस्न पाउने र आफ्नो योग्यताले सकेको काम गर्न पाउने मान्छे नै सबैभन्दा ठूलो भाग्यमानी हो। त्यसैले डीभी नपरेकोमा दुःखी हैन, खुशी हुनुहोस् र आफूलाई संसारकै भाग्यमानी ठान्नुहोस् । जय नेपाल !

रेखा ओझा

(लस एञ्जलस, क्यालिफोर्निया)

http://nepalesefolkdance.blogspot.pt/2015/05/blog-post_9.html
Last edited: 11-May-15 02:10 PM

 
Posted on 03-13-16 11:33 AM     [Snapshot: 105096]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys check the 2nd Facebook comment on this thread. Janak raj he claims that he is never gonna move but he himself is from NY?
 
Posted on 03-14-16 8:29 AM     [Snapshot: 108868]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

america ma dv pare poila jane timra srimati haru ahileni nepal ma arkai kta sanga cheekdai holi ....slut lai america ki nepal.. slut will be a slut no matter where
 
Posted on 02-13-24 4:10 PM     [Snapshot: 163658]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

america ko dv pareko bhanera kanchi srimati bhitryuna safal keto haruko khabar pani leknu paryo
 
Posted on 02-14-24 1:40 PM     [Snapshot: 163935]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ग्रीनकार्ड भनेको एक दिनको मात्र हासो हो।। नेपाली हैन यो थाईहरु चै मरिहत्ते नै गर्छन है एसको लागि।
 
Posted on 02-16-24 10:11 PM     [Snapshot: 164408]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Green card is a trap
 
Posted on 02-16-24 11:49 PM     [Snapshot: 164474]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do u mean a trap like black hole ?
 
Posted on 02-17-24 2:10 PM     [Snapshot: 164644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once ur in this trap there ia no exit . One way
 
Posted on 02-19-24 4:06 PM     [Snapshot: 165028]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DV चैनी हैन asylum बाट पाएका GC का भरमा झापाको बेलडाङ्गी भुटानी क्याम्पमा हुर्केका केटोले धनकुटा घर भएकी एक केटीलाई उडाएछन्
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters