[Show all top banners]

SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 165401 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 07-25-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी, दोश्रो गजलमा त ह्रस्व-दीर्घ त बबाल नै ( "थरि" "भरि" "सरि" "धरि" "गरि" ) भएछ लौ ! पहिलोमा नि एक-दुई ठाउँ गल्ति देखेँ। धन्यबाद गौतम-जी गल्तिहरु औँल्याइदिनु भएकोमा। त्यो काफिया मिलाउन ह्रस्व-दीर्घ बिगारेको हैन। काफीयाकै लागि त्यति सारो गर्न पर्दैन जस्तो लाग्छ, ह्रस्व-इ र दीर्घ-ई उस्तै सुनिने भएकोले। तपाईँका सबै सल्लाह मुनासिब छन्।

अनि त्यो "धरि" भनेको "पनि" जस्तै हैन र भन्या? म त त्यै सोँचेर "केहि नपाए पनि खोजे मैले यहाँ" भन्न खोजेको।
somewhereondearth -जी, धन्यबाद। सासै रोकिने त के होस र !

बिर्खे-जी, हे हे, मन भरङ्गै भो रे ! धन्यबाद।

ठुल्नानी,

शिरिष-गुरु, लु प्रभो ! प्रतिक्षामा छु। पुच्छर समाउने भनेको, गुरु त कता हो कता पुगिसक्नु भो। अब त खुट्टाको डोब पच्छ्याउन नि गाह्रो भैसक्यो।

सुमेधु-जी, धन्यबाद। उतैबाट हो हजुर ?

मौन पाठकहरुलाई नि धन्यबाद है।


 
Posted on 07-25-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते जी,
तपाईंका गजल हरु अती नै राम्रा त छन नै। सबै भन्दा बढी त त्यो शुरुको स्याङ्जा को बारेमा लेखिएको कबिता अती नै दामी लाग्यो मलाई।
 
Posted on 07-25-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beautiful! I'm speechless. When I read your kavita, I get goosebumps, and it's darn hot in MD. Dhanya hos pravo!
 
Posted on 07-25-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute

I am thankful to you. I got the idea immediately after reading your ghazal. I told you I will be writing in positive note. ह्रश्व दीर्ध के मिल्या छ छैन थाहा भएन !




गुनकेशरि सुनाखरी भेटें आफै भित्र
के पो खोज्नु अरु ? मन्जरी भेटें आफै भित्र !

बिट्टाले अब सच्चा <--> झुठ्ठा साबित हुंदैन !
ठट्टा नहुने कचहरी भेटें आफै भित्र !

ऊप्रान्त पाप रोक्ने प्रहरी भेटें आफै भित्र
पश्चाताप पखाल्ने पोखरी भेटें आफै भित्र !

मनभेद मतभेद होला र कसैगरि ?
स्तर सबैको उस्तै बराबरी भेटें आफै भित्र !

काल- कोठरीको डरले म चुप रहन्न,
दौतरी सहितका नगरी भेटें आफै भित्र !

भो दोहरीको पक्ष बिपक्षमा नबोलाउ
निरन्तरताको आन्ताक्षरी भेटें आफै भित्र !
 
Posted on 07-25-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मकर तन्त्र जी, धन्यबाद।

सितरा-दिज्यू, द्याट वज सो स्वीट के। धन्यबाद !

ठुल्नानी,
शिरिष गुरु,
गुनकेशरि सुनाखरी भेटें आफै भित्र
के पो खोज्नु अरु ? मन्जरी भेटें आफै भित्र !


That was simply awesome, Guru ! यसैले त धानिराखेको छ जीन्दगीको अर्को पाटो।

गजब छ !
 
Posted on 09-10-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा राखेको, यता सङग्रहमा नि राख्न मन लाग्यो।


भउतेको गजल -२५


                               -भउते काजी


 नबली      दीपमा    तेल     सक्कियो


 उमेर यो    "खेल -खेल" सक्कियो


 


जब    उनको       सिउँदो     रङ्गियो


 भीडमा      ठेलमठेल        सक्कियो


 


अचानक     सालीको   उपस्थितीले


दिदी -भिनाजुको  मेल सक्कियो


 


ठुँग्यो ठुँग्यो    अनि नपाई स्वाद


ठानियो कि कतै   बेल सक्कियो


 


परिबन्दमा      आफै      फसेपछि


सकुनीको     जालझेल   सक्कियो
              ***   ***   ***


* "खेल-खेल" = ख्याल ख्याल :-)

Last edited: 10-Sep-07 08:20 PM

 
Posted on 09-11-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूमिका चौतारीआँ बाधिसक्या हुनाले सोझै भन्छु, सालीवाला शेर किन खुप मन परो भनेर ।

जस्तो कि चौतारीमा भनिसके, यो शेरको शब्दचयन, वा अझ यसो भन्न चाहुँला, यसको उपमाचयन (साली, दिदी, भिनाजु ) ले यसलाई केही अवान्छनिय ध्वनी दिएको अवश्य छ । तर यसको भाव जे हो त्यसले एउटा विराट, सार्वभौमिक, सार्वकालिन किन्तु सामान्यतया वर्जित वा अपरिक्षित सत्यको उद्‍घाटन गरेको छ ।

कतिपय सम्बन्धहरु र कतिपय अवस्थामा सबै सम्बन्धहरुलाई हामी स्वयंसिद्ध, स्वयम्भू, अचल र पूर्ण भनेर भन्छौं, मान्छौं वा विश्वासै गर्छौं । र तिनीहरुको परीक्षा नहुन्जेल तिनीहरुमा प्रश्न पनि उठाईदैन । भनें नि, तिनीहरु स्वयंसिद्ध, असंदिग्ध, पवित्र मानिएर रहेका हुन्छन् । तर जब शक्तिशाली र मोहक वाह्यतत्वको आगमन हुन्छ, तब पोल खुल्छ ।

र यसरी वाह्य तत्वको उपस्थितिले मिथ्याको उद्‍घाटन हुने कथा बोल्ने भउतेज्यूको शेर मलाई घाघडान जँचेको हो ।

त्यत्ति हो ल भउतेज्यू, मेरो कुरा ।

Nepe
 
Posted on 09-14-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुको सुझाव कहिले आउँछ भनेर कुरिराखेको म। आएर नि लुकिसकेछ। माफ गर्नुहोला है, पहिले देखिन छु!
शेरलाई जसरी अर्थलगाइदिनु भो, साह्रै खुशी लाग्यो। वास्तवमा म केही दिन देखि अथाह ठानिने विश्वासको धरातल धसिन कति सानो घटना काफी हुन्छ भन्ने भावमा घुमिराखेको थिएँ। त्यस्तैमा यो साली-भेना-दिदीको सम्बन्ध छिर्यो। सायद यो उपमा प्रयोग हुनुमा साझाकै हाँसो ठट्टाको देन छ।

सामाजिक रुपले वर्जित/अपमानित (विशेषत महिलावृन्दले अपमानित ठान्ने) तर अस्तित्वमा रहेको साली-भेना-दिदीको त्रिशँकु विश्वाश/अविश्वाशको सम्बन्धले मेरो भावलाई प्रतिनिधित्व गर्छ कि भनेर प्रयोग गरेको हुँ। पाठकले (चौतारीमा प्रतिकृया जनाउने गौतमदाइ, प्रिती भान्जी, मास्टर्नीभावी र बिर्खे जिम्माल लगाएत सबै) यसलाई केवल उपमाकै रुपमा मात्र लिइदिनुभए आभारी हुनेथिएँ।

हुन त यस्तै प्रसँग अलिक पहिले "मर्दाङ्गिनी" शब्द प्रयोग गर्दा पनि उठेको थियो क्या रे।

अझै थप्नु पर्दा, दोश्रो शेरमा खाली सिउँदोलाई अनगिन्ती सम्भावना/आशा र रङ्गिन सिउँदोलाई ति सम्भावना/आशाको अन्त्यको रुपमा प्रश्तुत गरेँ। साएद धेरै अर्थमा प्रयोग भैसकेका उपमाहरु भएर यी साली-भेना-सिउँदोहरुले स्पष्ट र गह्रौँ भाव बोक्न सकेनन् कि ।

हजुरको समालोचनाको लागि म आभारी छु।

लामै भाषन ठोकियो क्या रे।
 
Posted on 09-14-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवरजी,
मेरो लेखाइ त एकदम सकारात्मक थियो त। :)

'यसलाई केवल उपमाकै रुपमा मात्र लिइदिनुभए आभारी हुनेथिएँ।'--चौतारीको साली-भेनाको हाँसखेलकै कुरो हो भने -अर्को रुपमा पनि आउन सक्छ र भन्छु?

धन्य हुनेछिन साली जो देवरजीलाइ 'जिजु' भन्ने महान अबसर पाउनेछिन।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters