[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 186506 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-27-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई फुफु भनेसि मैले भदहा त भन्नु पर्यो कि कसो भौते जी! हाम्रा चिप्ले दाज्यै पनि पो चौतारी म आउनु भएछ। अब कुनैदिन खसिको मासु खान चिप्ले दज्यैकहाँ जानु पयो।
 
Posted on 01-27-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लीले त कैलीगाई पनि पालेकी रचन। १-२ बेत ब्याइसकेको हो कि भर्खरको कोरेली बाच्छी
हो? कोरेली बाच्छी हो भने म लिन आम्छु के रे। तिम्लाई यो जाडोमा घाँस खोज्न जाने
टन्टो नि हराम्नी। फेरि यता ल्याएर ब्यायो भने मलाई पनि गोरस हुनी। :-)

यी शेर्पिनीले कति हर्केकै मात्र बाटो हेरेकी होलिन। अब हर्केले ७-जुनी बिताम्ला भनेको त
अहिले देखि हैन नि त। अर्को जन्म देखी सुरु हुनिगरी भनेको हो के। यै ताल ले त यो जुनी
तेसै खेर जाने भो तिम्रो। :p

म आइसके बिर्खे। तिम्रा आँखा कता छन् हँ? कि डल्लीको गाईलाई ल्याईदेको हरियो चस्मा
आफैले लगा'र बसको हो हँ?

:-)
-भउते
 
Posted on 01-27-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चौतारीमा किन भीड लाग्न थाल्यो भनेर यसो हेरी ल्याउँदा त हाम्री राम्री डल्ली आमै पनि आउन थाल्नु भा रहेछ अनि पो त!!
लाफ आउट लाउड !!

एउटा गाना गाउनु पर्‍यो लौ

डल्ली मगर्नी हे सुन माया पीर पर्‍यासी!!

खै अनि के के हो, बिर्सिएछ, लोल्!!
 
Posted on 01-27-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कोरेली भन्ने कि के भन्ने, अस्ति मात्रै भर्ना भएको हो, यो पहिलो पट्क हो। हुन्छ गाइ बेच्न म त्यार छु। यसो दाम हातमा लिएर हाम्रा गाम आए हुन्छ। दहि-च्युरा ठीक पारेर राख्छु। अनि दुध हलेको चिया पनि चुल्होम बसाल्छु।
 
Posted on 01-27-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! डल्ली। अब तिमी सित गफ अर्न नसकिनी भो। पैला पैला हामी सँग डराएर भाग्दै
हिँड्थीन। अब यिनी सँग हामी डराएर भाग्नु पर्ने भो। हा हा हा :-)
 
Posted on 01-27-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो एक्ले Mr. Lonely बाबुले पनि मलाई आमै अरे। ठिकै छ, अब चाहि घर तिर लाग्नु पर्यो। अनि अब भोलितिर गफ गर्न आउला है।

भौते जी को गाम्म त म पनि पुगेकि छु एक पटक।
 
Posted on 01-27-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aunty aunty......malai chhodear najanu na.........please kya
 
Posted on 01-27-06 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्साजी, लौ तपाईंसँग पनि चौतारीमा भेट भो, खुशी लागो। दोहोरीमा त त्यही एक चोटि गए देखि फेरि गा छैन म। तरुनी कोही थिएनन भौते मारुनी मात्रऐ थिए। अहिले तपाईंका मुलुकमा त रात ढलिसक्यो, तपाईं पनि दुई चारवटा Guiness लगाएर ढलिसक्नु भो होला। यता हुंदी भेट्दै गरम्ला नि।

बिर्खे, लौ मैले पनि त बसन्तपुरको याक होटलाँ तुम्बा र मम खाको थें। अनि संखुवासभा जिल्ला छुनैलाई मात्र अलि माथि गएको थिएँ। तेस्पछि कुहिरो छिचोल्दै बसबाट हिले झरिएको थियो। चौध बर्ष ठ्याम्मै बितेछ गाँठे। पहिला पश्चिमकै यात्रा सक्काम अनि पूर्वका बेलिबिसतार थालम्ला नि कसो?
 
Posted on 01-27-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि रमाइलो अर्दै मेलो सके पछि नया चौतारीमाआम के रे । हुन त सप्पैलाइ सन्सरबार आइतबार लागेको होला, को को तुच्च पार्न जानि हुन, को कता चिप्लेटि खेल्न जानि हुन, जे होस सप्पैको बिदा राम्रो होस । म नि लागे हइ तुच्च पार्न ।
 
Posted on 01-27-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी कति छिटो तन्केछ गाँठे!

पूर्वको कुराले मलाई इलामको याद आयो। त्यहाँ चार महिना बसेको थिएँ, पुवाखोलाको प्रोजेक्टमा काम गर्दा। गोलाखर्कमा डेरा थियो। प्रोजेक्टको इन्टेक दमाई साँघु (?) भन्ने ठाममा थियो। त्यति घुम्न भ्याइएको हैन। गोलाखर्क, इलाम बजार र फिक्कल गरेर समय बित्यो। नेपाल मैले धेरै घुम्न पाएको छैन, जति घुमें, तीनमा ईलाम असाध्यै मन परेको छ।

यो साहिलो काठमाण्डुको काँठे रे! म पनि त्यहि हुम् यार! इलाम पछि छ वर्ष जति पोखरा बसेकोले आफूलाई पोखरेली हुँ भनुम् जस्तो पनि लाग्छ। साहिलो कतापट्टिको काँठको? मेरो थातचैं कलंकी भन्दा अलिक भित्रतिर पर्छ।
 
Posted on 01-27-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चै गोतामे जी, इलाम वास्तवमा नै धेरै रमाईलो छ। फिक्कल सम्म ओहोर दोहोर गर्नुभएको रहेछ, भनेपछी कन्याम चिया बगान पनि घुम्नुभयो हैन? अनि इलाम बजार माथि क्याम्पस बाट उत्तर पूर्व तिर हेर्दा पनि कति रमाईलो देखिन्छ है? तपाई अन्तु डाँडा पुग्नुभयो? म त इच्छा हुँदाहुँदै पनि जान पाइन धेरै रमाईलो सुर्योदय देखिन्छ भन्छन।

साइँला र गोतामे काँठे रे? म पनि लगभग काँठे नै हुँ गाँठे! धेरै समय म पनि पश्चिम तिर यात्रा गर्दा गर्दै बित्यो त्यसैले यहाँ पश्चिमे शैलीमा बोल्न खोजेको। म चाहिँ नुवाकोटको परेँ।
:)
 
Posted on 01-27-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारो ले नी मोहनी लायो गाँठे क्यार्नी होला ? एउछिन छोड्न मुन नलाउनी पनि !!

हे ऽऽऽ

लाइचौ मोहनी चाल मुइले पाइन,
फुकाइदेउ मोहनी म कति रोइरनी !! :)
 
Posted on 01-27-06 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुन्द्रेलाई सुत्न चाइँ नपर्ने रेच। हन कति बाँकि छ पुरान सकिन? कइले हो फलाक्ने दिन?
 
Posted on 01-27-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलो ईच्छा हुँदा हुँदै पनि अन्तु डाँडा पुग्न पाईएन जिम्माल। फिक्कलको त कुरै नगरौं न यार! अहिल्यै उडेर जाम् जस्तो लाग्छ। मसंग प्रशस्त पैसा भएको भए बीस तीस डोका किताब बोकेर जान्थें फिक्कलको कुनै कुनामा र जिन्दगी त्यतै बिताईदिन्थें! (सपना क्या!)
 
Posted on 01-27-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नकराउ न हउ जिम्मालबा ! आबु ब्यान भ'सी दुइथाल दालभात खा'र सुत्चु का ! अनि रातभोरी जागराम !
पुरान फलाक्न अझै महिनादिन बाँकी छ ! :)
 
Posted on 01-27-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****मसंग प्रशस्त पैसा भएको भए बीस तीस डोका किताब बोकेर जान्थें फिक्कलको कुनै कुनामा र जिन्दगी त्यतै बिताईदिन्थें! (सपना क्या!) ****

सपना हैन गोतामे जी, धेरै महान कुरा गर्नुभयो! तपाईँले 'परदेशी'मा भनेको जस्तो यी विराना सडकहरु नापेर खुसि हुन सकिन्न कहिले पनि। यो दौड, कतै गएर बिसाउन मन लाग्छ र फिक्कल भए के चाहियो र!
:)
----------------------------------
मुन्द्रे,
अझै मैना दिन च रे? अनि क्यार्ने बिचार च सकिएसि? अइले डाउडरी हो कि मास्टरी हो?? भन्न मिल्ने भा भन के रे। यसो सोध्देको नि कुरै कुराँ
:)
 
Posted on 01-27-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुखदुखको कुरकानि हुदैरहेछ। म नि आए "कवाब मा हड्डि" हुने पो हो कि?
 
Posted on 01-27-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस आए त झन चटनी थपिन्छ नी हाम्रो कुराकानीमा! बरु मिसका पनि दु:ख सुखका कुराकानी फुकाउनु भा' फुकाउनुस् के रे, सुनम् हामी पनि।
 
Posted on 01-27-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो खास केहि छैन गौतम जी जुनबेला नि त्यै पहाडको सम्झना -- हासे नि बोलेनि मन्त रोइरहने :)
 
Posted on 01-27-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन पहाड होला त्यो मिस? अब नेपालभरि पहाडै पहाडै भएकोले नेपाल पूरैलाई पो भन्नु भएको हो कि?
मिस अहिले कुन ठाऊँमा? भन्न मिल्छ भने मात्रै, लुसुक्क है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters