[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 287415 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-23-07 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, मिस्टे, ग्वाँचे, रामेदाइ सबैलाई नमस्ते गरे हैं । हो त अब उज्यालो भो मान्छेको हुल लाग्ने होला । यामे पखराका मुन्छे पस्चिमी भाषा गज्जबले बोलदा रहन । कताट सिकेया हुन ? ल ग्वाचे म त खासै मन्तर जानेको मुन्छे परिन यसो सुनको चौतारीलाइ चादीको भन्दा दामी बनाउने मन्तर छ भने मिलाउदै गर्नु । मलाइ त रंगि चगिं अक्षर र चल्ने चित्र बनाउन मात्रै आउछ, अरु बढि छ बने बिजुलि पत्र ठोकम ।
 
Posted on 03-23-07 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ छ म सँ छ ग्वाँचे त्यो गिद
नेपथ्यको हो भने ।
टाँसम याँ?
 
Posted on 03-23-07 5:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाँसम् टाँसम् यामे, कम्फुटराँ झार्न मिल्ने गरेर टाँसुम् न है।
 
Posted on 03-23-07 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाँसम् टाँसम् कर्नाली ।
 
Posted on 03-23-07 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरिकेटको छातो त छोड्नै पाएको छइन । हिजो घराँ रेन्चू थिएन आज अड्डबाट एउटा बेगमा हालिसकें, अब घर गएर चाँजोपाँजो मिलाम्नपर्ला । जसरी नै आज त जोड्नु परो भनेछु, पाइप त घरबेटीले जोडेकै रैछ, त्यसमा छातो अडाउन मात्र बाँकी हो । एक्लै ले गर्न पो सकिने हो होइन, माथिआट "आयो आयो" भनेर तल कराउनु पर्ने हो कि ? जे भएनि पानी नपरिदे हुन्थो अहिले ।

मिस्टे कता हरायो हरायो , लु मैले नै टाँसिदिए त्यो गीत ।





अनिय्हाँटी झारुम्
त्यसलाई

 
Posted on 03-23-07 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु आफु मात्र क्रीकेट हेरेर बस्ने, यो त भएननि, एसो चौतारीमा पनि हाल्दिए हुनिथियो कि, त्यो के जाती भारत र श्रीलन्का को म्याच ।
 
Posted on 03-23-07 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआआआआ
 
Posted on 03-23-07 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे दाइ धनेबात, गीत टाँस्दिनु भएकोमा, कम्फुटराँ झार्न नि मिल्ने रैछ, घर गेसी घरको कम्फुटराँ झार्नु पर्ला । लौ मोज गरुम्, छाता साता ठड्यार आयो आएन भन्दै किरिकेटाँ खेल सेट गरुम । आफु त कसैले चोर चार पारेर राख्देको जालोबाट किरिकेट हेर्ने हो, कैले आम्छ कैले आम्दैन क्या बोर हुन्छ भन्या । पैसा तिरेर हेर्छु भनेर ठीकठाक परेको एउटा साथीले हुँदैन यि बज्याहरुको भर छैन भनेर ल्यायो । पैसा तिरेसी फिर्ता माग्न पाइने हैन, किरिकेट राम्ररी नि आउने हैन, कैले आउने कैले न आउने हुन्छ रे । अनि आफ्नो कथा बताउन थालो:
'अस्ती एउटा जालोको बज्यालाइ पच्चिस डलर तिरेको किरिकेटाँ खेल मेरो कम्फुटरां नि हेर्न मिलाइदेन भनेर, साला उधारोपत्रबाट पैसा चाइ थुतिहालो, किरिकेट मरिगए आम्ने हैन, बर्बाद भो नि, तेस्लाइ बिजुली पत्र पठार सोधेको, तेरो इन्टरनेटाँ गती कम होला तेइ भेर राँरी नआको भनेर लेखेर मर्यो मोरोले । तेइभेर अब फोकाटाँ साइट जिन्दाबाद्!'

राते ब्रो यस्सो घर गेसी कुनै किरिकेट हेर्ने साइट खोज्छु, भेटेसी तिम्लाइ नि बताम्ला नि है ।
 
Posted on 03-23-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal lai hijo asti dhekhi bhetna khojeko balla ajja bhetla jasto bhayo.....k cha tani timro halkhabar....chautari ma yeso hami pani basera guff gardim bhanera aayeko....kohi chiana ki kya ho...suseli halera bajaunu parne ho ki kya ho.....gaule hooooooooo...oh gaule hooooooooo....aaunus hai chautari ma basera guff garum....uff ..kohi chiana rahecha...ekali gau ko peon jasto karaudai basecha bekar ma.......la la chautari ma bhela hune bela ma malai pani karayeko ghundruk bhanera bolaunus....love ghundruk ko jhol
 
Posted on 03-23-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि ताआआआआआआआआआआआआआआ
के छ हालखबर, सुन्तला खायो ?
 
Posted on 03-23-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एक्छिन पछी सुरु हुन्छ ।
सुरु भएपछी फेरी निबेक धान्न जानु पर्छ, हेर्न त पाइने हो कि होइन तै पनि ग्वाचे लाई धन्यवाद
 
Posted on 03-23-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, है सबैलाई ।
हे ग्वाँचे, कृक्रेट् को सिलिङ् फ्यान यो राहुलबुढालाई न बिर्से है। राम्रो सङ आउने ठेगाना छ भने मलाई नि बिजुलि पत्र पाउं। बुढो भनेर न हेपेस्।
 
Posted on 03-23-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ग्वाँचे, नमे, मिस्टे, रामे, ठूली, राते र गुन्ड्रुके लाइ जदौ!

ग्वाँचेले मैले हिजो हुलाकबाट पठाएको खाना पायौ? :P

ठूली,सुन्तला खायौ? ;)

आज किरेकेट भन्ने केटीको पछि लाग्ने गाम्लेहरू को को हुन् हँ? :P
 
Posted on 03-23-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽई, उटन नि कस्तो गारो गाँठे! नउठुम भनेनी किर्केट सुरु हुने बेला हुन लाओ रे। फेरी हामीसँ त रामचन्द्र्या जस्तो छातो नि छैन, चोरीको चीज हेर्नु पर्छ, खोज्नु परो, मिलाम्नु परो। बरु कसैसँ राम्रो आउने ठेगाना था छ भने, बिजुली पत्रे हानुम है, ठुल्दाइले भन्या जस्तो। यो चौतारी चैं बबालै दौडिने भा र च, कति कुरा गर्न सक्या हुन कुन्नी।

उपस्थित महिला तथा सज्जनबृन्द!
हाम्रा तर्फ बाट सप्पैलाई जदौ गरिबक्सेका छौं। श्री पशुपनिनाथले हामी सबैको कल्याण गरुन। जय नेपाल।
 
Posted on 03-23-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, हेरौं कुनै गज्जपा ठेगाना पाएँ अबस्य खबर गर्छु, मेरो इन्डेन साथीहरुले खोज्लान नि! इन्ड्याले गाइ कि त्रीसुलमा जितेर फिल्डिङ रोजेछ । अब एकछिन पछि अड्डाआ सप्पै काम थाँती राखेर घर जानु पर्छ । तपाईंले नि कुनै भर पर्दो ठेगाना पाए बताम है । काले काले मिलेर भाले खाए जस्तै हामी नि दाजु भाइ सबै मिलेर हेरुम न ।

चित्रे, तिम्ले पठाको खाना घरमा पुग्यो जस्तो छ, हरर बास्ना याँसम्म आइराछ। म त बिहानै अड्डा आइहाले, अब गएर चेक गर्नु पर्ला, पत्र मंजुसामा । धनेबात छ मित्र!
 
Posted on 03-23-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले यो प्रयोग गरिरा छु है ।
ठिकै काम गर्दै छ ।
http://nepalibergen.googlepages.com/cricket_world_cup_2007_live
 
Posted on 03-23-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले यो प्रयोग गरिरा छु है ।
ठिकै काम गर्दै छ ।
http://nepalibergen.googlepages.com/cricket_world_cup_2007_live
 
Posted on 03-23-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो निले, यही एउटा ठेगानामा कृक्रेट भेटिन्छ ।
 
Posted on 03-23-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले अड्डमा सोपकास्ट भन्ने साधनबाट चलिरहेको छ । सोपकास्ट झारेर "Today's do or die match" भन्ने च्यानलबाट Sky Sports धेरै नै गतिलोसँग आइराछ । बफर गर्न अलि ट्याम लायो भने हरेस खानुहुन्न, कुरो त्यति हो ।
 
Posted on 03-23-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त राहुल दाइ, अहिले सम्म यो लिङ्कले कृपा गरिरा छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters