[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 218328 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-06-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काइदाको उपाय रैछ गिता त । लौ म नि सान्नानीलाइ भेट्न जानु पर्यो बिरामी भएर । खोइ कता छ अग्लो ठाम, यसो हाम फाल्नु पर्यो हात बाच्नु ..........;)
 
Posted on 01-06-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अब अरु कथा भन्छु, दत्तचित्त भई सुन। यता जुरेलीले सुटुक्कै श्रीस्वस्थानीको ब्रतकथा लिएको कुरा एक कान दुई कान मैदान हुँदै स्वर्ग, मर्त्य, पातलमा फैलिन थाल्यो। जुरेलीले गरेको कठोर तपस्याको कारणले सारा ईन्द्रलोग डगमगाउन लाग्यो। आफ्नो राज्यमाथि चुनौती आएको देखेर स्वर्गका सबै देउताहरु मिली अन्तिम उपाय स्वरुप श्रीमहादेवलाई बिन्ती चढाउन कैलाशपर्वततिर लाग्दा भए।

३३ कोटी देउताको फौज कैलाशतिर आएको देखेर पार्वती पनि के हुन लागेछ भनी उत्सुक भई कुरिबसिन्। देउताका राजा ईन्द्रलाई नजीकैको आशनमा बसाइन् र भनिन्, "हे देवराज ईन्द्र! आज धेरै पछि कैलाशमा आएका छौ। पछाडि यत्रो लावालस्कर समेत लिएर आएका रहेछौ। पक्कै पनि कुनै जटील काम लागिपरेको हुनुपर्छ। भन के कति काम पर्यो।" माता पार्वतीको यति कुरा सुनेपछि ईन्द्रले दुई हात जोडी स्तुति गर्दै भन्न लागे, "हे माता पार्वती! मर्त्यलोगमा एउटी कन्याले गरेको श्रीस्वस्थानी ब्रतकथाको प्रभावले सारा स्वर्ग डगमगाउन लाग्यो। त्यही भएर हामी यहाँ श्रीशिबजीलाई भेट्न आएका हौं।" यती कुरा सुनी पार्वतीले च्याँठिंदै भनिन्, "हे ईन्द्र! मेरा श्रीमान् स्त्रीलाई छल गर्ने देवताको रुपमा लिएका छौ कि कसो। उहिले पनि तिमीहरुले भनेर नै बृन्दाको छल गर्नुभयो, गोमाको छल गर्नुभयो। अब फेरि यो बिचरी केटी। तिमी कपटी नम्बर वान रहेछौ। खाली अरुको खुट्टो तान्नु मात्रै तिम्रो काम रहेछ। कसैले राम्रो गरेको देखिनसक्ने। आफूभन्दा ठुलो कोही हुन नहुने। आफ्ना प्रजाको भलो नचाहने। तिमी कस्ता राजा हौ? तिम्रो यस्तो चाला छ भने मर्त्यलोगका राजाको के चाल होला। नेपालका राजा र तिमीमा फरक देखिन। यस्तै हो भने स्वर्गमा पनि आन्दोलन गरी संबिधान सभाको माग गर्न बेर छैन। मर्त्यलोगमा मात्रै हैन स्वर्गलोगमा पनि गणतन्त्र आउला। होस गर!"

पार्वतीका मुखबाट यस्ता कठोर बोली सुनेर ईन्द्र पनि लुचुक्क परेर बसे। तैपनि महादेवलाई भेट्नको लागि कर गर्न थाले। अन्त्यमा पार्वतीले भनिन् - "हे देवराज! अहिले पुसको महिना छ। महादेवलाई अलि जाडो लागेकोले केही दिनका लागि भूत, प्रेत, पिशाचका साथ कैलाशपर्वतबाट विन्टर रिसोर्टमा जानु भएको छ। अहिले म एक्लैले कैलाशपर्वत कुरिबसेको छु। उहाँ आएपछि म खबर गरुँला, जाऊ।" पार्वतीको यस्तो बचन सुनी ईन्द्रले "हे माता! यो विन्टर रिसोर्टको बारेमा पहिलो चोटि सुन्दैछु। कहाँ पर्छ? अनि महादेव त्यहाँ के गर्दै हुनुहुन्छ? बताइदिनुहोला" भन्दै बिन्ती गर्दा भए। अन्त्यमा हार मानेर पार्वतीले बेलीबिस्तार लगाइन् - "हे देवराज! ज्ञानेन्द्र नाम गरेका तिमी जस्तै राजा भएको नेपाल नाम गरेको मुलुकमा कान्तिपुरी नामको शहर छ। त्यस शहरको पूर्वखण्डमा गौचरन भन्ने ठाउँ छ। त्यस गौचरनमा शिवजीले आफ्नो साँढे ल्यान्ड गराउनुहुन्छ। नजीकैको सडकमा निस्केर केही समय दाहिने हिँडेपछि बागमत्तीको तिरमा हाम्रो विन्टर रिसोर्ट छ। गौशाला भन्ने त्यस ठाउँमा राहुल नाम गरेका हाम्रा भक्त महादेवलाई कुरिराखेका छन्। शिबगुटीहरु तयार गरेर राखेको छु भनी राहुलबाट खबर आएकोले यस पटक श्रीमहादेवले भाँङ-धतुरो केही पनि नलिइकनै जानुभएको छ। ती भक्त कस्ता भन्दाखेरि, चौविसै घन्टा गाँजाको सुरमा हुने। भैंसीको मासु भित्र राखेको पिठो खान भनेपछि मरिहत्ते गर्ने। जतिखेर पनि कविता कोर्न सक्ने। जे विषयमा पनि कविता कोर्न सक्ने। महादेवलाई सुहाँउदो जोडा मिलेको छ। त्यही भएर यसचोटीको बसाइ लामो पनि हुनसक्छ। तैपनि, म वहाँ आएपछि खबर गरुँला।" यति भएपछि ईन्द्र पनि बिदाबारी भई स्वर्गतिर लाग्दा भए।

इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- सम्बादे त्रितीयोध्याय॥३॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत।
 
Posted on 01-06-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे गाले, तिम्रा कुरा (posting) मैले पनि सुन्दा भया, रमाइलो लाग्दा भया, तिमि को हौ कहा बाट आयोउ, जान्न उत्सुस्क हुदा भया
हिम्चुलि बाट आउदा भया कि लम्जुङ् बाट आउदा भया, येस्ता कुर लेख्न कसरि जन्दा भया।
 
Posted on 01-06-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म निलगिरीबाट आया। तपैं त माछापुच्छ्रेबाट आया होला केरे। :)

यो कुरा लेख्न माधवसरले सिकाया। :D
 
Posted on 01-06-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
यो स्वस्थानि कथा कस्ले कस्लाई सुनाएको हो? कुमारजीले अगस्त्यमूनि लाइ कि चौतारीबासीलै
पुरै सुनाउन पर्छ है गालब। गालब यो कुमारजी त निकै राम्रो तरिकाले स्वस्थानी सुनाउदारेछन । उहिलेको जमानाको कथालै पनि अहिलेकै जस्तो गरिदिदा रहेछन
साच्चि यो राहू पनि भुत पिशाच वर्ग को हुन कि देवगण को?:D :D

नमस्तेहै सप्पैलै!
 
Posted on 01-06-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा गालब्, यस्तो स्वस्थानी त आज सम्मा कसैले लेखेको थिएन, भोली पनि लेख्ने छैन । माने गुरु, मानें । चौतरिमा एक् से एक् प्रतिभाशालि छन् भन्ने त थाह थियो तर गाले भन्दा प्रतिभाशालि चाहि टुकि बालेर खोजे नि भेटिदैन।
 
Posted on 01-06-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त कैलाशपर्बत बाट आउँदा भया, तिम्रा न्ल्गिरिमा त तेत्र ३३ कोटी देउता हुँदा भय, तिमी कुन देउता हुँदा भया, बिद्दुतिय चिट्ठी पठाउदा भया । म पार्वती सँग सरोबर्मा स्नान गर्न बिलिन हुँदा भया ।
 
Posted on 01-06-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मिस्, सञ्चै ?
 
Posted on 01-06-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्!

मास्टर्नी दिदी - सुतजीले पूराण परिक्षित राजालाई सुनाए जस्तै, श्रीकृष्णले गीता अर्जुनलाई सुनाए जस्तै यो स्वस्थानी पनि परापूर्व कालमा कुमारजीले अगस्त्यमूनिलाई सुनाउनुभएको हो। चौतारीमा पनि हु-बहु राखिएको छ। कोही सुन्ने मान्छे छ भने पढेर सुनाउनु, छैन भने आफ्नो वरिपरिका टिभी, मेच, कुर्ची आदि फर्निचरलाई भने पनि सुनाउनु भनेर आधुनिक स्करणमा उल्लेख गरिएको छ। :D

राहुलदाइ ‍- प्रशंशा गरेर लज्जित नतुल्याउनुहोस्। स्वास्थानीमा आफ्नो पार्ट देखेर झस्किनु त भएको हैन? :)

राते दाइ - उसबेला निलगिरी नामको पहाड (पहाड नम्बर ४) थिया। त्यहाँ लामो कद, लामो नाक, तिखो स्वर भएका नमेदाइको गाउँबाट आएका एक ब्राह्मण बस्या। हामी पनि त्यहीं बस्या। तपैं बस्या पहाड (पहाड नं ५??) को पल्लो पहाड त पर्या नि। बिद्युतीय पत्र यो ठेगानामा प्राप्त भयामा उत्तर लेख्ने भया। mailtogaalab@gmail.com
नभए नमेदाइलाई सोधे नि हुने भया।

म पनि अब बिलिन भया।
 
Posted on 01-06-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहान बिहानै रमाइलो भयो -- कुमलवा को कथा ले हसाइहाल्यो हजुर् अनि हामि सबै लाइ बुर्का सिलाइदिहालेछ दर्जि ले ,त तेहि लगाएर म चाइ इस्कुल् आएको आज बिहान हेहेहे..:D

ओ गालब कथा कथ्न पनि कति जाने को हरेssss कति हास्नु के लोल् :D

मिस ठुल्दाइ नमे दादा हरि राते र चौतारी मा न आइ घरै बाट च्याएर बस्ने आल्छे गाम्ले हरु सबै लाइ प्रणाम !

(PS-Dear miss didi here comes a big virtual hug to u के को लागि त थाहा पाइहाल्नु भयो नि ;-) )
 
Posted on 01-06-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ... दादा, नमे, गालउ, राते, ठुल्दाई, तितौरि सपैलाई!

गालउले सोस्तानि मजाले फलाको म मुसु मुसु हाँस्तै पढ्दै छु :)

यि ठुल्दाई लाई नि बुडेसकालले छोओ झैँ मानिछु। हिजो राति अबेर सम्म एइ चौतारिआँ बसेर गाँजा तान्दै थे, अइले ब्यान नि सखारै तारेमाम भनिरा' रेछन्!

तितौरी नानु चाइँ अरु बेला बेपत्ता हुन्छिन् आज संसरबार चाइँ इस्कुल रे?

जे होस गजप छ संसार!

हरिशरणम्!!
 
Posted on 01-06-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्कुल त बहाना मात्र हो नि, जिम्माल हजुरबा कुरो के भने हिजो राति जिम्माल बा के जाति खाएर उमेर घटाउने भन्दै खुसि ले गदगद हुदै के जाति राम्टिके गीत् गाउदै गर्या घरै बाट सुन्या थि अनि तेइ भ'र कति उमेर घटेच हाम्रो जिम्माल् हजुर्बा को आधा मात्रै हो कि अलि धेरै हो कि, भरि न जिम्माल नि आमा ले कोक्रो नै पो लिएर आउनु पर्ने हो भन्ने लागेर बुर्खा ला'र चियाउन आ'हो म ।
कठै जिम्माल् नि आमै !
:P
 
Posted on 01-06-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा लोल तितौरि नानु!! हा हा हा

अब कोक्रो नै ल्याम्न पर्ने अरि उमेर त के घटाम्दा हुम गाँठे! जिम्माल्निलाई पर्नु पिर परिहाल्छ नि! :)
यसो नाच गान अर्न मिल्ने सम्मको उमेर भा' पुउछ मुलाई!

अनि क्यार्न तो के जाति बुर्खा लाम्न परेओ नि तिमीलाई? तेति राउँरो मुहार क्यार्न छोप्न परेओ होला? बुर्खा सुर्खा फाल बरु जिम्मालनि ले हिजो राति गाजल पारेकि छे लगाउने भा' आउ के रे चिटिक्क पर्छौ अनि! :)
 
Posted on 01-06-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गाले, तिम्रो नाम त गालेबाट फेरेर कुमारजी पो राख्नु पर्ला जस्तो छ ?

अब जुरेलीले स्वस्थानीको ब्रत कसरी पुरा गरिन , कसरी भउते वर पाइन ? भउतेले धोबिनीको छल गरेको बदला पुन्टे दाइले कसरी जुरेलीको छल गर्न गए , त्यो सुन्नेको इच्छा छ, त्यो पनि बताउनु हवस ।
 
Posted on 01-06-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु - दादा, नमे, गालउ, मास्टर्नी दिदी, राते, ठुल्दाई, तितौरि, जिम्माल मामा- सप्पैलाई जदौ!

बिहान बिहानै मार्‍यो बा गालेले स्वस्थानी सुनाएर,
ठुल्दाइ पनि मा'देव कै दौतरी रे'छन र पो, मो मो देखि चिलिम सम्म जैलेनि गौशाला।

हाहाहा तितौरी, मामा चै उमेर घटाउछु भन्छ्न, तिमी चाँही हजुरबा रे :P
 
Posted on 01-06-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई !

.......नेपालका राजा र तिमीमा फरक देखिन। यस्तै हो भने स्वर्गमा पनि आन्दोलन गरी संबिधान सभाको माग गर्न बेर छैन। मर्त्यलोगमा मात्रै हैन स्वर्गलोगमा पनि गणतन्त्र आउला। होस गर!" ............

हा हा हा हा :-)))। गजब गयो त कुमारजी :p.

लेखुम लेखुम, अझै लेखुम।

अब जुरेलीले स्वस्थानीको ब्रत कसरी पुरा गरिन , कसरी भउते वर पाइन ? भउतेले धोबिनीको छल गरेको बदला पुन्टे दाइले कसरी जुरेलीको छल गर्न गए , त्यो सुन्नेको इच्छा छ, त्यो पनि बताउनु हवस ।

:D :D :D
 
Posted on 01-06-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मिस्, तितौरी, बिर्खे, भउते, नमे आदी इत्यदि सबैलाई । राम्रो कथा सुनियो । रमाइलो भयो ।
 
Posted on 01-06-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच! राहुल सुड्डा!! मेरो पनि टायर एम एम छ!
त्यो हिजोको स्टिकले त हर्रामि ट्रिप हान्यो नि हौ! मो त झ्याsssप भएर ढोकैमा ढल्यो हौ घरको! मो त मोर्छु कि जस्तो भयोन्तनि!

ल सब चौतारिको सोमहरुलाई नमस्ते ठोकेँ ल!
 
Posted on 01-06-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते राहुलदाइ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters