[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159900 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 09-01-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! नवप्रयोगीजले क्या सशक्त भाव पोख्नुभयो। अरु पनि जाओस् गुरु!
 
Posted on 09-01-06 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यूयुजरजी, धेरै पछि झुल्किनुभयो नि साझामा?

धेरै राम्रो गयो कविता! शिर्षक झन गजब लाग्यो "कन्फेसन‌‌‌ - शब्दहरु"
अरु पनि जावोस!

यो धागोले नि २०० तला थपिसकेछ त गौतमजी!
 
Posted on 09-15-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गाउँ थप्दैछु!

सम्बन्धविच्छेद (?)-

घोप्टिएको कलशलाई अपलक,
केवल हेरिदिन्छु,
छिटा छिटा पोखिएको जलमा
कुनै रसिलो बिगत खोज्दै।
संघारमा अल्झिएका
कयौँ बाटोका धुलोहरु,
तुवाँलो तुवाँलो बनिदिन्छन्
भित्र र बाहिर बिच!
तिमीलाई याद होला,
कयौँ भुतहरुमा हामि थियौँ
औँशिमा चन्द्रमा उदाउँदै,
अहोरात्र भविश्य खेति गरिरहेका!!
आज-
दोभानका दुई दैत्य नदीहरु,
मध्य भदौमा सिँगौरी खेल्दैछन
आफ्नो बर्चस्वको!!
उफ!
एउटा पग्लिएको हिमाल!
अर्को चुहुँदो झरि!!

 
Posted on 09-16-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ जिम्माल, जोईपोईको हिसाबले बुझ्दा पनि र राजनीतिको हिसाबले बुझ्दा पनि। नेपाली राजनीतिको वर्तमानमा भने दुबै पक्ष (सात दल-माओवादी) मा धोकेबाज र चोरको पल्ला भारी भएर गएको छ। म त अब तेश्रो पक्षको प्रतीक्षामा छु , एउटा नयाँ शक्तिको उदयको प्रतीक्षामा।
 
Posted on 09-16-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-17-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतमजी!
सम्बन्ध यस्तै रहेछ; जोईपोई। प्रेमि-प्रेमिका र अहिलेको नेपाली राजनिती भन्नुहुन्छभने पनि। तपाईँले भन्नुभएको तेश्रो पक्षकोलागि शायद Utopia नै कुर्नु पर्ने होला है हाम्रो देशलाई??!!!

धन्यवाद् मिस! :)
 
Posted on 09-19-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अर्को कविता!
एउटा सुखानुभुति या एउटा दुखानुभुति!!

प्रेमोत्कर्ष-

तिमीले ढोका खोल्यौ,
म थाहा नपाईकन भित्र पसेछु!
संघारमा एकछिन,
अल्मलिएको त अवश्य हो
तर खै, अनायाशै,
पाइला भित्रतिर बढेछन्!
सुन्थेँ कतै,
भित्र निस्पट्ट अन्धकार छ!
कतै सुन्थेँ,
भित्र आँखा खाने ज्योती छ!
एकछिन, केवल एकछिन,
शान्ती छायो, यो उम्लिएको मनमा।
भित्र हरियो थियो!
भित्र वन थियो!
भित्र पानी थियो!
भित्र आकाश थियो!!
त्यो पल रोक्ने दुस्साहस,
नगरेको हैन मैले।
त्यो रस पिउने धृष्टता,
नगरेको हैन मैले!
मातको खात खोज्दा खोज्दै,
एकछिन मै, म त बाहिरिएछु!!
पुन: त्यो ढोका नियाल्दैछु म!
पुन: त्यो संघार काट्न खोज्दैछु म!!

 
Posted on 09-19-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल यो जिम्माललाई दिनमै दुई-चारवटा कविता फुर्छन् कि के हो?
राम्रो छ जिम्माल यप पनि। धेरै तहमा बेग्ला-बेग्लै ढंगले अर्थ लगाउन सकिने छ नि!
 
Posted on 09-19-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति सुन्दर बिर्खे_माइला जी (जिम्माल् बा नै भन्नु पर्ला जस्तो छ है, बानि परिसक्यो के :P)
 
Posted on 09-19-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्खे माइलालाई कस्तो कस्तो कविता आएको हो? एकचोटी पढ्छु एउटा अर्थ लाग्छ अर्को चोटी पढ्छु अर्थ गहिरिदै जान्छ। बुझेर बुझि नसक्नु!!

क्या बात!!
 
Posted on 09-19-06 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी, धन्यवाद्! पहिलादेखि केरेका खेस्राहरु मिलाउने फुर्सतको उपज हो खासमा।

सान्नानी धन्यवाद्! जे भने पनि हुन्छ :)

कुम्लेजी, जस्तो अर्थ लगाए पनि हुन्छ। :)
धन्यवाद्!
 
Posted on 09-21-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आजकल केर्न मात्र मन लागिराको छ।
निराशावादी त्यति भएको त हैन तर झल्को त्यस्तै आउला यो नयाँ कवितामा!

चौबाटोको रुख (सफलता)-

सधैँ बिच बाटोमा,
ठिङ्ग उभिएर,
सँधैँ ‘उता’ र ‘यता’ को
कल्पना बुनेर,
सधैँ आउने जाने मोटरहरुलाई हेरेर,
सधैँ आउने जाने बटुवाहरुलाई हेरेर,
टाढा, टाढाको यात्रा पर्खँदै,
जमीनमुनि माटो भित्र कतै,
दर्शनढुङ्गामा जरा ठोक्छ;
यो चौबाटोको रुख, मेरो सफलता!!

सधैँ बिहानी सुर्यको किरणलाई,
बिहानभरि ढोग गरेर,
दिउँसोभरि घाममा जलेर,
सधैँ बेला बेलामा ठोक्किन आउने,
हावाका झोँकाहरुसंग,
एकछिन शीतल पैँचो मागेर,
हरिया पँहेला पात झार्दै,
बोक्रे हाँगा देखाउँदै ङिच्च हाँस्छ;
यो चौबाटोको रुख, मेरो सफलता!!

सधैँ सडकपारि बँगैचाको,
कपुरको तिखो गन्ध सुँघ्दै,
सधैँ पर्खाल पारि आँगनमा,
‘झारी’ र ‘झार’को प्रेम हेर्दै,
सधैँ शरद् र वसन्त हुने,
पल्लोपट्टीको बारि हेर्दै,
आफ्नो सुख्खा फेदमा,
धमिराको गोला नियाल्छ;
यो चौबाटोको रुख, मेरो सफलता!!

 
Posted on 09-21-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ जिम्माल, तर अलिक निराशावादी भने भएकै हो।
हुनत हामी जस्तो लेख्दै नलेखी बस्नु भन्दा त निराशावादी नै भएपनि लेखेकै धेरै राम्रो।
 
Posted on 09-21-06 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् गौतमजी,
स्विकार त गरेकै हो घाम, पानी रात, दिन सबै दुई पाटालाई, तर शब्दमा भने अवश्य रात र पानीको तौल बढेको जस्तो छ मेरो!!
तपाईँको रचना पढ्ने आशा सहित पुन: एकपटक धन्यवाद्!
 
Posted on 09-22-06 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाईकु
*****परदेश*****
शरद् लागेछ
दशैं भने आएन
बिरानो भूमि
 
Posted on 09-22-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यूट्रलजी,
दशैँ लागेको बेलामा चिटिक्क हाइकु मिलाएर घरको याद दिलाईदिनुभयो!
 
Posted on 09-23-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समसामयिक बिषयमा लेख्न मलाई गाह्रो लाग्छ। तर कहिलेकाहिँ आफ्नो वरिपरि (देशमा) चलिराखेको अन्यौलमा मनमा आएका प्रश्नहरु राख्न मन लाग्दोरहेछ।

प्रश्न -

तिमीले बनाएको बस्तिमा,
के तिमीले आफैँलाई देख्यौ?
काला छायाँहरुको कुरा नगर।
सेता मायाहरुको कुरा नगर।
तिलस्मी कायाहरुको कुरा पनि नगर।
भन मलाई,
के तिमीले तिमीलाई नै देख्यौ,
अस्ति तिमीले बनाएको तिम्रो नयाँ बस्तिमा?

तिम्रो साथ तिमीले गुमाएका थियौ!
तिम्रो गाँस तिमीले खसालेका थियौ!
मलाई थाहा छ,
बस्तिमा सानो घर बनाउने आकांक्षामा,
तिमीले तिमी रम्ने झुपडि पनि मेटाएका थियौ!!
तिम्रा मडारिएका ईच्छा,
र तिम्रा बडारिएका स्वतन्त्रता,
सबैलाई कालो सन्दुकमा ताल्चा लगाएर राख्ने,
तिम्रै अगुवाहरुलाई तिमी के भन्छौ??
तिम्रो पसिनाको नुनिलो रसमा,
आफ्नै भाईको जुठो नबार्ने,
ति हगुवाहरुलाई तिमी के भन्छौ??
के तिमीले तिम्रो परिवार भेट्टायौ,
यो नयाँ नामको थोत्रो बस्तिमा?

घरको रंग फेरेर, धुरि र छाना फेरेर,
शुतुरमुर्गले जमीनमा टाउको लुकाए झैँ,
गँडेउलाले झिनो माटोमा आफूलाई छोपे झैँ,
मौसम संग परिचित, तर बेखबर,
दायाँबाट आउने बुटको ‘कुष्ट’ संग बेखबर,
बायाँबट आउने जङ्गली ‘क्षय’ संग बेखबर,
पँहेला बत्तिसवटा दाँत देखाउँदै,
अझै पुरानै ढोकाबाट छिरेर,
पुरानै झ्यालबाट, पुरानो टिबिको खकार चपाउँदै,
पुरानै व्यभिचारि नजर, बस्तिलाई लगाउने
तिम्रा आदर्शपुरुषहरुलाई तिमी के भन्छौ?

काला छायाँहरुको कुरा नगर।
सेता मायाहरुको कुरा नगर।
तिलस्मी कायाहरुको कुरा पनि नगर।
भन मलाई,
के तिमीले तिम्रो अस्तित्व भेट्टायौ,
अस्ति रगतले सिंचेको तिम्रो नयाँ बस्तिमा???

 
Posted on 09-24-06 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सटीक छ जिम्माल! र अत्यन्त समसामयिक।
यस्तै छ स्थिति,तिक्त इतिहास फेरि दोहोरिएला जस्तो छ।
 
Posted on 09-24-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters