[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 164906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-05-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे-

हे नचिनेर यात्तिकै टोलाइन
झन्डै मैले भाइ भनि बोलाइन
लाइछौ बेसन,
हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन

हे नक्कल पनि, हो कति भाँति
टाइट पाइँट, छ इन्चको हिल माथि
लाइछौ बेसन,
हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन

मैना-

हे हिड्छौ तिमि दुनियाँ भड्काउँदै
जता केटि हे त्यहि जिब्रो पड्काउँदै
लाइछौ बेसन,
हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन

चित्रे-

हे ब्युटि कन्टेष्ट फेसन सो भन्ने
ढाका टोपी लाउने लाई नगन्ने
लाइछौ बेसन,
हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन

मैना-

हे आमा कुर्छिन रातभरि भान्सा मा
छोरो सधैँ डिस्को र डान्समा
लाइछौ बेसन,
हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन

चित्रे र मैना दुवै-

हे सकेसम्म छोड्दै जाउँ किर्ती
नसकेनी हे नछोडौँ संस्क्रिती
नलाउ बेसन,
हे लाइछौ बेसन,चिन्ननी नसक्ने आइछ फेसन

 
Posted on 02-06-06 3:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल ले गीद त राम्रै गाए तर कुरो को चुरो मेसै नपाइ हाम्रा सिरे काजीसँ के नभको कुरो ला’का होलान् गाँठे ! यी काका नि सिरेसँ साख्खै भ’अस्तो अरेर कुरो अर्दा रचन फेरी ! होइन यो गाम मा के हुन ला’को छ र हो भन्चु !

अब महिनादिन ट नी माथि लाथ्यो ननुहाको, यो जाडाँ तेत्तिकै चुपो ला’र नुआम् भने पनि लगलगि जिउ काम्च, त्यै भ’र एउडो एउडो कुरो नबत्तुराइ जिउमा पानि हाल्नै गारो पर्नि । अँसि त्याँ’ड त्यै गामका आइमाइरु जम्मा भ’र रतेली खेल्दा गाम्नी गीद मुखाँ आओ के रे, त्यै गाउँदै पानी खोत्याउँदै अरेको नी ! अनि जाडा ले द्वाइद्वाइ भ’का बेलाँ के को लाइफबाइ ले न्वाउनी होला ! त्यै बारिका गेरु रँङका ढुँगाले मोएल घोटेको यीनले त लाइफबाइ भन्नी लाउरे साबन जस्तो पो मानेचन् !

अब तो लाटीलाइ पँधेराँ देखेर त्यै बाटो हिन्दानि नबोलाइ हिन्नि, मनाँ के के हो के के पाप सोचेर बस्नी यी जिम्माल पनि अचम्मैका रचन बाबा ठाकुरे ! पैला त तेस्ता थेनन् यिनी, अब अइले “जति बुडो उति फुँडो” भन्यास्तै मनभोरी पाप ले’र के कुरा ला’का होलान् तो सिरेकाजिसँ ग’र !?

हुन त कुराको भाँजो हाल्न सारै सिपालु छन् नि यी जिम्माल पनि ! अब हिजो कि अस्ति कइले हो बेडुलाका गेडुलाले हिर्काऽर लाटीलाइ छाता ओड्न पर्नी बना’का थे अरे के रे सिरे ले । तो त भउते ले नि देख्या रचन् । आज ब्यान ब्यानै यति कुरो बना’र लाइदेसी भरे चौताराँ भेट हुँदाऽ घरियाँ यी दुइटा पाखुरा सुर्केर बाझ्लान् र रमिता हेर्न पाइएला भनेर यति जाल बनाका होलान् नि !! हरेऽऽऽ राम ! यो चौताराओ राउनितीयाँ पोल्टिस घुस्योझैँ मान्न लाएँ मैले त !  :)

भोक लाओ गाँठे, घर ग'र कोदाओ रोटो हालेर खान परो एउडा !

 
Posted on 02-06-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हासौ खेलौ रोदिमा बसेर माया गासौ कम्मर कसेर
हास्ने खेल्ने मनैमा थिओ दाइको ऊमेर आधानाइ गैसक्यो

:::::::::::::::::::::::

PLease...........lets have fun in this part of CHAUTARI, please please dont post in another CHAUTARI as it is not fun to follow two CHAUTARI at once.....just post in this CHAUTARI..........

pLEASE please please please please
 
Posted on 02-06-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रेओ कुरो मलाइ नि ठिक लाओ । पक्कै यो चौताराओ राउनितीयाँ पोल्टिस घुस्योझैँ मान्न लाएँ मैले पुनी !

:-)>

ईश्वर
 
Posted on 02-06-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जङ्गेले किन यस्तो गनगन अर्दै आओ छ याँ यत्रा दिनाँ? पुरानो चौपाराँ आफु मत्रै तरुनि लेर जानि विचार अरेर हो कि हाम्लाइ त्याँ नजाओ भनेको। भर त एक रति नि छैन है यो केटोको!
 
Posted on 02-06-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे, तेरा केन डाँडा तिरै जो हाम्रै रहनसहनाँ हुर्केआ कन्ये केटीहुर छैनन र? किन जान परो गाँठे गाम गामै जमुनि खोज्न यस्ता अप्ठेरा बेला तेतै जो काइदाआ सुकुमारीहुर छन भनि।

हेssss सललल बगेको पानी
झललल बलेकी रुपरानी
नरिसाउन सानो कुरैमा
आज मुग्लिङ झरौं
भोलि त बसमा सरर
बुटवल हुँदै तुल्सीपुरैमा
 
Posted on 02-06-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मुन्द्रे के कुरो अर्च? के भनि र मुइँले तेस्तो? अब पँधेराँ देखेओ हुँदैहो, तिम्ले मुसु मुसु हाँस्तै
मयल माडिरा हुँदैहो, लाटि मसक्क मस्किँतै फरिया पछारिरा हुँदैहो अनि फेरि म टुप्लुक्क आइपुउदा चाइन्जो झस्केर त्यो साबुन हो कि माटा डल्लो हो भुइँमा खस्या नि हुँदैहो। अब तेइँ तिम्रो घर मास्तिर काका बुडाओ घराँ तेस्तो मजाओ खललल पानी आम्ने धारो हुँदाहुँदै त्यो कैले दमैको करेसाओ धारोमा क्यार्न जान पर्या भुन्ने कुरो पो नबुझ्या नि मुइँले। फैरि तेस्तो सेप लाउने ठाममा यो जाडाँ न्वाउने कुरै आम्दैन सितिमिती, तेइ भ' र केइ कुरो होला भन्ठानेर सिरे सअँ प्वाक्क मुख फोर्या मात्तै हो मुइँले। अब मनाँ पाप साप ल्या भ' देखुन त मन्द्रेलाई बोलार कुरो बिथोल्दिहाल्थेँ नि झन आफ्नै मुन्द्रे हो रमाईलो अरोस भनेर एउचिन नि नबसि हिन्या त्याँट उ भने नानाथरि कुरो अर्तो रेच चौतारिआँ!

हन यो आइतेले के भन्या हो एस्तो? गिद गाओ चाइँ बुझेँ अरु बुझे मार्दिनु, अउँरेजिमा के फलाक्या हो तेस्तो??

के को राउन्तिआँ पुलटिस घुस्नु नि इस्सोरे घुस्या चैन।

काका बुडा कता हराहो येत्रो दिन?

सपनीआँ मायाले जिस्किँदा
मिठो बास आम्च नि बिम्झिँदा
तोरी फूलको पात्
अन्तै मन भुल्यो कि मायाको
गर्नै छाड्यौ बात्

 
Posted on 02-06-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तै तेस्तै परेओ छ के जिम्माल माइला। चौपाराँ मजाले बसेर गफ अर्न मन त लाउँच, तर लाएर क्यार्नि? मेलोपात अर्नै परो के रे।

आज बुडी माइताट आइ के रे। साथाँ जेठानले पठाइदेओ एउटो गीदओ टेप लेएर आकी रैचे। त्याँसि घर आउँदा बाटा भरि जो थोत्रो केसेटाँ तेइ सुन्दै आइयो। नये दोहोरी गीद रैच। धेरै दिनाँ बुडी कोखाँ भकोले हो कि, सारै जो मन बसो गाँठे यो गिताँ।

हेsss स्वर्गबाट झरेको इन्द्रमा
तिमी मेरो भोक र निन्द्रामा
नरिसाउन सानो कुरैमा
आज मुग्लिङ झरौं
भोलि त बसमा सरर
बुटोल हुँदै तुल्सीपुरैमा
 
Posted on 02-06-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि उस्तै च काका, मेलाँ जाँदा नि यो के जाति कम्फुटार बोकेर हिन्यो भने मजा आम्नेरेच।यसो थकाई लाओ भुने छ्यास्स चौतारिआँ आम्न पाइने एउडा दोडा गिद गाम्न पाम्ने। लौन काकाओ कुरोले मलाइ नि यो नयाँ दोरि गिद सुनम सुनम लाओ क्यार्ने होला। के के जाती बिजुली चिठ्ठिआँ पठाम्न मिल्ने जत्तिओ सानो च कि?धेरै बर्ख पैले तुलसिपुर घुम्या याद आओ के मुलाइ, घोराहि (त्रिभूवननगर) बाड सटक पिच नि अर्या थेन तेतिबेला।तर तुल्सिपुर बजाराँ बस पारक देखि पइलाको अंचलाधिस कार्जेलए सम्म चाइँ पिच थ्यो। लमहि देखि नै पिच थेन कि त्यति सम्झना छैन तर घोराहि बाड तुल्सीपूर जाँदा त्यो संस्कृत क्याउँपस निर हिलामा मोटरको पाङ्ग्रो गडिएको थ्यो त्यै भ' र याद आओ नि :)

लु तपाईँको गिद गाम्न मन लाओ मुलाइ नि -

हे कता बज्यो मुरली टिरिरी
जलेको मन शितल भो फिरिरी
नरिसाउन सानो कुरैमा
आज मुग्लिङ झरौं
भोलि त बसमा सरर
बुटोल हुँदै तुल्सीपुरैमा

 
Posted on 02-06-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी! चिन्ता गर्न पर्दैन अहिले त्यतातिर सब पिच भैसकेकोछ । लमहि देखि तुल्सिपुर त्यो भनदा पनि अझ पश्चिम सम्म।

साच्चिकै राम्रो गीत आएछ है :)
"भोलि त बसमा सरर
बुटोल हुँदै तुल्सीपुरैमा "
 
Posted on 02-06-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले पहिले त चैनि, एक दुइटा कौवा बिष्टे अक्षेर अरु सपै सलक्क परेका हुन्ते। अहिले त गाँठे सबका अक्षेर एकै ड्याङ्का मुला भ छन् नी। चौताराँ नयँ नयँ आउनिले त तोरीको फुल देख्नी भे।

अनि एक ब्यानै चौताराँ आम् भने हजुर बाउ बुढा र माड्साप्को कुदृष्टि पर्या पर्यै छ। गफ चुट्नै झोकै नचल्नी, दिमाखै पन्चेट बनैदिरा' छन्। त्यै भा' भेर, च्यौंदै फर्किंदै। सिरेको हिमचिप्लेटि, काकाको फुँड्यौली, मुन्द्रेका उदेकलाग्नी काटुनचित्र, माइलाका चर्तिकला सब ३१ वटा दाँत देखौंदै पढियो।

अरुनी जावोस्।

अनि माष्टरनी नानी त चिने चिने अस्तै लाग्यो है मलै त।
 
Posted on 02-06-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा दाँत पलाम्नै बाँकी रैछ यो साइँला को त । होस गरेस है, सारो दुख दिन्छ यो लास्टाँ आम्नी दाँत ले ।

:०)>


ईश्वर
 
Posted on 02-06-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल, तुल्सीपुराँ कति बस्यौ हँ ? बजार ट आल्ली तल तो टरिगाउँ तिर हिन्यौ कि हिनेनौ ? तेता तिर म नि बसिचु गाँठे गोडा छ सातेक महिना ! त्याँ तो पोरजेकका आपिस भ'का ठाम भित्र थिएँ म, पैला राप्ती एकिकृत भन्नी पोरजेकले बना'का घराँ ।कि तिमी नि तेइँ थियौ र हो ? :)

अचेल त काइदाओ बाटो बनाइचन् ।क्या मजा आम्तो गाँठे, मटरसाइकलाँ बटौली र तुल्सीपुर अर्न !:)
 
Posted on 02-06-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु पनि पुग्याथेँ यार त्यो घोराही र तुल्सिपुर त। कुरा अरेको सुनेर झलझली याद आयो।

घोराहीको बजारमा त्यो बर्खाको पानी र मुन्छेको पाइखाना'ट निस्किने सप्पै चिज तह लाम्ने
कुलेसो र नाला बनाम्नलाई हेर्न भनेर गा'को। २ हप्ता सम्म दुरपिन बोकेर गल्लि गल्लि
घुमेको छु म। त्यै बेला तुल्सिपुर पनि हेर्न परो भनेर गा'को। धुलोले मुन्छे र ठुटो नचिनिने
भ'र फर्केका थे'म। दुरपिन हेर्दै हिन्दा बिच-बिचाँ कुन चैँ मुर्दारले दुर्पिन हल्लाइदेको रै'छ
कुन्नि। काठमान्डु आएर हिसाप किताप अर्दा त बजारको बिचाँ १० मिटरको खाल्टो देखिन्छ
के रे। अब क्यार्नु, फेरि नाप्न जान नि सकिएन। त्यै यता उता तानेर मिलाएर सबैकुरो दुरुस्त
जस्तो देखाएर कत्रो कुलेसो खन्नी कत्रो पाइप गाड्नि सप्पै भनेर छोडेको हो। क्यारी मिलाए
हुनन् कुन्नि बनाउँदा खेरि। हाउँरै अनुसार अरेको भे' त बर्खा मास बजारका बिचाँ फिवाताल
हुन्छहोला आजकाल। सम्झेर ल्याम्दा दिक्क लाउछ। हाम्लाई कति सराप्दाहुन बजारबासीले।


:-)
-भउते
 
Posted on 02-06-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भ'र पो रच बर्खा ला'सी घोराहीको बजार पानीयाँ डुब्नी त ! ती बनाका नालाँ पानी बउनी भन्दा लुकेर हउनी काम बडी भअस्तो छ अचेल !! भउतेकाजी ! पख तिम्लाइ ! मैले जान्यो छु ! :)
 
Posted on 02-06-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के भाको सबैजना तुल्सिपुर टरिगाउको पो कुरा गर्न थाल्नुभो । रझेनाको कुरा चाहि नगर्नुस है। मलाई झन घरको सम्झना आउन थाल्यो।
:)
 
Posted on 02-06-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे मीस् ! रझेना त मलाइ था भइन पो ! पुरन्धरा, पञ्चकुले, हेकुलि तिरका कुरा अर्नी भए अरम् ! :)
 
Posted on 02-06-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सामुन्द्र जी श्रीगाउ को कुरा त आउछ होला ?
 
Posted on 02-06-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये भनेसि भउते नि जिम्दै र'चन । हैन, तेता तिर त हावा-हुँडरी आईच्च डरलाउदो भन्तो है रिडियाले त । भनेसि तपैँका तिर त हईन्च केरे उसो भा ।

काका, बिहा अर्न त आफूलाई नि डल्ली फुपैकी नन्द सितै जो अर्न पा हुनु-हुनामी जो हुन्तो भन्नी नि भा'थ्यो केरे । तर घरका ले मान्दैनन के । नभा अरु पुनि खोजिदिम्ला त नि तँ भदाहालाई जक्खड की जो भदैनि जुराईदिम्ला भन्थिन फुपै ले त ।राधा (radha upadhyaya) सानिमाले नि 'नआत्ति त नि, दम नछोड, चईनी येतै जो अरमला तेरो उबार, केही सिप नभा मेरि मेउसीकाने सईनाकी छोरीको कुरो अरम्ला त नि" भन्तिन केरे । तर जसले आफूलाई खुट्टो टेकाएर येत्रो बनाए, तिनीहुरको लागि पनि त मन राख्न पाम्नी ठाममा मन राख्दिन्न सके चईनी आफ्नो मन पनि त सिमलको भुवा झैँ चङ्गा हुनी केरे । तेसो भअर हो, नत्र आफू झट्टै फेरि फिर्ति बसाईँ जो सरम्ला भन्नी त छैन, यतै जो गोदाम हुनी हो झैँ मान्चु तर उताको पुनि घरबार, चईनी नातागोता चईनी जम्मैको झलझली सम्झना आम्नी, मया लाउनी केरे । भा पुनि येस्तो बेलाँ मन भनि धिरमिर हुँदो रच के ;)

Keep rolling...
 
Posted on 02-06-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऽऽऽ हो त ! झन् श्रीगाउँ त भुसुक्कै बिर्सेको मैले ! मीसको मावली श्रीगाउँमा हो कि ?! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters