[Show all top banners]

Regal
Replies to this thread:

More by Regal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो बालकच्छा

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE: <<  1 2  
[VIEWED 20279 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-12-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बालकच्छा

"हैन यो स्यान्बाबु कहाँ गएछ! दाइ-दिदिसङ पानी लिन गए नी हुने ।" बिहानको सिरेटो नछिर्ने गरि गुँडुल्कियेको भएपनि मैले हाम्री आमाको स्वोर् टाँट्ठै सुने।"सुति राको होला नि , म बोलएर आउछु" दिदि जान्ने बनी। "होइन-होइन बिहान बिहान तँ उठाउन गैस् भने रिसाउछ, म फकाएर ल्याउछु" दाइ ले झन् बचाउला जस्तो गरेर फसायो। मन नलाइ नलाइ झ्यालबाट निस्केर लागेँ पँधेरोतिर छिटो छिटो। क्यार्नु , ढोकाबाट निस्क्यो भने त पठाइहाल्छन् बाल्टिन बोकाएर। पँधेरोमा हाथ् मुख् धोयेर येसो तलतिर हेरेको दाइ दिदि आउदैरहेछन बाल्टिन र जरकिन् हल्लाउदै। मलाइ खोज्न लागेर ढिला गरेहोलान्, खुच्चिङ् !

अब बाटो तताम् नत्र येहिँ भेट्छन, "बन्दुके कता फेरि बिहानै?"पछाडिबाट आवाज आइ हाल्यो। म खङ्गरङै भए। आँखाको चरबाट हेरेको, चुडामणि सर रहेछन्। मन शितलो भो। तर बिहन बिहानै सरले पनि उपनामले बोलएको देखेर झनक्क रिस् उठ्यो। पछाडि को छ थाहै नपाएको जस्तो गरि फनक्क घुमेर "केssss" भनेँ। "क...कता....हो...बाबु बिहानै। मर्निङ् वाक् हो?"सरको स्वोरमा नौनि बर्सियो। "हजुर् सर" मैले सकेसम्मको मधूर् स्वोर् बनाए। अनि टाप दियेँ त्याँहाबाट।

त्यो उपनाम कसरि रह्यो भन्ने कुराको पछाडि लामो र धमिलो कथा छ। दुइ तीन बर्ष अगडि बाले फुटेको भकुन्डोको बलाइडर् काटेर मलाइ एउटा गुलेलि बनाइ दिनुभएको थियो। म पनि त्यस्लाइ कहिले नछाड्ने। एउटा चरा मारेर बालाइ देखाउने धोको थियो। तर गुलेलि एक् दम ठिस् ,तन्काएर छाड्यो कि बलाइडर् भ्याट्टsss गरेर कराइ हाल्ने, अनि त चरासम्म ढुँङ्गा पुग्न भन्दा अगढि नै चरले तूफान हान्दिने। रिस्सै उठेर एक दिन् अरिङ्गालको पोलोमा बजाइदिएको गाउँ भरिकाले दुख पाएछन्।अनि त जता पनि मेरो चर्चा। तर पनि मैले हरेस् खाइन, रोइ-कराइ गरेर राम्रो गुलेलि किनेर लागी परि राखेँ।अर्जुनकै जस्तो निसाना बनाउने धोको थियो।

"पर्दैन अब देखि तँइले गुलेलि छुन्न सम्म पनि। निसाना लाउने रन्कोलेगर्दा एउटा आँखा नै चिम्म हुन लाइ सक्यो,थाहा छ गाउँभरीकाले के भन्छन्? डेँडे भन्छन् डेँडे, तेस्सै बन्दुके भनेको होलान् त?"आमाले एक् सासमै रिस् पोख्नु भएको थियो त्यो दिन। मलाइ पनि एक् दम् नराम्रो लाग्यो। मैले त्यसै दिन देखि सुधृने कसम खाए ( आजकाल गुलेलि हान्दा दुबै आँखा खुला गर्न कहिले पनि बिर्सन्न)। तेहि पनि त्यो बन्दुके भनेको चाहिन् पट्टक्कै मन पर्दैन। तर के गर्नु गुलेलि बोक्यो भन्दैमा "गुल्ले" भन्न समाजले दिएन केरे, अनि अरु के भनुन् त गाउलेहरुले पनि।

"हैन काँ गएको थिईस हँ ब्यान भरि?" आमाले आश्चर्य पोख्नु भो।
"मर्निङ् वाक! चुडामणि सरले भन्नु भाको स्वास्थ्यको लागि राम्रो हुन्छ रे",मैले पनि दियेँ।
"येह्! उसो भये सरले कसरत पनि त गर्नु पर्छ भन्नु भएको होला। ला दौरा चिर्" बाले बनचरो दिन्दै भन्नु भो। यो चोटि चाहिँ मेरो केहि लागेन।

खाना खाइवोरी निस्कन लागेको बाले झम्टि हाल्नु भो"कता फेरि आज सन्सरबार् पनि? बारीमा काम् छ"। "दुइ थाल् भात् चिर्का परि हाले केरे अब त दिन्भरि गाउँको चौकिदारि नगरे कहाँ पच्ला र" आमाको बाणि गुन्जियो।
"होइन, आज इस्कुलमा स्काउटको बैठक छ, सक्ने बित्तिकै बारीमा आम्ला" साँच्चि मलाइ आजकाल कुरा टार्न दुइ बाजि सोच्नै पर्दैन।

गाउँघर हेर्दै लागे म आफ्नो मन्जिलतिर, साँच्चि हाम्रो गाउँ चाहिँ मलाइ औधि मन पर्छ। गैरामा भएर हो कि, हाम्रो नाकको खिल्लि उडाएर हो नाम चाहिँ थेप्च्चे गाउँ राखेका छन। तर जे भएपनि गाउँ रमाइलो छ। सबै गाउले समान् छन्, सबैलाइ खोयबिर्के चल्छ, सबैको घरमा बन्छ पनि।अनि सबै गाउले एक् अर्कालाइ सुहाउँदो ब्यवहार गर्छन्।
"बन्दुके आयो, बन्दुके आयो!"आगनमा उभिएर दैलोतिर हेर्दै कराएका रिस् उठ्दा बच्चाहरु देखेर मेरो सामाजिक चिन्तन उडेर गयो।
"बन्दुके आयो! बन्दुके आयो!"
"यह् हो, एकछिन कतै नजाओ है, करेसातिर कुखुरा-चल्ला कता छन् याद् गर.......अनि बार्दलिका परेवा पनि।"भित्रबाटै कराएर मोरे माट्टाँ किल्नेहरु। जति राम्रो सोच्न खोजे पनि नहुने के।

के के कुर सोच्दै जक्सन् पोइन्टमा पुगियो, सर्पा अघिनै आइसकेको रहेछ।
"बल्ल आइस् जाँ...।"उस्ले स्वगत् गर्यो।
"तँ जस्तो हो र घरमा केहि काम् नगर्ने"मैले डाइलेक हाने।
"खोस्सियो, चिन्या हो सबलाइ" उस्ले बिट मार्यो।
सर्पा मेरो गाउको मिल्ने दौतर हो।हुन त उस्को नाम आमा बाले ज्योतिष हेराएर श्रवण राखेका भए नि उस्को उपनाम् नै अलि चर्चित थियो, जुन् कुरा उस्ले पनि स्विकारि सकेको थियो अब। मन र बदन दुबै नाजुक छ उस्को।मैले साथ् गरेदेखि अहिलेसम्म उस्लाइ अलि मोट्टाएको देखेको भए मार्दिनु। भुँडी बाहेको अरु केहि बढेको देखे पो, हात खुता उहि हो बाँसका सिटा जस्ता, दुइटा घुँडा ठोकिए भने त आगा झिल्कै पर्ला जस्तो।

जे भए पनि मान्छे चहिन् एक्दम कामको हो। जङलमा कालिज, बनकुखुरालाइ पासो थाप्न, अनि दुवालि थुनेर माछ्छा मार्न, मैले ढुङा पल्टाएको बेला गङ्गटा छोप्न एक् दम सिपालु छ। उस्लाइ बिषालु झारपातको बारेमा सब् थाहा छ।कुन चाहिन् कति कडा, कुन चाहिँले के के मर्छ, भन्नै परेन। नामै सर्पा भएर हो कि?


कुरै कुरामा हाम्रो मन्जिल् पनि आइयो, लोहोरे खोला। गाउँभन्दा अलिकति टाढा भए पनि गाउँकै अभिन्न हिस्सा भन्दा अत्तियुक्ति नहोला। कल कल गर्दै सङ्लो पानि बार्हैमासे बग्छ। यहाँका याssssमानका चिल्ला ढुङा , केहि दूधझै सेता, केहि चिल्ला, केहि छिर्के मिर्के,किरे मिरे, चक्ला, गोला.......। गाउभरि लोहोरा सिलौटा बनाउने ढुङा येहिँबाट जन्छ, फेरि गाउँभन्दा अलि पस्चिमतिर पर्ने भएकाले याहाँ दोप्परमा घाम् पनि असाध्यै न्यानो लाग्छ। वोरिपरि हरियो सालको जङल , सारै मन्मोहक छ यो ठाँउ।........ येत्ति नभए त इस्कुल्माभन्दा धेरै समय याहाँ कसरी बित्ने थियो र।

"आहा हा हा...... आहा" यस्सो हेरेको छेउको ठुलो ढुङ्गामा कपडा राखेर नीलो रहमा हाम्फाली सकेछ सर्पाले, आफु पनि के काम; हत्त न पत्त पुलिस्टरका बोक्रा छोडायर डाइफ दिये "याsssलि"। क्यार्नु आफ्नो बेस्ट हिरो मिथून् चक्रवर्ति पर्यो।

"हैन येत्ति छिटै कता मरिस त फेरि, खोलामा आयो कि गोब्र्याउन परि हाल्छ है सर्पा तलाइं, फेरि तल्ला गाउंमा गाइ गोरुलाइ हाइजा लागो भन्ने सम्चार सुन्नु पर्नि भो" बाहिर निस्केको सर्पालाइ कराये मैले।
"लाग्न लाग्न तै मुँ..लाइ लागे हुन्थ्यो नि बरु, कुरा सुरा बुझ्नु छैन" मेरो बोलि भुईमा झर्न नपौदै झर्क्यो उ अनि झ्याङ्पछडितिर लाग्यो।
लामैसित्ति.... मलाइ के को ठिन् ठिन्। म आफ्नै सुरमा उल्टोमुखि ख्याउने कसरत्मा लागेँ।

"बाहिरतिर गाडुन् एकछिन तलाइ" येस्सो हेरेको सर्पाले हातमा दुधि, कुरिलो, बकाइनो,आँक अनि अरु के के जाती झारपातको गुजिल्टो लियर कराउदै रहेछ। बल्ल मैले कुरो बुझे अनि खुशी खुशी बहिर आएर ठुलो ढुङामा ढाड सेक्न बसेँ। सर्पा भने हातमा गुजिल्टोलिएरै डाइफ हान्यो। एकछिन पछि निस्ससिदै बाहिर मुन्टो निकाल्यो।

"कतिवटा परे त श्रवण" मैले मिठो स्वोरमा सोधेँ
"एेउटा भोटी-दुइटा गोटी.... अब भक्कर त कुरमा बुजो लाएर आएँ बिष लागेर माछा मर्न त टेम लागिहाल्छ नि बन्दुके" के गर्नु अब धाक दिने पालि उस्को थियो।
"बरु जा अलिकति स्याउला र झिङ्टा खोजेर ल्या।" आडर् हान्न पनि पछि परेन असत्ति। मलाइ रनक्क रिस न उठेको होइन, फर्काएर देखाइदिम् जस्तो। तर क्यार्नु पोल्या असला र गडेला भने पछि आफुलाइ आन्द्रा भुँडि नफाल्या भए नि चल्छ।

"माछा त परेकै हुन् है आज।" मैले मुख् मिठ्याउदै भने।
"अर्को एक् सुलि भा भे पनि येस्तै गरि पोलेरै सकिन्थ्यो होला केरे" सर्पाले जवाफ् फर्कायो।
"हुन त हो।" तेस्ले मलाइ नचिनेको त काहाँ हो र।
बरु अब जाउँ चिप्लेटि खेल्न, सर्पाले प्रस्ताब राख्यो।
"जाने र?" मैले सन्कोच तेर्सायेँ
जाने भने पछि जाने नि अब। आफुलै अन्नदाता-कमान्डर दुबै हुँ भनेझै गर्यो सर्पाले।
हुन त मलाइ पनि मन नपर्ने कहँ हो र।

हुन पनि त्यो क्षेत्रिय सिँचाइ निर्देशनालयले परारताक बनाइदियेको सिँचाईका कुलाहरु त हाम्रै लागि मात्र हो कि जस्तो पनि लाग्थ्यो कहिले काहिँ। ड्याम बाँधेको रह अलि धेरै नै गहिरो भएकाले दुइ चार् सुक्काको बाजि नपरे सम्म डुबुल्कि मार्ने आँट आ उदैनथ्यो तर तेस्को तलका नहरहरुमा चाहिँ सिमित् मात्रामा मात्र पानि छोड्ने भएकाले बर्है मासे जस्तो पानि मथ्थर हुन्थ्यो अनि तेसै कारन् तिनका पिँधमा पनि बर्हैमासे जस्तो लेउ र काइ जमेर चिप्लेटि खेल्न काइदाको हुन्थ्यो।
"जाउँ त जाने भए" मैले मन्जुरी दियँ। फेरि हामि पौडी खेल्ने कुनाबाट नजिक् पनि थियो त्यो ठाउँ। अब आखिर् एेउटै खोला न पर्यो।
एक..दुइ..तीन..
कपडा जहाँको तेहिँ छदेर बुर्कुसि मारियो बर्षिका बुटा नाघ्दै।

"आहा हा......आहा....."
सिरिरिरि............. पिप -पिप
टुइ इ ई......इ इ
चिप्लेटि को मजा नै अर्को।
सर्पाले त बाटैमा अलिकति असारेका डाला भँच्न भ्याइहालेछ तेसैलाई ओच्छायेर खेल्दै थियो। आफु त उसलाइ जितेर अग्गु हुने दौड्मा अरु कुरा जुगाड हान्नै भुलेछु।
"ओ इ सर्पा जाउँ अब, साँझ पर्न लागि सक्यो।" मैले कमान्डरको पद फिर्ता लियेँ।
"जाम्त" सर्पा पनि धेरै बोल्न सकेन येसपालि त।
मन मनै मुस्कुराउदै बाटो लागियो। तर मेरो खुशि धेरै बेर टिक्न पाएन। लुगा राखेको ठाउँमा पुग्छु त पुलिस्टरको चेक सर्टमात्र झुन्डि राछ त्यो धाइरोको सीटामा।
"लौन मेरो हारा जिनको पेन्ट काहाँ गयेछ" म अत्ताल्लिएँ।
"हावालेतल पानीमा खसालिदिए होला अनि खोलले बगाएर काहा पो पुर्यायो अब" येस्को मुखँ गु-भात जान हुनि बोल्यो अलच्छिना सर्पा।
आफु खङ्रगै परियो,झन् पोहोर्साल् मत्र रोइ कराइ गरेर किनाएको हारा जिन। येता उता धुइँपत्ताल खोजिओ, हात लाग्यो फुस्टा..

आज यो ज्यानमाथि दैब लाग्या जस्तो भो। अब घर कसरि जाने। फेरि राति घर नगए काहाँ जने त।
"आहा हा हा आहा हा हा हि हि हु..... खुइ...आ" डर लाग्या बेला झन् पैरो गा जस्तरि हास्यो सर्पा।
"किन मर्न लागिस् माचि...रन्...छोरा....झन् दसा लाग्या बेला "मैले रिस पोखेँ।
"हैन के तेरो दशा झन् ठुलो रैछ मैले अहिलेसम्म नदेखिरा ।तेरो कट्टुमा त चिप्लेटि खेल्दा प्वाल परेछ नि येउटा होर दुइ-दुइ वोटा ।" हाँसो खटाएर मज्जा लुट्दै बोल्यो सर्पा।
आफुलाइ भने सातो हराएजस्तो भो, मुटुमा र कन्डोमा एकैचोटि बतास् पस्यो। कन्चट्मा हात राखेर थचक्क बसेँ। अब येत्ति रैछ जस्तो लाग्यो।
सर्पाले ख्याल गरेछकि कुन्नी मलिन स्वोरमा बोल्यो" अब के गर्ने त , जे हुनु भै हाल्यो तर पनि घर नगएर त भएन केरे, बरु येस्तो गरम्। तँ अगाडि अगाडि हिन्नु म तेरो पछि पछि हिन्छु कसैले देख्दैनन् तेरो त्यो प्वाल् अनि त फेरि यो तेरो कट्टु अलि ठुलो पनि छ , हाफ्-पेन्ट होला भन्छन् नि सबैले। हुन्न"
आफुले राम्रोगरी केहि सोच्न सक्या होइन , अब लास्टै पर्या बेलाँ हुन्न पनि कसरि भन्नु। टाउको मात्र हल्लाएँ।


मेरो दुख देखेर सर्पाको मनमा दोस्तिको मूल फुट्यो भनेर सोच्नु धिक्कार् रहेछ। झन् पछाडिबाट समाजको आँखा बचाउला कि भनेको येत्रो हुनु।
आली, गल्ली, चौतारो, पँधेरो,घट्ट कहिँ पनि येउटा सम्म मान्छे देख्न पाछैन चरिफाइँ पर्यो जस्तो गएर बेतोड्ले हास्न सुरु गरिहाल्ने अझ चोर औलाले मेरा कट्टुका प्वाल् तिर देखाइ देखाइ पो हो त।मान्छे छैनन् भने पनि काहाँ सुख दिने हो र। तेस्का रिस् उठ्दा सवाल् र हर्कतले छाडे पो.....
"बन्दुके तेरा यी प्वालबाट झिङा छिर्यो भने के गर्छस् हँ?"
"हुन त के गर्न पर्यो र आफै निस्सासियेर मरि हाल्छ नि...... हि हि हि हैन?"
"वाह् वाह् हिन्दा त क्या कन्डो हल्लायेर हिन्दो रैछ नि हाम्रो बन्दुके"
"ठ्याक्कै इस्काउटमा परेड् खेल्या जस्तो... लेफ्ट राइट् लेफ्ट , लेफ्ट राइट् लेफ्ट"
चुमुक झुमुक् चुमुक, झुमुक चुमुक झुमुक......टुइँ.....इ....आ भन्दै एक्चोटि त येउटा बाँसको सिटो पो छिराउँछ के रे।
मलाइ पनि सहि नसक्नु भएर मिथूनले जस्तो घुमेर राउन किक हान्न लागेको अगडिबाट गाउँका एक् हुल् अाईमाई पराल् बोकेर आएका रहेछ झन्डै दुरबिन् देखाइयेको। अब अैन्दा बाट यो सर्पासङ हिने गाई खानु भनेर मन मनै कसम् खायेँ। येस्ले मलाइ बचाउन होइन आफु बेलैमा घर पुग्नलाई मात्र मलाइ खोलामा आयिडिया दिएको हो भन्ने कुराको छर्लङै भैसकेको थियो।

जसो तसो सकि नसकि लोकसँग लाज बचाएर घर पुगेको बा पिँढिमै बसेर "मोँर" चुरोट् फुक्दै हुनुहुँदो रहेछ। हत्त न पत्त आँगन तिर पिठ्युँ फर्कायँ।

"बल्ल अाइस त तेरो इस्काउटको मिटिङ् सकेर, के हो थाके जस्तो देखिन्छस् नि" किन बालाई तेत्ति धेरै माया लागेको हो कुन्नि खुरुक्क भित्र जान दिनुनि मलाइ।
"भोक लग्या होला, भित्र भुटेको मकै छ, खा गएर। आमा त छैन केरे भान्सामा। पनी लिन गाकि छ।" बा ले बल्ल मनै हरर हुने कुर गर्नु भो।
"हवस" भन्दै भन्सा तिर हेरेँ।
"हरे शिव ! यो बन्दुकेले त आज बा को कच्छा पो लाएर मोर्या रैछ त सिङौरी खेल्न। दिन भरि के उपति लाउन निस्क्यो भनेको त।"पछाडि हेरेको, आमा डोकोमा भरी गाग्री लिएर च्याँठिदै हुनुहुँदो रहेछ। भरी गाग्री ले त झन् साइत फल्छ भन्थे, आज भने तालुमा आरुफुला फल्ने भए भन्ने निस्कर्शमा पुगे म। मिथूनले भाग् कुत्ते भाग् भनेको कानमा गुन्जियो, पछदि हेर्दै नहेरिभित्र तिर फरार हानेँ।

"साच्चि मेरै पो रहेछ त । मैले त तेस्कै जाँघे होल भन्ठानेको त।" हाम्रो बा कान्फिउजमा परे जस्तो गरि बोल्दै हुनुहुन्थ्यो। क्यार्नु बा ! त्यो चिप्लेटी खेल्दा खेल्दा आफ्नो येउटा कट्टु, येउट हाफ् पेन्ट सद्दे भा भे मार्दिनु ।
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-12-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोलखाली जी
गाउकै कुरा गर्नी हो भने त म मध्यपस्चिमको सदरमुकाम बाटै परेँ तर मेरा बाजेका सन्तानले डाँडा काँडा ढाकेका हुनाले त्यो पुरा सेरोफेरोमै भिजेको छु।
 
Posted on 09-12-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यपस्चिमको सदरमुकाम रे?? इस्कुल नि सपै तेतै पढ्या हो???
 
Posted on 09-12-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे काका!
इस्कूल पनि तेत्तै पढेकोहो दस किलास सम्म त।राम्रो इस्कूल हरु छन एक दुइटा, किसमत रम्रो परेछ र रामरै सङ खतम गर्न सकियो।
 
Posted on 09-12-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नी तनहुँको निर्मल मा बि मा पढ्ने की भन्या पोखरेल सरले पर्दैन भनें अनि हापेर हिन्देको के -- के ठान्या छ ए जिम्माल?

रेगल्,

मेरो भन्दा तगडा छ लेखाई -- म प्रति देखाको सदभावले धन्ने भएँ।
पोहरा तिरा पैरो लडाम के रे।
 
Posted on 09-12-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले नि तेता इस्कुल पड्या थेम के रे, सदरमुकाम बजारमै थो इस्कुल, चारै तिर पसलै पसल ले घेरिया थो!

लोल दीप! पोखरेल सरले किन पर्दैन भनेका नि? भरना गर्नु भन्दा पइले नै केटो टाठो छ भनेर थाहा पाएछन कि कसो?
 
Posted on 09-12-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दाई !
हजुरको साहसका दुइ सब्द को लागि सर्हिदय धन्यबाद। तपाइले जस्तो त होइन कुनै दिन त्येस्को आधा सम्म पनि लेख्न सकियेछ भने पनि म त सन्तुस्ट हुनेछु।
 
Posted on 09-12-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिर्खे काका इस्कूल् जति तेस्तै छन् त्याहाँ।
बजार पनि खसै ठुलो त थिएन। कच्याक्कुचुक परेको" भँग्राको टोपिमा गुँयालोको फूल जस्तो"।
 
Posted on 09-12-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धमाका गयो रेगल-जी। धेरै मज्जा आयो पढ्दा। दीपदा' ले भने जस्तै केही शब्दहरु भने अलिक आँखिभौँ खुम्च्याउन पर्ने परेछ। तर केही छैन। त्यो क्या नाम एउटा भन्ने चलन छ नि, "कथाले मागे अनुसार" भनेर। त्यसरी सोँच्दा ब्यक्तिगत रुपमा मलाई ती शब्दहरु नि परिश्थिती अनुसार पाच्य नै लागे भनम न। तै पनि थोरै सेन्सर गरेको भा' सुनमा सुगन्ध हुन्थ्यो होला। पहिलो पल्ट पढ्दा मसला कै काम गर्ने, तर दोश्रो पल्ट पढ्दा अलिक अप्ठ्यारो लाग्ने के।

धेरै राम्रो लेखन शैली। अरु पनि पस्किदै गर्नुहोला।
 
Posted on 09-12-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चिकै गाँउको याद दिलाउने मार्मिक छ ।
सबै राम्रा नै छन । तर पनि रह्( हामी चाँही दह भन्थ्यौ) मा हाम फाल्दा सबै भन्दा माथिबाट हाम फाल्ने अनि लङ जम्प जस्तो कुदेर हाम फाल्दा को पर पुग्ने भन्ने हुन्थ्यो । एक चोटि पौडी खेलेकै बेला मेरो साथीको दाइ आएर 'ए इस्कुल नगएर पौडी खेल्ने?' भन्दै कपडा जती सबै लिएर घर हिंडेपछि के भए होला? उ दिन भरि घाम मा ढुङ्गा माथि सुत्यो अनि हामि चाहि बल्ल बल्ल घर आएर कपडा लिएर गएर उद्दार भएको थियो ।
 
Posted on 09-12-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भऊते जी,
स्वस्थ समालोचनाको लागि धन्यबाद। यो मेरो पहीलो प्रयास हो। मन पराईदिनु भएकोमा खुसी लाग्यो। अब जहाँसम्म सेन्सरको कुरा छ त्यो पाटो अर्को लेखमा बिचार् पुर्याउने छु।
 
Posted on 09-12-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina katha sakiyya ho ra? ani baaule kattu chine pachi k bho ni? gajab ramro 6 ganthe.
 
Posted on 09-12-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL!

"चुमुक झुमुक् चुमुक, झुमुक चुमुक झुमुक......टुइँ.....इ....आ भन्दै एक्चोटि त येउटा बाँसको सिटो पो छिराउन मन लागो गाँठे मुलाई नि!

धत्! कुन जुनिआँ रिकुटेको कति ऋण खा'रईचु, कुन्नि? यो जुनिआँ हँसायेरै मार्न लायो।

मज्जा आयो!
 
Posted on 09-12-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बन्दुके तेरा यी प्वालबाट झिङा छिर्‍यो भने के गर्छस् हँ?"

भुत्तुकै पारे गाँठे यी रिकुटेले । पेटै दुख्यो हाँस्दा हास्दा ।

अनि अलि अलि रुन पनि आयो । एकदम नोस्टाल्जिक !

सलुट यार !

अनि शैलीको अथेन्टिसिटीले होला ती एकदुई ठामका स्वैर-वर्ड खासै खट्केनन् । तैपनि तीनलाई edit गर्ने नै हो भने त्यो सम्भव छ नि साझामा आजकल । रिकुटेज्यूलाई मेसो छ छैन, edit को button पनि छ नि posting को सिरानमा ।

जे होस्, साह्रो मजा आयो । दिन बन्यो । धन्यवाद !

Nepe
 
Posted on 09-12-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त भन्छु, मेटाउने नै गरि सेन्सर वेन्सरको जरुरत छैन। खरो, नाङ्गो भाकामा प्रस्तुत गरिएको छैन के रे ति केहि शब्दहरु, सेन्सर गरिएकै छन्। वास्तविकतामा आधारित शब्द प्रयोगको शैलीले पनि धेरै हद सम्म यो कथाको मज्जामा थप रमईलोपन ल्याएको छ।

वान्स अगेन (उनैको बोलीमा, "फिर से"), सलुट!
 
Posted on 09-12-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पहिलो प्रयासलाइ सरहाना गर्ने पन्क्तिमा पून्टेदाई र नेपेदाजीले पनी दुईटा राम्रो सब्द बोलीदिएकोमा म त आज सारहै खुसी छु।
मेरो लेखनले एकछिन् भये नि आफ्नो गाउँ ठाउँको र बाल्यकालको चर्तिकलाको सम्झना ल्याउन सक्यो भने मेरो दिन्भरीको मेहेनतले रङ् ल्यायेको ठान्नेछु।
बाकी रह्यो सेन्सोर् को कुरा, त्यो अर्को लेखनमा बिचार गरुम्ला।
येस्मा चहि "फ्लो" सङ बग्दै जाँदा सोचेरै राखेका सब्द हुन् ति मैले। गल्ति भए माफ् पाम्, काँट्छाट चाहिन् नगरुम् केरे।

पून्टे दाइ र नेपे दाइलाइ फिरसे सलुट !!!
 
Posted on 09-13-07 5:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई भन्या, रिकुटे! "फ्लो" संगै बगाम्! ते्मै त छ नि मज्जा! कशेलाई ताकेर गाली गरेको होईनौ, न त खरो प्रस्तुती नै गरेछौ। बोली जे त्यो, तेई राख्दिएउ, त्यो नि सेन्सर गरिए कै छन्!
 
Posted on 09-13-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा पुन्टेदाई लाई उ बेला याद आ'र खपिनसक्नु भएछ!
त्यहि त जस्तो हुने हो त्यस्तै लेख्याछन् रिकुटेले! जति पढ्यो उति मजा आउने!

 
Posted on 09-13-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा थ्याङ्कु !!!
मलाइ पनि कथा त पून्टेदाइ को बाल्यकाल्सङ अलि अलि मिल्यो कि जस्तो लाग्दै छ ।
 
Posted on 09-13-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटेज्यू,

प्लेजर इज अल माईन । अनि मैले सेन्सरको आग्रह गरेको चाही होईन है । मलाई त खट्केन भनेर भनें नि ।

एकबाजी साझाको सत्तेजुगमा मैले पनि 'मु'-शब्द प्रयोग गरेको छु, त्यसो त ।

"यस्सै" शिर्षकको एउटा स्टनिङ लघुकथाको उत्तिकै मज्जाको फलो-अप बहसको सिलसिलामा आफ्नो "कथा" पनि चुहाउँदा खेरि ।

-
:-)
Nepe target=_blank>http://www.sajha.com/archives/openthread.cfm?threadid=5155&dsn=sajhaarchive#23004

:-)
Nepe

 
Posted on 09-14-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाजी मैले हजुरका कुराहरुलाइ, मात्र स्रिजनात्मक रूप् लियेको छु, कुनै sour-bitter फिलिङ्स छैन।
कमेन्टको लागि एकदमै आभारी छु।
"येस्सै" लगुकथा पनि सारहै घत्लाग्दो लाग्यो।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters