प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन महत्त्वका परियोजना बन्न समय लाग्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले महत्त्वाकांक्षी योजनाहरू अघि सार्दा व्यंग्य गरिने बताएका हुन् ।
कक्षा ११ पढ्दा पढ्दै बिहे गरेँ । बिहेपछि पनि ११ कक्षाको परीक्षा दिएँ । १२ कक्षासम्म पढेँ । तर नतिजा राम्रो आएन । अहिले फेरि परीक्षा दिएर १२ कक्षाको नतिजा पर्खिरहेकी छु ।
पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बयानका लागि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेकी छिन् । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा मुछिएकी मन्त्री श्रेष्ठलाई अख्तियारले बयानका लागि बोलाएको हो ।
फिल्म निर्देशक ऋषि लामिछानेको ८ वर्षपछि ठूलो पर्दामा ‘कमब्याक’ भयो। यसपटकको कम ब्याक अरू फिल्महरूभन्दा फरक र रोचक लाग्छ उनलाई। किन त? सधैँ आँसुका कथा भन्ने ऋषिलाई अब मान्छेहरू रुवाउन मन छैन। हर मानिसका आँखामा आँसु त लुकिरहेकै छन्।